Category: हुलाक समाचार

हुलाक समाचार

  • विवाहको मौसममा सुनको मूल्य कम हुँदा बजारमा चहलपहल

    विवाहको मौसममा सुनको मूल्य कम हुँदा बजारमा चहलपहल

    काठमाडौ।:गत साताबाट नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो गतिमा छ । मूल्यमा आएको गिरावटसँगै बजारमा चहलपहल बढ्दो छ । उपभोक्ताहरु सस्तिएको मूल्यमा सुन खरिद गर्न उत्सुक देखिन्छन् ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कात्तिक १५ गतेसम्म नेपाली बजारमा एक लाख ७१ हजारसम्म पुगेको सुनको मूल्य मंसिर ११ मा सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ पुगेकोे थियो ।

    झण्डै एक महिनाको अवधिमा सुनको मूल्यमा १२ प्रतिशतले गिरावट आइसकेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेपछि सुनको भाउमा गिरावट आएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय थियो । मंगलबारको तुलनामा बुधबार सुनको भाउ नौं सय रुपैयाँले बढेको हो ।मंगलबार सुनको भाउ १ लाख ४८ हजार ७ सय रुपैयाँ थियो ।पछिल्ला दुई दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार पाँच सयले घटेको छ । आइतबार प्रतितोला १लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा सोमबार घटेर प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।सोमबार एकैदिन १५ हजार ९ सय रुपैयाँले सुनको भाउ घटेको हो । नेपाल सरकारले सुनमा लगाएको भन्सार महशुलमा समायोजन गरेको र अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य घटेपछि केही समयका लागि सुन सस्तिएको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

    उनले भने,‘सरकारले कुनैपनि वस्तुमा कर घटाउने बढडाउने गरिरहेको हुन्छ । यसै अनुसार कुनैपनि वस्तुको मूल्य निर्धारण हुन्छ । सुनको हकमा पनि सरकारले सुनमा लाग्दै आएको कर, भन्सार दरघटाएको कारणले सुन केही समयका लागि सस्तिएको हो ।’थापाका अनुसार अब भने सुन घट्ने सम्भावना कम छ । न्यूरोडमा यतिबेला सुन किन्नेहरुको चहलपलह बाक्लो छ । अघिपछिभन्दा हिजोआज माग बढेको व्यवसायीहरुको भनाई छ । न्यूरोडमा १० वर्षदेखि सुन व्यापार गर्दै आएकी विमला घिमिरे काफ्ले सुनको मूल्य घटेसँगै ग्राहकहरु झन धेरै आउन थालेको बताउँछिन ।उनले भनिन,‘सुनको भाउ एक लाख ७१ हजार पुग्दा खेरी मूल्य बढेर तोलाकै दुई लाख हुन्छ भन्ने हल्ला सुनेर ग्राहकहरु आत्तिएर किन्न आउने गरेकोमा तोलामा एक्कासी १५ हजारले सुन घटेर १ लाख ५१ हजार भएपछि ग्राहकहरु झनै धेरै आउन थालेका छन् ।’सुनको मूल्य घट्नुमा आन्तरिक कारण रहेको औंल्याइन्छ । किनभने पटकपटक चर्को भन्सार दर बृद्धिले व्यवसायी असन्तुष्ट बन्दै आएका थिए । सरकारले भन्सार दर घटाउने निर्णय गर्दै नेपालराजपत्रमा प्रकाशित भएको र यससँगै लागू भएपछि व्यवसायी उत्साहित छन् ।

    यसअघि पनि भन्सार दर घटाउन व्यवसायीहरूले सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । राष्ट्र बैंक, अर्थ मन्त्रालय, प्रधानमन्त्री लगायतका सबै समक्ष भन्सार दर घटाउन माग गरेका थिए ।सुनको मूल्य घटेसँगै केहीदिन यता सुन किन्नेहरुको घुँईचो लागेको सुन व्यवसायीहरु बताउँछन । तथापी सुनको अभाव भने भएको छैन । अहिलेको महँगीलाई हेर्दा सुनको भाउ घट्नु राम्रो कुरा भएको उपभोक्ता विश्व भारती राना बताउँछिन् ।उनी भन्छिन्,‘अहिलेको महँगी हेर्ने हो भनेपनि, नेपालीहरुले सांस्कृतिक रुपमा सुन लगाउनु पर्ने हुन्छ । बिहेवारी, चाडबाड सबैमा आवश्यक नै हुन्छ । त्यसैले सुनको मूल्य घटेको राम्रो नै हो । किनभने सबै वर्गले प्रयोग गर्न सक्छन् ।भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनामा एक अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँ बराबरको एक सय ३३ किलोग्राम सुन आयात भएको छ ।जसबाट सरकारले २८ करोड ५५ लाख सात हजार रुपैयाँ बराबर भन्सार राजस्व प्राप्त गरेको छ ।

  • सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो ।

    बुधबार छापावाल सुनको मूल्य १ लाख ४९ हजार ६ सय रुपैयाँ रहेको थियो भने आज घटेर १ लाख ४९ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोवार भएको चाँदी आज ३० रुपैयाँले घटेर १ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

  • आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?

    आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

    बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७.६७ रुपैयाँ रहेको छ । प्याज ९५ रुपैयाँ, मटरकोशा १४० रुपैयाँ, लोकल गाजर १५० रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ ।

    स्थानीय काउली ९० रुपैयाँ, बन्दा लोकल ७५ रुपैयाँ, लौका ६५ रुपैयाँ, घिरौला ९५ रुपैयाँ र ठूलो गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

  • युवा क्रिकेटर प्रोत्साहन गर्न देशभर क्रिकेट हुँदै

    युवा क्रिकेटर प्रोत्साहन गर्न देशभर क्रिकेट हुँदै

    काठमाडौं, मंसिर १२– युवा क्रिकेटरलाई प्रोत्साहन गर्ने उद्दश्यले ई प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप हुने भएको छ ।हाइपएती इभेन्ट्स र ई प्लानेट एजुकेसनल कन्सल्टेन्सीको सहकार्यमा आगामी माघ ९ देखि १२ गतेसम्म नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप हुन लागेको हो ।

    देशभरका कलेजलाई सहभाी गराउने उद्देश्यले सातै प्रदेशमा छनोट प्रतियोगिता गर्न लागिकएको हाइपएतीको सिइओ एलिजा थापाले बताइन् । छनोट प्रतियोगिता आगामीपुस ३ गते हुने आयोजकले जनाएको छ ।ईटहरी, जनकपुर, बुटवल,पोखरा, सुर्खेत, धनगढी र काठमाडौंमा प्रदेश छनोट हुनेछन् । सात प्रदेश र आयोजकको एक गरी कुल ८ टोलीले टी टेनमा प्रतिस्पर्धा गर्ने जनाएको छ ।हाइपएती इभेन्ट्सले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । नकआउटका आधारमा हुने यस प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीले मात्र प्रतिष्पर्धा गर्न पाउनेछन् ।

    ई प्लानेटका कार्यकारी चेयरमान नयन लामिछानेले नेपाली क्रिकेटको युवा प्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रव्यापी क्रिकेट प्रतियोगिता सुरू गरेको बताए ।प्रतियोगिकाको प्रदेश विजेताले ५० हजार रूपैयाँ पाउनेछ । राष्ट्रिय प्रतियोगिताको विजेताले एक लाख रूपैयाँ र उपविजेताले ५० हजार रूपैयाँ पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् । विधागत उत्कृष्टले पनि १० हजार र ट्रफी पाउनेछन् । प्रतियोगितामा कुल ५७ वटा टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । यो प्रतियोगिताले नेपालभरका हाईस्कूल खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने भएकाले राष्ट्रिय खेलाडी बन्ने वातावरण पनि निर्माण हुने आशा गरेको छ ।

     

  • स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्दै

    स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्दै

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्ने भएको छ ।

    बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी पौष ११ र १२ गते काठमाडौंमा सम्मेलन आयोजन गर्न लागेको जानकारी दिएको हो ।मन्त्रालयका अनुसार साझेदारीको प्रवर्द्धन, ज्ञान आदानप्रदान र नेपालको स्वास्थ्य क्षेत्रमा भएका चुनौतीहरूको सामना गर्नका लागि विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने उद्देश्यले सम्मलेनको आयोजना गर्न लागेको हो ।

    विज्ञप्तीमा लेखिएको छ, ‘महत्वपूर्ण कार्यक्रमको उद्देश्य साझेदारीको प्रवर्द्धन, ज्ञान आदानप्रदान र नेपालको स्वास्थ्य क्षेत्रमा भएका चुनौतीहरूको सामना गर्नका लागि विश्वव्यापी विशेषज्ञता उपयोग गर्नु हो । यस वर्षको विषयवस्तु ‘नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ रहेको छ ।’सम्मेलनले विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी प्रमुख चुनौतीहरूको समाधान खोज्न र संवाद गर्न सहज गर्ने र प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालाहरूलाई नजिक ल्याई आपसी सिकाइ र दीर्घकालीन रणनीतिहरू निर्माण गर्न कोशे ढुङ्गा साबित हुने मन्त्रालयको विश्वास छ ।

     

  • नेप्से ३९.७० अङ्कले वृद्धि, परिसूचक २७५६.३६ मा

    नेप्से ३९.७० अङ्कले वृद्धि, परिसूचक २७५६.३६ मा

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.७० अङ्कले वृद्धि हुँदै २,७५६.३६ अङ्कमा बन्द भएको छ । बुधबार नेप्से परिसूचक १.४६ प्रतिशतले बढेको हो ।

    आज ३१६ कम्पनीका १ करोड ७१ लाख ४३ हजार ५८४ कित्ता सेयर ८९ हजार पटक किनबेच हुँदा कुल कारोबार रकम ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार ८४० पुगेको छ ।कारोबारमा रहेका सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

    ती कम्पनीहरूमा विशाल बजार कम्पनी, कर्णाली विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक र मानुशी लघुवित्त रहेका छन् । तर, मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।उपसूचकतर्फ वित्त समूह शून्य दशमलव ४७ प्रतिशतले घटेको छ भने अन्य सबै समूहको उपसूचकमा वृद्धि भएको छ । सबैभन्दा धेरै व्यापार समूह ९.२७ प्रतिशत र विकास बैंक समूह ३.१८ प्रतिशतले वृद्धि भएको छ ।

  • बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

    बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारबा लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ २३ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ११ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ०६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३० पैसा र बिक्रीदर ८७ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५० पैसा र बिक्रीदर ९५ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०९ पैसा कायम भएको ।मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

  • धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

    धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

    काठमाडौं । धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

    बुधबार खुमलटार स्थित धितोपत्र बोर्डको कार्यलयमा पुगेर नव नियुक्त अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् ।पदभार ग्रहण पछि सञ्चारकर्मी सँग कुराकानी गर्दै उनले चुनौतीहरुको थुप्रोको बीचमा ठूलो जिम्मेवारीकोसाथ आफू आएको भन्दै विशेष गरेर नेपालमा क्यापिटल मार्केटको दायरा बढाउँदै लैजाने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।उनले क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा धेरै योगदान गर्ने भएतापनि यसको सदुपयोग गर्न नसकेको भन्दै अधिकतम प्रयोग गर्नेगरी काम गर्ने उद्देश्यकोसाथ आफू आएको पनि बताए ।

    उनले भने, ‘ठूलो जिम्मेवारीकोसाथ आएको छु । चुनौतीहरुको थुप्रो छ । नेतृत्वको अभावमा अड्केका कामहरु पनि त्यत्तिकै छन् । मैले विशेष गरेर क्यापिटल मार्केटको दायरा नेपालमा बढाउँदै लैजानुपर्ने छ । लगानीकर्ताको सुरक्षा पहिलो प्रथामिकताको कुरा हो । त्यसलाई मध्यनजर गर्दै काम गर्नुपर्छ त्यसमा क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा गर्ने योगदान धेरै छ । तर हामीले यसको सदुपयोग गर्न सकेको छैनौं । क्यापिटल मार्केटलाई कसरी हामीले अधिकतम प्रयोग गर्न सक्छौ भनेर मध्यनजर गर्दै काम गर्ने उद्देश्यकोसाथ आएको छु ।’
    उनले हिजै मन्त्रालयमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल मार्फत शपथ ग्रहण गरेका थिए ।

  • काठमाडौं महानगरले सुरु गयो निःशुल्क भिडियो एक्स–रे

    काठमाडौं महानगरले सुरु गयो निःशुल्क भिडियो एक्स–रे

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गर्ने भएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रबर्द्धन केन्द्रमा सेवा सुरु गर्न लागेको महानगरले जनाएको छ ।

    सुरुमा वडा नं. १२, २६ र ३० बाट सेवा दिइनेछ । आइतबार र सोमबार वडा नं. १२, १९ र १४ का सेवाग्राहीका लागि वडा नं. १२ मा, मंगलबार र बुधबार वडा नं. १६, २६ र २७ का सेवाग्राहीका लागि वडा नं. २७ मा र बिहीबार र शुक्रबार वडा नं. १० र ३० का सेवाग्राहीका लागि वडा नं. ३० स्वास्थ्य प्रबर्द्धन केन्द्रमा भिडियो एक्स रे गरिनेछ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्स रे मेसिन राखिएको छ ।

    सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने स्वास्थ्य विभागको योजना छ । महानगरपालिकाले वडा नं. ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. १४ बल्खु, वडा नं. १९ कंकेश्वरी, वडा नं. २६ लैनचौर र वडा नं. ३० ज्ञानेश्वर, वडा नं. १६ बालाजु, वडा नं. २७ महावौद्ध, वडा नं. १२ टेकु र वडा नं. ७ चावहिलको स्वास्थ्य प्रबर्द्धन केन्द्रलाई पहिलो सम्पर्क विन्दुका रुपमा तोकेको छ । यीमध्ये ५ विमा बोर्डबाट अनुमोदन भइसकेका छन् भने ५ वटा अनुमोदनको प्रक्रियामा छन् ।

     

     

     

  • सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता

    सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता भएको छ ।
    माया मेट्रो र रोयल्सबीच मेडिकल पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो ।

    सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले हस्ताक्षर गरेका हुन् ।सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो ।

    एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन् ।