Category: फोटो न्यूज

फोटो न्यूज

  • बालकोटपछि सानेपामा देखिएको हार्दिकता (फाेटोफिचर)

    बालकोटपछि सानेपामा देखिएको हार्दिकता (फाेटोफिचर)

    कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्यका नयाँ सहमति बनेपछि सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति पत्रमा हस्ताक्षर भएपछि दुई नेताबीच सौहार्दता बढेको छ ।

    ओली निवासमा देउवा र ओलीले हात मिलाएपछि मंगलबार कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा दुवै नेताबीच हार्दिकता देखिएको छ ।

     

  • काठमाडौंको मातातीर्थमा दिवंगत माताको सम्मान गर्न भेला भएका सन्तति (तस्बिरहरु)

    काठमाडौंको मातातीर्थमा दिवंगत माताको सम्मान गर्न भेला भएका सन्तति (तस्बिरहरु)

    आज (बुधबार) मातातीर्थ औंसी अर्थात् जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । जीवित तथा दिवंगत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम दिनको रुपमा मनाउने गरिन्छ ।

     

  • काठमाडौंमा नीरफूलको याम (फोटो फिचर)

    काठमाडौंमा नीरफूलको याम (फोटो फिचर)

    काठमाडौंका घण्टाघर, भद्रकाली, सहिदगेट, रत्नपार्क लगायतका विभिन्न स्थानमा यतिबेला बैजनी रङका ज्याकरन्डा फूलले सहरी सौन्दर्य बढाएको छ ।

    वसन्त ऋतुको याममा धेरै ठाउँ बेसार रङको काइँयो पनि फुलेको छ । हावाले फूल सडकमा झार्दा धेरै ठाउँ बैजनी गलैंचा जस्तो झल्को दिएको छ । बर्सेनि यही बेला फुल्ने बैजनी रङका फूल काठमाडौं उपत्यकाले देख्न थालेको करिब दुई सय वर्ष भएको मानिन्छ ।

    ज्याकरन्डा फूल रैथाने वनस्पति भने होइन । यसलाई धेरैले झट्ट हेरेर रैथाने शिरीषको प्रजाति ठान्छन् । तर, यो शिरीष होइन । दक्षिण अमेरिकाको रैथाने यो वनस्पति सहरी सौन्दर्यका लागि संसारका विभिन्न मुलुकमा लगाउने गरिएको छ ।

    युरोप, अफ्रिका हुँदै ज्याकरण्डा एसियाली मुलुकमा भित्रिएको मानिन्छ । जो होस् यो फूल जहाँ यतिबेला फुलेका छन्, उपत्यकाका ती सडक र गल्लीको सौन्दर्य नै छुट्टै बनेको छ ।

  • भारतीय गाडीको प्रयोग गरेर इलाममा दुर्गा प्रसाईको ”नोट भोट अभियान”

    भारतीय गाडीको प्रयोग गरेर इलाममा दुर्गा प्रसाईको ”नोट भोट अभियान”

    इलाम । यही बैशाख १५ हुने इलाम २ को उपनिर्वाचनलाई लक्षित गर्दै सदरमुकाममा ‘नो भोट’ अभियान चलाइएको छ विहीबार इलाम चोक बजारमा नेपाल र भारतीय नम्बर प्लेटको गाडीमा आएका व्यक्तिहरुले ‘नो भोट’ अभियान चलाएका हुन् ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानको ब्यानरमा ‘नो भोट’को सभा गरिएको हो । सभामा सहभागी हुन भारतीय र नेपाली नम्बर प्लेट टाँसिएका गाडीहरु सदरमुकाममा आएका हुन ।

    सहभागीहरुले धेरैजसो भारतीय नम्बरका सवारी साधनको प्रयोग गरेका छन र भारतीय सवारीमा नेपालको राष्ट्रिय झन्डा प्रयोग गरिएको छ । गाडीमा टाँसिएको ब्यानर र प्लेक्समा ‘धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियान’ लेखिएको छ ।

    निर्वाचन आचारसंहिता–२०७९ अनुसार निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्नेगरी विचार राख्न, प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ । तर नो भोट अभियानमा प्रशासनले अवरोध गर्न नसकेको स्थानीयले बताएका छन् ।

    इलाममा आउँदो निर्वाचनलाई प्रभाव पार्न आचारसंहिताविरुद्धको कार्यक्रम गरिएको भन्दै शीर्ष दलका नेताहरु आक्रोशित भएका छन् । सभामा प्रसाईं आफैं सहभागी छन्


    इलाममा भारतीय गाडीको प्रयोग गरी ‘नो भोट’अभियान, दुर्गा प्रसाईं सहभागी
    इलाम । यही बैशाख १५ हुने इलाम २ को उपनिर्वाचनलाई लक्षित गर्दै सदरमुकाममा ‘नो भोट’ अभियान चलाइएको छ ।

    विहीबार इलाम चोक बजारमा नेपाल र भारतीय नम्बर प्लेटको गाडीमा आएका व्यक्तिहरुले ‘नो भोट’ अभियान चलाएका हुन् ।
    मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानको ब्यानरमा ‘नो भोट’को सभा गरिएको हो । सभामा सहभागी हुन भारतीय र नेपाली नम्बर प्लेट टाँसिएका गाडीहरु सदरमुकाममा आएका हुन ।
    सहभागीहरुले धेरैजसो भारतीय नम्बरका सवारी साधनको प्रयोग गरेका छन र भारतीय सवारीमा नेपालको राष्ट्रिय झन्डा प्रयोग गरिएको छ । गाडीमा टाँसिएको ब्यानर र प्लेक्समा ‘धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियान’ लेखिएको छ ।

    निर्वाचन आचारसंहिता–२०७९ अनुसार निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्नेगरी विचार राख्न, प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ । तर नो भोट अभियानमा प्रशासनले अवरोध गर्न नसकेको स्थानीयले बताएका छन् ।

    इलाममा आउँदो निर्वाचनलाई प्रभाव पार्न आचारसंहिताविरुद्धको कार्यक्रम गरिएको भन्दै शीर्ष दलका नेताहरु आक्रोशित भएका छन् । सभामा प्रसाईं आफैं सहभागी छन्

  • पशुपतिमा बिन्दास बाबाहरू

    पशुपतिमा बिन्दास बाबाहरू

    काठमाडौं । काठमाडौंको पशुपति क्षेत्रमा अहिले महाशिवरात्री पर्वको रौनक छ । पशुपति मन्दिरमा दर्शन गर्नेहरूको भीड लागेको छ भने अर्कोतिर शिवरात्री मनाउन आएका बाबाहरूको दर्शन गर्नेको लहर छ ।
    पशुपतिनाथ मन्दिरमा देश–विदेशबाट आएका नागा जोगी, बाबाहरुको उपस्थितिले पनि धेरैलाई आकर्षित गरेको छ । मन्त्रिर क्षेत्रमा बाबाहरू बिन्दास बनेर बसेका छन् । उनीहरुका थरीथरीका भेषभूषा र हाउभाउले आगन्तुक र दर्शनार्थीहरुलाई रोमाञ्चक बनाएको छ ।

  • यस्तो देखियो कांग्रेस नेता बुढाथोकीको विदाई (फोटो फिचर)

    यस्तो देखियो कांग्रेस नेता बुढाथोकीको विदाई (फोटो फिचर)

     

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको पार्थिव शरिरलाई झापामा कांग्रेस नेता कृष्णप्रसाद सिटौला,महामन्त्री विश्वप्रकाश शर्मालगायतले पार्टीको झण्डा ओडाएर अन्तिम विदाई गरेका छन् । लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित ८० वर्षीय बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारकै क्रममा आज निधन भएको हो । झापाको कनकाई माइमा उनको अन्त्येष्टि गरिएको छ ।

  • अमर शहीदहरुप्रति श्रद्धा र सम्मान प्रकट गरेर मनाईयो शहीद दिवस (फोटो फिचर)

    अमर शहीदहरुप्रति श्रद्धा र सम्मान प्रकट गरेर मनाईयो शहीद दिवस (फोटो फिचर)

    काठमाडौं । देश र जनताको स्वतन्त्रता र अधिकारका लागि ज्यानको आहुति दिने शहीदहरुको सम्मानमा साताव्यापी मनाइएको शहीद सप्ताहको आज मुख्य दिन मंगलबार शहीद दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । काठमाडौं महानगरपालिकाले लैनचौरमा आयोजना गरेको मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालदेखि उच्च तहका अधिकारीलगायत आम नागरिकले शहीदप्रति श्रद्धा,सम्मान प्रकट गेका छन् ।

  • सिंगारियो अयोध्यास्थित लक्ष्मणघाट (फोटोफिचर)

    सिंगारियो अयोध्यास्थित लक्ष्मणघाट (फोटोफिचर)

    अयोध्या । भारतको अध्योध्यामा निर्मित राम मन्दिरमा सोमबार प्राणप्रतिष्ठा गर्ने कार्यक्रम छ । राम मन्दिरमा प्राण प्रतिष्ठाकोे अन्तिम तयारी चलिरहेका बेला अयोध्यास्थित लक्ष्मणघाट क्षेत्र पनि सिंगारिएको छ । श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले बनाएको मन्दिरमा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राणप्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ ।