Category: अर्थ

अर्थ

  • आठ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    आठ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

    अघिल्लो दिन मङ्गलवार प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।

    त्यसैगरी, आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

  • हेडसरको बारी, केराको घारी

    हेडसरको बारी, केराको घारी

    रामेछाप । खाँडादेवी गाउँपालिकाका रामबहादुर श्रेष्ठ पेसाले शिक्षक हुन् । उनले प्रगतिशील माध्यमिक विद्यालय भीरपानीको प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेका छन् ।

    विद्यालयमा पठन पाठनमा ध्यान दिएर मात्र पुग्दैन, प्रशासनिक काम पनि गर्नुपर्छ । ती सबै काम गरेपछि बचेको समयलाई श्रेष्ठले कृषि कर्ममा लगाएका छन् ।

    त्यसैले ‘रामबहादुर सर’ को परिचय अब हेडसरमा मात्र सीमित रहेन । उनी व्यावसायिक कृषकका रूपमा पनि स्थापित भएका छन् । व्यावसायिक केरा खेती गर्ने हेडसरको बारी अहिले केराको घारी भएको छ ।

     

    श्रेष्ठले खाँडादेवी गाउँपालिका–३ स्थित आफ्नो जग्गामा व्यावसायिक रूपमा केरा खेती लगाएका छन् । करिब सात रोपनी जमिनमा स्थानीय जातको केरा लगाएको श्रेष्ठले बताए ।

    रोग, किरा कम लाग्ने भएकोले स्थानीय जातको केरा लगाएको उनले जानकारी दिए । ‘सात रोपनी जमिनमा ५ सय बोट जति स्थानीय जानको केरा छ, मर्चमने, झप्री लगायतका जातका केरा छन्’, श्रेष्ठले भने ।

    यसअघि पनि उनको बारीका कान्लामा अलिअलि केराका बोट थिए । तर गत वर्ष घर माथि पहिरो चल्ने जस्तो भएपछि उनले जग्गा सम्याए र पूरै बारीमा केरा लगाए ।

    ‘डोजर लगाएर जग्गा सम्याएँ, अलिअलि केराका बिरुवा किनेँ, करिब ७०-७५ हजार रुपैँया खर्च भयो, अहिले केराको घारी भएको छ’, उनले भने ।

    श्रेष्ठले केरामात्र लगाएका छैनन् । केरा बारीमै घुसुवा बालीको रूपमा भूइँकटहर पनि लगाएका छन् । ‘यसपालि ३ सय बोट जति भूइँकटहर पनि लगाएको छु, अर्को वर्षबाट फल्छ’, उनले भने ।

    श्रेष्ठले लगाएको केरा अहिले २५ घरी जति पसाएको छ । ‘घरीको २ हजार आउँदा पनि यसैपटक ५० हजारको केरा फल्छ, अब यो निरन्तर पसाइरहन्छ, त्यसैले पनि आम्दानी पनि निरन्तर हुन्छ, वर्षका एक लाख रुपैयाँ सजिलै आम्दानी हुन्छ’, उनले भने ।

    अर्को वर्षबाट भूइँकटहर पनि फल्ने र केरा पनि झाँगिने हुँदा आम्दानी पनि बढ्ने उनको विश्वास छ । कृषिबाट राम्रो आम्दानी हुने बताउँदै कुरा मात्र होइन काम नै गरेर देखाउन आफूले केरा खेती लगाएको श्रेष्ठ बताउँछन् ।

    आफूले लगाएको देखेर छिमेकीहरूले पनि धेरथोर केरा खेती लगाउन लागेका उनले बताए । ‘उहाँहरूले पनि लगाउनुभएको छ, केरा बेचेरै घर खर्च चलाउने हुनुभएको छ’, उनले भने ।

    स्थानीय सरकारले कृषिलाई प्राथमिकता दिने नारा ल्याएको बताउँदै श्रेष्ठले त्यसलाई व्यवहारमा पनि उतार्न आग्रह गरे । किसानलाई बिरुवा, औषधि, मल लगायतमा अनुदान दिने हो भने यसमा लाग्न किसान प्रोत्साहित हुने उनको भनाइ छ ।

  • घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

    अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला चार सय रुपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार चाँदी प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो ।

  • सोमबार सुन-चाँदीको मूल्य स्थिर

    सोमबार सुन-चाँदीको मूल्य स्थिर

    काठमाडौं । आइतबार प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

    महासंघका अनुसार आइतबार प्रतितोला १ हजार ४ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ ।

     

  • सुन–चाँदीको भाउ सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    सुन–चाँदीको भाउ सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य बढेको छ ।

    अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला एक सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ ।

    शुक्रबार प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेको हो ।

  • लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडाैं । साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

    बुधबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो ।

    बुधबार प्रतितोला २ सय रुपैयाँ, बिहीबार प्रतितोला ३ सय रुपैयाँ र शुक्रबार प्रतितोला ४ सय रुपैयाँ गरी तीन दिनमा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ ।

    बिहीबार प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो ।

  • सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

    सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ ।

    बुधबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला तीन सय रुपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार चाँदी प्रतितोला १ हजार ४ सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ बढेको हो ।

  • सुनचाँदीको मूल्यमा समान्य गिरावट

    सुनचाँदीको मूल्यमा समान्य गिरावट

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

    बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको  छ ।

    आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ थियो ।

    सुनको मूल्य लगातार तेस्रो दिन बढेपछि आज घटेको हो । आइतबार सुनको मूल्य ५०० रुपैयाँले बढेको थियो भने सोमबार २०० र मंगलबार पुनः ५०० रुपैयाँले बढेको थियो ।

    सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य समेत घटेको छ । तोलामा ५ रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ ।

  • डलरको भाउ अहिलेसम्मकै उच्च, किन बढीरहेकाे छ ?

    डलरको भाउ अहिलेसम्मकै उच्च, किन बढीरहेकाे छ ?

    काठमाडाैं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार १ अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ५४ पैसा र खरिददर मूल्य १३२ रुपैयाँ ९४ पैसा पुगेको छ । पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढ्दा भाउ बढेको हो ।

    अमेरिकी फेडरल रिजर्भ बैंकले फेरि ब्याजदर बढाउने चर्चा चलेसँगै विश्वका लगानीकर्ताहरुले डलरको माग बढाउँदा मजबुत बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    ब्याजदर बढ्दा विश्वका लगानीकर्ता अमेरिकामा लागनीका लागि आकर्षित हुन जान्छन्, यसले स्वतः डलरको माग बढ्न जान्छ ।

    नेपाली मुद्रा कमजोर हुँदा विदेशी वस्तु आयात गर्दा बाहिरिने रकम बढ्न जान्छ । यसले मुलुकको व्यापार घाटा बढ्न गइ सञ्चित विदेशी मुद्रामा समेत असर पर्न जान्छ ।

    नेपाली रुपैयाँ कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व समेत बढ्छ । विदेशबाट लिएको ऋणको साँवा ब्याज भुक्तानीका लागि पनि धेरै रकम तिर्नुपर्छ ।

  • आइतबार पनि बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

    आइतबार पनि बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

    अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला छ सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ ।

    शुक्रबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेको हो ।