Category: अर्थ

अर्थ

  • व्यवसायी काँक्रा खेतीमा खाँडादेवीको पात्लेका किसान, एउटै टोलबाट १० लाखको बिक्री

    व्यवसायी काँक्रा खेतीमा खाँडादेवीको पात्लेका किसान, एउटै टोलबाट १० लाखको बिक्री

    रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–७ पात्लेका श्रीमान् तामाङले गत वर्ष डेढ लाख बढीको स्थानीय जातको काँक्रा बेचे ।

    श्रीमानले मात्र होइन प्रेमबहादुर तामाङले पनि डेढ लाख बढीको काँक्रा बेचे । उनीहरूले यति धेरै आम्दानी होला भन्ने सोचले काँक्रा लगाएका होइनन् । तर काँक्रा राम्रो फल्यो, आम्दानी पनि राम्रै भयो ।

    गत वर्ष काँक्रा खेतीबाट राम्रो आम्दानी भएपछि उनीहरूलाई हौस्यायो । यस वर्ष गत सालको भन्दा पनि बढी काँक्रा लगाएका छन् । उनीहरूले मात्र होइन टोलका अन्य किसानले पनि काँक्राको राम्रै खेती लगाएका छन् । ‘गएको वर्ष डेढ लाख लिइयो, यस वर्ष कम्तीमा पनि २ लाख जतिको काँक्रा बिक्री होला’, श्रीमान् तामाङले भने ।

    खाँडादेवी गाउँपालिकाको चेाप्राङ तथा पात्ले क्षेत्रमा चिसो हावापानी भएको कारण हरियो जानको स्वादिलो काँक्रा उत्पादन हुन्छ । यस वर्ष काँक्राको उत्पादन भर्खर सुरु भएको छ । किसानहरूले ओजको अन्तिमसम्म मौसमी काँक्रा नै बिक्री गर्दछन् ।

    यस वर्ष ५० हजार रुपैँया जतिको काँक्रा बिक्री गरिसकेको श्रीमान् तामाङले बताए । काँक्रा फल्ने क्रम चलिरहेकोले यस वर्ष २ लाख बढीको काँक्रा बिक्री हुने उनको अनुमान छ ।

    पात्लेका १० घर बढी किसानले व्यावसायिक रूपमा काँक्रा लगाएका छन् । ती सबै किसानले काँक्रा बेचेर एक लाख बढी आम्दानी गर्ने सामाजिक अगुवा श्यामकृष्ण श्रेष्ठ बताउँछन् । ‘एउटा घरले सरदर एक लाखको काँक्रा बेच्छन्, त्यस हिसाबले पात्ले टोलबाटै १० लाख बढीको काँक्रा बिक्री हुन्छ’, उनले भने ।

    किसानहरूले गाउँमा उत्पादन गरेको काँक्रा संकलन गरी काठमाडौै पठाउने गर्दछन् । काँक्रा लिन गाउँमा नै गाडी आउने भएकोले बजारको कुनै चिन्ता छैन । पात्लेका किसानले आफ्नो टोलको मात्र होइन गाउँका अन्य टोलका काँक्रा समेत संकलन गरेर बिक्रीको लागि पठाउने गर्दछन् । यसले गर्दा स्थानीय उत्पादनले राम्रो बजार पाएको छ । किसानले पनि राम्रो आम्दानी लिएका छन् ।

  • घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

    घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार आठ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ कायम रहेको छ ।

    हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार तोलामा १ हजार ४ सय ५ रुपैयाँ कायम थियो ।

     

  • सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

    अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको भाउ यस दिन स्थिर रहेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो ।

     

  • खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुदैँ

    खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुदैँ

    काठमाडौं । ११ औँ कोरियन एम्बासडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

    दक्षिण कोरियाली दुताबास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा हुने प्रतियोगिताको ११ औं संस्करणमा ७ सय ११ महिला र १ हजार ६७ पुरुष गरी जम्म १७ सय ७८ जना सिनियर तथा जुनियर खेलाडीहरुको सहभागी हुने आयोजकले जनाएको छ ।

    २७ गते देखि ३१ गते सम्म हुने प्रतियोगितामा ५७ स्वर्ण पदकका लागि प्रतिश्पर्धा हुने छ ।

    प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दको संयोजकत्वमा ३५ सदस्यीयआयोजक समिति गठन गरिएको छ । जस अन्तर्गत १० वटा उपसमिति रहेका छन् ।

    प्रतियोगिता सञ्चालन गर्न ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वंयमसेवक प्ररिचालन गरिने आयोजकले जनाएको छ ।

    प्रत्येक दुई वर्षमा हुने यस प्रतियोगिताको यो ११ औं सस्करणमा पहिलो पटक भारत र बंगलादेशका खेलाडीहरुको पनि सहभागी हुने बताइएको छ ।

     

  • एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

    एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार र तेजावी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तैगरी, चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

  • ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

    ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ९ सय रुपैयाँ कायम भएको हो । गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै घटेर १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तैगरी चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

  • स्वदेशी उत्पादन प्रोत्साहन गर्न राठीकोल र आइडिया नेपालबीच सम्झौता

    स्वदेशी उत्पादन प्रोत्साहन गर्न राठीकोल र आइडिया नेपालबीच सम्झौता

    काठमाडौं । राठी एडेसिभ प्रा.ली र इन्टेरियर डिजाइनर एसोसियसन नेपाल (आइडिया नेपाल) बीच विभिन्न क्रियाकलापमा सहकार्य गर्ने सम्झौता भएको छ ।

    शुक्रबार एक कार्यक्रममा दुवै संस्थाबीच नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै बजारमा स्थापित गर्न उक्त सम्झौता गरिएको हो ।

    राठीका प्रमुख योगेश राठीले दुवैको उद्देश्य एउटै भएकाले सहकार्यको सम्झौता भएको बताए ।

    ‘राठीले विदेशी उत्पादनलाई कम गर्दै नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै लैजाने हिसाबले विगत ३५ वर्षदेखि एडेसिभ उत्पादनहरू गरिरहेको छ’, सम्झौता कार्यक्रममा उनले भने, ‘ हामीले देशको बढ्दो व्यापार घाटा घटाउने आइडिया नेपालसँग सहकार्य गरेका हौं । राठीकोल नेपालको उत्कृष्ट ब्राण्ड हो । यसलाई अझ उचाइमा पुर्याउने हाम्रो साझा लक्ष्य हो ।’

    आइडिया नेपालका अध्यक्ष श्याम श्रेष्ठले राठीकोलका उत्पादनहरू कम्पनीले भनेअनुसार उच्च गुणस्तरको रहेकोले आफूले सहकार्य गर्ने निर्णय गरेको बताए ।

    ‘राठीले इन्टेनियर डिजाइनलाई सुलभ मूल्यमा अन्तराष्ट्रिय गुणस्तरमको उत्पादनहरू देशैभरी आफ्ना विक्रेताहरू मार्फत उपलब्ध गराउनेछ’, श्रेष्ठले भने, ‘नेपालमै बनेका इन्टेरियर सामाग्रीहरूलाई प्रोत्साहन गरी नेपाली उत्पादनलाई बढवा दिने कार्य हाम्रो कम्पनिबाट हुनेछ।’

  • सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच ?

    सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

    अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ ।

    बिहीबार प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो ।

  • बुधबार पनि घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ काराेबार ?

    बुधबार पनि घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ काराेबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ घटेको छ ।

    अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला तीन सय रुपैयाँ नै घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ ।

    आज चाँदी प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

    मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो ।

  • बढ्यो सुनचाँदीको मूल्य

    बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

    आइतबारको तुलनामा आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

    आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ रहेकोमा सोमबार बढेर १ लाख १३ हजार रुपैयाँ पुगेको हो । त्यस्तै, यसअघि तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएकोमा आज बढेर १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार  भएको छ ।

    यता, चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।