Category: समाज

समाज

  • पशुपतिको गुरूयोजना तयार, असार १ देखि चारै ढोका खुला गरिने

    पशुपतिको गुरूयोजना तयार, असार १ देखि चारै ढोका खुला गरिने

    धार्मिक पक्षलाई विधिवत अघि बढाउँदै दर्शनार्थीको सुविधाका लागि चारै ढोका खुला गर्ने निर्णय
    काठमाडौं । धार्मिक एवं परम्परागत पूजा एवं अनुष्ठान विधिलाई कायम राखेर असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने भएको छ ।

    पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकले धार्मिक पक्षलाई विधिवत अघि बढाउँदै दर्शनार्थीको सुविधाका लागि पूर्व, पश्चिम, उत्तर र दक्षिणका मूलढोका खुला गर्ने निर्णय गरेको हो ।संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री एवं परिषद्का अध्यक्ष हितबहादुर तामाङले पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ४ देखि ८ बजेसम्म खोल्ने निर्णय भएको बताएका छन् । उनले भक्तजनको बढोत्तरी भएका कारण दर्शन र पूजापाठ सहज, सुरक्षित र व्यवस्थित गर्न यो निर्णय गरिएको बताएका हुन्।

    मन्त्री तामाङले दक्षिण एशिया र विश्वका विभिन्न देशबाट आउने हिन्दू धर्मावलम्बीलाई पशुपति नाथ मन्दिरमा पूजाआराधना गर्न सहजता प्रदान गर्ने योजनाका साथ परम्परालाई कायम राखेर व्यवस्थापकीय पक्षमा नवीनतम् कार्यक्रम ल्याइएको बताएका छन् ।‘धार्मिक पर्यटकलाई बढीभन्दा बढी भित्र्याउन धेरै कुरा व्यवस्थित गर्नुपर्ने छ । अहिले दर्शन गर्ने वातावरण सहज बनाउनुपर्ने देखियो । त्यसैले मन्दिरमा आउने हरेक भक्तजनले सहजै दर्शन गर्न पाउने व्यवस्था मिलाएका हौँ,’ उनले भने ।कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले प्रत्येक दर्शनार्थीलाई व्यवस्थित रुपबाट पशुपतिनाथको दर्शन गर्नसक्ने व्यवस्था मिलाउने मन्दिर तथा पूजा व्यवस्था नियमावलीअनुसार यो निर्णय गरिएको बताएका छन् ।

    उनका अनुसार अहिलेसम्म पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः३० बजेदेखि ११ः३० सम्म खुला गरिन्छ । ‘दर्शनार्थीको संख्या बृद्धि भएपछि सजिलो गरी दर्शन गर्न असुविधा भइरहेको गुनासो आयो ।त्यसैले परम्परागत धार्मिक पक्षलाई कायम राखेर दर्शनार्थीको सुविधालाई दृष्टिगत गरी चारवटै ढोका खुला गरिएको हो, हामीले व्यवस्थापकीय पक्षलाई नियमावलीअनुसारै व्यवस्थित गरेका हौँ,’ उनले भने ।

    डा.थापाले पशुपतिनाथ मन्दिरभित्र र बाहिर पाउने चन्दनमा पनि एकरुपता ल्याइने बताएका छन् । साथै हरेक दर्शनार्थीलाई पशुपतिनाथ मन्दिरको अभिषेक गरिएको जल पनि निःशुल्क दिने व्यवस्था मिलाइएको छ। महाशिवरात्री पर्वका अवसर, साउने सोमबारसहित विशेष पर्वमा मात्रै चारै ढोका खुला गरिन्छ ।

    गुरूयोजना तयार
    संस्कृतिमन्त्री तामाङले धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ पशुपतिनाथ मन्दिरको गुरूयोजना तयार गरिएको बताएका छन् । उनले गुरूयोजना अध्ययन गर्दै क्रमशः कार्यान्वयन गर्दै जाने उल्लेख गरे ।
    ‘कतिपय काम विगतको निर्णयका आधारमा कार्यक्रमिक रुपमा अघि बढाउनुपर्ने हुन्छ । कतिपय काममा नीतिगत पक्षमा सुधारमार्फत अघि बढाउनुपर्ने छ । क्रमशः काम अघि बढाउँदै छौँ,’ उनले भने ।

  • महाधिवेशनको तयारीमा मोबाइल व्यवसायी, संचारमन्त्रीले उदघाटन गर्ने

    महाधिवेशनको तयारीमा मोबाइल व्यवसायी, संचारमन्त्रीले उदघाटन गर्ने

    काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभा आयोजना गर्ने भएको छ । महासंघले विहीबार पत्रकार सम्मेलन गरी आगामी जेठ २५ गते काठमाडौं चाबहिलस्थित स्मार्ट प्यालेस एण्ट इभेण्ट्स प्रालिमा दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभा आयोजना गर्न लागिएको जानकारी दिइयो ।

    महासंघका महासचिव रमेश घिमिरेले दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभाको उदघाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाट हुने बताए । साथै, महाधिवेशनमा नेपालभरबाट करिब एक हजारभन्दा बढी व्यवसायी सहभागी रहने उनको भनाइ छ ।

    महाधिवेशनले अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ७, महासचिव, सचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्ष गरी १४ जना पदाधिकारी र वरिष्ठ सदस्य एक जना र ३४ जना केन्द्रीय सदस्य चयन गर्ने उनले बताए ।
    महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले मोबाइल व्यवसायमा लगानीपछिको नाफा घट्दो अवस्थामा रहेको बताउ । उनले अहिले मंहगो रेटका मोबाइल सेट ग्राहकको रोजाइमा परिरहेको भएपनि भन्सार छलीका मोबाइल भित्रिदा ब्यव्सायीहरु मारमा परेको बताए ।

    उनले वार्षिक एक अर्ब ८० करोड रुपैयाँ बराबरको मोबाइल सेट नेपालमा विदेश भ्रमणमा जाँदा र आफन्तहरुले विदेशबाट पठाउँदा आइरहेको बताए । त्यस्तै, खुल्ला सीमानबाट राजश्व छली गरेर प्रति महिना पाँच हजार पाँच सयका दरले नेपालमा आइरहेको महासंघको तथ्याङ्क छ । राज्यले भन्सार छलीबाट आउने यस्ता प्रकारका मोबाइल सेटहरुमा प्रतिबन्ध लगाउनुपर्ने महासंघको माग छ ।

    यस किसिमका कारोबारको अन्त्य गर्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्नुपर्ने उनको भनाइ छ । साथै, सेकेण्ड ह्यान्ड मोबाइलको कारोबारमा सरकारको नीति प्रष्ट हुन आवश्यक रहेको उनले बताए । नीति स्पष्ट नहुँदा व्यवसायीहरु मारमा परेको उनले बताए ।

  • सीपमूलक तालिम लिएका व्यक्तिहरुले नै आधुनिक कोरिया बनाएका हुन : राजदूत

    सीपमूलक तालिम लिएका व्यक्तिहरुले नै आधुनिक कोरिया बनाएका हुन : राजदूत

    काठमाडौँ । कोरिया गणतन्त्रका राजदूत पार्क ताइ योङ्ले व्यवसायिक सीपमूलक तालिम लिएका व्यक्तिहरुबाट दक्षिण कोरियाको आधुनिक विकास भएको बताएका छन् ।कोरियाको विकास इतिहासको स्मृति गर्दै, नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क, ताइ योङ्ले, कोरियाका विद्यार्थी माध्यमिक तह पूरा गरेपछि करिब ९० प्रतिशत व्यावसायिक सीपमूलक तालिममा जाने बताए ।

    टुँडिखेलमा आयोजना भइरहेको सीप मेला २०८१ को अवलोकनका क्रममा बुधबार तालिम स्थलको अवलोकन गरिसकेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।‘महानगरपालिकाले धेरै राम्रो काम गरेको महसुस भयो,’उनले भने,‘तालिम लिएका व्यक्तिहरु श्रम बजारमा सजिलै खपत हुने वातावरण सिर्जना गर्नुपर्छ । आर्थिक, सामाजिक तथा पारिवारिक विकासको प्रारम्भ यहीँबाट सुरु हुन्छ ।’

    तालिमको ८० प्रतिशत प्रयोगात्मक कक्षा हुने भएकाले जनशक्तिले प्राप्त गरेको सीप रोजगार क्षेत्रका लागि काम लाग्ने खालको भएको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भने,‘तालिम लिएकालाई सकेसम्म स्वरोजगार बन्न प्रोत्साहित गर्ने, स्वरोजगार बन्न चाहना नगर्नेहरुलाई रोजगारका क्षेत्रसँग जोड्ने कार्यक्रमसहित तालिम सञ्चालन भएको हो ।’

    ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ हाम्रो मुख्य कार्यक्रम हो । युवाहरुलाई स्वदेशमै अवसर छ भन्ने, सन्देश यसको महत्वपूर्ण पाटो भएको आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए ।
    नेपाल र कोरियाका सहरहरु बिचमा संस्कृति, व्यक्तित्व विकास, संस्थागत ज्ञान, सीप र क्षमता वृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन भइरहेकोमा सहकार्यका क्षेत्रलाई विस्तार गरेर व्यावसायिक सिप प्रदान गर्ने कार्यक्रम चलाउन सकिने अवलोकनका क्रममा कुराकानी भएको थियो ।

    सीप मेलाको पहुँच विकास र विस्तार गर्न महानगरपालिकाले वैशाख १९ गतेदेखि टुँडिखेलमा सीप मेला सञ्चालन गरिरहेको छ । मेलाको अवलोकन गर्न संघीय सरकारका मन्त्री, प्रदेश सभा सदस्य, स्थानीय सरकारका प्रमुख, उपप्रमुख तथा प्रतिनिधि, दातृ तथा साझेदार संस्थाका प्रतिनिधिहरु अवलोकनका लागि पुगिरहेका छन् ।

    कुटनीतिक क्षेत्रका अधिकारीहरुको भ्रमणका बारेमा अन्तरर्राष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरी भन्छन्, ‘नेपालका लागि कोरियाका राजदूत पार्कसहित अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क, फिनल्याण्डकी राजदूत रीना–रीक्का हेक्का, श्रीलंकाका राजदूत सुदर्शन पथिराना, मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिर्दुस अजमान सिप मेलामा आइसक्नुभएको छ ।’

    यस्तै, युनेस्को नेपालका आवासीय प्रतिनिधि माइकल क्रप्ट, युएनडीपीका उपआवासीय प्रतिनिधि जुलियन चेभिलार्ड, नेपालका लागि अमेरिकाको दूताबासका सार्वजनिक मामिला प्रमुख ग्यारेट विल्कर्सनले अवलोकन भ्रमणबाट मेला विषयमा जानकारी लिएर महानगरपालिकासँग आगामी सहकार्यका लागि इच्छा व्यक्त गरेको उनले बताए ।

     

  • दरवन्दी अनुसार कर्मचारी नहुँदा समस्या, एउटै कामका लागि हप्तादिन लाग्ने

    दरवन्दी अनुसार कर्मचारी नहुँदा समस्या, एउटै कामका लागि हप्तादिन लाग्ने

    काठमाडौ । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा दरवन्दी अनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।कार्यालयमा एक उप–सचिव, दुई शाखा अधिकृत, पाँच सुव्वा , खरदार र कम्युटर अपरेटरलगायतको दरवन्दी कायम रहेको भएपनि सो अनुसार नहुँदा समस्या भएको हो । नागरिकता तथा नगरिकताको प्रतिलिपी लिनका लागि पनि पाँचदेखि सात दिनसम्म लाग्ने गरेको गुनासो आएको छ ।

    कार्यालयमा कर्मचारी अभावका कारण सेवाग्राहीले एउटै कामका लागि हप्ता दिनसम्म धाउनुपर्ने बाध्यता भएको चन्द्रपुरका युवा नेता विनोद दुलालले बताए । उनका अनुसार काम विशेषले आएका सेवाग्राहीले सहज रुपमा सेवा नपाउँदा निराश भएको हुन् ।समाजिक सुरक्षा भताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि बनाउनका लागि आउने वृद्ध वृद्धाको संख्या बढेको उनले बताए । कार्यालयमा आएका वृद्धवृद्धाले सहज रुपमा सेवा नपाएको र चर्को गर्मीमा बस्ने व्यवस्था समेत नहुँदा समस्यामा परेको उनले जानकारी दिए ।

    इलाका प्रशासन कार्यालयमा विहिबार आफु काम विशेषले जाँदा वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिले सेवा लिन निकै कष्ट भएको पाइएको उनले उल्लेख गरेका छन् । हरेक कार्यालयमा वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यतिmलाई ग्राहयता दिनुपर्नेमा प्रशासन कार्यालयबाट नभएको प्रति उनले दुखेसो गरेका छन् ।इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव नेत्र प्रसाद शर्माले कर्मचारी अभावका कारण काममा वाधा पुगेको स्विकार गरेका छन् ।

    दुई शाखा अधिकृतको दरवन्दी रहेको यस कार्यालयमा अहिले एकजना पनि नहुँदा समस्या भएको उनले जिकिर गरेका छन् । केही दिनअघि शाखा अधिकृत यादव भण्डारीको सरुवा भएपछि कोही यस कार्यालयमा आउन नमानेको समेत उनले बताए ।उनका अनुसार यस बिषयमा पटक पटक मन्त्रालयमा पत्रचार गर्दै आएको भएपनि सुनुवाई नभएको हो । २०५५ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा २०७० सालदेखि उपसचिवको दरबन्दी कायम गरिएको थियो ।

    पछिल्लो समय इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा राष्ट्रिय परिचय पत्र बनाउनेको संख्या बढेको छ । अब सामाजिक सुरक्षा भत्ता मात्र नभई नागरिकता देखाएर पाइने गरेका सबै प्रकारका सेवा राष्ट्रिय परिचयपत्रका आधारमा दिने तयारीमा सरकारले गरेको छ ।अहिले ई पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । व्यक्तिको परिचय प्रमाणीकरण गर्न राष्ट्रिय परिचयपत्र महत्वपूर्ण रहेको भन्दै नयाँ प्रविधि प्रयोग हुन थालेको अवस्थामा सरकारले प्रत्येक नेपाली नागरिकको परिचय खुल्नेगरी विद्युतीय अभिलेख राख्ने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन सुरु गरेको हो ।

     

  • जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

    जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

    काठमाडौ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ को रातानाङ्ला टाकुरीमोडमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भेटिएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो बिहीबार बिहान राति २ बजेतिर दुर्घटनामा परेको हो ।

    घटनामा मृतक र सवार यात्रुका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

     

  • धन कमाउन विदेश गएका ती चारहजार नेपाली कहिल्यै फर्किने छैनन्

    धन कमाउन विदेश गएका ती चारहजार नेपाली कहिल्यै फर्किने छैनन्

    काठमाडौं । धन कमाएर आउने र परिवारसँग सुखी जीवन बिताउने सुन्दर सपना बोकेर विदेश गएका हजारौं युवा अब कहिले पनि फर्किने छैनन् ।सुन्दै कहालीलाग्दो यो खबर आफन्त र गाउँघरका लागि कति पीडादायी हुँदो हो । अनुमान गर्न पनि कठिन छ ।जतिसुकै कठोर खबर भए पनि यो अपत्यारिलो खबर भने होइन, कटुसत्य हो ।संवैधानिक निकाय महालेखापरीक्षकले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यो विवरण लेखिएको छ । अनुसन्धानमा आधारित यो मृत्यु खबर जो कसैका लागि पनि चिन्ताको बिषय हो ।

    महालेखाको प्रतिवेदन भन्छ, वैदेशिक रोजगारीमा गएर कहिल्यै पनि आफ्नो देश फर्किन नसक्ने नेपालीको संख्या सयमा होइन हजारमा गणना हुन्छ ।वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भैसकेको छ ।त्यसअवधिमा आठ सय ७० को अङ्गभङ्ग भएको छ भने कतिपय बिरामी छन् । गत तीन वर्षको श्रमिकको मृत्यु दर विश्लेषण गर्दा २०७७/७८ को तुलनामा २०७८/७९ मा पाँच प्रतिशत वृद्धि भएको र २०७८/७९ को तुलनामा २०७९/८० मा एक प्रतिशत घटेको छ ।

    त्यस्तै अङ्गभङ्ग तथा बिरामी श्रमिकको दर २०७७/७८ मा १८.५० प्रतिशत रहेकोमा २०७८/७९ मा ३१.९५ प्रतिशत र २०७९/८० मा ४९.५४ प्रतिशतले वृद्धि भएको छ । मृत्यु हुने श्रमिकको सङ्ख्यामा कमी आए तापनि अङ्गभङ्ग तथा बिरामीको दर बढ्दो क्रममा रहेको छ ।वैदेशिक रोजगारीमा गएका नेपाली कामदार सम्बन्धित देशको हावापानी, कामको चाप, मदिरा सेवन, कामदारवीच झैझगडा, परिवारिक तनाव, स्थानीय कानुनको जानकारीको अभाव, मेसिनरी औजारको सञ्चालनमा हुने प्राविधिक त्रुटि, ट्राफिक दुर्घटना, विरामी, कार्यस्थल दुर्घटना, जलेर, निस्सासिएर, डुबेरलगायतका कारणले मृत्यु, अङ्गभङ्ग तथा बिरामी परेको अवस्था छ ।

    यस वर्ष भएको कुल मृत्यु एक हजार २५० मध्ये मलेसियामा २७.९६ प्रतिशत, साउदी अरबमा २६.३६ प्रतिशत, संयुक्त अरब इमिरेट्समा १७.९८ प्रतिशत, कतारमा १७.२३ प्रतिशत, कुवेतमा ६.०४ र अन्य देशमा ४.४३ प्रतिशत रहेको छ ।यसरी स्वभाविक, अज्ञात र अन्य कारणले मृत्यु हुनेको संख्या अधिक रहेको देखिएकोले वास्तविक कारण पत्ता लगाउनुका साथै बिरामीको कारण मृत्यु हुने मुलुकको स्वास्थ्य सुविधासम्बन्धी अध्ययन, ट्राफिक दुर्घटनाबाट मृत्यु हुने मुलुकमा सचेतनाका कार्यक्रम, आत्मह दुरुत्साहन गर्न मनोचिकित्सालगायतका कार्यक्रम सञ्चालन गरी श्रमिकको मृत्युदर न्यून गर्ने व्यवस्था गर्नुपर्ने प्रतिवेदनको सुझाव छ ।

    वैदेशिक रोजगारीमा रहेका कामदारको गन्तव्य मुलुकमा मृत्यु भएमा मृतकको शव अन्तिम संस्कारको लागि परिवारलाई हस्तान्तरण गर्न वैदेशिक रोजगार बोर्डबाट रकम निकासा हुने गरेको छ । यो वर्ष शव व्यवस्थापनमा रू दुई करोड ८५ लाख ८० हजार खर्च भएको प्रतिवेदनमा जनाईएको छ ।
    बोर्डबाट वैधानिक रूपमा रोजगारीमा रहेका कामदारको मात्र शव व्यवस्थापनको लागि रकम निकासा हुने गरेकोले गैरकानुनी रूपमा रहेका श्रमिकको मृत्यु भएमा शव व्यवस्थापनमा समस्या हुने गरेको नियोगहरूले उल्लेख गरेका छन् । वैदेशिक रोजगार व्यवसायी, रोजगारदाता कम्पनी, गन्तव्य मुलुकका सम्बन्धित निकायको कारणसमेत श्रमिकहरू गैरकानूनी आप्रवासन हुने अवस्था देखिएको छ ।

    अवैधानिक रूपमा रहेका र अलपत्र परेका कामदारलाई सुरक्षित आवासगृहमा राखी उद्धारसमेत गरेको स्थिति छ । अवैधानिक रूपमा रहेका श्रमिकको मृत्यु भएमा मृतकको शव व्यवस्थापन नगरिनु व्यावहारिक देखिँदैन । श्रमिक गैरकानुनी आप्रवासनको कारण अध्ययन विश्लेषण गरी मृत्यु हुने श्रमिकको शव व्यवस्थापन हुनुपर्दछ ।वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २८ मा वैदेशिक रोजगारीमा गएको कुनै कामदारको करार अवधिभित्र कुनै कारणले मृत्यु भएमा मृतक श्रमिकको नजिकको हकवालालाई वैदेशिक रोजगार कोषबाट प्रारम्भमा रू. तीन लाख र २०७४ साउन १६ गतेदेखि रू सात लाख आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ । वैदेशिक रोजगार बोर्डबाट प्राप्त विवरणअनुसार विगत पाँच वर्षमा पाँच हजार ५११ मृतक श्रमिकतर्फ रू.तीन अर्ब तीन करोड ९८ लाख र १५ अङ्गभङ्ग तथा बिरामी श्रमिकतर्फ रू.४३ करोड ८४ लाख ७२ हजार आर्थिक सहायता उपलब्ध गराएको छ ।

  • कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्का वर्षाको सम्भावना, तराईमा तातो लहर

    कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्का वर्षाको सम्भावना, तराईमा तातो लहर

    कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्का वर्षाको सम्भावना, तराईमा तातो लहर
    काठमाडौं । आज काठमाडौं उपत्यकासहित कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
    जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायूको प्रभाव सँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

    बुधबार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ।

    आज राती कोशी प्रदेशका थोरै स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ।यस्तै, आगामी ३ दिन सम्म तराईका जिल्लाहरुमा तापक्रम वृद्धि भई तातो हावा तथा तातो लहर चल्ने देखिएकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

  • जलवायु परिवर्तनले हिमालको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेकोमा प्रधानमन्त्री चिन्तित

    जलवायु परिवर्तनले हिमालको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेकोमा प्रधानमन्त्री चिन्तित

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाललाई प्रदूषणरहित बनाउन त्यस क्षेत्रको संरक्षण आवश्यक रहेको बताएका छन् ।७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथा लगायतका हिमालहरू यसको असरको चपेटामा पर्दै गएकोमा चिन्ता प्रकट गरेका छन् । उनले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्दै हिमालका फोहोरमैला व्यवस्थापन गर्न चुनौती थपिएको बताए ।

    ‘हिमाललाई प्रदूषणरहित बनाइराख्न सहकार्य र समन्वयवको आवश्यकता छ । यसका लागि नेपाल सरकारले ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ भन्ने नाराका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा संवाद गर्ने नीति लिएको छ । सरकारको यस नीतिगत प्राथमिकता र पहलमा सरोकारवाला लगायत सम्पूर्ण नेपालीहरूको बलियो साथ रहने मेरो विश्वास छ ।’ प्रधानमन्त्रीले भने ।

    प्रधानमन्त्रीले भने, ‘मुख्यतः तापमान वृद्धिसँगै हिमाल पग्लिने, हिमताल विष्फोटको खतरा बढ्दै जाने, वायु प्रदुषण बढ्दै जानेजस्ता कारणले हिमालको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीवन, सभ्यता, विकास, जीवनशैली, स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ । नेपालले हिमाली क्षेत्रको संरक्षण एवं जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण र अनुकुलन गर्न उच्च प्राथमिकतामा राख्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा जलवायु न्यायका लागि नेतृत्वदायी पैरबी गर्दै आइरहेको छ ।’

    सगरमाथा दिवसले नेपालको पर्यटक आगमनमा वृद्धि गर्न, हिमालको संरक्षण गर्न, हिमाली क्षेत्रमा भइरहेको फोहोरको न्यूनीकरण एवं उचित व्यवस्थापन गर्न एवं हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेका प्रभावहरू न्यूनीकरणका लागि थप प्रेरणा मिल्ने प्रधानमन्त्रीको विश्वास छ ।‘सगरमाथा नेपालको विशिष्ट पहिचान र सौन्दर्य हो, यो जैविक विविधताको विशिष्ट केन्द्र पनि हो, हिमाली जाति र समुदायको ऐतिहासिकता र मौलिक संस्कृति हो । हिमाली क्षेत्रले विश्वलाई वातावरणीय सेवा, जैविक विविधता, स्वच्छ पानी, स्वच्छ हावा, तापमान नियन्त्रण एवं सन्तुलन, पारिस्थितिक प्रणालीमा सन्तुलन, मानव जीवनचक्र लगायतका बहुआयमिक पक्षमा महत्त्वपूर्ण योगदान गर्दछ ।’ प्रधानमन्त्रीले भने ।

    विश्व इतिहास र रङ्गमञ्चमा नेपाली पहिचान र विशेषताका बहुआयामिक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सगरमाथा र लुम्बिनी जस्ता प्राकृतिक, ऐतिहासिक एवं सांस्कृतिक विश्व सम्पदा संसारभरिका मानिसका निम्ति गौरवको विषय रहेको बताए ।सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरूको आत्मसम्मानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू तर्जुमा गरिरहेको पनि उनले जानकारी दिए ।

  • दुई करोड ठगीमा तरुण दल लमजुङका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

    दुई करोड ठगीमा तरुण दल लमजुङका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

    काठमाडौं । प्रहरीले नेपाल तरुण दल लमजुङका अध्यक्ष ललितकुमार गुरुङविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । गुरुङले काठमाडौं स्थित एउटा आइटी कम्पनीलाई आफ्नो जग्गा बिक्री गर्छु भनी दुई करोड रुपैयाँ बैना लिइ उक्त जग्गा अर्कैलाई बिक्री गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ पुर्जी जारी गरेको हो ।

    प्रहरीका अनुसार जेनेस सलुशन नामक कम्पनीले आफ्नो कार्यालय भवन निर्माणका लागि भन्दै पोखरा महानगरपालिका–१२ स्थित झन्डै १३ आना जग्गा खरिद गर्न गुरुङलाई दुई करोड बैना वापत दिएको थियो । तर पछि उक्त जग्गा गुरुङले अर्कै व्यक्तिलाई बिक्री गरेको मालपोत कार्यालय कास्कीबाट खुलेको छ ।

    त्यसपछि सो कम्पनीले गुरुङलाई सम्पर्क गरी रकम फिर्ता माग्दा उनले ५० लाख फिर्ता दिएका र बाँकी रकमको साँवा ब्याज समेत एक करोड ६५ लाखको एकाउन्ट पेइ चेक जेनेस सलुशनलाई दिएका थिए । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको जावलाखेल शाखामा उक्त चेक साट्न पटक–पटक जाँदा बैंकले गुरुङको खातामा पर्याप्त रकम नरहेको जानकारी दिएको थियो । त्यसपछि कम्पनीले गुरुङविरुद्ध उजुरी दिएको हो ।

     

  • सामसुङ इलेक्ट्रोनिक्सका हजारौं कामदार हड्तालमा

    सामसुङ इलेक्ट्रोनिक्सका हजारौं कामदार हड्तालमा

     

    काठमाडौं । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सका कामदारहरूले तलब सम्बन्धी व्यवस्थापनसँगको वार्तामा रोक लगाएको आक्रोशित हुँदै त्यसको विरुध्द हडतालमा उत्रने चेतावनी दिएका छन् ।

    तलव सुविधा सम्बन्धी लामो समयदेखि चलिरहेको विवादमा सामसुङ इलेक्ट्रोनिक्स व्यवस्थापन र कम्पनीको कर्मचारी युनियनले जनवरीदेखि नियमित वार्ता गर्दै आएका छन् । वार्तामा सहमति हुननसक्दा उनीहरूबीचको मतभेदलाई कम गर्न दुवै पक्ष असफल भएका छन् ।

    कामदारहरुले वार्ता असफल भएको विरोधमा पहिलो पटक वाकआउट चिन्ह लगाउने भएका छन् । आजबाट उनीहरु सार्वजनिक प्रदर्शनीमा उत्रने तयारीमा छन् ।‘व्यवस्थापनले मजदुरलाई बेवास्ता गर्ने प्रवृत्तिका कारण हडताल घोषणा गर्छौं,’ मजदुर युनियनले भनेको छ ।विश्वका ७४ देशमा व्यापार विस्तार गरेको सामसुङमा २ लाख ७० हजार कामदारले रोजगारी पाएका छन् ।