• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सावधान ! करेन्ट र लाली चाउचाउ खान अयोग्य, बजारबाट तुरुन्त फिर्ता गर्न सरकारको निर्देशन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादित २ ब्रान्डलाई तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।

१०० ग्रामवाला करेन्ट नुडल्स र ५० ग्रामको लाली चाउचाउलाई बजारबाबाट फिर्ता गर्न आदेश गरिएको हो ।

यी दुवै खाद्य पदार्थमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नपाइएको विभागले जनाएको छ ।

त्यस्तै, एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि दुहबी सुनसरीद्वारा उत्पादित ज्याकन्याक क्रेकर्स बिस्कुट पनि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न आदेश गरिएको छ ।