• २०८३ साउन २५
  • 2026 August 10, Monday

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि मङ्सिर ५ सम्म हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको मिति सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एनपीएल तेस्रो संस्करणको मिति घोषणा गरेको हो । एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने छ ।

एनपीएल तेस्रो संस्करणका लागि खेलाडी अक्सन यसअघि नै भइसकेको छ ।