काठमाडौं । मंसिर १५ गते शनिवारदेखि सुरु भएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को एक साता पुग्दा पहिलो चरणका जम्मा १३ खेल भएका छन् । शनिवारसम्म भएका १३ खेलमध्ये सुदुरपश्चिमले लगातार ३ खेल जितेर ६ अकंका साथ शिर्ष स्थानमा उक्लेको छ । यस्तै तिनै खेल जितेर जनकपुर बोल्ट्स पनि शिर्ष स्थानमा रहे पनि नेटरनरेटका आधारमा सुदुरपश्चिम रोयल्स अगाडि रहेको छ ।
एनपिएलको साप्ताहिक खेल अवधिमा टिमका आधारमा सुदुरपश्चिम रोयल्स, रन स्कोरका आधारमा लुम्विनीका मार्की प्लेयर रोहित कुमार पौडेल, विकेट टेकरका आधारमा पोखरा एभेन्जर्सका बायाँ हाते बलर सोहेल तनविर शिर्ष स्थानमा छन् भने फ्यान रेटिङका आधारमा पोखरा एभेन्जर्सकै ओप्नर एन्ड्र्यू गोउस ९ दशमलव ७ अकंले शिर्ष स्थानमा छन् ।
कस्तो रह्यो खेलाडीहरुको पर्फमेन्स ?
एनपीएलको इतिहासमा पोखरा एभेन्जर्सका ओपनर एन्ड्र्यू गोउसले पहिलो शतक बनाएका छन् । लुम्बिनीविरुद्ध उनले ५५ बलमा ५ छक्का र १२ चौकाको मद्दतमा १०४ रनको शानदार इनिङ खेल्दै एनपिएलमा पहिलो शतक हान्ने खेलाडीको रेकर्ड कायम गरेका छन् । यस्तै विराटनगर किंग्सका ओप्नर मार्टिन गप्टिलले जनकपुर बोल्ट्सविरुद्ध ३६ बलमा ७ चौका र १ छक्काको मद्दतमा ५० रन बनाएर एनपीएलमा पहिलो अर्धशतक बनाएका छन् ।
एनपीएलमा शनिवार सम्म भएका १३ खेलमा लुम्विनी लायन्सका मार्की रोहित कुमार पौडेलले पोखरा एभेन्जर्सविरुद्ध खेलेको इनिङमा ५९ बलमा १० चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ९५ रन बनाएर शतक बनाउनबाट चुकेका थिए । पौडेल ३ खेलमा १४६ रन बनाएर धेरै रन बनाउने पहिलो खेलाडी बनेका छन् ।
यस्तै जनकपुर बोल्ट्सका लाहिरु मिलन्था ३ खेलमा १४४ रन बनाएर दोस्रो स्थानमा छन् । यस्तै सुदुरपश्चिम रोयल्सका मार्की दिपेन्द्र सिंह ऐरी ३ खेलमा १३९ रन जोडेर तेस्रो स्थानमा छन् भने कर्णाली याक्सका ओप्नर शिखर धवन ४ खेलमा १३६ रन जोडेर चौथो स्थानमा अविजित रहेका छन्।
एनपीएलमा शनिवार सम्म भएका १३ खेलमा ३ खेल खेलेको चितवन राइनोजका बायाँ हाते बलर सोहेल तनविरले ३ खेलमा ११ ओभर बलिङ गरेर १ मेडनमा ४५ रन खर्चदैँ ८ विकेट लिएर एनपीएल इतिहासमा अहिले सम्म सबैभन्दा धेरै विकेट लिने पहिलो खेलाडीका रुपमा रेकर्ड कायम गरेका छन् ।
जनकपुर बोल्ट्सका स्पिनर ललित राजवंशीले ३ खेलमा १२ ओभरमा ७५ रन खर्चेर ७ विकेट लिएर दास्रो स्थानमा छन् भने यस्तै सुदुरपश्चिम रोयल्सका अविनाश बोहोराले ३ खेलमा ६ विकेट लिएर तेस्रो स्थानमा रहेका छन् भने सुदुपश्चिम रोयल्सकै नरेन साउद, ब्राण्डन म्याकमुलेन, सैफ जैब, स्कट कुगेलेइन र पोखरा एभेन्जर्सका विपिन खत्री ५।५ विकेट लिएर तेस्रो स्थानमा रहेका छन् ।
फ्यान रेटिङका आधारमा ३ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दर्शकहरुको मन जित्दै ९ दशमलव ७ अंकका साथ पोखरा एभेन्जर्सका ओपनर एन्ड्र्यू गोउस पहिलो स्थानमा छन् ।
यस्तै सुदुरपश्चिम रोयल्सका मार्की दिपेन्द्र सिंह ऐरी र पोखरा एभेन्जर्सका बायाँ हाते बलर सोहेल तनविरले ३ खेलमा सानदार पर्फोमेन्स गरेर दर्शकहरुको मन जित्दै ९ दशमलव ६ अंकका साथ दोस्रो स्थानमा छन् भने सुदुरपश्चिम रोयल्सकै बलर नरेन साउद र विराटनगर किंग्सका लोकेश बम लगातार दर्शकहरुको मन जितेर ९ दशमलव ४ अकंका साथ तेस्रो स्थानमा रहेका छन् ।
एनपीएलमा सहभागी ८ फ्रेन्चाइज मध्ये सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स समान ६ अंकका साथ तालिकाको पहिलो र दोस्रो स्थानमा छन् । चितवन राइनोज ३ खेलमा २ मा जित र १ मा हार सहित तेस्रो र कर्णाली याक्स २ मा जित र २ मा हारसहित चौथो स्थानमा छन् । पोखरा एभेन्जर्स १ मा जित, २ मा हार र काठमाडौं गुर्खाज २ मा हार, १ मा जित सहित पाचौं र छैठौ स्थानमा रहेका छन् । विराटनगर किंग्स १ मा जित, ३ मा हारसहित सातौं र लुम्बिनी लायन्स ३ हारसहित तालिकाको पुछारमा छ ।
मंसिर १५ गते उद्घाटनमा एक खेल भएको थियो भने मंसिर १६ गते चुनावका कारण कुनै पनि खेल भएको थिएन । मंसिर १७ गतेदेखि लगातार दिन दुई खेल भइरहेका छन् । पहिलो चरणका खेलमा आज सम्म दर्शकहरुको साथ सपार्टे स्टेडियमका राम्रो सँग देखिरहेको छ। पहिलो चरणमा २८ खेल हुने छन् भने एनपीएलमा जम्मा ३२ खेल हुने छन् ।
एनपीएलले नेपाली क्रिकेट जगतमा राम्रो प्रभाव पार्ने क्यानका पदाअधिकारी, फ्रेन्चाइजका ओनर लगायत क्रिकेटप्रेमी दर्शकहरुको प्रतिक्रिया छ ।