Category: प्रविधि

प्रविधि

  • ट्विटरले लोगोमा निलो चरो हटाएर राख्यो एक्स

    ट्विटरले लोगोमा निलो चरो हटाएर राख्यो एक्स

    काठमाडौं । माइक्रोब्लगिङ साइट ट्विटरले आफ्नो लोगो फेरेको छ ।

    सोमबार दिउँसो ट्विटरले आफ्नो लोगोमा रहेको निलो चरोलाई हटाएर अंग्रेजी अक्षर एक्स राखेको छ ।

    ट्विटरका मालिक एलन मस्कले यसअघि नै ट्विटरको लोगोबाट निलो चरो हटाउने बताएका थिए । ट्विटरको कार्यालयमा पनि एक्सको संकेत राखिएको तस्बिर मस्कले ट्विट गरेका छन् ।

    आफूले किनेदेखि नै मस्कले ट्विटरको रिब्रान्डिङ गर्ने भन्दै विभिन्न परिवर्तन गरिरहेका छन् ।

    केही समयअघि उनले भेरिफाइड हुन पैसा तिर्नुपर्ने नियम ल्याएका थिए ।

    मस्कले किनेदेखि ट्विटरको विज्ञापनबाट हुने आम्दानी भने घटेको घट्यै छ । केही दिनअघि मस्कले ट्विटरको आम्दानी ५० प्रतिशतले घटेको स्वीकारेका थिए ।

     

     

  • काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भोलि ८ घण्टा विद्युत प्रभावित हुने

    काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भोलि ८ घण्टा विद्युत प्रभावित हुने

    काठमाडौं । भोलि बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत प्रभावित हुने भएको छ।

    नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको छ।

    प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर-१ प्यानल तथा दुईमध्ये एक पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको विभिन्न फिडरहरूमा विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जानकारी दिएको छ।

    यी क्षेत्रमा हुनेछ विद्युत प्रभावित

     

  • भारतले चन्द्रमाका लागि पठायो चन्द्रयान-३

    भारतले चन्द्रमाका लागि पठायो चन्द्रयान-३

    काठमाडौं । भारतले शुक्रबार चन्द्रमाका लागि रकेट पठाएको छ ।

    स्थानीय समयअनुसार शुक्रबार दिउँसो २:३५ बजे आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान-३ नाम दिइएको रकेट टेकअफ भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

    योजनाअनुसार सबै काम भए यो रकेट आगामी अगस्ट २३ वा २४ मा चन्द्रमाको सतहमा पुग्नेछ ।

    चन्द्रयान-३ को रोभरले चन्द्रमाको सतहमा सफल अवतरण गरेमा भारत चन्द्रमामा यान पठाउने विश्वको चौथो मुलुक हुनेछ । यसअघि संयुक्त राज्य अमेरिका, रूस र चीनले मात्र आफ्नो यान चन्द्रमामा पुर्‍याउन सकेका छन् ।

    भारतले चन्द्रमाका लागि यान पठाएको यो तेस्रो पटक हो । सन् २००८ मा भारतले चन्द्रयान-१ पठाएको थियो तर त्यो चन्द्रमाको सतहमा अवतरण भएन ।

    सन् २०१९ मा भारतले पठाएको चन्द्रयान-२ पनि चन्द्रमामा अवतरण हुन असफल भयो । अवतरण हुन लाग्दा त्यसको रोभर दुर्घटनामा परेको थियो ।

    चन्द्रयान-३ को तौल ३ हजार ९ सय किलोग्राम छ भने यो बनाउन ६.१ अर्ब भारतीय रुपैयाँ लगानी भएको छ ।

  • चन्द्रगढी उडेको बुद्धको जहाज प्राविधिक समस्यापछि काठमाडौंमा अवतरण

    चन्द्रगढी उडेको बुद्धको जहाज प्राविधिक समस्यापछि काठमाडौंमा अवतरण

    काठमाडौं । बुद्ध एयरको झापाको चन्द्रगढी उडेको जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ ।

    त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो ।

    उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो । अर्को जहाजबाट यात्रुलाइ झापा पठाउने तयारी गरिएको र सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जनाएको छ ।

    काठमाडौंबाट उडेको केही समयमै इण्डिकेसन समस्या आएपछि जहाज काठमाडौंमै फिर्ता गरिएको बताइएको छ ।

  • थ्रेड सार्वजनिक पछि एलन मस्क र मार्क जुकरबर्ग मार्सल आर्टका लागि आमने सामने

    थ्रेड सार्वजनिक पछि एलन मस्क र मार्क जुकरबर्ग मार्सल आर्टका लागि आमने सामने

    काठमाडौं । एलन मस्क र मार्क जुकरबर्ग दुबै विश्वका सर्वाधिक धनी र सफल व्यवसायी हुन् । जुकरबर्ग फेसबुक र इन्ट्राग्राम जस्ता सामाजिक सञ्जालमा राज गर्छन भने मस्क टेस्लाका मालिक र ट्वीटर किनेर चर्चामा आएका छन् । तर अहिले यी दुबै मिक्स मार्सल आर्ट फाइटका लागि आमने सामने हुने अवस्थामा पुगेका छन् ।

    एलन मस्कले कुस्ती खेल्न चुनौती दिएपछि मार्क जुकरबर्गले सन् २०१२ यता पहिलो पटक ट्वीट गरेका छन् ।

    ट्वीटरलाई प्रतिष्पर्धा गर्न सामाजिक सञ्जाल थ्रेड सार्वजनिक गरेको केही घण्टामा सीईओ जुकरबर्गले दशक लामो अवधिपछि पहिलो पटक ट्वीट गरेका हुन् ।

    उनले बिहीबार एलन मस्कलाई लक्षित गर्दै स्पाइडर म्यान आपसमा भिडिरहेको मिम शेयर गरेका छन् । ट्वीटरको पोस्टमा भने कुनै क्याप्सन राखिएको छैन । यसलाई ट्वीटर र थ्रेडबीचको प्रतिस्पर्धा सुरु भएको घोषणाको रूपमा समेत लिन थालिएको छ ।

    मङ्गलबार जुकरबर्गले ट्वीटर सिद्ध्याउने गरी प्रतिस्पर्धीको रूपमा थ्रेड उतारेका थिए । मेटाले थ्रेडलाई एउटा छुट्टै एपको रुपमा ल्याएको भए पनि यो एप इन्स्टाग्राम अकाउन्टमा आधारित छ ।

    खास तवरमा थ्रेड ट्वीटर जस्तै छ । एपको मुख्य फिडमा इन्स्टाग्रामको एल्गोरिदमले सुझाएका साथै फलो गरिएका अकाउन्टका पोस्टहरू देखिन्छन् । त्यस्ता पोस्टहरूलाई तपाईंले रिपोस्ट गर्न सक्नु र त्यसमा कमेन्ट गर्न हुन्छ ।

    हाल थ्रेडमा फोटो तथा पाँच मिनेट लामो भिडिओ सहित ५ सय क्यारेक्टर लामो पोस्ट गर्न सकिन्छ । थ्रेडलाई गहिरो गरी इन्स्टाग्राम अकाउन्टसँग गाँसिएकाले थ्रेडमा गरेको पोस्टलाई तुरुन्तै इन्स्टाग्रामको स्टोरी तथा फिडमा राख्न सकिन्छ ।

    यो एपमा तस्वीर, शर्ट, उच्च गुणस्तरका भिडिओ समेत पोस्ट गर्न सकिन्छ । ‘यो एपमा एक अर्बभन्दा बढी मानिसले सार्वजनिक कुराकानी गर्न सक्नेछन्,’ थ्रेड सार्वजनिक भएपछि एक पोस्ट गर्दै जुकरबर्गले भनेका छन्, ‘ट्वीटरसँग यो अवसर थियो, तर गर्न सकेको छैन । आशा छ हामी त्यो गर्नेछौं ।’
    यो एप प्रारम्भिक चरणमा विश्वका १ सय देशमा उपलब्ध भए पनि युरोपमा भने छैन ।

     

  • देशभरका यातायात कार्यालयमा हुने सेवा प्रवाह विद्युतीय प्रणालीबाट सञ्चालन

    देशभरका यातायात कार्यालयमा हुने सेवा प्रवाह विद्युतीय प्रणालीबाट सञ्चालन

    काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधि मैत्री र सहज बनाउन विद्युतीय सेवा प्रवाह प्रणाली सञ्चालनमा ल्याएको छ ।

    बुधबार मन्त्रालयमा आयोजित सवारी चालक अनुमतिपत्रको अनलाईन राजस्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह शुभारम्भ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सेवा प्रवाह प्रणाली  https:applydlnew.dotm.gov.np सञ्चालनमा ल्याइएको जानकारी दिएका हुन् ।

    उनले भने ‘ साविकमा सवारी चालक अनुमतिपत्रका लागि अनलाईन आवेदनको व्यवस्था भए पनि सवारी चालक अनुमतिपत्र प्राप्त गर्न सेवाग्राहीले लिखित तथा प्रयोगात्मक परीक्षा स्थल बाहेक यातायात कार्यालयमा नै धेरै पटक लाइन बस्नुपर्ने गरेको अवस्था विद्यमान छ । यसले गर्दा सेवाग्राहीले धेरै समय र मेहनत खर्च गर्नुपरेको छ भने यातायात कार्यालयमा समेत धेरै कर्मचारी खटाउनुपर्ने, कर्मचारी विदामा बस्दा सेवा प्रभावित हुने जस्ता समस्या रहेका छन् । सवारी चालक अनुमतिपत्र सम्बन्धी काम धेरै शाखा तथा बाटफाँट हुँदा अभिलेख व्यवस्थापन समेत त्यत्तिकै चुनौतीपूर्ण रहेको छ । ’

    यो प्रणाली पूर्ण रुपमा लागू भए पश्चात सेवाग्राहीहरु लिखित तथा प्रयोगात्मक स्थल बाहेक यातायात कार्यालयमा एक पटक मात्र उपस्थित भए पुग्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

    सुरुमा यो प्रणाली गण्डकी प्रदेश अन्तरगतको यातायात व्यवस्था कार्यालय, कास्कीमा २०८० असार २० गते देखि परीक्षणको रुपमा लागू गरिएको छ । आगामी एक महिना भित्रमा यसलाई देशका सबै प्रदेश सरकार अन्तरगतका यातायात व्यवस्था कार्यालय-सेवा कार्यालयहरुमा लागू गर्ने लक्ष्य लिइएको छ । यसबाट नेपाल सरकारले आ. व. २०८०-०८१ को नीति तथा कार्यक्रममा व्यक्त गरेको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्ने नीति कार्यान्वयनमा समेत सहयोग पुग्ने छ ।

    अनलाईन राजश्व भुक्तानी सुविधा सहितको विधुतीय माध्यमबाट सवारी चालक अनुमतिपत्रको सेवा प्रवाहलाई कानुनी आधार प्रदान गर्न सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ६२ ले दिएको अधिकार प्रयोग गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ‘विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्रको सेवा प्रवाह गर्ने सम्बन्धी कार्यविधि निर्देशिका, २०८०’ जारी हुदैछ । यसले गर्दा विधुतीय सेवा प्रवाहलाई कानुनी आधार प्रदान गर्नेछ ।

    विधुतीय सेवा प्रवाह प्रणालीमा नयाँ आवेदक, वर्ग थप गर्न चाहने आवेदक, नवीकरण गर्न चाहने आवेदक, पहिले आवेदन गरेका तर परीक्षामा सफल हुन नसकेका आवेदकका लागि अलग अलग पोर्टलहरु रहेका छन् । आवेदक प्रणालीलाई गृह मन्त्रालयको नागरिकता व्यवस्थापन सूचना प्रणाली र यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र प्रणालीसंग आवद्ध गरिएकाले नयाँ आवेदकले भर्ने आवेदन फाराममा नागरिकता व्यवस्थापन सूचना प्रणालीबाट र वर्ग थप तथा नवीकरणका लागि आवेदन पेश गर्दा यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र प्रणालीबाट विवरण स्वतः प्राप्त हुने व्यवस्था मिलाइएको छ ।

  • गाउँ गाउँमा सिंहदरबार : ईन्टरनेट सेवा नहुँदा १ दिन पैदल हिँडेर सेवा लिँदै मुगुमवासी

    गाउँ गाउँमा सिंहदरबार : ईन्टरनेट सेवा नहुँदा १ दिन पैदल हिँडेर सेवा लिँदै मुगुमवासी

    मुगु । सिंहदरवारको अधिकार गाउँ गाउँमा भन्ने सरकारको मूल नारालाई चुनौती दिदै अझै पनि गाउँघरमा प्रवाह हुने सेवाहरु प्रभावकारी बन्न सकेका छैनन् । साना तिना समस्याले पनि ठूला समस्या खडा गरिदिदा दुर्गम भेगका जनताले पाउने सास्ती घटेको छैन ।

    मुगुम जिल्लाकोे उतरपूर्वी भेगमा पर्ने मुगुम कामारोङ्ग गाउँपालिकामा रहेका १,२,३,४ वडा कार्यालयमा ईन्टरनेट सेवा नहुँदा नागरिकहरुले जन्म,मृत्यू ,वसाई सराई सेवा लिन १ दिन पैदल हिडेर पालिकामा रहेको संयुक्त वडा कार्यालयमा जानु पर्ने बाध्यता रहेको छ ।

    मुगुम कामारोङ्ग गाउँपालिका क्षेत्रफलले निकै ठूलो भएपनि जनसंख्याको हिसाब थोरै रहेको ९ वडा भएको एक पालिका हो । कष्टकर भुगोलका कारण एक बस्तीबाट अर्को बस्ती पुग्न ३ देखि ५ घण्टा सम्म हिड्नु पर्ने हुन्छ ।

    पछिल्लो समयमा सरकारले पञ्जिकाधिकारीबाट हुने जन्म,मृत्यू,वसाई सराई,सामाजिक सुरक्षा भत्ता समेत अनलाईनमार्फत दर्ताको व्यवस्था गरेको हुँदा मुख्यत वडामा सचिव नबस्ने, त्यसमाथि ईन्टरनेटको सुविधा नहुँदा सामान्य सेवा लिनको लागि पनि २ देखि ५ घण्टा हिडेर पालिकाबाट सेवा लिनु पर्ने बाध्यता रहेको समाजसेवी गुरुस्याङ्गा लामाले बताए ।

    वडा कार्यालयमा नत बत्ति छ नत ईन्टरनेट नै । दैनिक एक दिन हिडेर सामान्य सिफारिस लिनको लागि पालिका कार्यालय पुलुमा पुग्नु पर्ने बाध्य हुँदा नागरिकहरुले निकै दुःख पाउने गरेको मुगमकामारो गाउँपालिका वडा नम्र १ का वडा अध्क्षय कामाटुन्डुप लामाले बताए ।

    सन् २०२४ सम्म पञ्जिकरण सम्बन्धि सबै सेवालाई अनलाईनबाट सन्चालन गर्ने नेपाल सरकार गृह मन्त्रालयको परिपत्र अनुसार मुगम कामारोङ्ग गाउँपालिकाका १ देखि ९ वडा सम्मका सबै मृत्यू ,जन्म,वसाईसराई लगायतका सेवाहरु अनलाईनबाट दर्ता सुरु गरिएका छन । पालिकाबाट प्रत्येक वडा कार्यालयमा ईन्टरनेटको सेवा बारे पहल गर्दा वडाको बजेट भन्दा बढी खर्च लाग्ने भएकोले वडा कार्यालयमा ईन्टरनेट,विद्युतको सेवा नहुँदा पालिकाको केन्द्र रहेको पुलुमा अवस्थित संयुक्त वडा कार्यालयबाट जनतालाई सेवा दिने गरेको मुगम कामारोङ्ग गाँउपालिका १ र २ वडाका वडा सचिव ईश्वर सिंहले बताए ।

    मुगुम कामरोङ्ग भूगोल र भैतिक पूर्वधार ठूलो क्षेत्र रहेको पालिका हो । १ देखि ४ वडासम्म ईन्टरनेट नहुँदा निकै समस्या भएको छ भने ५ देखि ९ वडासम्म ईन्टरनेट सेवा उपलब्ध छ । ईन्टरनेट सेवा नभएका वडा र पालिका भित्र रहेका स्वास्थ्य संस्था,बिद्यालयमा समेत ईन्टरनेट सेवा प्रवाह गर्नको लागि आ.व ०८०।०८१को नीति तथा कार्याक्रममा बजेटको व्यवस्था गरिएको हुँदा अवको ३ – ४ महिना भित्र सबै वडाहरुमा ईन्टरनेट सेवा पुर्याउने गरी कार्य भईरहेको मुगम कामारोङ्ग गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास चन्द्र रावलले जानकारी दिए ।

  • ४० प्रतिशत डाउन पेमेन्टमा सामसङ फोन किन्न सकिने

    ४० प्रतिशत डाउन पेमेन्टमा सामसङ फोन किन्न सकिने

    काठमाडौं । उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले, इन्स्टा फाइनान्स सुविधा प्रविधिको बजारीकरणका लागि एउटा आधार स्तम्भ बन्न सक्ने बताएका छन् ।

    काठमाडौंमा सामसङ मोवाईलका लागि इन्स्टा फाइनान्सको सुविधाको औपचारिक शुभारम्भ कार्यक्रममा उनले छिटो र सहजै फाइनान्स सुविधामा फोन खरिद गर्न किने यो सेवाले प्रविधि प्रयोग गर्न चाहानेलाई ठुलो राहत दिने बताए ।

    उनले कुनैपनि विकसित देशमा ५० प्रतिशत भन्दाबढी कारोबार कन्जुमिङ फाइनान्सबाट हुने भएपनि नेपालमा त्यसो हुन नसकेको भन्दै इन्स्टा फाइनान्स त्यसका लागि आधार बन्न सक्ने जिकिर गरे ।

    ‘जो व्यक्तिहरु आफ्नो लाईफलाई अपग्रेट गर्न चाहान्छन् मोवाईल फोन नभएर आज प्रडक्टिभिटी हुन सक्दैन प्रडक्टिभिटीको लागि राम्रो मोवाईल फोन चाहिन्छ र धेरैमा यो देखेका छौ एफोर्टिविलीटी एउटा कोइच्नमार्क दखिन्छ ।’

    उनले भने ‘त्यसैले गर्दा मलाई लाग्छ यो ऐतिहासिक दिन हो । यो सबै नेपालको जसले आफ्नो लाईफलाई अपग्रट गर्न चाहान्छन बढी इफिसेन्ट बनाउन चाहान्छन् बढी प्रडक्टीभ बनाउन चाहान्छन् उनीहरुको लागि एउटा राम्रो अर्पचुनिटी हो जस्तो मलाई लाग्छ इन्टा फाइनान्सले । मोवाईल फोन विना प्रडक्टिभिटी हुन सक्दैन ।’

    त्यस्तै आइएमएस गु्रपका अध्यक्ष दिपक मल्होत्राले, यो सुविधाले मोबाईल जगतमा फड्को मार्ने बताए । उनले भने ‘मलाई लाग्छ पुरानै लयमा फर्किने क्रममा छौं ।’ उनले बैंकबाट लोन लिने समस्या पनि विस्तारै समाधान हुदै जाने विश्वास व्यक्त गरे ।

    सामसङका निर्देशक प्रणयरत्न स्थापितले आफूहरुले ग्राहकलाई सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउने प्रयास गरेको बताए । ‘ग्राहकको लागि सर्वसुलव रुपमा आर्थिक सुविधा उपलब्ध गराउने हाम्रो प्रयास हो । यस अन्तरगत २५ हजार भन्दा माथिको सामसङ फोनको लागि यो सुविधा दिएका छौं । ग्राहकले गएर आवश्यक कागजात लगेर एक घण्टा भित्रमा नयाँ फोन लिएर निस्कन सकिने खालको छिटो सुविधा लिएर आएका छौं ।’ उनले भने ‘नेपालको २० भन्दा बढि सहरहरुमा २ सयभन्दा बढिको सहकार्यमा यो सुविधा उपलब्ध गराईसकेका छौं । आफ्नै गाउँ ठाउँमा सुविधा लिन सक्नेछन् ।’

    सामसङले ४० प्रतिशत डाउन पेमेन्टमा शुन्य व्याजदर र बिना सेवा शुल्क सहजै २५ हजारभन्दा माथिको फोन किन्न सकिने सेवा दिएको हो । हुलास फाइनान्सको सहयोगमा उपलब्ध हुन लागेको यो सेवा लिन ग्राहकले क्रेडिट कार्ड समेत लिन नपर्ने बताइएको छ ।

  • एनसेलले आइसीएसआईडीमा दायर गरेका मुद्दाको फैसला नेपाल सरकारको पक्षमा

    एनसेलले आइसीएसआईडीमा दायर गरेका मुद्दाको फैसला नेपाल सरकारको पक्षमा

    काठमाडौं । नेपालको निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटाले नेपाल सरकारविरुद्ध अन्तर्राष्ट्रिय विवाद समाधान केन्द्र (ाईसीएसआईडी) मा दायर गरेको मुद्दामा पराजय भोगेको छ ।

    एनसेलले नेपाल सरकारबाट ३ सय ४८ मिलियन अमेरिकी डलर लगभग ४६ अर्ब नेपाली रुपैयाँको क्षतिपूर्ति दाबी गर्दै २०७६ साल वैशाख आईसीएसआईडीमा मुद्दा दायर गरेको थियो । तर मुद्दामा नेपाल सरकारको पक्षमा फैसला भएको छ ।

    विश्व बैंक मातहत रहेको आईसीएसआईडीले गठन गरेको मध्यस्थकर्ता समूहले मुद्दाको छिनाफानो गरेको हो ।

    २०७२ साल चैतमा स्विडिस कम्पनी टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत शेयर स्वामित्वको रेनोल्ड होल्डिङ लिमिटेडको सम्पूर्ण स्वामित्व मलेसियन कम्पनी आजियाटालाई बिक्री गरेपछि विवाद सुरु भएको थियो । एनसेलको स्वामित्व परिवर्तनपछि नेपालले पाउनुपर्ने पुँजीगत लाभकरको विषयलाई लिएर विवाद सतहमा आएको थियो ।

    यो घटना प्रतिनिधिसभाको संसदीय समितिदेखि सर्वोच्च अदालतसम्म पुगेको थियो । सर्वाेच्चको आदेशपछि नेपाल सरकारलाई ४५ अर्ब ४३ करोड पुँजीगत लाभकर बुझाउन बाध्य भएको थियो ।

    तर आजियाटा इन्भेस्टमेन्ट यूके लिमिटेड र एनसेल प्राइभेट लिमिटेडले द्विपक्षीय कर सम्झौता विपरीत हुने गरी पुँजीगत लाभकर असुलेको जिकिर गर्दै नेपाल सरकारबाट क्षतिपूर्तिको मागसहित आईसीएसआईडीमा मुद्दा दायर गरेको थियो ।

  • फेरि बने विश्वका सबै भन्दा धनाढ्य व्यक्ति एलन मस्क

    फेरि बने विश्वका सबै भन्दा धनाढ्य व्यक्ति एलन मस्क

    काठमाडौं । विश्व प्रसिद्ध कम्पनी टेस्ला तथा स्पेसएक्सका संस्थापक एलन मस्क फेरि विश्वका सबै भन्दा धनाढ्य व्यक्ति बन्न सफल भएका छन् ।

    यसअघि पहिलो नम्बरमा रहेका फेसन ब्राण्ड लुइ भिटका सिईओ बर्नार्ड अर्नाल्टको एलभीएचएमको सेयर मुल्यमा २.६ प्रतिशतले गिरावट आएसँगै विश्वको धनाढ्य व्यक्तिको सूची ब्लुलेबर्ग बिलेनियर्स इन्डेक्समा मस्क पहिलो स्थानमा आउन सफल भएका हुन् ।

    हाल मस्कको कुल सम्पति १ सय ९२ बिलियन अमेरिकी डलर रहेको बताइएको छ ।

    उक्त सूचीमा १ सय ८७ बिलियन डलरका साथ बर्नार्ड अर्नाल्ट दोस्रो नम्बरमा छन् ।

    यसै १ सय ४४ बिलियन डलर्सका साथ जेफ बेजोज तेस्रो नम्बरमा रहेका छन् ।

    यस्तैगरी भारतीय अर्बपति मुकेश अम्बानी ८४ बिलियन डलरका साथ १३ नम्बरमा रहेका छन् ।