Category: अर्थ

अर्थ

  • सोमबार सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

    सोमबार सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौ । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।

    गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

    त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

    आइतबार प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

  • आजबाट नयाँ आर्थिक वर्ष सुरु : के केमा बढ्यो शुल्क ?

    आजबाट नयाँ आर्थिक वर्ष सुरु : के केमा बढ्यो शुल्क ?

    काठमाडौं । आजदेखि आर्थिक वर्ष २०८०-८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले जेठ १५ गते संघीय संसदमा पेस गरेर पारित भएको बजेट कार्यान्वयनमा आएको छ ।

    आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार आज (सोमबार) साउन १ गतेदेखि वाषिर्क ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने छ । यसअघि वाषिर्क २० लाख रुपैयाँभन्दा माथि कमाउनेहरुलाई ३६ प्रतिशत आयकर लगाइएको थियो ।

    सरकारले पहिलोपटक सुरु गरेको विलासिता कर पनि कार्यान्वयनमा आएको छ । अबदेखि १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि २ प्रतिशतकै दरले विलासिता शुल्क तिर्नुपर्ने छ । आयातित मदिरा र १० लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गहनामा पनि पाँच प्रतिशतकै दरले विलासिता कर लाग्ने छ ।

    त्यतिमात्र होइन सरकारले पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता कर लगाएको छ । विभिन्न ट्राभल एजेन्सीहरुले बिक्री गर्ने वैदेशिक भ्रमण प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क लाग्ने छ । गत जेठ १५ गते सरकारले बजेट सार्वजनिक गरेलगत्तै सुरु गरेको भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुर र मोबाइल फोनको दर्ता सम्बन्धी व्यवस्था भने कार्यान्वयनमा आइसकेको छ ।

    आर्थिक वर्ष ०७९-२०८० मा सरकारको बजेट खर्च र आम्दानीको अवस्था निकै कमजोर देखिएको छ । सरकारले राजस्व संकलन उल्लेख्य रूपमा गर्न सकेको छैन भने पुँजीगत खर्च पनि कम भएको छ । सरकारले एक वर्षअघि विनियोजन गरेको बजेटको लक्ष्य भेटाउनु त परको कुरा डेढ महिनाअघि मात्र संशोधित अनुमानको लक्ष्य पनि हाँसिल गर्न असफल भएको छ ।

    आर्थिक वर्ष ०७९-०८० को अन्तिम दिन (असार ३१ साँझसम्म) सरकारको कुल राजस्व संकलन ९ खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ । सरकारले कुल १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य सुरुमा राखेको थियो । जेठ १५ मा सरकारले ११ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने संशोधित अनुमान गरेको थियो ।

  • घट्याे पेट्राेलियम पदार्थकाे मूल्य

    घट्याे पेट्राेलियम पदार्थकाे मूल्य

    काठमाडौं । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

    निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

    निगमले अबदेखि पेट्रोलको परल मूल्यमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा लिने व्यवस्था गरेको छ ।

    निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ । पेट्रोल लिटरमा ६ रुपैयाँ, डिजेल र मटीतेलमा समान ४/४ रुपैयाँ मूल्य घटेकाे छ भने ग्याँसमा प्रतिसिलिण्डर १० रुपैयाँ घटेकाे छ ।

    अब काठमाडौं उपत्यकासहितका क्षेत्रमा पेट्रोल लिटरको १६४ रुपैयाँ पर्नेछ । तराईका जिल्लाहरुमा १६१ रुपैयाँ ५० पैसा र भित्री मधेशमा १६३ रुपैयाँ पर्नेछ ।

    डिजेल र मटीतेल उपत्यकामा लिटरको १४६ रुपैयाँ, तराईका जिल्लाहरुमा १४३ रुपैयाँ ५० पैसा र भित्री मधेसमा १४५ रुपैयाँ पर्नेछ ।

    एलपी ग्याँसको प्रतिसिलिण्डर मूल्य १८०० रुपैयाँबाट घटेर १७९० रुपैयाँ कायम भएको छ ।

  • सुनको भाउ घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

    सुनको भाउ घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

    अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन प्रतितोला तीन सय रुपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

    शुक्रबार प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

     

  • चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

    चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ ।

    यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    अघिल्लो दिन अर्थात बिहीबार प्रतितोला आठ सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

  • ऋण नलिइ देश समृद्ध हुदैन्:अर्थमन्त्री डाक्टर महत

    ऋण नलिइ देश समृद्ध हुदैन्:अर्थमन्त्री डाक्टर महत

    काठमाडौं ।अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले, ऋण नलिइकन कुनैपनि देश समृद्ध हुन नसक्ने जिकिर गरेका छन् ।

    विहीबार राष्ट्रिय सभामा राष्ट्र ऋण उठाउने विधेयकमाथि उठेका प्रश्नको जवाफ दिदै उनले ऋण लिएर लगानी गर्ने, लगानी गरेर प्रतिफल ज्यादा लिनकै लागि सरकारले प्रयास गर्ने बताए ।
    उनले भने ‘हामीले ऋण चै लिनु पर्छ । किनकी ऋण नलिइकन आर्थिक समृद्धि हासिल हुदैन् । कुनै पनि देश ऋण समद्ध भएको छैन् ।’

    यसअघि लिइएको ऋण सरकारले सदुपयोग नगरेको उनको तर्क छ । ‘ऋण उत्पादनशील क्षेत्रमा प्रयोग भएन् । जहाँ लगानी भयो त्यसको अनुसार प्रतिफल प्राप्त हुने कुरामा अनिश्चितता भएको छ । त्यसमा हाम्रो चासो र चिन्ता छ । ’ उनले भने । यसअघि विधेयकमाथिको छलफलमा भाग लिदैँ सांसदहरुले ऋणको सदुपयोग नभए देशले दुख पाउने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

  • बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । बुधबार प्रतितोला ३ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार,आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७७ पैसा र बिक्री दर १७० रुपैयाँ ५४ पैसा रहेको छ ।

    यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा पुगेको छ ।

    अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४९ पैसा र बिक्री दर १३२ रुपैयाँ ०९ पैसा रहेको छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०८ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको छ ।

    क्यानाडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ०४ पैसा र बिक्रि दर ९९ रुपैयाँ ५० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

  • हुलाक बचतका खाता वाणिज्य बैंकमा हस्तान्तरण गर्न सुरु

    हुलाक बचतका खाता वाणिज्य बैंकमा हस्तान्तरण गर्न सुरु

    काठमाडौं । हुलाक बैंकमा रहेका खाता एवं वचत रकम राष्ट्रिय वाणिज्यमा हस्तान्तरण गर्न सुरु गरिएको छ ।

    नेपाल सरकार, मन्त्रिपरिषद्को असार १२ गतेको निर्णयअनुसार मंगलवारदेखि हस्तान्तरणको प्रक्रिया सुरु भएको हो । असार २९ गतेसम्म हस्तान्तरणको प्रक्रिया चल्ने भएकाले सो अवधिसम्म हुलाक वचत खाताका कारोवार पनि रोक्का रहने छ ।

    सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत हुलाक वचत बैंकका खाताहरुलाई राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो । देशभरिका जिल्ला सदरमुकाममा रहेका ६८ वटा राष्ट्रिय वाणिज्य बैंकका शाखामा हुलाक वचत बैंकका खाता हस्तान्तरण गर्न थालिएको छ । राष्ट्रिय बैंकसँग असार २४ गते भएको सम्झौताअनुसार खाता हस्तान्तरण प्रक्रिया सुरु भएको हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेले जानकारी दिइन् ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा असार १२ गतेको मन्त्रिपरिषद् बैठकले हुलाक वचत बैंकमा रहेका वचतकर्ताका खाता एवं वचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

    त्यसैगरी, हुलाक वचत बैंकहरुको व्यवस्थापन गर्नका लागि गर्नका लागि सञ्चालनमा रहेका हुलाक वचत बैंकमा रहेको समग्र नाफा रकमबाट हाल घाटामा रहेका तथा कर्मचारीबाट हिनामिना भएका रकम भुक्तानी गरी बाँकी रहेको नाफा रकम नेपाल सरकारको सञ्चित कोषमा जम्मा गर्ने निर्णय पनि सरकारले गरिसकेको छ ।

    हुलाक वचत बैंकमा रकम हिनामिना कार्यमा संलग्न कर्मचारीलाई कानुनबमोजिम कारवाही गर्ने र हिनामिना भएको रकम संलग्न कर्मचारीबाट कानुनबमोजिम असुल उपर गर्ने निर्णय पनि सरकारले गरिसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

    त्यस्तै हुलाक वचत बैंकमा रहेका खाताहरु हस्तान्तरणपछि हुलाक वचत बैंक खारेज गरी हुलाक बैंक नियमावली २०३४ को खारेजीको प्रक्रिया अगाडि बढाउने निर्णय पनि मन्त्रिपरिषद् बाट भइसकेको प्रवक्ता सुवेदीले जानकारी दिए ।

    देशभरि सञ्चालनमा रहेका ६८ वटा हुलाक वचत बैंकमध्ये १२ वटा घाटामा चलेका थिए । त्यहाँ कार्यरत कर्मचारीबाट वचत रकम हिनामिनासमेत गुनासो आउन थालेपछि आवश्यक पहल गर्दै सञ्चार मन्त्रालयले वचतकर्ताको रकमको सुरक्षाका लागि राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरणका लागि पहल थालेको थियो ।

    सानातिना रकम जम्मा गर्न चाहने व्यक्तिलाई बैंकिङ सुवधा प्रदान गर्न स्थापना भएका हुलाक वचत बैंकको सेवा र कारोवारमा वचत तथा ऋण सेवा प्रदान गर्ने बैंक तथा तथा वित्तीय संस्थाहरुको विस्तारसँगै संकुचन आएको छ । जसका कारण हुलाक वचत बैंक न्यून प्रभावी बन्न पुगेको निष्कर्ष सहित सरकार हुलाक वचत बैंकका खातालाई ‘क’ वर्गको सरकारी बैंकमा स्थानान्तरण गरी हुलाक वचत बैंक खारेज गर्ने निर्णयमा पुगेको हो ।

     

  • कुमारीपाटीमा पनि खुल्यो ‘प्लस साइज’ को नयाँ आउटलेट

    कुमारीपाटीमा पनि खुल्यो ‘प्लस साइज’ को नयाँ आउटलेट

    काठमाडौं । ललितपुरको कुमारीपाटीमा ‘प्लस साइज नेपाल’ को नयाँ आउटलेट सञ्चालनमा आएको छ।

    विशेषतः ठूला साइजका रेडिमेड कपडाका लागि चर्चित प्लस साइज नेपालले यसअघि नवलपरासी र बसुन्धराको आउटलेटबाट सेवा दिइरहेको थियो ।

    कम्पनीले आउटलेज नभएका ठाउँका लागि डेलिभरीको पनि व्यवस्था गरेको प्लस साइज नेपालमा सञ्चालक बिष्णु बोहोराले जानकारी दिए ।

    ‘हामीसगँ सबै प्रकारका लेडिज कपडाहरू छन् । यो बाहेक बजारमा नपाइने ठूला साइजका लेडिज कपडा हामीकहाँ उपलब्ध छन्,’ उनले भने।

    करिब ४ वर्ष अघिदेखि सञ्चालनमा आएको प्लस साइज नेपालले अधिकांश कपडा नेपालमै उत्पादन गर्छ । कम्पनीले हाल १ सयभन्दा धेरैलाई रोजगारी दिइरहेकाे छ ।

    प्लस साइज नेपालले देश बाहिर पनि कपडा निर्यात सुरु गरेको बाेहाेराले जानकारी दिए । उनले भने ‘हामीले निर्यातको सुरुवात गरिसक्यौं र यसलाई निरन्तरता दिदैँ बिस्तारै निर्यात बढाउछौँ ।’