Category: हुलाक समाचार

हुलाक समाचार

  • पहिलो चौमासिकमा राजश्व संकलन कमजोर

    पहिलो चौमासिकमा राजश्व संकलन कमजोर

    काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा राजश्व संकलनमा उल्लेख्य सुधार गर्न नसकेको पाइएको छ । आन्तरिक राजश्वमा केही सुधार देखिएपनि भन्सारतर्फ उल्लेख्य सुधार नभएको प्राप्त तथ्यांकबाट पुष्टि भएको छ ।

    आन्तरिक राजश्व विभागले लक्ष्यको ७७ दशमलव ८४ प्रतिशत मात्र राजश्व उठाएको छ । विभागले कात्तिकसम्ममा १ खर्ब ४० अर्ब २२ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । उक्त रकम आव २०८०/८१ को सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो।विभागले गत आवको कात्तिक मसान्तसम्म १ खर्ब २७ अर्ब ४५ करोड रुपैयाँ संकलन गरेको थियो । यता मूल्य अभिवृद्धि कर ४१ अर्ब ४५ करोड रुपैयाँ संकलन भएको छ ।

    त्यस्तै अन्तःशुल्कतर्फ विभागले ३० अर्ब ५५ करोड रुपैयाँ उठाएको छ । यस अवधिमा ४२ अर्ब १० करोड अन्तशूल्क उठाउने लक्ष्य थियो । आयकर ६६ अर्ब ९३ करोड उठेको छ । यस अवधिमा ८६ अर्ब २७ करोड रुपैयाँ आयकर उठाउने लक्ष्य थियो ।
    यता, भन्सार विभागको राजश्व संकलनमा पनि सुधार देखिएको छैन । विभागले कात्तिकसम्ममा १ खर्ब ४० अर्ब ६७ करोड रुपैयाँ राजश्व उठाएको छ । कात्तिकसम्म विभागले पाएको लक्ष्य १ खर्ब ८८ अर्ब ५६ करोड रुपैयाँ हो ।भन्सार राजश्वतर्फ भन्सार महसुल ६७ अर्ब ६० करोड रुपैयाँ उठेको छ । यस अवधिमा विभागले ९४ अर्ब ७२ करोड रुपैयाँ भन्सार महसुल उठाउने लक्ष्य राखेको थियो । मूल्य अभिवृद्धि करतर्फ ५७ अर्ब ३० करोड मात्र संकलन भएको छ । लक्ष्य ७४ अर्ब २६ करोड रुपैयाँ थियो ।

  • अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा

    अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा

    काठमाडौं । अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ ।

    गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो ।

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।

  • एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य

    एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एक हजार एक सय रूपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रूपैयाँले बढेर १ लाख ६२ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ । चाँदी तोलामा ३५ रूपैयाँले बढेर १ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • एनपिएलको खेल तालिका सार्वजनिक

    एनपिएलको खेल तालिका सार्वजनिक

    काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को खेल तालिका सार्वजनिक गरेको छ । क्यानले यही मङ्सिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरेको हो ।

    क्यानका अनुसार मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

    उद्घाटन खेल मध्याह्न १२ः१५ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ । मङ्सिर १७ देखि २४ गतेबाहेक पुस १ गतेसम्म निरन्तर लिग चरणका खेल हुनेछन् । मङ्सिर १७ देखि मङ्सिर ३० गतेसम्म दिनमा दुई वटा खेल हुनेछन् । पहिलो खेल बिहान ९ः१५ बजेदेखि र दास्रो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । पुस १ गते भने एक खेलमात्रै हुनेछ ।

    यस्तो छ लिग चरणको खेल तालिका ?

    मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भएपछि दोस्रो खेल मङ्सिर १७ गते हुनेछ ।आगामी पुस ३ गते पहिलो क्वालिफायर र इलिमिनेटर खेल हुनेछ ।

    त्यस्तै पुस ३ गते नै दिउँसो १ः१५ बजे पहिलो क्वालिफायरको खेल हुनेछ । दोस्रो क्वालिफायर खेल पुस ४ गते बिहीबार मध्याह्न १२ः१५ बजे हुनेछ। दोस्रो क्वालिफायर खेल जित्ने टोली फाइनलमा प्रवेश गर्छ । एनपिएलको फाइनल खेल आगामी पुस ६ गते शनिबार मध्याह्न १२ः१५ बजे हुनेछ । फाइनल खेलमा पहिलो क्वालिफायर खेल जितेको टोली र दोस्रो क्वालिफायर जित्ने टोली उपाधिका लागि भिड्नेछन् ।

  • आजको फलफूल तथा तरकारीको मूल्य

    आजको फलफूल तथा तरकारीको मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

    जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७०, आलु सेतोको ५५, लोकल बन्दाको मुल्य ७०,काउली स्थानीयको १०० रुपैयाँ कायम भएको छ ।यसैगरी च्याउ कन्य २००,च्याउ डल्ले ३००,भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ४० रुपैयाँ कायम भएको छ ।

    रायो सागको मूल्य ४० रुपैयाँ छ । तोरिको साग ५० ,पालूगो साग ९० र चमसुरको साग १००, स्कूसको मूल्य १५ रुपैयाँ रहेको छ ।त्यस्तै,लोकल गाजर १४० रुपैयाँ, तने बोडी १४० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ, मटरकोशा १२० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ,लौका ९०, घिरौला ८० रुपैयाँ र लोकल परवर ७५ रुपैयाँ रहेको छ ।त्यस्तै, अनारको ३८० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९० ,केरा १५०,स्याउ फूजी २८० रहेको छ ।

  • चीनमा पोथी पाण्डाको ‘मार्सल आर्ट’

    चीनमा पोथी पाण्डाको ‘मार्सल आर्ट’

    काठमाडौ। चीनको उत्तरपश्चिम शान्क्सी प्रान्तको एक संरक्षण क्षेत्रमा एक विशाल पोथी पाण्डाले रोचक दृश्य प्रश्तुत गरेको छ ।
    एउटा रूखमा आफ्नो मार्शल आर्ट कौशल देखाएर उक्त पाण्डाले आगन्तुकहरुलाई मनोरन्जन दिएको थियो ।

    किन्लिङ पर्वतको बीचमा अवस्थित पाण्डाहरुको घर मानिने फोपिङ नेचर रिजर्भमा रहेको एक रुपमा पाण्डाले कला कौशल प्रदर्शन गरेको हो ।

    यो भिडियो चिनिया समाचार एजेन्सी सीसीटीभी प्लसले राखेको छ । डाङ शेङ नाम दिइएको उक्त पाण्डा तीन वर्ष उमेरको हो । उक्त पाण्डाले रूख आरोहण गतिविधि वा सीपहरु देखाएको थियो ।

  • सुदूरपश्चिम रोयल्सले धनगढीमा गर्यो भव्य याली

    सुदूरपश्चिम रोयल्सले धनगढीमा गर्यो भव्य याली

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार हजारौंको सहभागिताबीच भव्य र्याली गरेको छ ।रोयल्सले धनगढीको चौराहदेखि रंगशालासम्म आयोजना गरेको र्यालीमा हजारौंको सहभागिता रहेको थियो । र्यालीमा टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, अमित श्रेष्ठ लगायत खेलाडीको सहभागिता रहेको थियो ।

    सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का, नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द, टोली मालिक स्वतन्त्र प्रताप शाह, ओलम्पियन तथा रोयल्सका ब्रान्ड एम्बेसडर दीपक विष्ट, फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाही, लगायत क्यान कार्यसमिति सदस्यहरु, विभिन्न खेलका प्रदेश तथा जिल्ला संघका पदाधिकारी, खेलाडीहरु लगायत ठूलो संख्यामा स्थानीय सहभागिता रहेको थियो ।र्यालीमा स्थानीय संस्कृति र भेषभूषा झल्कने झाँकीको पनि सहभागिता रहेको थियो ।

    रोयल्सले समग्र सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गरेकाले यहाँको स्थानीय संस्कृतिलाई क्रिकेटको माध्यमबाट विश्वभर चिनाउने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बताए । उनले र्यालीमा स्थानीय सहभागिताले टोलीको हौसला झनै बढेको र सुदूरपश्चिमको नाम उच्च बनाउन खेलाडीको मनोबल पनि बढेको महसुस गरेको जानकारी दिए ।र्यालीको अन्त्य रंगशालास्थित कभर्ड हलमा एक कार्यक्रमबीच समापन भएको थियो । सुदूरपश्चिम रोयल्सले अब केही दिन धनगढीमै रहेर प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा हुन् ।

  • योजना आयोगको रणनीति नै कमजोर छ : अध्यक्ष ढकाल

    योजना आयोगको रणनीति नै कमजोर छ : अध्यक्ष ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले स्तर उन्नतिबाट फाइदा लिनेगरी योजना आयोगले बनाएको रणनीति नै कमजोर रहेको बताएका छन् ।

    सोमबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाल कम विकसित मुलुकको सूचिबाट विकसित मूलुकमा स्तर उन्नति हुने र स्तर उन्नतिबाट कम घाटा भइ फाइदा लिनेगरी योजना आयोगले बनानएको रणनीति नै कमजोर रहेको बताए ।उनले भने,‘स्तर उन्नतिबाट कम घाटा भइ फाइदा लिने योजना आयोगले रणनीति बनाएको चाँही छ तर उक्त रणनीतिको आधार खासगरी निजी क्षेत्रको तर्फबाट हेर्दा कमजोर छ ।’

    उनले स्तर उन्नतिबाट विश्वसामु नेपालको प्रतिष्ठा बढ्ने, वैदेशिक लगानी बढ्ने जस्ता फाइदाहरु भएपनि यूरोपियन मूलुकहरुमा निर्यात हुने, भन्साररहित बजार पहुँच साथै अति कम विकसित मूलुकले पाउने विकास सहायताहरु बन्द हुने सम्भावना रहेको बताए ।साथै यसबाट कम विकसित मूलुकको रुपमा नेपालले पाउँदै आएका सेवा सुविधाहरु बन्द हुँदा नेपालको बजारले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सृजना हुने उनको भनाई छ । ‘नेपालले सन् २०२६ मा एलडिसी भित्रमा अति कम विकसित मुलुकको सूचिबाट विकसित मूलुकमा स्तर उन्नति हुने भएको छ ।

    हामीले स्वदेशमा मागहरु कम भइरहेको अवस्थामा बाहिरको बजार खोज्नुपर्ने अथवा प्रोडक्टहरुलाई अझै बाहिर निर्यात गर्नुपर्ने आवश्यकता झन् बढेको छ । स्तर उन्नतीबाट एकातिर विश्वसामु नेपालको प्रतिष्ठा बढ्ने वैदेशिक लगानी बढ्ने जस्ता दुरगामी फाइदाहरु चाँही छन्’ उनले भने,‘तर अर्कोतर्फ यूरोपियन मूलुकहरुमा निर्यात हुने भन्साररहित बजार पहुँच साँथै अति कम विकसित मूलुकले पाउने विकास सहायताहरु अन्र्तगतका सहायताहरु बन्द हुने सम्भावना छ । यसबाट विदेशी बजार पनि गुम्दै जाने छ । अति कम विकसित मूलुकको रुपमा नेपालले पाउँदै आएका सेवा सुविधाहरु बन्द हुँदा नेपालको बजारले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था देखिन्छ ।’

  • सी चिनफिङ र जो बाइडेनबीच भेट, ट्रम्पसँग सहकार्य गर्ने विषयमा छलफल

    सी चिनफिङ र जो बाइडेनबीच भेट, ट्रम्पसँग सहकार्य गर्ने विषयमा छलफल

    काठमाडौ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेनबीचको भेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

    पेरुमा आयोजित एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) को वार्षिक शिखर सम्मेलनको साइडलाइन बैठकमा सी र बाइडेनबीच भएको कुराकानीमा ट्रम्पलाई सघाउने विषयमा छलफल भएको हो ।भेटमा सीले बाइडेनको कार्यकालमा अमेरिका र चीनबिचको सम्बन्धमा आएको उतारचढाव पनि स्वीकार गरेका थिए । सो क्रममा व्यापार र ताइवानका मुद्दाहरूमा तनाव कम गर्नेबारे पनि छलफल भएको थियो ।

    ट्रम्पको कार्यकाल सुरु भएसँगै चीन र अमेरिकाबिचको सम्बन्धमा तनाव बढ्न सक्ने अनुमान गरिरहेका बेला दुई नेताबीचको भेटले नयाँ सन्देश प्रवाह गरेको छ । भेटका क्रममा दुई विश्वव्यापी शक्तिहरूबीचको रणनीतिक प्रतिस्पर्धालाई युद्धमा धकेल्न नहुने बताएका थिए ।शनिबार बाइडेनसँगको भेटमा चिनियाँ राष्ट्रपति सीले बेइजिङ वासिङ्टनसँगको स्थिर सम्बन्धमा कायमै रहने पनि बताएका छन् ।

  • नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

    नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

    काठमाडौं । नेपाल-भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।

    बैठकमा दुवै पक्षबीच सीमा सुरक्षामा थप समन्वय गर्ने लगायतका विविध विषयमा छलफल भएको जनाइएको छ ।

    बैठकमा महानिरीक्षक अर्यालसहित उच्च सुरक्षा अधिकारी, गृह मन्त्रालय, नेपाल प्रहरी, अनुसन्धान विभाग, नापी विभाग, परराष्ट्र मन्त्रालयका प्रतिनिधि र भारतको सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादको नेतृत्वमा छ सदस्यीय टोली सहभागी थिए ।

    सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको बैठकको नेतृत्व गर्दै नेपाल आएका भारतको सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादले गृहमन्त्री रमेश लेखकसँग समेत भेटवार्ता गरेका थिए ।