Category: अर्थ

अर्थ

  • आज सुन चाँदीको मूल्य स्थिर

    आज सुन चाँदीको मूल्य स्थिर

    काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार पनि सोही मूल्य कायम थियो ।

    यस्तैगरी, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँ कायम छ ।

  • सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो, भोलिसम्म निषेधाज्ञा

    सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो, भोलिसम्म निषेधाज्ञा

    काठमाडौं – जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ ।स्थानीय प्रशासनले कर्फ्यु हटाएर आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएको हो । निषेधाज्ञाको समयमा भेला हुन, सभा तथा गतिविधि गर्न नपाइने बताइएको छ ।

    नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको बह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलभित्र निषेधाज्ञा लागू हुनेछ ।

    सर्लाहीको बरहथवामा नगर अस्पतालको विषयलाई लिएर शुक्रबार भएको प्रदर्शनमा बरहथवा नगरपालिका– ६ का जयशंकर साहको मृत्यु भएको थियो ।
    प्रदर्शनको क्रममा प्रहरी र स्थानीयबीच भएको झडपमा प्रहरीको गोलि लागेर उनको मृत्यु भएको हो ।मृतक जयशङ्कर साहको शव अहिलेसम्म घटनास्थलमै रहेका स्थानीयले बताएका छन् ।

    सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार हिजो तनाव भएको ठाउँमा आज पनि बिहानैदेखि प्रहरी खटिएका छन् ।
    सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आफूले गोली चलाउन आदेश नदिएको र के कति कारणले गोली चल्यो भन्नेबारेमा थप अनुसन्धान भइरहेको बताए ।

  • ८.७१ अंकले घटेको नेप्सेको कारोबार ५ अर्ब ५८ करोड

    ८.७१ अंकले घटेको नेप्सेको कारोबार ५ अर्ब ५८ करोड

    काठमाडौं । साताको अन्तिम कारोबार दिन आज विहीबार सेयर बजारको परिसूचक नेप्सेमा ८.७१ अंकले घटेर परिसूचक २०४९ विन्दुमा रोकिएको छ ।

    नेप्से घट्दा कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ४ करोडको कारोबार भएकोमा बिहीबार ५ अर्ब ५८ करोड १ लाखको भएको छ ।

    ३०३ कम्पनीको कारोबार भएकोमा ११३ कम्पनीको मूल्य बढ्दा १२८ कम्पनीको मूल्य घट्यो भने ५ को सेयर मूल्य स्थिर रह्यो ।

    समग्र बजार घट्दा ब्यापार समूह २.३, हाइड्रोपावर १.८ र लगानी समूह १.११ प्रतिशत बढ्यो । टेलिकम सूचीकृत अन्य समूह भने सबैभन्दा धेरै ३.७ प्रतिशतले घटेको छ ।

    बैंकिङ ०.५, विकास बैंक ०.८, फाइनान्स ०.९, होटल तथा पर्यटन ०.४, जीवन बीमा १.२, उत्पादन ०.६, माइक्रोफाइनान्स ०.३ र निर्जीवन बीमा ०.९ प्रतिशत घटे ।

    समग्र बजार घट्दा पनि चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कालिका पावर, सिंगटी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो ।

    नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको मूल्य करिव १० प्रतिशतले नै बढ्यो । तर,सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै (६.५६) प्रतिशत गुमाए ।

     

  • घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

    घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

    काठमाडाैं । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ ।

    अघिल्लो दिन प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख २० हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २० हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो ।

  • चार्जमा राखेकाे एमजीको इलेक्ट्रिक गाडीमा आगलागी

    चार्जमा राखेकाे एमजीको इलेक्ट्रिक गाडीमा आगलागी

    काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा चार्जिङमा राखिरहेको बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको विद्युतीय गाडीमा आगलागी भएको छ ।

    गत ९ पुसमा सुदीप लामिछानेको एमजी गाडीमा रातको १ बजे आगलागी भएको महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले पुष्टि गरेको छ ।

    चार्जमा हालेको अवस्थामा आगलागी भएको भन्दै गाडी धनीले फोन गरेर बोलाएपछि प्रहरी घटनास्थल पुगेर आगो निभाएको प्रहरी स्राेतले जनाएकाे छ । कम्पनीका प्रतिनिधि र सवारी धनीकै अगाडि आफूहरुले मुचुल्का उठाएको पनि प्रहरीले बताएको छ ।

    सवारी धनी सुदीप लामिछानेले साँझ ६ बजे चार्जमा हालेर छोडेको गाडीमा राती १ बजे आगलागी भएको बताए । तर, यस विषयमा आफू थप नबोल्ने उनकाे प्रतिक्रिया छ ।

    एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सलेसमेत यस विषय बोल्न चाहेको छैन भने यसबारेमा कम्पनीले आन्तरिक अध्ययन गरिरहेको बताइएको छ ।

    कम्पनीले आफ्नो बचाउ गर्दै चार्जिङका क्रममा गडबडी भएर आगलागी हुनै नसक्ने जिकिर गर्दै आएको छ ।

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा पुगेको छ ।

    त्यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ०३ पैसा र बिक्री दर १४६ रुपैयाँ ६९ पैसा रहेको छ ।त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५४ पैसा र बिक्री दर १६९ रुपैयाँ ३० पैसा रहेको छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ काराेबार ?

    घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ काराेबार ?

    नेपाली बजारमा बुधबार सुन– चाँदीको भाउ घटेको छ ।

    मंगलबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ यस दिन अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रूपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला १ लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ ।

    आज चाँदी प्रतितोला १ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय ६० रूपैयाँमा कारोबार भएको थियो ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो ।

     

  • बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ काराेबार ?

    बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ काराेबार ?

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

    सोमबार स्थिर रहेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रूपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार छापावाल सुन प्रतितोला १ लाख २० हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १९ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।

    सोमबार प्रतितोला १ हजार ४ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार ४ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो ।

  • सुनको भाउ घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ काराेबार ?

    सुनको भाउ घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ काराेबार ?

    काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

    अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला दुई सय रूपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २० हजार ७ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २० हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

    शुक्रबार प्रतितोला १ हजार ४ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

     

  • ट्रेड एक्स्पोमा करोबार बढ्यो

    ट्रेड एक्स्पोमा करोबार बढ्यो

    विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा जारी मोरङ व्यापार संघ ट्रेड एक्स्पोमा १० करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

    एक्स्पो सुरु भएको ८ दिनको अवधिमा साँढे १० करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ । हालसम्म एक्स्पोमा १ लाख ६५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

    एक्स्पोमा विशेषगरी नेपालको अल्लो कपडा, किवी, सख्खर लगायत स्वदेशी दैनिक उपभोग्य उत्पादन र प्लाष्टिकका भाँडा वर्तन आदि विशेष छुटमा बिक्री भइरहेको आयोजकले जनाएको छ ।

    यसैगरी, भारत, पाकिस्तान तथा बंगलादेशका कपडा, छालाका सामग्री, भान्सामा प्रयोग गरिने सामग्री लगायतका स्टलहरुमा पनि भीडभाड देखिने गरेको छ ।
    गत पुस ६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको एक्स्पो पुस १६ गते सम्म सञ्चालन हुने संयोजक अनिलकुमार साहले बताए ।

    मुलुकको विद्यमान शिथिल आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै नेपाल व्यापार रणनीतिअन्तर्गत पहिचान गरिएका प्रदेशका वस्तुहरुको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरण एवं कोशी प्रदेशका पर्यटकीय तथा धार्मिक गन्तव्यहरुको प्रचार प्रसार गर्ने उद्देश्य एक्स्पोको छ ।