Category: हुलाक समाचार

हुलाक समाचार

  • काठमाडौंलाई कर्णालीले दियो १५० रनको लक्ष्य, धवनले हाने अर्धसतक

    काठमाडौंलाई कर्णालीले दियो १५० रनको लक्ष्य, धवनले हाने अर्धसतक

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को बुधवारको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १ सय ५० रनको लक्ष्य दिएको छ ।

    काठमाडौं गुर्खाजले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा १ सय ४९ रन बनायो । कर्णालीका अपोनर शिखर धवनले ५१ बलमा नटआउट ७२ रन हाने । उनले ४ चौका र ५ छक्का हिर्काए । कर्णालीका ओपनर देव खनाल डक आउट भए। चाडविक वाल्डनले २१ रन, बाबर हायतले १३ रन, गुल्सन झाले १२ रन जोडे। अर्जुन घर्ती ४ रनमा बोल्ड भए। जिसनले १४ रन हाने ।

     

  • यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर

    यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलरलगायतका विदेशी मुद्राको मूल्य घटेको छ ।

    आज अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८० पैसा रहेको छ ।युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २२ र बिक्रीदर एक सय ७१ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५६ पैसा रहेको छ ।

    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ५३ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।त्यसैगरि, जापानी येन १० को खरिददर नौ रुपैयाँ ०२ पैसा र बिक्रीदर नौ रुपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७ रुपैयाँ २५ पैसा रहेको छ ।

    यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ८९ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ८४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ५८ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ १७ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ १८ पैसा र बिक्रीदर तीन सय ५२ रुपैयाँ ७४ पैसा तोकेको छ ।त्यस्तै, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एककोखरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा तोकिएको छ । मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा तोकिएको छ ।

  • कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा

    कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्ये एक कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो नेपाल आएका छन ।

    उनलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच राजु बस्नेत ले स्वागत गरेका थिए ।३१ वर्षीय विलियमले प्रथम श्रेणी, लिस्ट ’ए’ र टी–२० प्रतियोगिता खेलेका छन् ।

    उनले अस्ट्रेलियाको यू–१९ टोलीबाट पनि लामो समय क्रिकेट खेलेका थिए । उनले प्रथम श्रेणीको क्रिकेटमा २८ खेल खेल्दै कुल एक हजार एक सय चार रन बनाएका छन् ।

  • काठमाडौं गोर्खाजले टस जितेर बलिङ् गर्दै

    काठमाडौं गोर्खाजले टस जितेर बलिङ् गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले पहिले बलिङ गर्दै छ । टस जितेपछि गोर्खाजले बलिङ् राजेको हो ।

    आजको पहिलो खेल कर्णाली याक्स र काठमाडौं गोर्खाजबीच हुदैँछ । कर्णालीका कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौं  गोर्खाजका कप्तानमा करण केसी छन् ।

    कर्णाली र काठमाडौं दुवै यो दोस्रो खेल हो, यो भन्दा अगाडिको खेलमा दुवै टिमले जित हासिल गर्न सकेको थिएन् । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो ।

  • ७४ रनमै रोकियो पोखरा एभेन्जर्स, चितवन राइनोज ८७ रनले विजयी

    ७४ रनमै रोकियो पोखरा एभेन्जर्स, चितवन राइनोज ८७ रनले विजयी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पाँचौं खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो । टस जितेर फिल्डिङ गरेको पोखराले १६२ रनको लक्ष्य पायो । चितवनका लागि इंग्लिस ब्याटर बोपाराले ३८ बलमा ५१ रन बनाए। कप्तान कुशल मल्लले २३ बलमा ३८ रन बनाए ।

    तनविर, रिजन र लुक बेन्केन्सटेइनले ३–३ विकेट लिएपछि १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो ।

    पोखराका लागि लोअर अर्डरमा आएका नारायण जोशीले सर्वाधिक २३ बलमा ३० रन बनाए । जोशीले २४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । मार्कसले १७ रन जोडे । पोखरालाई अलआउट गर्न चितवनका तनविरले ३ ओभरमा १ मडन राख्दै ६ रन मात्र खर्चेर ३ विकेट लिए ।

    रिजनले पनि ३ ओभरमा १ मेडन राख्नदै १० रन खर्चेर ३ विकेट लिए । लुकले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । दिपक बोहराले १ विकेट लिए ।

  • ३० रनको साझेदारी तोड्यो चितवनले, ११ ओभरमा ८ विकेट गुमायो

    ३० रनको साझेदारी तोड्यो चितवनले, ११ ओभरमा ८ विकेट गुमायो

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पाँचौं खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीचको खेल जारी छ । टस जितेर फिल्डिङ गरेको पोखराले १६२ रनको लक्ष्य पायो । चितवनका लागि इंग्लिस ब्याटर बोपाराले ३८ बलमा ५१ रन बनाए। कप्तान कुशल मल्लले २३ बलमा ३८ रन बनाए ।

    त्यसलगतै ब्याटिङ गर्न मैदानमा उत्रिएको पोखरा एभेन्जर्सले पहिलो ओभरमै ३ विकेट गुमाउन पुग्यो । कप्तान कुशल भुर्तेल सोइल तन्भिरको बलमा गोल्डेन डक भएका थिए । त्यसपछि आएका दिनेश खरेल र बास डि लिडेपनि शून्य रनमै आउट भए । त्यसपछि आएका मार्कस र नारायण जोशीले ३० रनको साझेदारी गरे । १०.२ ओभरमा लुक बेनकेन्सटाइनले १६ बलमा १७ रन बनाएका मार्कसलाई आउट गरे । ७ ओभर गर्न आएका लुक बेनकेन्सटाइनको बलमा रेमन रेइफर आउट भएका छन् ।

    इनिङको चौथो ओभर गर्न आएका रिजन ढकाललेपनि ३ विकेट लिए । ३ ओभर गरेका रिजनले १ ओभर मेडन फाले ।

     

  • पोखराले १७ रन बनाउँदा ७ विकेट गुमायो

    पोखराले १७ रन बनाउँदा ७ विकेट गुमायो

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पाँचौं खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीचको खेल जारी छ । टस जितेर फिल्डिङ गरेको पोखराले १६२ रनको लक्ष्य पायो । चितवनका लागि इंग्लिस ब्याटर बोपाराले ३८ बलमा ५१ रन बनाए। कप्तान कुशल मल्लले २३ बलमा ३८ रन बनाए । ७ ओभर गर्न आएका लुक बेनकेन्सटाइनको बलमा रेमन रेइफर आउट भएका छन् ।

    त्यसलगतै ब्याटिङ गर्न मैदानमा उत्रिएको पोखरा एभेन्जर्सले पहिलो ओभरमै ३ विकेट गुमाउन पुग्यो । कप्तान कुशल भुर्तेल सोइल तन्भिरको बलमा गोल्डेन डक भएका थिए । त्यसपछि आएका दिनेश खरेल र बास डि लिडेपनि शून्य रनमै आउट भए ।

    इनिङको चौथो ओभर गर्न आएका रिजन ढकाललेपनि ३ विकेट लिए । ३ ओभर गरेका रिजनले १ ओभर मेडन फाले ।

     

     

     

     

     

     

  • ४ ओभरमा ६ विकेट गुमायो पोखराले

    ४ ओभरमा ६ विकेट गुमायो पोखराले

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पाँचौं खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीचको खेलमा पोखराका कप्तान कुशल भुर्तेल गोल्डेन डक भएका छन् । त्यसपछि आएका दिनेश अरेल र बास डि लिडेपनि शून्य रनमै आउट भएका छन् ।

    सोहेल तन्विरले इनिङको पहिलो ओभर गर्ने क्रममा ४ रन दिएर ३ विकेट लिएका हुन् । चौथो ओभर गर्न आएका रिजन ढकाललेपनि ३ विकेट लिए ।

    पहिले ब्याटिङ गरेको चितवन राइनोजले २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।

    चितवनका लागि इंग्लिस ब्याटर बोपाराले ३८ बलमा ५१ रन बनाए। उनले तीन–तीन चौका र छक्का प्रहार गरे। कप्तान कुशल मल्ल र रवी बोपाराबीच ५६ रनको साझेदारी भएपछि चितवनको इनिङ्ग्स अघि बढ्यो।

    बलिङमा पोखराका विपिन खत्री, बास डे लिडे र रेमन्ड राइफरले २– २ विकेट लिए।

     

     

     

  • पहिलो ओभरमै ३ विकेट गुमायो पोखरा एभेन्जर्सले

    पहिलो ओभरमै ३ विकेट गुमायो पोखरा एभेन्जर्सले

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पाँचौं खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीचको खेलमा पोखराका कप्तान कुशल भुर्तेल गोल्डेन डक भएका छन् । त्यसपछि आएका दिनेश अरेल र बास डि लिडेपनि शून्य रनमै आउट भएका छन् ।

    सोहेल तन्विरले इनिङको पहिलो ओभर गर्ने क्रममा ४ रन दिएर ३ विकेट लिएका हुन् । पहिले ब्याटिङ गरेको चितवन राइनोजले २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।

    चितवनका लागि इंग्लिस ब्याटर बोपाराले ३८ बलमा ५१ रन बनाए। उनले तीन–तीन चौका र छक्का प्रहार गरे। कप्तान कुशल मल्ल र रवी बोपाराबीच ५६ रनको साझेदारी भएपछि चितवनको इनिङ्ग्स अघि बढ्यो।

    बलिङमा पोखराका विपिन खत्री, बास डे लिडे र रेमन्ड राइफरले २– २ विकेट लिए।

     

     

  • गोल्डेन डक भए कुशल भुर्तेल

    गोल्डेन डक भए कुशल भुर्तेल

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पाँचौं खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीचको खेलमा पोखराका कप्तान कुशल भुर्तेल गोल्डेन डक भएका छन् ।

    तन्भीरको पहिलो बलमा उनी क्याच आउट हुन पुगेका हुन् ।