Category: अर्थ

अर्थ

  • सोमबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ खरिद–बिक्री ?

    सोमबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ खरिद–बिक्री ?

    काठमाडौं । अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, सोमबार पनि चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी लगातार तीन दिनदेखि स्थिर रहेको छ ।

    शुक्रबारदेखि प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

  • वार्षिकोत्सवमा गुरु ट्राभल्स लिमिटेडको ‘विशेष अफर’

    वार्षिकोत्सवमा गुरु ट्राभल्स लिमिटेडको ‘विशेष अफर’

    काठमाडाैं । नेपालको पहिलो पब्लिक लिमिटेड ट्राभल्स कम्पनी गुरु ट्राभल्स लिमिटेडले संस्थाको प्रधान कार्यालयमा आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ ।

    वार्षिकोत्सवको अवसरमा संस्थाले विशेष अफर सार्वजनिक गरेको छ । जसअन्तर्गत आन्तरिक तथा बाह्य पर्यटन गन्तव्यका प्याकेजहरुमा विशेष छुट, अन्य सेवाहरुमा विभिन्न छुट तथा स्किम सुविधाहरुको व्यवस्था गरिएको छ ।

    संस्थाले आफ्नाे वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परिभ्रमण कार्यक्रमको घोषणा गरेको छ । जसन्तर्गत ज्येष्ठ नागरिकहरुलाई स्थानीय धार्मिक क्षेत्र भ्रमणमा लगिने योजना रहेको बताइएको छ ।

  • सुनको भाउ बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

    सुनको भाउ बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । अघिल्लो दिन अर्थात् शुक्रबार स्थिर रहेको सुनको मूल्य यस दिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

    शुक्रबार प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

     

  • आईएफसी उपाध्यक्ष सुसानले गरे उपाय फुलफिलमेन्ट सेन्टरकाे भ्रमण

    आईएफसी उपाध्यक्ष सुसानले गरे उपाय फुलफिलमेन्ट सेन्टरकाे भ्रमण

    काठमाडौं । अन्तर्राष्ट्रिय वित्तीय निगम (International Finance corporation-IFC) (निजी विकास तथा सुशासन)का उपाध्यक्ष सुसान लन्डले हालै उपायको काठमाडौंस्थित फुलफिलमेन्ट सेन्टरको अवलोकन भ्रमण गरी नेपालको लजिस्टिक परिदृश्यबारे बुझ्नेका थिए ।

    नेपालको तीन दिने भ्रमणमा रहेका उपाध्यक्ष सुसानलाई उपायका सहसंस्थापक तथा प्रवन्ध निर्देशक सुमन रायमाझी तथा बोर्ड सदस्य रंजीव श्रेष्ठले उपाय फुलफिलमेन्ट सेन्टरमा स्वागत गरेका थिए ।

    उपाय फुलफिलमेन्ट सेन्टरको अवलोकन भ्रमणको क्रममा उपाध्यक्ष सुसानलाई नेपालको लजिस्टिकको समग्र इतिहास तथा उपायको नेपाली लजिस्टिक क्षेत्रको रुपान्तरणका लागि भावी कार्यक्रमबारे प्रबन्धनिर्देशक रायमाझीले प्रकाश पारेका थिए । साथै उनलाई उपायको 3PL(Third Party Logistics) सेवा तथा सुविधाको बारेमा संक्षिप्त जानकारी प्रदान गरिएको थियो।

    उक्त भम्रणमा डोल्मा ईम्प्याक्ट फण्डका प्रतिनिधि र आई एफ सीका अन्य पधाधिकारीको पनि उपस्थिति रहेको थियो ।

    उपाय, नेपालको लजिस्टिक क्षेत्रमा प्रविधि मार्फत गुणस्तरिय सेवा प्रदायक कम्पनि हो । सन् २०१८ मा स्थापित यसकम्पनिको छोटो समय नेपाली लजिस्टिकमा उल्लेखनीय भुमिका खेल्न सफल भएको  ।

    हाल उपायले विभीन्न व्यवसायमा संग्लग्न व्यक्ति /संस्थालाई आफ्नो चार ओटा भटिकल मार्फत सेवा पर्दान गर्दै आएको छ । पेप्सीकोलामा अवस्थित उपाय फुलफिलमेन्ट सेन्टर (उपाय स्पेस) दश हजार वर्ग फिटमा फैलीएको गोदाम हो, जस्ले नेपाल भर १५०+ स्थानहरुमा अर्डर लिने र सामान वितरणलाई आधुनिक 3PL (Third Party Logistics) सुविधा मार्फत सेवा प्रधान गर्दै आएको छ ।

  • घट्यो सुन-चाँदीको भाउ,कतिमा हुदैछ कारोबार ?

    घट्यो सुन-चाँदीको भाउ,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । बिहीबार सुन-चाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदीको मुल्य ३५ रुपैयाँले घटेको हो ।

    बिहीबार सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    अघिल्लो दिन सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदी भने प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ६० रूपैयाँमा कारोबार भएको थियो ।

  • सुन–चाँदीको मूल्य घट्यो

    सुन–चाँदीको मूल्य घट्यो

    काठमाडौं । बुधबार सुनकाे  मूल्य प्रतितोला ६ सय रूपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला १ लाख १२ हजार ४ सय रूपैयाँमा कारोबार भएको छ ।

    मंगलबार सुन प्रतितोला १ लाख १३ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदी १ हजार ४ सय ६० रूपैयाँमा कारोबार भएको छ ।

    मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय ७५ रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

  • पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँले बढ्यो मुल्य

    पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँले बढ्यो मुल्य

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

    नेपाल आयल निगमले एक सूचना जारी गर्दै मंगलबारदेखि लागू हुनेगरी इन्धनको मूल्य वृद्धि गरेको हो ।

    निगमको आज बसेको बैठकले मूल्य समायोजन गरी स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल प्रतिलिटर ९ र डिजेल-मट्टितेलमा ७ रुपैयाँले वृद्धि गरेको जनाएको छ ।

    यससँगै अब नयाँ मूल्यअनुसार तेस्रो वर्गको पेट्रोल १७३, दोस्रो वर्गको १७२ र तेस्रो वर्गको पेट्रोल १७०.५० रुपैयाँ प्रतिलिटर पर्न गएको छ ।

    त्यस्तै, एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँले घटेको छ ।

    इण्डियन आयल कर्पोरेशनबाट मंगलबार आएको नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर ८.१४ र ६.८६ रुपैयाँले वृद्धि भएको र एलपी ग्यासमा भने ११७.६२ रुपैयाँ घटेर आएको र सोही अनुसार मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।

  • बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ काराेबार ?

    बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ काराेबार ?

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

    अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला चार सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो ।

  • तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

    तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तीन सय रुपैयाँ घटेको छ ।

    नेपालसुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेर १ लाख १२ हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ९ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ३५० रुपैयाँ थियो ।

    त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज तोलामा ५ रुपैयाँले घटेसँगै चाँदीको भाउ प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ कायम छ । हिजो चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

     

  • अर्थतन्त्रको मनोवल गिर्न नदिन राष्ट्र बैकले लचकता देखाएको हो : गर्भनर

    अर्थतन्त्रको मनोवल गिर्न नदिन राष्ट्र बैकले लचकता देखाएको हो : गर्भनर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रतर्फ ११.५ प्रतिशतको कर्जा वृद्धि हुने लक्ष्य राखेको बताएका छन् ।

    मौद्रिक नीति सार्वजनिक भएपछि आइतबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा गभर्नर अर्थतन्त्रको मनोवल गिर्न नदिन अन्य बैंकको तुलनामा राष्ट्र बैकले लचकता देखाएको बताएका हुन् ।

    उनले भने ‘ अन्य बैंकको तुलनामा हामी अलि लचक भएका छौं । गत वर्षको तुलनामा अवस्था अलि सहज हुँदै गएको छ । हाम्रो अर्थतन्त्रमा परेको असर र मनोवल गिरेको अवस्था छ । त्यसलाई पनि कही कतै प्रश्रय दिन सकिन्छ की भनेर हामीले यति रेट घटाइराख्दा भन्ने हिसावले हामीले यो दरलाई अति तल झारेका छौं । समग्रमा ११.५ प्रतिशतको कर्जा निजी क्षेत्रतर्फ वृद्धि हुने लक्ष्य हामीले राखेका छौं । ’

    गभर्नर अधिकारीले प्रत्येक वर्ष मौद्रिक नीतिले लिएको लक्षलाई आफ्नो आफ्नो कार्ययोजनामा कार्यन्वयन गर्ने हो भने लक्ष्य हासिल गर्न सकिने बताए ।

    राष्ट्रबैकले ल्याएको नीतिमा निजी क्षेत्रको कर्जालाई कार्यविधि बनाएर ल्याएको पनि उनले स्पष्ट पारेका छन् ।