“संस्कृतविद् डा. जगमान गुरुङलाई नेपाल ऋषिको उपाधी”

काठमाडौं । विश्व हिन्दु महासंघले संस्कृतविद् डा.जगमान गुरुङलाई नेपाल ऋषिको उपाधी दिइएको छ ।

सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा डा.गुरुङलाई उपाधी सहित सम्मान गरिएको हो ।

समाजसेवी शोभित उप्रेतीको सक्रियतामा दोलखाको चरणावती त्रिवेणीधाम विकास प्रवर्धन संघले डा.गुरुङलाई नेपाल ऋषिको उपाधी प्रदान गरेको हो ।

सम्मान ग्रहण गर्दै डा.गुरुङले ७७ वर्षपछि पुन न्वरान गरिदिएको भन्दै महासंघप्रति आभार प्रकट गर्दै आगामी जीवन सामाजिक कल्याणमा लाग्ने बताएका छन् ।

कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष एवम् सांसद पशुपति शमसेर जवराले माता सीता र वुद्धको देश भएको भन्दै नेपालको सदभावलाई कसैले खलल पुर्याउन नसक्ने बताए।

धार्मिक रुपमा एकता भौगोलीक रुपमा विविदता भएको स्वर्ग भुमिका ठूला दलले भष्ट्राचार घुस खोरीले दुषित पार्न खोजेको भन्दैं आक्रोष पनि व्यक्त गरेका छन् ।

उनले भने, ‘मेरै कलिकस्स भनौ ठूला पार्टीले भष्ट्राचार र घुसखोरीले दुषित बनाएका छन् । तर माता सीता र वुद्धको देशमा जती गरेपनि यहाँको सदभाव खलल गर्न सक्दैन् ।’

सोही कार्यक्रममा विश्व हिन्दु महासंघका उपाध्यक्ष एवम पूर्वमन्त्री दिनबन्धु अर्यालले नेपाललमा धार्मिक सहिष्णुतामा खलल पुर्याउने प्रयत्न भएको भन्दै त्यसलाई रोक्न सवै लाग्नु पर्ने बताए ।

धरानमा भएको गौ हत्या र मन्दिर अघि चर्च निर्माण भएको विषय उल्लेख गर्दैं गोरु काटेर खानेले माफी माग्नु पर्ने पनि उनको भनाई छ ।

उनले भने, ‘गोरु काटेर खानेले माफी नमागी माफी दिन सकिदैन्, पहिला उनीहरुले माफी माग्नु पर्छ । धर्मको प्रतिकको रुपमा रहेको गोरु काटेर खानेको कडा प्रतिवाद गर्नु पर्छ ।’

उनले नेपाललाई धर्म निरपेक्ष घोषणा गर्न अनेकौ राजनीतिक खेल भएको भन्दै विश्व हिन्दु महासंघले हिन्दु राष्ट्रका लागि लाग्नेलाई सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।