Category: खेल

खेल

  • भीमबहादुर तामाङ स्मृति कप भलिबल प्रतियोगिता हुदै

    भीमबहादुर तामाङ स्मृति कप भलिबल प्रतियोगिता हुदै

    काठमाडौ । नेपाली कांग्रेसका नेता स्वर्गीय भीमबहादुर तामाङको स्मृतिमा दोलखामा वाग्मती प्रदेश स्तरीय भीमबहादुर तामाङ स्मृति कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

    तामाङको १३ औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ ले प्रतियोगिता आयोजना गर्न लागेको हो । खेल आगामी चैत १३ देखि १६ गतेसम्म दोलखाको बैतेश्वर गाउँपालिका–३ मिर्गे बजारमा हुने नेपाली कांग्रेस दोलखका प्रदेश ‘क’ का सभापति शुक्रराज तामाङले जानकारी दिए ।

    प्रतियोगितामा प्रथम हुनेले ४ लाख रुपैँया नगद पुरस्कार पाउने भएको छ । त्यस्तै दोस्रो हुनेले नगद दुई लाख, तेस्रो हुनेले नगद एक लाख र सान्त्वना हुनेले नगद ५० हजार रुपैँया पुरस्कार शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने छ ।

  • रेडियन्ट क्रिकेट एकेडेमीको उद्घाटन

    रेडियन्ट क्रिकेट एकेडेमीको उद्घाटन

    काठमाडौं । ब्याटर र राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले रेडियन्ट क्रिकेट एकेडेमीको उद्घाटन गरेका छन् ।

    बुधबार मल्लले ललितपुर, सानेपास्थित उक्त एकेडेमीको उद्घाटन गरेका हुन् ।सोही क्रममा उनले नेपालमा क्रिकेटलाई एकेडेमिक हिसाबले अगाडि लैजाने उद्देश्यले २००९ मा काठमाडौं क्रिकेट टेनिङ सेन्टरको स्थापना गरेको भन्दै रेडियन्ट क्रिकेट एकेडेमी त्यसैको निरन्तरता भएको बताए ।

    उनले भने, ‘नेपालमा एउटा एकेडेमी खोल्नु पर्छ, नेपालमा क्रिकेटलाई पनि एउटा एकेडेमिक हिसाबले लानु पर्छ । टिभिमा हेरेको र देखेको भरमा मात्र खेलेर हुदैँन् यसलाई राम्रो तरिकाले अगाडि बढाउनु पर्छ भनेर २००९ मा काठमाडौं क्रिकेट टेनिङ सेन्टर भनेर स्थापना गरेका थियौं ।

    यसको साथै आज जुन रेडियन्ट क्रिकेट एकेडेमी खुलेको छ । यसको लागि सबैजनालाई धन्यवाद दिन चाहान्छु । हाम्रो लक्षित वर्ग भनेको विद्यार्थी भएको हुनाले यसमा विद्यार्थी जोडिदा अझ खुसी छु ।’यसको साथै, उनले रेडियन्ट क्रिकेट एकेडेमीलाई नेपाललाई विश्वकप जिताउन सक्ने खालको राम्रा खेलाडीहरु उत्पादन गर्न पनि शुभकामना दिएका छन् ।

     

  • कोहलपुर गोल्डकपमा अफ्रिकन घानालाई हराउँदै काँक्रेविहार सेमिफाइनलमा

    कोहलपुर गोल्डकपमा अफ्रिकन घानालाई हराउँदै काँक्रेविहार सेमिफाइनलमा

    काठमाडौ । मुख्यमन्त्री कोहलपुर गोल्डकपमा काँक्रेविहार फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार अफ्रिकन घाना फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै काँक्रेविहार अन्तिम चारमा प्रवेश गरेको हो । काँक्रेविहारको जितसँगै सेमिफाइनलको समिकरण पुरा भएको छ ।

    दोस्रो हाफको ५१ औँ मिनेटमा काँक्रेबिहार फुटबल क्लब सुर्खेतका धनसिंह सुनारले पहिलो गोल गरेर टिमलाई अग्रता दिएका थिए । खेलको ५७ औँ मिनेटमा अफ्रिकन घानाका युसुफ मलिक बम्देलले बराबरी गोल फर्काए । यस्तै खेलको ७९ औँ मिनेटमा घानाका अकेन्टो ओपेमी पवेले खेललाई २/१ को अवस्थामा पुर्याए । ८४ औं मिनेटमा काँक्रेबिहारका गणेश पुलामीले गोल गरेपछि खेल बराबरीको अवस्थामा पुगेको थियो ।

    निर्धारित समयको खेलमा नतिजा आउन नसकेपछि पेनाल्टी सुटआउटमा घानालाई ५/४ ले हराउँदै काँक्रेबिहारले सेमिफाइनलको यात्रा तय गरेको हो ।समूह ‘क’ बाट आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँके र प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँ तथा समूह ‘ख’ बाट राइजिङ स्टार फुटबल क्लब नवलपरासी र अफ्रिकन घाना फुटबल क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ गतेदेखि प्रतियोगिता सुरु भएको हो । घाना र भारतीसहित आठ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता फागुन २४ गतेसम्म चल्नेछ ।

  • नवनियुक्त फुटबल प्रशिक्षकको दाबी : विदेशिएका खेलाडी फर्किनेछन्, साफ जित्नेछौं

    नवनियुक्त फुटबल प्रशिक्षकको दाबी : विदेशिएका खेलाडी फर्किनेछन्, साफ जित्नेछौं

    काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले नेपाल छाडेर विदेशिएका खेलाडीहरुलाई स्वदेश फर्किएर आफ्नो देशको प्रतिनिधत्व गर्ने ढोका खोल्ने बताएका छन् ।
    प्रशिक्षकमा नियुक्त भएपछि सोमबार काठमाडौंमा आयोजित अन्तरक्रियामा उनले विदेश पलायन भएका खेलाडीहरूलाई आफ्नो देशलाई प्रतिनिधित्व गर्नको लागि ढोका खोल्ने बताए ।

    उनले भने, ‘खेलाडीहरु जो नेपाल छोडेर बाहिर गएका छन् । उनीहरुको आफ्नो कारण वा बाध्यताले विदेशिएका छन् । उनीहरुका लागि ढोका खोल्न चाहन्छु । आफ्नो देशलाई प्रतिनिधित्व गर्नको बाटो खोल्ने प्रयासमा हुनेछु ।यसका साथै, उनले खेलाडीहरुमा रहेको जोशलाई एकै ठाँउमा ल्याएर मैदानमा उतार्ने भन्दै यसपालीको साफ च्याम्पियनसिप जित्ने प्रयासमा लाग्ने बताए ।उनले भने, ‘मेरो काम भनेको खेलाडीहरुमा रहेको जोशलाई एकै ठाँउमा ल्याएर मैदानमा उतार्नु हो । यसपालीको साफ च्याम्पियनसिप जित्न चाहन्छु । म टिमलाई एसियन कपको नजिकभन्दा नजिक लगेर एसियन कपमा छनोट हुने प्रयासमा लाग्ने छु । चुनौतीपूर्ण नै भएपनि कोच भएपछि चुनौतीहरु मनपर्ने नै हुन्छ ।’

    नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त हुन पाउँदा एकदमै खुसी लागेको भन्दै नेपाल एकदमै विशेष देश भएको उनको भनाई छ ।उनले भने, ‘नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त हुन पाउनु एकदमै सम्मानको कुरा हो । या एकदमै विशेष देशमा विशेष भूमिका हो । नेपाल एउटा एकदमै राम्रो देश हो यहाँको मानिस यहाँको खाना, सम्मान सबै एकदमै राम्रो छ तपाईहरु सबै नेपालमा नै भएको हुनाले सायद तपाईहरुसँग के छ भन्ने कुरा थाहा नभएको होला तर मैले धेरै देशहरुमा काम गरेको हुनाले नेपालमा भएको जोश अविष्मरणीय छ ।’अखिल नेपाल फुटबल संघ (एन्फा) ले म्याट रसलाई एक वर्षका लागि प्रशिक्षक नियुक्त गरेको हो । एन्फाका तर्फबाट महासचिव किरण राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । एसियन कप छनोट सुरु हुनु खेल झन्डै तीन साताको समय बाँकी रहँदा एन्फाले मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

  • केपी ओली कपमा आज उपाधिका लागि मछिन्द्र र आर्मी भिड्दै

    केपी ओली कपमा आज उपाधिका लागि मछिन्द्र र आर्मी भिड्दै

    काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा उपाधिका लागि आज मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

    खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न साढे ५ बजे सुरु हुनेछ ।मछिन्द्र क्लब सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई हराउँदै फाइनलमा पुगेको हो भने संकटालाई पराजित गर्दै त्रिभुवन आर्मीले फाइनल यात्रा तय गरेको हो ।

    ९ टोली सहभागी प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।यसैबीच, फाइनल खेल हेर्न फिफा विश्वकप विजेता तथा इटालीका पूर्वगोलकिपर जियानलुजी बफोन नेपाल नेपाल आएका छन् ।

  • केपी ओली कप : यी खेलाडीले पाउनेछन् यामाहाको मोटरसाइकल

    केपी ओली कप : यी खेलाडीले पाउनेछन् यामाहाको मोटरसाइकल

    काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडीले नगद पुरस्कार सँगै यामाहाको तर्फबाट बाइक पनि पाउने भएका छन्।

    राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एबम प्रवक्ता कृष्णहरि केसीका अनुसार यामाहाको तर्फबाट सलुटो १२५ सीसीको बाइक प्रदान गर्न लागिएको हो ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने यसअघि नै आयोजकले घोषणा गरिसकेको छ ।केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका आज मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । उक्त खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट फाइनल सुरू हुनेछ ।

    राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले ५ लाखसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने छ । फाइनल खेलमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रुपमा रहनेछन् फाइनलअघि कुमा सागर, पुर्ण राईको प्रस्तुती रहनेछ ।प्रतियोगितामा दुई विदेशसहित ९ टोलीले सहभागिता जनाएका थिए । फाइनल खेल त्रिपुरेश्वरस्थित वल्डटेड सेन्टरको डिजिटल बोर्डबाट समेत खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

  • ‘केपी ओली कप’ को समापनमा चर्चित कलाकारहरुले प्रश्तुति दिने

    ‘केपी ओली कप’ को समापनमा चर्चित कलाकारहरुले प्रश्तुति दिने

    काठमाडौं । ‘केपी ओली कप’ फुटवल प्रतियोगिताको फाइनल खेल यही फागुन १९ गते हुने भएको छ ।
    राष्ट्रिय युवा संघ, नेपालले पत्रकार सम्मेलन गर्दै कुल नौं टिमले सहभागिता जनाएको यस प्रतियोगिताको फाइनल खेल मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबकाबीच फागुन १९ गते साँझ ५ः३० बजे दशरथ रंगशालामा हुने जनाएको हो ।

    फाइनल खेलमा विश्व चर्चित फुटबल खेलाडि इटालीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रुपमा उपस्थिति रहने समेत राष्ट्रिय युवा संघ, नेपालले जनाएको छ ।खेलकुद र मनोरञ्जनको संयोजन रहेको यस प्रतियोगिताको समापन समारोहमा चर्चित राष्ट्रिय कलाकारहरु कुमा सागर, पूर्ण राईलगायतको बेजोड प्रस्तुति समेत रहनेछ ।प्रतियोगिताको प्रथम हुनेलाई रु १५ लाख ११ हजार एक सय ११ रुपैंया, द्वितीय हुनेलाई रु पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

    त्यस्तै उत्कृष्ट खेलाडीलाई रु एकलाख, उत्कृष्ट गोलरक्षकलाई रु ५० हजार, उत्कृष्ट गोलकर्तालाई रु ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५० हजार, म्यानअफ द म्याचलाई रु १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कारहरु प्रदान गरिने छ । त्यस्तै हरेक खेल विजेता टीमलाई रु २५ हजार नगद प्रदान गरिने छ ।दशरथ रंगशालामा दर्शकहरुको उपस्थिति हजारौं र ऐतिहासिक हुने अनुमान गरिएको छ । त्यसकारण फाइनल खेल हुने दिन फागुन १९ गते दिउँसो ४ बजेदेखि बेलुकी ८ बजेम्म थापाथलीदेखि त्रिपुरेश्वर सडकमा खण्डमा सवारी साधन आवाज जावतमा कठिनाइ हुने देखिएकाले बैकल्पिक मार्गको व्यवस्था गर्न राष्ट्रिय युवा संघ, नेपालले ट्राफिक प्रहरीलाई विशेष अनुरोध गरेको जनाएको छ ।

    सो दिन त्रिपुरेश्वरस्थित वल्डट्रेड सेन्टरको डिजिटल बोर्डबाट समेत खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको छ ।प्रतियोगिताको प्रत्यक्ष प्रशारण ‘कान्तिपुर टेलिभिजन’ले गर्नेछ भने टिकेटिङ पार्टनर ‘खल्ती’ रहेको छ । यसको साथै अन्य विभिन्न सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सम्पूर्ण कार्यहरुको आवश्यक तयारी पुरा गरिसकेको राष्ट्रिय युवा संघ, नेपालले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।‘केपी ओली कप’ फुटवल प्रतियोगिताको प्रचारप्रसारको लागि जिल्ला जिल्लाहरुमा पनि प्रचारात्मक कार्यक्रमहरु गरिएको थियो ।

  • केपी ओली कप : सेमिफाइनलको पहिलो खेल आज हुँदै

    केपी ओली कप : सेमिफाइनलको पहिलो खेल आज हुँदै

    काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिप मा सेमिफाइनलको पहिलो खेल आज हुँदैछ।
    शुक्रबार त्रिभुवन आर्मी क्लब र संकटा एफसी बीच प्रतिस्पर्धा हुनेछ ।

    केपी ओली कप फुटबल च्याम्पियनसिप को बाँकी रहेको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने छ । खेल साझ ५ बजे देखि सुरु हुने छ । भोली हुने दोस्रो सेमिफाइनल खेलमा केपी एफसी र मछिन्द्र एफसी खेल्ने छन ।

    फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।

  • अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र म्यान्मार भिड्दै

    अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र म्यान्मार भिड्दै

    काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा नेपाल र म्यान्मार भिड्दैछन् ।

    दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ६ बजेदेखि शुरु हुँदैछ ।चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानर र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।म्यान्मारले लिग चरणका तिन खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ ।

    म्यानमारले लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो ।त्यस्तै नेपालको पनि तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक नै रहेको र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले पनि लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने म्यान्मारसँग बराबरी खेलेको थियो ।

  • ट्राइबे्रकरमा एपीएफलाई हराउँदै संकटा केपी ओली कपको सेमिफाइनलमा

    ट्राइबे्रकरमा एपीएफलाई हराउँदै संकटा केपी ओली कपको सेमिफाइनलमा

    काठमाडौं । ट्राइबे्रकरमा एपीएफ क्लबलाई पराजित गर्दै संकटा क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    एन्फा कम्प्लेक्समा भर्खरै सकिएको खेलको ट्राइब्रेकरमा एपीएफलाई ५/३ ले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।

    एपीएफका सुजन पुलामीको प्रहारलाई संकटाका गोलकिपर दिप कार्कीले असफल पार्दै टोलीलाई जित दिलाए । अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ । आजको दोस्रो खेल मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबिच प्रतिष्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् । फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।