Category: प्रविधि

प्रविधि

  • विद्युतीय चुल्होको आवेदन खुल्यो, फारम भर्न यसाे गर्नुहाेस्

    विद्युतीय चुल्होको आवेदन खुल्यो, फारम भर्न यसाे गर्नुहाेस्

    काठमाडाैं । विद्युतीय चुल्होको लागि आवेदन खुलेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चुल्हो वितरणको लागि आवेदन खुलाएको हो ।

    चुल्हो सुरुको चरणमा विद्यार्थीहरूलाई वितरण गरिने जनाएको छ । त्यसमा पनि लोपोन्मुख आदिवासी जनजाति र दलित वर्गमा पर्ने विद्यार्थीहरुलाई वितरण हुने जनाएको छ।

    त्यसको लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको वेबसाइटमा रहेको अनलाइन फारम भर्नुपर्ने जनाएको छ।

    फारम भर्न नेपाली नागरिकताको प्रमाणपत्र, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्र प्रतिलिपि, लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्ग खुल्ने परिचयपत्र प्रतिलिपि वा सिफारिस आवश्यक पर्ने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ ।

    फाराम यहाँ क्लिक गरेर भर्न सकिनेछ ।

  • ‘एकमात्र इन्जिन भएकाे हेलिकप्टरमा दुई पाइलट राख्न असम्भव’

    ‘एकमात्र इन्जिन भएकाे हेलिकप्टरमा दुई पाइलट राख्न असम्भव’

    काठमाडाैं । नेपाल वायुसेवा सञ्चालक सङ्घले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ ।

    प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो । हेलिकोप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ ।

    एक इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापा बताउँछन् । नौ सिट क्षमताभन्दा माथिका हेलिकोप्टरमा दुई पाइलट राख्न समस्या नरहे पनि सबै हेलिकोप्टरमा दुई पाइलट राख्दा जनशक्तिको समेत अभाव हुने उनको भनाइ छ ।

    हाल नेपालमा सञ्चालन भइरहेका ११ हेलिकोप्टर कम्पनीका एउटा मात्रै इन्जिन भएका ३१ तथा दुई इन्जिन भएका पाँच हेलिकोप्टरले व्यावसायिक उडान भर्दै आएका छन् । दश विदेशी र २६ नेपाली पाइलटले एक इन्जिन भएका हेलिकोप्टर उडाउँदै आएको बताइएको छ ।

  • उत्तर कोरियाले तीन व्यालेस्टिक क्षेप्यास्त्र हानेको दक्षिण कोरियाको दाबी

    उत्तर कोरियाले तीन व्यालेस्टिक क्षेप्यास्त्र हानेको दक्षिण कोरियाको दाबी

    साेल । उत्तर कोरियाली सरकारले तीन ओटा ब्यालेस्टिक क्षेप्यास्त्र हानेको दाबी दक्षिण कोरियाले गरेको छ । दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले सो कुरा बताएको हो ।

    दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले दिएको जानकारीअनुसार प्योङयाङको सुनान क्षेत्रमा यी क्षेप्यास्त्र हानेको पाइएको बताएको छ ।

    बुधबार बिहान ६ः३७ देखि ६ः४२ सम्म ती क्षेप्यास्त्र हानेको पाइएको समाचारमा जनाइएको हो । बुधबार बिहान प्रहार गरेका यी तीन ब्यालेस्टिक क्षेप्यास्त्रसहित उत्तर कोरियाली सरकारले १७ औँ पटकसम्म क्षेप्यास्त्र हानेको पनि दक्षिण कोरियाली सरकारले जनाएको छ ।

    दक्षिण कोरियाली समाचार समिति योनहापले उत्तर कोरियाबाट यी क्षेप्यास्त्रहरु प्रहार हुनसक्ने अनुमान भइरहेका बेला ती क्षेप्यास्त्र परीक्षण भएको पाइएको बताइएको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनको दक्षिण कोरिया र जापानमा भएको भ्रमणको एक दिनपछि उत्तर कोरियाले यो क्षेप्यास्त्र हानेको पाइएको छ ।

  • उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र प्रहार

    उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र प्रहार

    प्योङयाङ । उत्तर कोरियाले शनिबार आफ्नो पूर्वी तटको सागरमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको संयुक्त चिफ अफ स्टाफले जनाएको छ । तीन दिनअघि पनि प्योङयाङले पूर्वी तटमा क्षेप्यास्त्र प्रहार गरेको थियो । उत्तर कोरियाले आफ्ना आणविक गतविधिलाई तीब्र पार्ने चेतावनी दिँदै आएको छ ।

    ‘उत्तर कोरियाले पूर्वीसागरमा कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको छ’, सियोलका संयुक्त चिफ अफ स्टाफले भने । जापानको तटीय गार्डले उत्तर कोरियाले प्रहार गरेको हतियार व्यालिस्टिक मिसाइल हुन सक्ने भन्दै आफ्ना जहाजलाई सचेत हुन चेतावनी दिएको छ । यो प्रक्षेपण सम्भवतः आणविक हतियार सम्पन्न देशको यो वर्ष अहिलेसम्मको १५ औं हतियार परीक्षण हो ।

    अन्तर्राष्ट्रिय प्रतिबन्धबीच उत्तर कोरियाले आफ्ना आणविक कार्यक्रमलाई तीब्रता दिएको छ । अमेरिकाको वार्ता प्रस्तावलाई अस्वीकार गर्दै उत्तर कोरियाले नाटकीय ढंगले आफ्ना आणविक गतिविधि तीब्र पारेको छ ।

    उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर अमेरिकाले प्योङयाङमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।

  • ट्विटर प्रतिबन्ध हटाउन ट्रम्पले दायर गरेको मुद्दा अदालतले गर्‍यो खारेज

    ट्विटर प्रतिबन्ध हटाउन ट्रम्पले दायर गरेको मुद्दा अदालतले गर्‍यो खारेज

    न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रतिबन्धित ट्वीटर एकाउन्ट पुनः सञ्चालनका लागि दायर गरेको मुद्दालाई क्यालिफोर्नियाका संघीय न्यायाधीशले शुक्रबार खारेज गरेका छन् ।

    अदालतका न्यायाधीश जेम्स डोनाटोले मुद्दा खारेज गर्ने निर्णयमा भने, ‘संशोधित उजुरीले ट्विटरविरुद्धको पहिलो संशोधन दाबीलाई उचित रूपमा आरोप लगाउन्न ।’

    सेवाका सर्तहरूले ट्विटरलाई कुनै कारण कुनै अकाउन्ट वा सामग्रीको सन्दर्भमा उपयुक्त कार्य गर्न अनुबन्धात्मक अनुमति दिएको फैसलामा उल्लेख गरिएकाे छ ।

  • उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

    उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

    प्योङयाङ । उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

    उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको आणविक हतियारलाई ‘सबैभन्दा छिटो गतिमा’ बढाउने प्रतिबद्धता जनाएको एक सातापछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको हो ।

    आणविक परीक्षणलाई लिएर उत्तर कोरियामाथि विभिन्न प्रतिबन्धहरू लागिरहेका बेला प्योङयाङको पछिल्लो परीक्षण सार्वजनिक भएको हो । उत्तर कोरियाले आणविक परीक्षणको तयारी गरेको दक्षिण कोरिया र अमेरिकाले आरोप लगाउँदै आएका छन् ।

    ‘उत्तर कोरियाले बुधबार बिहान पूर्वी सागर (जापानको सागर) तर्फ प्रहार गरेको एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ’ दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले एक विज्ञप्तिमा भनेको छ ।

    दक्षिण कोरियाको सेनाले उत्तर कोरियाका प्रक्षेपणसम्बन्धी गतिविधि ट्र्याक गरेको छ ।

    उत्तर कोरियाको परीक्षणको जापानले पनि पुष्टि गरेको छ । जापानको तटीय गार्डले पनि उत्तर कोरियाले सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जनाएको छ ।

  • राजनीतिक दल र उम्मेदवारले सामाजिक सञ्जाल ‘अकाउन्ट’को विवरण आयोगमा बुझाउनुपर्ने

    राजनीतिक दल र उम्मेदवारले सामाजिक सञ्जाल ‘अकाउन्ट’को विवरण आयोगमा बुझाउनुपर्ने

    काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई निर्वाचनमा प्रचारप्रसार गर्न सामाजिक सञ्जालको ‘अकाउन्ट’ प्रयोग गर्ने भए त्यसको विवरण बुझाउन निर्देशन दिएको छ ।

    उम्मेदवारहरूले अन्तिम नामावली प्रकाशन भएको २४ घण्टाभित्र निर्वाचन अधिकृतको कार्यालयमा सामाजिक सञ्जालको अकाउन्टबारे जानकारी दिनुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिताको परिधिमा रही प्रचार प्रसार गर्न सामाजिक सञ्जालको प्रयोगबारे जानकारी गराउनुपर्ने भएको हो । सामाजिक सञ्जालको प्रयोग गर्दा हुने आचारसंहिता विपरीतका कार्य गरेको पाइएको कारवाही गरिने उनले बताए ।

    सामाजिक सञ्जालमार्फत प्रचार प्रसारको क्रममा हुनसक्ने मिथ्था सूचना नियन्त्रण गर्न एकाउन्टबारे जानकारी दिनुपर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

  • ट्राफिक जरिवाना क्युआर कोर्डमार्फत तिर्न सकिने

    ट्राफिक जरिवाना क्युआर कोर्डमार्फत तिर्न सकिने

    काठमाडौँ उपत्यकामा ट्राफिक जरिवना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो ।

    कुमारी बैंक लिमिटेडको सहकार्यमा बिहीबारदेखि सुरु गरिएको उक्त सेवाको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले संयुक्तरुपमा शुभारम्भ गरेका छन् ।

    उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैंकमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालय प्रमुख जोशीले बताए । उनले ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा नयाँनयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगेकाले आम सडक प्रयोगकर्तालाई थप सहज, सरल, छिटो र भरपर्दो भएको उल्लेख गरे ।

    कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख ताम्राकारले उक्त व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको र आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका लागि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

  • किन्ने भए एलन मस्कले ४४ अर्ब डलरमा ट्विटर

    किन्ने भए एलन मस्कले ४४ अर्ब डलरमा ट्विटर

    न्युयोर्क । अन्ततः सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलोन मस्कको प्रस्तावमा सहमत भएको छ ।

    माइक्रोब्लगिङ साइटले विगत केही सातादेखि मस्कको प्रस्तावको मूल्यांकन गरेको थियो ।

    मस्कले केही साताअघि ट्विटरका ‘डरलाग्दा सम्भावनाहरू’ भएको बताएका थिए । उनले नक्कली खाताहरू बन्द गर्नेदेखि धेरै परिवर्तनहरूको लागि पनि आह्वान गरेका छन् ।

    फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वको सबैभन्दा धनाढ्य हुन् । उनको २७३ दशमलब ६ अर्ब डलर सम्पत्ति छ । विद्युतीय सवारी निर्माता टेस्लाका सीइओसमेत रहेका मस्क एरोस्पेस फर्म स्पेस एक्सको नेतृत्व गर्छन् ।

  • चीनमा ड्राइभर बिना चल्ने कारले पायो स्वीकृति

    चीनमा ड्राइभर बिना चल्ने कारले पायो स्वीकृति

    काठमाडौं । टोयोटा मोटरको सहायक सेल्फ ड्राइभिङ टेक कम्पनी पोनी डट एआइले चीनमा आफूले ट्याक्सीको लाइसेन्स पाएको बताएको छ ।

    अनुमति पाएसँगै कम्पनीका केही चालकविहीन सवारी साधनले अब भाडा लिएर चल्न सक्ने कम्पनीले बताएको छ ।

    कम्पनीले आफू देशकै पहिलो स्वचालित ड्राइभिङ कम्पनी भएको दाबी गरेको छ । स्टार्टअप कम्पनीले नान्शाको ग्वाङ्झाउ सहरमा एक सय चालकविहीन सवारी साधन सञ्चालनको अनुमति पाएको जनाएको छ ।

    कम्पनीको विज्ञप्ति अनुसार नान्साको सानो क्षेत्रका लागि यो स्वीकृति प्राप्त भएको हो । कम्पनीले ८०० वर्ग किलोमिटर क्षेत्रमा चालकविहीन सवारी साधन चलाउन सक्छ । यात्रुहरूले पोनी डट एआइको एपबाट सवारी बुक गर्न र भाडा तिर्न सक्छन् ।

    पोनी डट एआईले अमेरिका र चीनका सार्वजनिक सडकहरूमा चालकविहीन प्रविधिको परीक्षण गरिरहेको छ ।