• २०८३ जेठ ३०
  • 2026 June 13, Saturday

धादिङ बस दुर्घटनास्थलमा राजेन्द्र पाण्डेको अनुगमन, उद्धार र उपचारमा समन्वय

धादिङ । धादिङ क्षेत्र नम्बर–१ का उम्मेदवार एवं एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बेनिघाट रोराङ–५, भैँसेगौडास्थित बस दुर्घटनास्थलको स्थलगत अनुगमन गरेका छन् ।

पृथ्वी राजमार्गमा भएको उक्त भीषण दुर्घटनामा १९ जनाको ज्यान गएको खबर पाएलगत्तै पाण्डे घटनास्थल पुगेका हुन् ।

गएराति पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस भैँसेगौडामा दुर्घटनामा परेको थियो । पाण्डेले घटनास्थलमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारकर्ताहरूसँग घटनाको विस्तृत जानकारी लिएका छन् ।

अनुगमनका क्रममा उनले घाइतेहरूको उद्धार तथा उपचार कार्यलाई तीव्र र प्रभावकारी बनाउन सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय समेत गरेका छन् । पाण्डेले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरे ।