काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।
लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्यले पनि नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको छ ।
आज चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यसअघि बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको थियो । चाँदीको यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ५ रुपैयाँ बढी हो ।