Category: समाज

समाज

  • तीन शिशु, तीन बालबालिकासहित यि हुन् विमानमा सवार रहेका ६८ यात्रु (नामावलीसहित)

    तीन शिशु, तीन बालबालिकासहित यि हुन् विमानमा सवार रहेका ६८ यात्रु (नामावलीसहित)

    काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरको एटीआर ७२ जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ ।

    यी मध्ये १५ जना विदेशी रहेकाे बताइएकाे छ । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त जहाजमा कमल केसी पाइलट र अन्जु खतिवडा कोपाइलट थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए ।

    जहाज ११ बजेर १० मिनेट जाँदा सेतीकाे खोँचमा दुर्घटना भएको हो ।

    विमानमा सवार यात्रुकाे नामावली : 

  • पोखराको नयाँ विमानस्थलमा डेमो उडान गरेकै जहाज दुर्घटनामा

    पोखराको नयाँ विमानस्थलमा डेमो उडान गरेकै जहाज दुर्घटनामा

    काठमाडौं । पोखरामा आइतबार दुर्घटनामा परेको ९एन-एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो ।

    २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतिको यसै जहाजले डेमो उडान गरेको थियो ।

    आज जहाज उडाइरहेका क्याप्टेन कमल केसी समेत अनुभवी पाइलट मानिन्छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० : २५ मा उडेको यो जहाज २५ मिनेटमा पोखरा अवतरण गर्नु पर्ने थियो ।

    जहाज दुर्घटनाको कारण अझै खुल्न सकेकाे छैन ।

  • पाेखरामा विमान दुर्घटना : आकाशमै आगाे लागेकाे विमान पुरै जल्याे (भिडिओ)

    पाेखरामा विमान दुर्घटना : आकाशमै आगाे लागेकाे विमान पुरै जल्याे (भिडिओ)

    काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।

    जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । अवतरणका क्रममा रहेको जहाज विमानस्थलदेखि २ किलोमिटर पर सेतीको खोँचमा दुर्घटनामा परेको हाे ।

    दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । आगाे निभाउने प्रयास भइरहेको छ । दुर्घटनामा परेकाे जहाजबाट अहिलेसम्म २० जनाकाे शव निकालिएकाे प्रहरीले जनाएकाे छ ।

    उद्धारकाे क्रम चलिरहेकाे छ । खाेँचमा भएकाे हुनाले उद्धारकाे काममा ढिलाइ भइरहेकाे पनि बताइएकाे छ ।

    आकाशमा उडानकाे क्रममा नै आगाे लागेकाे भनिएकाे विमान ७० प्रतिशतभन्दा बढी जलिसकेकाे छ ।

    हेर्नुहाेस् भिडिओ :

  • पोखरामा विमान दुर्घटना, थप विवरण आउन बाँकी

    पोखरामा विमान दुर्घटना, थप विवरण आउन बाँकी

    काठमाडौं । पोखरामा यति एअरलाइन्सकाे विमान दुर्घटना भएको छ ।

    काठमाडाैं विमानस्थलबाट पाेखराका लागि उडेको जहाज नजिकैको डाँडामा ठोक्किएर दुर्घटना भएको हो । जहाजमा ठूलाे आगलागी भएकाे छ ।

    दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

  • पशुपतिको जंगलमा जलेको अवस्थामा शव फेला

    पशुपतिको जंगलमा जलेको अवस्थामा शव फेला

    काठमाडौँ । काठमाडौंको पशुपतिनाथ मन्दिर नजिकैको जंगलमा एक व्यक्तिको शव फेला परेको छ ।

    जलेको अवस्थामा पशुपतिनाथ मन्दिर नजिकैको जंगलमा एक व्यक्तीको शव भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जनाएका छन् ।

    पशुपति मन्दिर परिसरको किरातेश्वर मन्दिर भन्दा केहि तल जलेको अवस्थामा एक पुरुषको शव भेटिएको हो । उक्त व्यक्तीको सनाखत हुन सकेको छैन् ।
    शव पोस्टमार्टमका लागि पठाइएको छ ।

  • धनकुटाको सिँधुवा बजारमा भीषण आगलागी, ५ घर जलेर नष्ट

    धनकुटाको सिँधुवा बजारमा भीषण आगलागी, ५ घर जलेर नष्ट

    धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।

    बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली चौक नजिकका घरहरू पूर्णरूपमा जलेर नष्ट भएको स्थानीयवासी दीपक खड्काले जानकारी दिए । ‘के भएर आगलागी भयो थाहा भएको छैन, एउटा घरको नाम निशान छैन, अरु घर पनि धेरै जलेका छन्’, उनले भने ।

    छिमेकी जिल्ला तेह्रथुमको लालिगुराँस नगरपालिका बसन्तपुर बजारबाट आएको दमकल र छथर जोरपाटी गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा अहिले आगो निभाउने प्रयास भइरहेको खड्काले जानकारी दिए ।

    बाँकी सहयोगका लागि तेह्रथुम जिल्लाको म्याङलुङ र धनकुटा नगरपालिकाबाट दमकल र पानीका ट्याङकरहरू आईरहेको उनले जानकारी दिए ।

    थप सहयोगका लागि जिल्लाबाट सुरक्षा बल गइसकेकाले पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको कन्ट्रोल रुमले जानकारी दिएको छ ।

  • अर्घाखाँचीमा ४७ फिट अग्लो त्रिशूल स्थापना

    अर्घाखाँचीमा ४७ फिट अग्लो त्रिशूल स्थापना

    अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा ४७ फिट अग्लो त्रिशूल स्थापना गरिएको छ । सन्धिखर्क नगरपालिका–२ घोचाखोलामा रहेको कार्यश्वर शिवालय मन्दिर परिसरमा वैदिक विधिपूर्वक पूजाआजा गरी बिहीबार ४७ फिट अग्लो त्रिशूल स्थापना गरिएको हो ।

    धार्मिक पर्यटक भित्राउने उद्देश्यले स्थापना गरिएको त्रिशुल ६८० केजी तौल र ४७ फिट उचाइ रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामु केसीले जानकारी दिए। सन्धिखर्क बजारबाट नजिकै प्राकृतिक मनोरम वातावरणमा रहेको यस मन्दिर क्षेत्रमा शिवरात्रीको दिन विशेष पूजाआजा तथा दैनिक पूजा हुँदै आएको छ । पूजाआजामा स्थानीयको सक्रिय सहभागिता हुने गरेको छ ।

    त्रिशुल हाल दुवईमा रहेका युवा अर्जुन केसीले सौजन्य गरेको अध्यक्ष केसीले बताए । मन्दिरभित्र अरु विभिन्न संरचनाहरुसमेत तयार गरिने मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

  • स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु

    हेटौडा। मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा स्कुटर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत ज्यामिरेमा गएराति करिब पौने ११ बजेतिर स्कुटर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्ष कृष्णराज ढकालले जानकारी दिए ।

    मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी ३० वर्षीय धर्मराज मोक्तान, सोही ठाउँका मिलन मोक्तान र मकवानपुरको राक्सिराङ गाउँपालिका–३ लावती बस्ने रुपेश तामाङ छन् ।

    मिलन मोक्तान र रुपेश तामाङलाई पुरानो मेडिकल कलेज, चितवनमा पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए भने धर्मराज मोक्तानको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    स्थानीयले भने सवारी साधनले ठक्कर दिंदा स्कुटरमा सवार तीनै जनाको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् । ठक्कर दिनेलाई कारबाहीको माठट गदैँ बिहान ५ घण्टा सडक बन्द गरेका थिए । उक्त सडक प्रहरीले बिहान ८ बजेतिर खुलाएको छ । ठक्कर दिने सवारीलाई यथाशीघ्र पत्ता लगाइ नियन्त्रणमा लिने निष्कर्षसहित सडक खुलाइएको प्रहरीले जनाएको छ ।

     

  • नेपाल प्रहरीका १७ डिआइजीको सरुवा, सातै प्रदेशका प्रहरी प्रमुख फेरिए [सूचीसहित]

    नेपाल प्रहरीका १७ डिआइजीको सरुवा, सातै प्रदेशका प्रहरी प्रमुख फेरिए [सूचीसहित]

    काठमाडाैं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा भएको छ। बिहीबार भएको काज सरुवाअनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डिआइजी वसन्तबहादुर कुँवरले मधेस प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् ।

    यस्तै, मधेसका प्रहरी प्रमुख मसाउद आलम खाँलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरी खटाइएको छ भने कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन् । यस्तै, भीमप्रसाद ढकाललाई कर्णाली प्रदेशको जिम्मेवारी दिइएको छ ।

    प्रहरी प्रधान कार्यालयका डिआइजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा पठाइएको छ भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी अशोक सिंहलाई दिइएको छ ।

    प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको जिम्मेवारी दिइएकाे छ भने बुद्धिराज गुरुङलाई गण्डकी प्रदेशको जिम्मा दिइएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको नेतृत्व गरेका श्यामलाल ज्ञवालीलाई प्रदेश १ प्रहरी कार्यालय, विराटनगर र विमानस्थलको जिम्मेवारीमा किरण राणालाई खटाइएको छ । यस्तै, विशेष ब्युरोको जिम्मेवारी सुदीप गिरीले सम्हाल्नेछन् ।

     

  • शिक्षक हत्या प्रकरण : आरोपित दम्पती कारागार चलान

    शिक्षक हत्या प्रकरण : आरोपित दम्पती कारागार चलान

    बैतडी । बैतडीको पाटन नगरपालिका– ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई कारागार चलान गरिएको छ ।

    कारागार चलान हुनेमा पुर्चौडी नगरपालिका– ३ का प्रजा बोहरा र उनकी श्रीमती बिमला रहेका छन् ।

    दुबैलाई जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

    सुर्नया गाउँपालिका– २ घर भएका ५५ वर्षीय शिक्षक यही पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडी मृतावस्थामा भेटिएका थिए । त्यसपछि शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा बोहरा दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    नियन्त्रण पश्चात् बोहरा दम्पतीले हत्या गरेको स्वीकारेपछि प्रहरीले पुस ७ गते पत्रकार सम्मेलन गरी सावर्जनिक गरेको छ ।

    दुबैजनाविरूद्ध बैतडी जिल्ला अदालत कर्तव्य ज्यान मुद्दामा दुई पटक म्याद थपेर अनुसन्धान कार्य गरेको थियो ।

    श्रीकृष्ण माविमा कम्प्युटर डिप्लोमा चौँथो वर्षमा अध्ययन गरिरहेकी बिमला छात्रावासमा बस्दै आएकी थिइन् । उनका श्रीमान् पनि भेटघाटका लागि पाटन पुगेर छात्राबासमै बसेका थिए ।

    छात्राबासमै बस्दै आएका शिक्षक विष्टले पुस १ गते राति पौने १० बजे शौचालय गएकी बिमलालाई अङ्गालो हाली दुर्व्यवहार गरेको प्रजाले देखेको र त्यसपछि आक्रोशित भएका प्रजाले विष्टको छाती, मुखमा हिर्काएर छात्रावास बाहिर ल्याएर हत्या गरेको प्रजाले प्रहरीसमक्ष बयान दिएका छन् ।

    विष्टको मृत्यु भएपश्चात शवलाई प्रजा र बिमलाले केत्तुकेको झाडीमा फालेका जनाइएको छ ।