Category: प्रविधि

प्रविधि

  • एपिक्टा अवार्ड्स २०२४, ब्रुनेईका लागि सहभागी र निर्णायकहरू ब्रुनेई प्रस्थान

    एपिक्टा अवार्ड्स २०२४, ब्रुनेईका लागि सहभागी र निर्णायकहरू ब्रुनेई प्रस्थान

    नेपालका प्रतिनिधित्व गर्दै एपिक्टा अवार्ड्स २०२४ ब्रुनेईमा भाग लिन नेपाली तिनिधिमण्डल हिजो ब्रुनेई प्रस्थान गरेको छ ।
    डिसेम्बर ४ देखि ७ सम्म आयोजना हुने यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा, नामी इभिले प्रायोजन गरेको नास–आईटी अवार्ड्स २०२४ बाट छनोट भएका चार उत्कृष्ट आईसीटी कम्पनीहरू नेपालको प्रतिनिधित्व गर्दैछन । यस एपिक्टा अवार्ड्स २०२४मा, तीन नेपाली निर्णायकहरूले पनि अन्तर्राष्ट्रिय निर्णायक प्यानलमा सहभागी भएर आफ्नो विशेषज्ञता प्रदान गर्नेछन् । यो अवार्ड्स नेपाली आईसीटी क्षेत्रको क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने एक महत्वपूर्ण अवसर हो ।

    एपिक्टा अवार्ड्स
    एपिक्टा अवार्ड्स एशिया–प्यासिफिक क्षेत्रभरिका प्राविधिक उत्कृष्ट र नवाचारलाई सम्मान गर्ने एक विश्वव्यापी मान्यता प्राप्त मञ्च हो। यस वर्ष एपिक्टा अवार्ड्समा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनामका विभिन्न कम्पनी बीच प्रतिस्पर्धा हुनेछ ।

    नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने कम्पनीहरूः
    नेपालको प्राविधिक क्षमता प्रदर्शन गर्न चार कम्पनीहरू सहभागी हुँदैछन्ः
    ● आई.एम.एस पी.ओ.एस म्यानेजमेन्ट (आई.एम.एस सफ्टवेयर प्रा. लि.)
    ○ श्रेणीः फाइनान्स र एकाउन्टिङ सोल्युसन्स (फिनटेक)
    ● इलारा कम्प्लायन्स म्यानेजमेन्ट सिस्टम (त्रिलोक्य टेक्नोलोजी प्रा. लि.)
    ○ श्रेणीः सेकुरिटी सोल्युसन्स
    ● ईकागजपत्र (ईकागजपत्र प्रा. लि.)
    ○ श्रेणीः प्रफेशनल सर्भिसेज सोल्युसन्स
    ● एल.एम.सी एलर्ट (अलपास टेक्नोलोजी प्रा. लि.)
    ○ श्रेणीः गभर्मेन्ट, सिटिजन सर्भिसेस र डिजिटल गभर्मेन्ट

    नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने निर्णायकहरूः
    नेपालका तीनजना निर्णायकहरूले एपिक्टा अवार्ड्सको निर्णायक प्यानलमा आफ्नो विशेषज्ञता प्रदान गर्नेछन्ः
    ● अनिल कुमार दत्त, सहसचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
    ● रिचन श्रेष्ठ, संस्थापक अध्यक्ष, नास–आईटी ७ प्रमुख कार्यकारी अधिकृत, क्विकफक्स टेक्नोलोजी
    ● दिपेन चापागाईं, महासचिव, नास–आईटी ७ नेपाल अफिस निर्देशक, लगप्वाइन्ट

    नेपालका अतिरिक्त प्रतिनिधिहरूः
    निर्णायक र कम्पनीहरूको अतिरिक्त, नेपालका दुई प्रतिनिधिहरू पनि उपस्थित रहनेछन्ः
    ● नारायण कोईराला, एपिक्टा कार्यकारी समितिका सदस्य र प्रबन्ध निर्देशक, ईमिनेंस वेज प्रा. लि.
    ● अनिष श्रेष्ठ, एपिक्टा अवार्ड्सका अर्थव्यवस्था समन्वयक र प्रमुख कार्यकारी अधिकृत, येलो नेपाल प्रा. लि.
    नास–आईटीले हिजो विमानस्थलमा सहभागी कम्पनीहरू र निर्णायकहरूलाई बिदाइ गर्दै शुभकामना व्यक्त गयो।एपिक्टा अवार्ड्समा प्रतिनिधित्व यो महत्वपूर्ण क्षणले नेपालका आईटी सेक्टरको प्राविधिकहरूको समर्पण र विशेषज्ञता साथै नेपाललाई विश्वव्यापी आईटी हबको रूपमा स्थापित गर्ने नेपाल सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

     

  • विद्युत सर्टले विभिन्न ठाउँमा आगलागी, २६ लाखभन्दा बढी धनमाल नष्ट

    विद्युत सर्टले विभिन्न ठाउँमा आगलागी, २६ लाखभन्दा बढी धनमाल नष्ट

    काठमाडौं । देशका विभिन्न स्थानमा विद्युत सर्टका कारण भएको आगलागीबाट ठूलो धनमालको क्षति भएको छ ।सिराहा, खोटाङ, झापा, र सर्लाहीमा भएका घटनामा करिब २६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ भने कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले बताएको छ ।

    सिराहाको लहान नगरपालिका–८ स्थित मृग्रेन्द्र साहको कम्प्युटर सप्लायर्समा विद्युत सर्टका कारण बिहीबार साँझ आगलागी भएको छ । क्षतिको विवरण हालसम्म खुल्न सकेको छैन ।खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका २६ वर्षीय भूमिराज राईको घरमा दिउँसो लागेको आगोले घर पूर्ण रूपमा जलेर करिब चारलाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

    झापाको गौरीगञ्ज गाउँपालिका–१ भन्सार चोकमा ६५ वर्षीय नौलसिंह थापाको गोठमा साँझ भएको आगलागीबाट गोठभित्र रहेका चौपाया, अन्नपात, भाँडावर्तन, र फर्निचर लगायतका सामग्री जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।सर्लाहीको चक्रघट्टा गाउँपालिका–७ पटेर्वाका राजकिशोर रायको घरमा राति आगलागी हुँदा करिब सात लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

  • काठमाडौंका यी स्थानमा आज बिजुली कटौती हुने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि आज बिजुली काट्ने भएको छ ।

    मंगलबार प्राधिकरणले एक सूचना प्रकाशित गर्दै महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा मंगलबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको हो ।

    प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने पनि प्राधिकरणले जनाएको छ ।

  • आज विश्व टेलिभिजन दिवस मनाइँदै

    आज विश्व टेलिभिजन दिवस मनाइँदै

    काठमाडौं । आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइँदैछ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो ।

    टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ । सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भई रंगीन दृष्यहरु हेर्न सकिने अवस्था आएको हो ।

    सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । नेपालमा अहिले एकदर्जन बढि टेलिभिजन च्यानलहरु नियमित प्रसारणमा छन् ।

  • आइकुको नयाँ फोनहरु नियो १० र १०प्रोः विशेषताहरू

    आइकुको नयाँ फोनहरु नियो १० र १०प्रोः विशेषताहरू

    काठमाडौं । आइकुले आफ्नो नयाँ स्मार्टफोनहरू नियो १० र नियो १०प्रो सार्वजनिक गर्ने तयारी गरेको छ ।गिकबेन्च लिस्टिङ अनुसार, नियो १० मा स्न्यापड्रागन ८ जेन ३ चिपसेट र नियो १० प्रोमा डाइमेंसिटी १४०० चिपसेट हुनेछ । दुबै फोनमा १६ जीबी र्याम, ६.७८ इन्च ओलेड डिस्प्ले, ६,१०० मिलिएम्पियर ब्याट्री, र १२० वाटको फास्ट चार्जिङ समर्थन हुनेछ ।

    यी दुई नयाँ स्मार्टफोनहरूमा १.५के रिजोलुसन, १४४ हट्र्ज रिफ्रेस रेट, र क्यू२ सुपरकम्प्युटिङ चिप हुनेछ, जसले गेमिङ अनुभवलाई थप उत्कृष्ट बनाउनेछ । क्यामेरा सेटअपमा, आईकु नियो १० मा ५० मेगापिक्सेल र ८ मेगापिक्सेलको डुअल क्यामेरा सेटअप हुनेछ, जबकि प्रो भर्सनमा ५० मेगापिक्सेल ५० मेगापिक्सेल डुअल क्यामेरा सिस्टम समावेश हुनेछ ।

    सुरक्षाको लागि, आईकु नियो १० मा अप्टिकल इन स्क्रिन फिंगरप्रिन्ट सेन्सर र आईकु नियो १० प्रोमा अल्ट्रासोनिक इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहनेछ ।स्टोरेज र मेमोरीका लागि, यी फोनहरूमा १६ जीबी एलपीडीडीआर५एक्स र्याम र १ टिबी युएफएस ४.० स्टोरेजको विकल्प रहनेछ ।यी फोनहरू विशेषत गेमिङ र उच्च प्रदर्शन चाहने प्रयोगकर्ताहरूका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ । एन्ड्रोइड १५ अपरेटिङ सिस्टममा चल्ने यी फोनहरू चीनमा यसै महिनाको अन्त्यतिर सार्वजनिक हुने र अन्य अन्तर्राष्ट्रिय बजारहरूमा चाँडै उपलब्ध हुने अनुमान गरिएको छ ।

  • नेपाल टेलिकमले संञ्चालनमा ल्यायो रोबोट

    नेपाल टेलिकमले संञ्चालनमा ल्यायो रोबोट

    काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि रोबोट संञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि ‘मैना’ रोबर्टबाट सेवा सुरू गरेको हो ।

    टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो । रोबर्टको नाम ‘मैना’ राखिएको छ । रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरूको विषयमा ग्राहकहरूलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताए ।नेपाली र अंग्रेजी दुबै भाषा ग्राहकहरुले बुझ्न सहज होस् भन्ने उद्देश्यका साथ रोबोट संञ्चालनमा ल्याइएको पन्थीले बताए ।रोबोटले कर्मचारी काममा व्यस्त भएको समयमा सोधपुछ गर्ने ग्राहकहरुलाई सजिलै तरिकाले जानकारी गराउने बताए ।

    उनले भने, ‘यो नयाँ प्रविधि हो । नयाँ भएकै कारण केही कुरामा मिस्टेक हुनसक्छ । सबै कुरा सहि भन्नको लागि अझै यसमा केही समय लाग्छ । विशेषगरी नियमित दुईसयदेखि तीनसय जना ग्राहकहरु सेवाको लागि टेलिकममा भिजिट गर्नुहुन्छ त्यहीँ समय कर्मचारी साथीहरु काममा व्यस्त भइरहेको अवस्था हुन्छ । कस्टमरहरुलाई जानकारी दिन धेरै समय लाग्ने भएकाले रोबोटलाई धेरै कुरा सोध्न सकिन्छ । रोबोटलाई पुरै ट्रेन गर्न अझै धेरै समय लाग्छ । रोबोटले ग्राहकहरुलाई धेरै नै सहज बनाउँछ । कहीँलेकाहीँ फेस्टुफेस बोल्न हामी सबैलाई अप्ठ्यारो लाग्छ त्यहीँ क्रममा रोबोटसँग कुराकानी गर्न सजिलो हुन्छ । धेरै ग्राहकहरुलाई नेपाली आउँदैन भने अंग्रेजीमा यसले जानकारी गराउँछ । नेपाली भाषा नआउनेलाई र अंग्रेजी भाषामा समेत यसले कुरा गरेर सेवा प्रदान गर्छ ।’साथै उनले यो रोबोटलाई केही समय परीक्षणको लागि राखिएको बताए । उनले यो पूरै एआई च्याट रोबोट भएको बताए ।

  • नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात

    नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात

    काठमाडौं । नेपालबाट पहिलोपटक बंगलादेशमा बिजुली निर्यात गरिएको छ । नेपाल, भारत र बंगलादेशका मन्त्रीहरूको भर्चुअल उपस्थितिमा विद्युत् निर्यात भएको हो ।

    यसअघि भारतमा मात्रै भइरहेको निर्यात बंगलादेशसम्म पुगेको हो । नेपालले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरेको छ । भारतको मनोहर लाल खाट्टर, बंगलादेशका मोहमद फौजुल कवीर खान र नेपालका तर्फबाट दीपक खड्काले भर्चुअल रूपमा निर्यातको सुरुआत गरेका हुन् ।

    नेपालले भारतीय ग्रिडको प्रयोग गरी यो वर्ष आज ४० मेगावाट विद्युत् पठाएको हो । नेपाल र बंगलादेशबीच जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता छ ।नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै बिजुली बेच्न पाउनेछ । बङ्गलादेशलाई बिजुली बेच्दा कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट बिजुली निर्यात भइ मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणले जनाएको छ ।

  • आजदेखि भृकुटीमण्डपमा “फिन इलेक्ट्रो टेक २०२४” सुरु हुँदै

    आजदेखि भृकुटीमण्डपमा “फिन इलेक्ट्रो टेक २०२४” सुरु हुँदै

    काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्र्तराष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको एघारौं संस्करण ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित “फिन इलेक्ट्रो टेक २०२४” आज देखि सुरु हुँदै छ ।
    मंसिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डप स्थित प्रर्दशनीहलमा आयोजना हुने लागेको फिन इलेक्ट्रो टेक २०२४ को आज भव्य उद्घाटन गरिँदै छ ।

    आम उपभोक्तालाई पनि नविनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ यस वर्ष “फिन इलेक्ट्रो टेक २०२४” को आयोजना हुन लागेको पनि महासंघको भनाई छ ।राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, साथ यस वर्ष “प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम” को नारा लिएर सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्त्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुरÞ्याउने लक्ष्य यस संस्करणको रहेको छ ।

    उद्योगी, व्यवसायी एंव उद्यमीहरू माझ अनुकुल व्यवसायिक बातावरणको सम्भावनालाई प्रस्तुत गर्नुको साथै उपभोक्ता हकहित सम्बन्धी जन चेतनामूलक कार्यक्रमहरु प्रदर्शनी अवधी भरी सञ्चालन गरिने छ ।ट्रान्सवेल ट्रान्सर्फमरद्वारा प्रायोजित “फिन इलेक्ट्रो टेक २०२४“ को हल भित्र ४४ वटा ब्लकहरु, २८ स्टलहरु रहेको एक प्याभिलिएन रहेको छ र हल बाहीर डोममा २६ वटा स्टलहरु रहेका छन् ।फिन इलेक्ट्रो टेक २०२४ मा हल भित्र र हल बाहीर गरि जम्मा ९८ वटा प्याभिलियन तथा स्टलहरु रहेका छन् जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, बायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।

    प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसंग प्रत्यक्ष अन्तक्रिया गरी आफ्ना उत्पादनहरू बारे जानकारी दिनेछन् भने अवलोकन कर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरुका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको छ ।प्रत्येक दुई वर्षमा अयोजना हुने इलेक्ट्रो टेकको यस संस्करणमा टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा. लि.) रहेको छ भने प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा. लि.) रहेको छ ।फिन इलेक्ट्रो टेक २०२४ लाई भव्यता प्रदान गर्न तथा प्रदर्शनी प्रति ऐक्यवद्धता जनाउन सहयोगी संस्थामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपाल इंञ्जिनियर्स एशोशियसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफ कन्सल्टिङ्ग, आर्किटेक्चरर एण्ड इञ्जिनियरिङ फर्म, लघु जल विद्युत् उत्पादक संघ नेपाल, सोसाइटी अफ इलेक्ट्रीकल इंजिनियसं नेपाल, नेपाल विद्युतीय सामाग्री उत्पादक संघ (निमा), नेपाल इलेक्ट्रीकल कन्ट्राक्टर एशोशियसन र सोसाईटी अफ नेप्लिज आर्किटेक्टस् लगायत सरोकारवाला संस्थाहरूको सहयोगी संस्थाको रुपमा यस आयोजनामा सहभागिता रहने छ ।

    स्वदेशी उत्पादन लगायत भारत, चिन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु प्रदर्शनमा रहेको इलेक्ट्रो टेकको यस एघारौं संस्करणमा ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सि एण्ड एस, लिशा, दिन्ज, स्विफट गोल्ड, केइआई, जनता, एच.पि.एल., फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, अल्मीक, लिब्राईट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगाएतका स्वदेशी तथा विदेशी ब्राण्डहरूको सहभागिता रहने छ ।प्रदर्शनीलाई सहभागीमुलक एवं सुचनामुलक बनाउनका लागि विभिन्न विषयमा गोष्ठी, कार्यपत्र प्रस्तुती तथा अन्तर्क्रिरया कार्यक्रमहरू सञ्चालन हुने छन्। चार दिनसम्म चल्ने प्रर्दशनीमा देश भित्र तथा बाहिरबाट आमन्त्रित अतिथि, उद्योगी व्यवसायी, सरकारका उच्च अधिकारी, आर्किटेक्चर, इलेक्ट्रीकल इन्जीनियर, इन्टेरियर डेकोरेटर प्राविधिककमी, नेपाल भरका विद्युतीय व्यवसायीहरु, मिडियाकर्मी, विद्यार्थी एवं आम सर्व साधारण गरी ५०,००० भन्दा बढी आगन्तुकहरूले अवलोकन गर्ने विश्वास महासंघले लिएको छ ।

  • विद्युतीय व्यवसायी महासंघले “फिन इलेक्ट्रो टेक २०२४” आयोजना गर्दै

    विद्युतीय व्यवसायी महासंघले “फिन इलेक्ट्रो टेक २०२४” आयोजना गर्दै

    काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्र्तराष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको एघारौं संस्करण ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित “फिन इलेक्ट्रो टेक २०२४” आयोजना गर्न लागेको छ।

    सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले यही २०८१ कार्तिक २९ देखि मंसिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डप स्थित प्रर्दशनीहलमा आयोजना हुन लागेको जानकारी गराएको हो ।आम उपभोक्तालाई पनि नविनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ यस वर्ष “फिन इलेक्ट्रो टेक २०२४” को आयोजना हुन लागेको पनि महासंघको भनाई छ ।राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, साथ यस वर्ष “प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम” को नारा लिएर सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्त्वबारे जानकारी अद्यावधिक गराउन सहयोग  लक्ष्य यस संस्करणको रहेको छ ।

    उद्योगी, व्यवसायी एंव उद्यमीहरू माझ अनुकुल व्यवसायिक बातावरणको सम्भावनालाई प्रस्तुत गर्नुको साथै उपभोक्ता हकहित सम्बन्धी जन चेतनामूलक कार्यक्रमहरु प्रदर्शनी अवधी भरी सञ्चालन गरिने छ ।ट्रान्सवेल ट्रान्सर्फमरद्वारा प्रायोजित “फिन इलेक्ट्रो टेक २०२४“ को हल भित्र ४४ वटा ब्लकहरु, २८ स्टलहरु रहेको एक प्याभिलिएन रहेको छ र हल बाहीर डोममा २६ वटा स्टलहरु रहेका छन् ।फिन इलेक्ट्रो टेक २०२४ मा हल भित्र र हल बाहीर गरि जम्मा ९८ वटा प्याभिलियन तथा स्टलहरु रहेका छन् जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, बायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।

    प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसंग प्रत्यक्ष अन्तक्रिया गरी आफ्ना उत्पादनहरू बारे जानकारी दिनेछन् भने अवलोकन कर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरुका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको छ ।प्रत्येक दुई वर्षमा अयोजना हुने इलेक्ट्रो टेकको यस संस्करणमा टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा. लि.) रहेको छ भने प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा. लि.) रहेको छ ।फिन इलेक्ट्रो टेक २०२४ लाई भव्यता प्रदान गर्न तथा प्रदर्शनी प्रति ऐक्यवद्धता जनाउन सहयोगी संस्थामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपाल इंञ्जिनियर्स एशोशियसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफ कन्सल्टिङ्ग, आर्किटेक्चरर एण्ड इञ्जिनियरिङ फर्म, लघु जल विद्युत् उत्पादक संघ नेपाल, सोसाइटी अफ इलेक्ट्रीकल इंजिनियसं नेपाल, नेपाल विद्युतीय सामाग्री उत्पादक संघ (निमा), नेपाल इलेक्ट्रीकल कन्ट्राक्टर एशोशियसन र सोसाईटी अफ नेप्लिज आर्किटेक्टस् लगायत सरोकारवाला संस्थाहरूको सहयोगी संस्थाको रुपमा यस आयोजनामा सहभागिता रहने छ ।

    स्वदेशी उत्पादन लगायत भारत, चिन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु प्रदर्शनमा रहेको इलेक्ट्रो टेकको यस एघारौं संस्करणमा ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सि एण्ड एस, लिशा, दिन्ज, स्विफट गोल्ड, केइआई, जनता, एच.पि.एल., फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, अल्मीक, लिब्राईट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगाएतका स्वदेशी तथा विदेशी ब्राण्डहरूको सहभागिता रहने छ ।प्रदर्शनीलाई सहभागीमुलक एवं सुचनामुलक बनाउनका लागि विभिन्न विषयमा गोष्ठी, कार्यपत्र प्रस्तुती तथा अन्तर्क्रिरया कार्यक्रमहरू सञ्चालन हुने छन्। चार दिनसम्म चल्ने प्रर्दशनीमा देश भित्र तथा बाहिरबाट आमन्त्रित अतिथि, उद्योगी व्यवसायी, सरकारका उच्च अधिकारी, आर्किटेक्चर, इलेक्ट्रीकल इन्जीनियर, इन्टेरियर डेकोरेटर प्राविधिककमी, नेपाल भरका विद्युतीय व्यवसायीहरु, मिडियाकर्मी, विद्यार्थी एवं आम सर्व साधारण गरी ५०,००० भन्दा बढी आगन्तुकहरूले अवलोकन गर्ने विश्वास महासंघले लिएको छ ।

  • मध्यपुर थिमिमा ‘मध्यपुर महोत्सव २०८१’ आयोजना हुँदै

    मध्यपुर थिमिमा ‘मध्यपुर महोत्सव २०८१’ आयोजना हुँदै

    काठमाडौ। मध्यपुर थिमि नगरपालिकाले कला, संस्कृक्ति र सम्पदाको ऐतिहासिक शहर मध्यपुर थिमिमा मध्यपुर महोत्सव २०८१ को आयोजना गर्न लागेको छ ।

    शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मध्यपुर थिमि नगरपालिकाले यही पौष १२, १३ र १४ गते मध्यपुर महोत्सव २०८१ आयोजना गर्न लागेको जानकारी गराएको हो ।पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउनुपर्दछ र स्थानीय सम्पदालाई रोजगारी एवम् आयसँग जोडेर स्थानीय अर्थतन्त्रलाई थप गतिशिल एवम् प्रगतिशिल बनाउन सकिन्छ भन्ने अवधारणामा महोत्सव आयोजना गर्न लागेको नगरपालिकाले जनाएको छ ।

    पर्यटनबाट हुने प्रत्यक्ष, अप्रत्यक्ष र उत्प्रेरित आर्थिक प्रभावलाई आत्मसाथ गरी स्थानीय अर्थतन्त्रका विभिन्न पक्षहरूमा गुणात्मक रूपान्तरण आजको आवश्यकता रहेको भन्दै पर्यटन प्रवर्द्धनका विविध पाटाहरू मध्ये विभिन्न अवसर र आकारमा आयोजना गरिने महोत्सव पर्यटन विकासको दिगो आधार र प्रवर्द्धनको प्रभावशाली औजार हुने पनि जनाएको छ ।मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पहिलो पटक बि.सं. २०५५, दोस्रो पटक २०५८ र तेस्रो पटक २०६१ मा मध्यपुर महोत्सव आयोजना गरिएको थियो। यसको साथै विभिन्न समयमा आयोजित वः महोत्सव, धिमेबाजा प्रतियोगिता, बाँसुरी बाजा प्रतियोगिता, भजन गायन प्रतियोगिता लगायतका कार्यक्रमहरूले नगरलाई आन्तरिक एवम् वाह्य पर्यटकको आँखासम्म प्रभावकारी ढंगले पुर्याएको मीठो अनुभव छ ।भक्तपुर, चांगुनारायण, धुलिखेल, जिरीजस्ता लोकप्रिय पर्यटकीय गन्तव्यहरूको स्वागतद्वारको रुपमा रहेको काठमाडौँ उपत्यकाको केन्द्रभागमा अवस्थित मध्यपुर थिमि नगरपालिका पुरातात्विक एवम् साँस्कृतिक सम्पदाले सुसम्पन्न छ ।

    चिमि र बोदेजस्ता लिच्छविकालिन बस्तीको साथै नगदेश, तिगनि, निकोसेरा र लोहकीथलि लगायतका ऐतिहासिक बस्तीहरु रहेको यस नगरको कला, संस्कृति, परम्परागत पेशा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्विक सम्पदा र मौलिक जीवनशैलीले पर्यटकीय आकर्षण बढ्दै गएको छ ।झण्डै ७५० को संख्यामा सानाठूला मूर्त सम्पदा एवम् १०० भन्दा बढी अमूर्त सम्पदाहरू रहेको यस नगरपालिकाको ३२ खतको बिस्काजात्रा, म्ये प्वाः खनिगु (जिब्रो छेड्ने) जात्रा, लोकेश्वर जात्रा, छाप्याखं (नीलबाराही गण नाच) जात्रा, पुलुकिसि जात्रा, महाकाली नाच, भैलः जात्रा, भतिमाली प्याखं (इन्द्र अप्सरा नाच) विशेष रूपले चर्चित छ ।त्यसैगरी तिकिंवजि, हरियो तरकारी, माटोको भाँडाकुँडा, मुकुण्डो जस्ता परम्परागत पेशा र उत्पादनले यस नगरलाई सुपरिचित बनाएको छ। अधुनिकीकरण तर्फ दूत गतिमा अग्रसर रहेर पनि यस नगरले आफ्नो कला, संस्कृति, पेशा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्विक स्मारक र परम्परागत जीवनशैलीलाई आज पर्यन्त जीवन्त राखेको छ ।