• २०८३ असार ८
  • 2026 June 22, Monday

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् ।

उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरिएको बताइएको छ ।

पार्टीको चुनावी समीक्षा एवम् पुनर्गठन कार्यदलको सुझाव संकलन अन्तर्गत प्रदेशस्तरीय कार्यक्रममा पौडेल सुर्खेत पुगेका थिए ।