Category: अर्थ

अर्थ

  • दुई वर्षपछि सेयर बजारमा उच्च, कारोबार ८ अर्ब नाघ्यो

    दुई वर्षपछि सेयर बजारमा उच्च, कारोबार ८ अर्ब नाघ्यो

    काठमाडौं । सेयर बजार कारोबार दुई वर्षयताकै उच्च भएको छ । मंगलबारको कारोबार ८ अर्ब नाघेको छ । नेप्से सूचक ५४.५४ अंकले बढेर २१७५.१७ पुगेको छ । नेपाल स्टक एक्सचेन्जको रेकर्डअनुसार २०७८ माघ ४ पछि हालसम्मकै उच्च कारोबार भएको हो ।

    बैंकहरुको ब्याजदर घटेको असर सेयर बजारमा परेको हो । १४ कम्पनीको सेयरमा सर्किटस्तरको कारोबार भएको छ । ३०४ कम्पनीमध्ये २१४ को सेयर मूल्य बढेको छ । ३१ कम्पनीको सेयर मूल्यमा गिरावट छ भने २ कम्पनीको सेयर मूल्य स्थिर छ । मंगलबार सर्वाधिक बढ्नेमा फाइनान्स ४.७५ प्रतिशत छ । इन्भेस्टमेन्ट कम्पनी ३.७०, जलविद्युत ३.५१, लघुवित्त ३.०२ प्रतिशतले बढेको छ ।

    सर्वाधिक कारोबार हुनेमा सोनापुर मिनरल्स, निफ्रा, एनआरएन इन्फ्रस्ट्रक्चर, हिमाल दोलखा हाइड्रोपावर र अपि पावर लगायतका कम्पनी छन् ।

    सोनापुरको २८ करोड ३१ लाख, निफ्राको २३ करोड २६ लाख, एनआएन २१ करोड १३ लाख, हिमाल दोलखाको १७ करोड ६३ लाख र अपि पावरको १६ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    सेयर मूल्य बढ्नेमा बुटवल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, हिमालय पावर, एनआरएन इन्फ्रास्ट्रचर, नेपाल वेयरहाउस कम्पनी लगायत अगाडि छन् । मंगलबार २ करोड ३३ लाख ७० हजार ५३ किता सेयर कारोबार भएको छ, जसमा कारोबार रकम ८ अर्ब २ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

     

  • डिजेल र पेट्रोलको मूल्य १ रुपैयाँ घट्यो

    डिजेल र पेट्रोलको मूल्य १ रुपैयाँ घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

    निगमले मंगलबार विहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा समान १-१ रुपैयाँ मूल्य घटाएको हो । जसअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, डिजेल-मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १५३.५० रुपैयाँ, दोश्रो वर्गकालागि प्रति लिटर १५५ रुपैयाँ र तेश्रो वर्गकालागि प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।

    निगमले हाल स्वचालित मूल्य समायोजन प्रणाली लागू गरेको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाउँदा नेपालमा पनि स्वतः मूल्य घट्ने गरेको छ ।

    सोमबार भारतीय आयल निगमले मूल्य घटाएपछि नेपालले पनि मूल्य समायोजन गरेको हो । भारतीय निगमले पेट्रोलको मूल्यमा प्रति लिटर १.२६ रुपैयाँ र डिजेल-मट्टितेलको मूल्यमा प्रति लिटर ०.८३ रुपैयाँ घटाएको थियो ।

  • उकालो लाग्यो सुनचाँदीको मूल्य

    उकालो लाग्यो सुनचाँदीको मूल्य

    काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ६ सय रुपैयाँ बढेको छ । आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    तेजाबी सुन भने तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर आज १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • लाइन काटिएका उद्योगमा जोडियो बिजुली

    लाइन काटिएका उद्योगमा जोडियो बिजुली

    काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन विवादमा विद्युत प्राधिकरणले काटिएका उद्योगको बिजुली शुक्रबार मध्यरातमा जोडिदिएको छ ।

    शुक्रबार मध्यरातसम्म सबै उद्योगमा लाइन जोडिएको नेपाल विद्युत प्राधिकरणले जनाएकाे हाे ।

    डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरि चलाएको बिजुलीका प्रिमियम बक्यौता नतिरेको भन्दै प्राधिकरणले गत पुस ९ गतेबाट उद्योगमा लाइन काट्न सुरु गरेको थियो ।

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरण र उद्योगीहरूबीचको महसुल बक्यौताको विवाद समाधानका लागि जाँचबुझ समिति गठन गरेको थियो ।

    बैठकले उद्योगमा लाइन जोड्ने निर्णय पनि गरेको थियो ।

    प्राधिकरणको रेकर्डअनुसार उद्योगहरूबाट २०७२ माघअघिको ९७ करोड रूपैयाँ प्रिमियम महसुल लिन बाँकी छ ।

    २०७२ माघदेखि २०७५ वैशाखसम्मको ६ अर्ब रूपैयाँ र त्यसयताको ८ अर्ब रूपैयाँ प्रिमियम शुल्क लिन बाँकी छ ।

    यसबाहेक २५ प्रतिशत जरिवाना र १५ प्रतिशत ब्याजसमेत गर्दा अहिले ६१ वटा उद्योगले २२ अर्ब २४ करोड रूपैयाँ भुक्तानी दिन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

  • सेयर बजारमा उच्च उतारचढाव : २१ सयमाथि पुगेको नेप्से २०८९ मा रोकियो

    सेयर बजारमा उच्च उतारचढाव : २१ सयमाथि पुगेको नेप्से २०८९ मा रोकियो

    काठमाडौं । बुधबार सेयर बजारमा उच्च उतारचढाव देखिएको छ ।

    मंगलबार २०८० विन्दुमा बन्द भएको सेयर बजार बुधबार कारोबार सुरु भएको ४५ मिनेटमै २११६ विन्दुसम्म पुगेको थियो । त्यसपछि भने बजार केही ओरालो लाग्यो । यद्यपि अघिल्लो दिनको तुलनामा ९.५ अंक बढेरै बजार बन्द भएको छ ।

    बुधबारको कारोबारपछि नेप्से परिसूचक २०८९ विन्दुमा कायम भएको छ । कारोबार रकम पनि केही घटेको छ । मंगलबार ६ अर्ब ११ करोडको कारोबार भएकोमा बुधबार ५ अर्ब १३ करोडमा खुम्चियो ।

    ११८ कम्पनीको मूल्य बढ्दा ११८ को घट्यो भने ११ को स्थिर रह्यो । यस दिन बैंकिङ क्षेत्रमा सुधार देखिएको छ । सो समूह १.१२ प्रतिशतले बढेको छ ।

    बैंकिङका अलवा उत्पादन १.१२, माइक्रोफाइनान्स १, अन्य २.२ र व्यापार उपसमूह ०.०१ प्रतिशत बढे । बाँकी सबै समूह १ प्रतिशतभन्दा तल झरेका छन् । विकास बैंक ०.४७, फाइनान्स ०.१०, होटल तथा पर्यटन ०.८४, जलविद्युत् ०.५०, लगानी ०.६३, जीवन बीमा ०.२५ प्रतिशत बढे ।

    हिमालयन रिइन्स्योरेन्स सहित ६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । मनकामना स्मार्ट लघुवित्त, हिमालयन रिइन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र ङादी ग्रुप पावरको मूल्य १० प्रतिशत बढ्यो । उन्नती सहकार्यको ९, मानुसी लघुवित्तको ८, सोनापुर सिमेन्टको ६.९ प्रतिशत मूल्य बढ्यो । छिमेक लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.९ प्रतिशत घट्यो । अपरहेवाखोला, मायाखोला, नेपाल हाइड्रो डेभलपर्स र हिमालयन पावर पार्टनरको मूल्य ४ प्रतिशत घट्यो ।

  • सेयर बजारमा ६ अर्बभन्दा बढीको कारोबार

    सेयर बजारमा ६ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं । सेयर बजार कारोबार बढेको छ । मंगलबार नेप्से परिसूचक २०.६२ विन्दुले बढेर २०८०.१२ अंकमा आएको छ । ६ अर्ब ११ करोड रुपैयाँ ८३ लाखको सेयर कारोबार भएको छ ।

    १३ मध्ये १० समूहका सूचक बढेका छन् । जलविद्युत, उत्पादनमूलक र म्युचुअल फण्डबाहेकका समूहले उपसूचक बढाएका हुन् । विकास बैंक उपसमूह सर्वाधिक ५.२१ अंकले बढेको छ ।
    मंगलबार ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    कारोबारका आधारमा आज पनि सोनापुर मिनरल्स सबैभन्दा अगाडि रह्यो । उक्त कम्पनीको २१ करोड ४९ लाख ४५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा रहेको निफ्राको १९ करोड ७३ लाख र तेस्रोमा सोल्टी होटल लिमिटेडको १७ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    कारोबार रकम बढ्दा नेप्से परिसूचक पनि उकालो लागेको हो । बढेको बजारमा १६५ कम्पनीका सेयर लगानीकर्ताले कमाएका छन् । कर्णाली र सिन्धु विकास बैंकसँगै ११ कम्पनीको सेयर मूल्य सर्किट लागेर बढेको छ ।

  • डेडिकेटेड र ट्रंक लाइन महसुल छानबिन गर्न समिति गठन, काटिएको लाइन जोडिने

    डेडिकेटेड र ट्रंक लाइन महसुल छानबिन गर्न समिति गठन, काटिएको लाइन जोडिने

    काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादबारे छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले तीन सदस्यीय आयाेग गठन गरेकाे हाे ।

    ६१ उद्योगीले लोडसेडिङका बेला लिएको डेडिकेटेड र ट्रंक लाइन विद्युत् सुविधाको महसुल नतिर्दा नेपाल विद्युत् प्रधीकरणले पछिल्लो दुई सातामा २४ उद्योगका लाइन काटिदिएको थियो ।

    मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयोजक रहेको छानबिन समिति गठन गरेको हो । समितिमा ऊर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव सदस्य रहने निर्णय भएको छ ।

    मन्त्रिपरिषद्ले लाइन काटिएका उद्योगमा तत्काल लाइन जोड्न प्राधिकरणलाई भनेको पनि बैठकमा सहभागी एक मन्त्रीले बताए ।

  • दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

    दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजाबी र छापावाला सुन प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।

    यस्तैगरी, चाँदीको मूल्य आज स्थिर छ । सोमबार प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोहि मूल्य कायम छ ।

     

  • हिमालयन रिइन्स्योरेन्सको सेयर आजदेखि बजारमा कारोबार हुँदै

    हिमालयन रिइन्स्योरेन्सको सेयर आजदेखि बजारमा कारोबार हुँदै

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर आजबाट कारोबारमा आउँदै छ ।

    आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको हिमालयन रिइन्स्योरेन्स कम्पनी आजदेखि कारोबारमा आउन लागेको हो । यससँगै कम्पनीको आईपिओ पनि आजबाट सञ्चालनमा आउन लागेको छ ।

    कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १०३ रुपैयाँ १० पैसादेखि ३०९ रुपैयाँ २० पैसाको बीचमा हुनेछ । सो मूल्य रेञ्जमा रहेर जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्नेछ । पहिलो कारोबार भएको मूल्यपछि दैनिक १० प्रतिशत घट्न वा बढ्न सक्नेछ ।

    अधिकतम मूल्यमा कारोबार भएर १० प्रतिशत बढ्न गएमा सोमबार प्रतिकित्ता मूल्य ३४० रुपैयाँसम्म पुग्न सक्नेछ । प्रिमियमसहित कम्पनीको आईपीओ प्रतिकित्ता २०६ रुपैयाँमा खुलेको थियो ।

    हिमालयन रिइन्स्योरेन्सले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो । आइपीओ बाँडफाँड भने धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले पुस ११ गते गरिएको थियो ।

  • घट्यो सुन–चाँदीको मूल्य

    घट्यो सुन–चाँदीको मूल्य

    काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमा सात सय रुपैयाँले गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तैगरी, चाँदीको मूल्यमा पाँच रुपैयाँ घटेर सोमबार चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ कायम छ ।