Category: फोटो न्यूज

फोटो न्यूज

  • तस्बिरमा रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा कार्यक्रम

    तस्बिरमा रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा कार्यक्रम

    काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् ।

    राष्ट्रिय सभा गृहमा मंगलबारमा कार्यक्रमको आयोजना गरेर उनले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने शासकीय स्वरुपलाई अंगिकार गर्ने उनले बताए ।

  • बलात्कारीले फाइदा अझै कति लिन्छ ? सरकारले सजायँ कहिले दिन्छ ? (फाेटाेफिचर)

    बलात्कारीले फाइदा अझै कति लिन्छ ? सरकारले सजायँ कहिले दिन्छ ? (फाेटाेफिचर)

    काठमाडाैं । हालै सार्वजनिक भएको बलात्कार घटनामा संग्लनलाई कारवाही र पीडितलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।

    आठ वर्षअघि भएको मिस ग्लोबल इन्टरनेसनल प्रतियोगितामा सहभागी हुँदा होटलमा बोलाएर बलात्कार गरेको र त्यसपछि पनि निरन्तर शोषण गरिएको भन्दै एक युवतीले सामाजिक सञ्चालमार्फत खुलासा गरेपछि प्रदर्शन भएको हो ।

    प्रदर्शनमा सहभागीहरुले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरी गर्ने हदम्याद हटाउनुपर्ने, दोषीलाई कडा कारवाही गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्ने भन्दै नारावाजी गरेका थिए । त्यस्तै, उनीहरुले यस विषयमा छिटो अनुसन्धान सुरु गर्न पनि राज्यको ध्यानाकर्षण गराएका थिए ।

    बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत पीडित युवतीले आफूमाथि भएको घटनाको खुलासा गरेपछि युवाहरुले प्रदर्शन सुरु गरेका छन् ।

  • तस्बिरमा हेर्नुहाेस् काठमाडाैं महानगरकाे मतगणना

    तस्बिरमा हेर्नुहाेस् काठमाडाैं महानगरकाे मतगणना

    काठमाडाैं । काठमाडाैं महानगरपालिकाकाे मतगणना सुरू भएकाे छ । राष्ट्रियसभा गृहमा १ र ३२ वडाकाे मतपेटिका खाेलेर गणना गर्न थालिएकाे हाे ।

  • चुनावले गाउँ बोलायो (फोटो फिचर)

    चुनावले गाउँ बोलायो (फोटो फिचर)

    काठमाडाैं । मुलुक स्थानीय तहको निर्वाचनमय भएसँगै काठमाडौं उपत्यकासहित सहरमा अस्थायी बसोबास गर्दै आएकाहरू मतदानका लागि गाउँघर हिँडन थालेका छन् । ३० वैशाखमा मतदान हुँदैछ ।

    त्यसअघि विद्यालय बन्द हुनुका साथै मतदानका दिन सार्वजनिक बिदा परेपछि आममतदाता थातथलो लागेका हुन् । काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधन यात्रुले कोचाकोच हुने गरेका छन् । कोटेश्वर र कलंकी क्षेत्रबाट बाहिरिँदै गरेकाहरुको दृष्य कैद गरेका छौं ।

    तस्बिर स्राेत : न्युज कारखाना

  • हेर्नुहाेस् कियारा आडवाणीको बोल्ड फोटो सुट (तस्बिर)

    हेर्नुहाेस् कियारा आडवाणीको बोल्ड फोटो सुट (तस्बिर)

    काठमाडाैं । बलिउड अभिनेत्री कियारा आडवाणी केही समय अघि रेड कार्पेटमा पुगेकी थिइन् ।

    कियाराले इन्स्टाग्राममा तस्विर शेयर गरेकी छिन् । रेड कार्पेटमा कियाराको ड्रेसको निकै चर्चा भएको थियो ।

    यस क्रममा कियाराले पारदर्शी हरियो रंगको पहिरन लगाएकी छिन् । हेर्नुहाेस् उनकाे आकर्षक तस्बिर :

  • यसरी मनाइयाे इदउल फित्र (फाेटाेफिचर)

    यसरी मनाइयाे इदउल फित्र (फाेटाेफिचर)

    रुपन्देही । अरबी पात्रो हिजरी संवतअनुसार १०औँ महिना (सौवाल) को पहिलो दिन मंगलबार नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र मनाउन लागिएकाे छ ।

    भैरहवाका मुस्लीम समुदायले पनि याे पर्व मनाएका छन् । सरकारले मंगलबार सार्वजनिक बिदासमेत दिएकाे छ ।

  • ढकमक्क ज्याकाराण्डा (फाेटाेफिचर)

    ढकमक्क ज्याकाराण्डा (फाेटाेफिचर)

    काठमाडाैं । बसन्त ऋतुकाे आगमनपछि यतिबेला रुख विरुवाले नयाँ पालुवाकाे कपडा फेरेका छन् । हरियालीले प्रकृति सिंगारिएकाे छ ।

    काठमाडौं उपत्यकामा पनि यत‍िबेला सडक किनारामा ढकमक्क ज्याकाराण्डा फुलेका छन् । सँधै धुवाँधुलाेले कुरुप उपत्यकाकाे सडकमा किनारामा फुलेका यी फूलहरुले सुन्दरता थपेकाे छ ।

  • रसिया-युक्रेन युद्धकाे ५० दिन, युक्रेनकाे अवस्था देखाउने यी तस्बिर

    रसिया-युक्रेन युद्धकाे ५० दिन, युक्रेनकाे अवस्था देखाउने यी तस्बिर

    काठमाडाैं । रसिया र युक्रनबीच युद्ध सुरु भएकाे ५० दिन पुगेको छ । युक्रेनका दुई विद्रोही क्षेत्रलाई रसियाले ‘स्वतन्त्र राज्य’ को मान्यता दिएपछि सुरु भएको युद्धमा दुवैतर्फ हजारौँ मानिसको मृत्यु भइसकेको छ ।

    ४६ लाख भन्दा बढी मानिस युक्रेनबाट पलायन भइसकेकाे पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    सोचेको भन्दा लामो समय युद्ध जारी रहँदा रसियामाथि पनि ठूलाे ‘धक्का’ लागेको छ। युक्रेनका कयौँ शहरमा नागरिकहरुको हत्या भएको रिपोर्टहरु सार्वजनिक भएपछि अहिले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना भइरहेको छ ।

    ५० दिनसम्म रसियालाई रोक्न सकेकोमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेनस्कीले युक्रेनी नागरिक र सेनालाई धन्यवाद व्यक्त गरेका छन् ।

  • टुँडिखेलमा नेपाली सेनाकाे कला काैशल प्रस्तुत (फाेटाेफिचर)

    टुँडिखेलमा नेपाली सेनाकाे कला काैशल प्रस्तुत (फाेटाेफिचर)

    काठमाडाैं । घाेडेजात्राकाे अवसरमा शुक्रबार सैनिक मञ्च टुंडिखेलमा नेपाली सेनाले विभिन्न कला काैशल प्रस्तुत गरेकाे छ । साे क्रममा राष्ट्रपति, मन्त्रीसहित विशिष्ट व्यक्तिकाे सहभागी थियाे ।

  • तस्बिरमा म्यादी प्रहरी भर्ना

    तस्बिरमा म्यादी प्रहरी भर्ना

    काठमाडौं । म्यादी प्रहरी भर्ना अभियानअन्तर्गत शारीरिक चैत १५ परीक्षा सुरु भएको छ ।

    काठमाडौं प्रहरी परिसरमा फारम बुझाउनेहरूको बुधबार कीर्तिपुरस्थित ल्याबेरोटरी स्कुलको खेल मैदानमा शारीरिक परीक्षा लिइएको हो ।

    सबै तस्बिर : न्युज कारखाना