Category: हुलाक समाचार

हुलाक समाचार

  • भुटानका राजा आज नेपाल आउँदै

    भुटानका राजा आज नेपाल आउँदै

    काठमाडौं । भुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउने भएका छन्।भारत भ्रमणमा रहेका भुटानी राजा वाङचुक शुक्रबार बिहान ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट उनी काठमाडौं आउने भएका हुन्।

    १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै काठमाडौं आउन लागेका भुटानी राजा वाङचुक काठमाडौं आएपछि उनी बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न जाने छन्।

    भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारी लगायत सदस्य रहेका छन्।भुटानका राजा नेपाल आउने भएसँगै गृह मन्त्रालयले उनका लागि उच्च सुरक्षा व्यवस्था कायम गरेको छ। उनको दर्शनका लागि जाने बौद्धनाथ, स्वयम्भूनाथ र त्यस आसपासका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ।

  • एनपीएल : कर्णाली र चितवन ,लुम्बिनी र पोखरा भिड्दै

    एनपीएल : कर्णाली र चितवन ,लुम्बिनी र पोखरा भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज कर्णाली याक्स र चितवन राइनोज तथा लुम्बिनी लायन्स र पोखरा एभेन्सजर्सबीच प्रतिस्पर्धा हुने छ ।

    कर्णाली र चितवनबीचको खेल बिहान ९ बजे र लुम्बिनी र पोखराबीचको खेल दिउँसो सवा १ बजे हुनेछ।चितवन राइनोजले यसअघि खेलेका दुवै खेल जितेको छ भने पोखरा र कर्णालीले दुवै खेल हारेको छ ।लुम्बिनी लायन्सले दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो ।

  • काठमाडौं ७३ रनले पराजित

    काठमाडौं ७३ रनले पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई हराएको छ ।

    नरेन साउदको पाँच विकेटको सहयोगमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १ सय ६८ रनको मध्यम लक्ष्य पछ्याएको काठमाडौंले १५.५ ओभरमा अल आउट हुदै ९४ रन जोड्न सक्यो ।

    काठमाडौंका लागि स्टेफन स्किनाजीले सर्वाधिक ३७ रन जोडे । सुमित महर्जनले १४ रन, भीम सार्की १० रन, जेहार्ड एरास्मसले १० रन जोडे ।

    सुदूरपश्चिमका लागि नरेन साउदले ४ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए । अभिनास बोहोराले २ तथा ब्रन्डन म्याकमुलन र सेफ जैबले समान १ विकेट लिए ।

    त्यसअघि टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको योगफल तयार गर्यो ।

     

  • स्वास्थ्य स्वयंमसेविकाले नै मन्त्रालयको ईज्जत धान्ने काम गरेका छन् : सचिव पोखरेल

    स्वास्थ्य स्वयंमसेविकाले नै मन्त्रालयको ईज्जत धान्ने काम गरेका छन् : सचिव पोखरेल

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले, स्वास्थ्य स्वयंमसेविकाले नै ,स्वास्थ्य मन्त्रालयको ईज्जत धान्ने काम गरेको बताएका छन् ।

    बिहीबार काठमाडौंमा २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले, स्वास्थ्य स्वयंमसेविकाले नै ,स्वास्थ्य मन्त्रालयको ईज्जत धान्ने काम गरेको भन्दै स्वयंमसेविकाको उचित व्यवस्थापन आवश्यक रहेको बताए ।उनले भने,‘स्वास्थ्यकै स्वयंमसेविका भन्ने भएकाले तपाईंहरुले   भोलेन्टियर गर्दिएर जहाँ जाँदा पनि जुन देश जाँदा पनि सबैले स्वयंमसेविकाको नै कुरा गर्छन् । नेपाल सरकारको,स्वास्थ्य मन्त्रालयको ईज्जत धान्ने काम तपाईहरुले गर्दिनु भएको छ । त्यही कारण मैले छाती फुलाएर हिड्न पाउँछु ।

    अब तपाईंहरुको उचित व्यवस्थापनको कुरा छ । तपाईंहरुले जुन काम गर्नु भएको छ त्यसलाई सिस्टममा ल्याउन के गर्ने ,कुन योग्यताको आवश्यकता पर्छ ,कुन तालिमको आवश्यकता पर्छ त्यो सबैले सक्ने नसक्ने छुट्याएर अपग्रेडमा हालेर सिस्टममा लैजाउ ।’उनले स्वास्थ्यको स्वयंमसेविकालाई अन्य क्षेत्रले प्रयोग गरी कामको लोड बढाउने र श्रम शोसन गर्ने समस्या रहेको बताए ।उनले भने,‘स्वास्थ्यको स्वयंमसेविकालाई अन्य क्षेत्रले प्रयोग गर्दा स्वास्थ्यलाई सोध्नु पयो अब । कामको लोड बढ्ने भयो । काम हामीसँगै छ नि दिने हो भने । हामी स्थानिय तहमा पनि समन्वय गरेर के काम गर्न सकिन्छ हेरौं । तर काम थपिँदै जाँदा केही सुविधा दिन सकेनौंै भने श्रम शोसणमा जानु भएन हामी ।’

     

  • सुदुरपश्चिमले दियो काठमाडौलाई १६८ रनको लक्ष्य

    सुदुरपश्चिमले दियो काठमाडौलाई १६८ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदुरपश्चिम रोयल्सले काठमाडौं गुखार्जलाई १६८ रनको लक्ष्य दिएको छ ।

    निर्धारित २० ओभरमा सुदुरपश्चिमले ६ विकेटको क्षतिमा १६७ रन बनाएको हो ।

    बिहिबार भएको दोस्रो खेलमा सुदुरपश्चिम रोयल्सले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियो । सुदुरपश्चिमका लागि ब्राण्डम म्याकुमिलनले सर्वाधिक ३६ बलमा ५३ रन बनाए । उनले ३ चौका र ४ छक्का हिर्काए । कप्तान दिपेन्द्र सिंह ऐरीले २३ बलमा ४३ रन बनाई करण केसीको बलमा क्याच आउट भए । उनले ३ चौका र २ छक्का प्रहार गरे । विनोद भण्डारीले २८ बलमा २ छक्का र २ चौकाको मद्दतमा ३५ रन बनाइ आउट भए । सइब जैव ११ रन, स्कट कुगेलाइन ७ रन, इसान पाण्डे १ रन, रोहन मुस्ताफा ४ रन, आरिफ सेख ३ रन बनाए ।

    काठमाडौंका लागि रासिद खानले २, करण केसी, साहव आलम र इरसमसले समान १/१ विकेट लिए ।

    सुदुरपश्चिम रोयल्स जारी एनपीएलमा एक खेल खेल्दै २ अंक जोडेर तालिकाको चौथौ स्थानमा छ भने काठमाडौं गुर्खाज दुई खेल खेल्दा एक खेलमा हार र एक खेलमा जित निकाल्दै २ अंकका साथ तेस्रो स्थानमा छ ।

    सुदुरपश्चिमले आफ्नो पहिलो खेलमा विराटनगरलाई ९० रनले हराएको थियो । काठमाडौं पहिलो खेलमा चितवनसँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा कर्णाली याक्सलाई ३ विकेटले जितेको थियो ।

  • सुदुरपश्चिम भर्सेस काठमाडौंः टस जितेर बलिङ गर्दै काठमाडौं

    सुदुरपश्चिम भर्सेस काठमाडौंः टस जितेर बलिङ गर्दै काठमाडौं

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को नवौं खेलमा काठमाडौंले टस जितेको छ । बिहिबार हुने दोस्रो खेलमा सुदुरपश्चिम रोयल्स र काठमाडौं गुर्खाज भिड्दै छन् ।

    त्रिवि क्रिकेट मैदानमा भइरहेको एनपीएलको नवौ खेलमा काठमाडौं गुर्खाजले टस जितेर फिल्डिङ रोजेको हो ।

    सुदुरपश्चिम रोयल्स जारी एनपीएलमा एक खेल खेल्दै २ अंक जोडेर तालिकाको चौथौ स्थानमा छ भने काठमाडौं गुर्खाज दुई खेल खेल्दा एक खेलमा हार र एक खेलमा जित निकाल्दै २ अंकका साथ तेस्रो स्थानमा छ ।

    सुदुरपश्चिमले आफ्नो पहिलो खेलमा विराटनगरलाई ९० रनले हराएको थियो । काठमाडौं पहिलो खेलमा चितवनसँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा कर्णाली याक्सलाई ३ विकेटले जितेको थियो ।

  • पोखराविरुद्ध जनकपुरको सहज जित

    पोखराविरुद्ध जनकपुरको सहज जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आठौं खेलमा पोखरा एभेन्जर्स जनकपुर बोल्ट्ससँग पराजित भएको छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।

    जनकपुका लागि लाहिरु मिलन्थाले सर्वाधिक ४५ रन बनाए । उनले ३२ बलमा ८ चौका प्रहार गरेका थिए । जिमी निशमले २० बलमा ५ छक्काको सहयोगमा नट आउट ४० रन जोडे । हर्ष ठाकरले १४ बलमा १ चौकाको सहयोगमा नट आउट १३ रन बनाए । आसिफ शेखले ३४ बलमा ३ चौकाको सहयोगमा ३३ जोडे ।

    ओपनर तथा कप्तान अनिलकुमार साहले १ रन मात्र जोडेका थिए । पोखराका लागि माइकल लिस्क, कुशल भुर्तेल र विपिन खत्रीले समान १ विकेट लिए ।

    पोखराका लागि म्याट क्रिचलेले सर्वाधिक ३५ रन जोडेका थिए । ओपनर आन्द्रस गौसले १६ बलमा ३ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । माइकल लिस्कले २५ रन जोडे ।

    जनकपुरका लागि ललित राजवंशीले ३, जिमी निशमले २ तथा मोहम्मद मोहसिन र किशोर महतोले समान १ विकेट लिए । लगातार तीन खेलमा ६ अंकका साथ जनकपुर लिगको शीर्ष स्थानमा छ । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स तथा दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेटले हराएको थियो ।

     

  • यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर

    यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ रहेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४३ र बिक्रीदर एक सय ७२ रुपैयाँ १९ पैसा रहेको छ ।

    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९४ पैसा रहेको छ ।यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ १० पैसा र बिक्रीदर नौ रुपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा रहेको छ ।

    यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ७४ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ८० पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ३९ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर तीन सय ५२ रुपैयाँ ९७ पैसा तोकेको छ ।

     

  • सुनचाँदीको मूल्य बढ्यो

    सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

    चाँदी तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भएको थियो ।

  • पोखराले दियो जनकपुरलाई १ सय ३९ रनको लक्ष्य

    पोखराले दियो जनकपुरलाई १ सय ३९ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आठौं खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १ सय ३९ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन बनाएको हो ।

    पोखराका लागि म्याट क्रिचलेले सर्वाधिक ३५ रन जोडे । ओपनर आन्द्रस गौसले २० रन, माइकल लिस्कले २५ रन, राइमन राइफरले १७ रन, दिनेशले १० रन, कप्तान कुशल भुर्तेलले ६ रन र दिलिप नाथले ११ रन बनाए ।

    जनकपुरका लागि ललित राजवंशीले ३, जिमी निशमले २ तथा मोहम्मद मोहसिन र किशोर महतोले समान १ विकेट लिए ।