Category: अर्थ

अर्थ

  • यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    जसअनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३६ पैसा र बिक्री दर १३२ रुपैयाँ ९६ पैसा रहेको छ । सोमबार खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा रहेको थियो ।

    त्यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसा रहेको छ । सोमबार खरिद दर १४४ रुपैयाँ ७० पैसा र बिक्री दर १४४ रुपैयाँ ७३ पैसामा कारोबार भएको थियो ।
    बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३८ पैसा रहेको छ । सोमबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३४ पैसामा कारोबार भएको थियो ।

    आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ भने सोमबार रियाल एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको थियो ।

     

  • नेप्सेमा सुधार, १३ मध्ये ९ उपसमूहमा बढोत्तरी

    नेप्सेमा सुधार, १३ मध्ये ९ उपसमूहमा बढोत्तरी

    काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचकमा करेक्सन छ । कारोबार रकम उल्लेख्य परिमाणमा नबढे पनि सेयर बजार सूचक नेप्से ३.२७ अंकले बढ्दै २०७३.५३ विन्दुमा पुगेको छ ।

    कारोबार रकम भने हिजोका तुलनामा ४९ करोडले घटेको छ । ७३ लाख ४१ हजार १ सय ९५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ८२ करोड १७ लाख ९८ हजार ९ सय ७६ रुपैयाँ ५ । आइतबार कारोबार सूचक ११.८३ अंकले घट्दै २०६९.०४ विन्दुमा रहँदा पनि ३ अर्ब ३१ करोड ९८ लाख ८६ हजार ९ सय ११ रुपैयाँको कारोबार भएको थियो ।

    सोमबार १४८ कम्पनीका सेयरमूल्य बढेको छ भने ८५ को घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।आज १३ उपसमूहमा वाणिज्य बैंक, उत्पादन तथा प्रशोधन, लगानी र निर्जीवन बीमाबाहेकका सबै बढेका छन् । विकास बैंक उपसमूह सर्वाधिक १.३० प्रतिशतले बढेको छ ।

    सर्वाधिक नोक्सानीमा मानुषी लघुवित्तका लगानीकर्ता छन् । एनएमबि बैंक, सिंगटी हाइड्रो इनर्जी, माण्डू हाइड्रोपावर र त्रिशूली जलविद्युत कम्पनीका सेयर धेरै घट्नेका सूचीमा छन् ।

    आज सप्तकोशी विकास बैंक, पिपुल्स पावर र धौलागिरी लघुवित्तको सेयर सर्किटस्तरमा बढोत्तरी भएको छ ।सर्वाधिक कारोबार हुने कम्पनीहरुमा आज पनि शिवम् सिमेन्ट अगाडि छ । उक्त कम्पनीको सेयर १९ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै गुर्खाज फाइनान्सको १९ करोड ७८ लाख र सोनापुर मिनरल्सको १३ करोड ८ लाखको सेयर किनबेच भएको छ ।

     

  • यस्तो छ, आजको विदेशी मुद्रा विनिमय दर

    यस्तो छ, आजको विदेशी मुद्रा विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
    जसअनुसार सोमबार अमेरिकी डलर शनिबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा कायम छ ।

    आज युरो एकको खरिद दर १४४ रुपैयाँ ०ठ पैसा र बिक्री दर १४४ रुपैयाँ ७३ पैसा कारोबार रकम तोकिएको छ ।

    त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३४ पैसामा झरेको छ ।

    शनिबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५८ पैसा र बिक्री दर १६९ रुपैयाँ ४७ पैसाले कारोबार भएको थियो ।

    कतारी रियालको मूल्य भने शनिबारको तुलनामा स्थिर छ । आज रियाल एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको छ ।

  • नेप्सेमा गिरावट, १५७ कम्पनीको सेयरमूल्य घट्यो

    नेप्सेमा गिरावट, १५७ कम्पनीको सेयरमूल्य घट्यो

    काठमाडौं । साताको पहिलो दिन सेयर बजार कारोबारसँगै परिसूचक घटेको छ । ११.८३ अंकले घट्दै नेप्से २०६९.०४ विन्दुमा रहेको छ । गत बिहीबार पनि बजार कारोबार घटेको थियो । २७.८४ अंकले घट्दै सेयर सूचक नेप्से २०८०.८७ विन्दुमा थियो ।

    आज ७५ कम्पनीका सेयरमूल्य बढ्दा १५७ कम्पनीको घटेको छ । आज ८४ कम्पनीको सेयरमूल्य बढ्दा १५० को घट्यो भने१० कम्पनीको स्थिर रह्यो । १३ उपसमूहमा विकास बैंक, फाइनान्स र उत्पादन तथा प्रशोधनबाहेक सबै घटेका छन् । सर्वाधिक घट्नेमा होटल तथा पर्यटन र जलविद्युत उपसमूह छ ।

    आज सर्वाधिक नोक्सानीमा वीन नेपाल लघुवित्तका लगानीकर्ता छन् । किसान लघुवित्त, युनियन हाइड्रोपावर, सनराइज फस्र्ट म्युचुअल फण्ड, दोल्ती पावर सेयरमूल्य धेरै घट्नेका सूचीमा छन् ।
    आज ८२ लाख ५७ हजार ९ सय ११ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ३१ करोड ९८ लाख ८६ हजार ९ सय ११ रुपैयाँ छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार रकम ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँ थियो ।

    बजार घटेको दिन पनि सप्तकोशी विकास बैंकको सेयरमा सर्किट स्तरको बढोत्तरी छ । गुराँस र मानुषी लघुवित्तको सेयर पनि बढेको छ ।

    सर्वाधिक कारोबार हुने कम्पनीहरुमा शिवम् सिमेन्ट अगाडि छ । उक्त कम्पनीको सेयर ४१ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै सोनापुर मिनरल्सको २३ करोड ७ लाखको सेयर किनबेच भएको छ ।

     

  • यस्तो छ, आजको विदेशी मुद्रा विनिमय दर

    यस्तो छ, आजको विदेशी मुद्रा विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा रहेको छ ।

    शनिबार युरो एकको खरिद दर १४४ रुपैयाँ ०६ पैसा र बिक्री दर १४४ रुपैयाँ ७१ पैसा कारोबार रकम तोकिएको छ ।

    त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६९ रुपैयाँ ४७ पैसा रहेको छ ।

    शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३५ पैसा र बिक्री दर १७० रुपैयाँ १२ पैसामा कारोबार भएको थियो ।

    आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको छ ।

  • तोलामा चार सयले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

    तोलामा चार सयले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४०० रूपैयाँले घटेको छ।

    बिहीबार तोलामा ८ सय रुपैयाँले बढेको सुनको भाउ ४ सयले घटेर शुक्रबार प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । हिजो तेजावी सुन तोलामा १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर छ । चाँदी आज प्रतितोला ५० रुपैयाँ बढेर १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

     

  • यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ ।

    जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा रहेको छ ।

    शुक्रबार युरो एकको खरिद दर १४४ रुपैयाँ ६६पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा रहेको छ ।
    बिहीबार युरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३७ पैसामा कारोबार भएको थियो ।

    त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३५ पैसा र बिक्री दर १७० रुपैयाँ १२ पैसा रहेको छ। बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३० पैसा र बिक्री दर १७० रुपैयाँ ०७ पैसा तोकिएको थियो ।

    आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • प्रथम सहकारी डिजिटल कन्क्लेभ सुरु, नियमन निकायप्रति उठ्यो प्रश्न

    प्रथम सहकारी डिजिटल कन्क्लेभ सुरु, नियमन निकायप्रति उठ्यो प्रश्न

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीमा सञ्चालकको मात्रै गल्तीले अहिलेको समस्या नआएको बताएका छन् ।

    राष्ट्रिय सहकारी महासंघको आयोजनामा आजबाट सुरु भएको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या नआएको बताए । उनले सरकारको नियमन कार्यशैलीमा पनि प्रश्न गरे ।

    सहकारीबाट ऋण लिएर ठूूला ठूला हाउजिङ र गाडीमा लगानी गर्दा राज्य र नियमक निकाय कहाँ थियो? उनले प्रश्न गरे । सहकारीको नियमन गर्न बसेका निकायहरुले राज्यबाट सुविधा लिने तर यति ठूलो समस्या आउँदा ध्यान नदिनु दुखद भएको उनको भनाई छ ।

    सदस्यको बचतबाट ऋण दिएकाले समयमै ऋणको साँवा, ब्याज चुक्ता गर्न उनले आग्रह गरे । ऋण नतिर्ने छुट कसैलाई नभएको भन्दै मन्त्री गिरीले कतिपय ऋणीका कारण सहकारीहरु समस्यामा परेको बताए ।

    सहकारीका सञ्चालकलाई थुनेर मात्रै बचत फिर्ता नहुने भन्दै समयमै प्रभावकारी नियमन नहुँदा समस्या आएकाले समाधानको निम्ती पनि समय दिनुपर्ने उनको भनाई । यस्तै, उनले सञ्चालकलाई जेल पठाएर सहकारीका बचतकर्ताको बचत फिर्ता हुन नसक्ने धारणा राखे । ‘सबैलाई जेल पठाएर समस्याको समाधान हुँदैन, यस्तो कार्यले हामीले ठूलो समस्या भोग्नुपर्ने हुन्छ, बेलैमा सचेत बन्नुपर्छ,’ उनले भने ।
    ‘सहकारी क्षेत्रमा केही व्यक्तिले गलत गर्यो भन्दैमा सबैलाई लज्जित गर्नु हुँदैन, यो अवस्था हुँदा सरकार कहाँ थियो,’ उनले प्रश्न गर्दै भने, ‘ऋण खाने प्राडोमा र ऋण दिने जेलमा छन्, सहकारी र बैंकबाट ऋण लिएर छोराछोरीलाई अमेरिका र अष्टे«लिया पठाउने अनि अहिले समस्या आयो भनेर सञ्चालकलाई गाली गर्ने ?’ सहकारीमा पारदर्शिता र विश्वसनीयता कायम गर्न प्रविधिको प्रयोग अनिवार्य रहेको बताए । प्रविधिमार्फत सदस्यहरुलाई संस्थाको हरेक गतिविधिका बारेमा जानकारी दिन सके विश्वास बढ्ने उनको बुझाई छ ।

    सहकारी नियमनका लागि छुट्टै नियामक निकाय आवश्यक रहेको र राष्ट्र बैंक जस्तै निकाय आवश्यक भैसकेको मन्त्री गिरीले बताए । पारदर्शीताको अभावले केही सहकारीमा समस्या आएकाले प्रविधिमा साक्षत्कार हुँदै सहकारी अगाडी बढ्न उनले सुझाए ।

     

  • ६ करोड लगानीमा ‘सुलभ फार्मेसी’ खोल्दै काठमाडौं महानगर

    ६ करोड लगानीमा ‘सुलभ फार्मेसी’ खोल्दै काठमाडौं महानगर

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वर्णिम योजनाकारुपमा न्यूनतम मूल्यमा औषधि विक्री वितरण गर्ने गरी ‘सुलभ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेटबमोजिम सो कार्यक्रम कार्यान्वयनका लागि निर्देशिका तयार गरी सुलभ फार्मेसी सञ्चालन गर्न लागिएको हो ।

    बुधबार प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको अध्यक्षतामा बसेको बैठकले निर्देशिका तयार गर्न कार्यदल गठन गरेको हो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत परियारले सकेसम्म छिटो सुलभ फार्मेसी सञ्चालनका लागि निर्देशिका तयार गरी अघि बढ्नुपर्ने बताए ।

    बैठकले महानगरको कानून तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यको संयोजकत्वमा निर्देशिका मस्यौदा समिति गठन गरिएको छ । समितिको सदस्यमा फर्मासिष्ट बाबुराम हुमागाईँ, संगीता माथेमा, चैन बज्राचार्य, मणि लामा र स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जन रहेका छन् । निर्देशिकाको मस्यौदा तयार गर्न सो कार्यदललाई ७ दिनको समय दिइएको छ ।

    सो बैठकमा प्रमुख प्रशासकीय अधिकृत परियारले भने, ‘यस प्रकारका फार्मेसी सञ्चालन गर्न अनेक ढाँचा हुन सक्छन् । यीमध्ये चालु आर्थिक बर्षमा महानगरपालिका आफैँले ५ वटा फार्मेसी सञ्चालन हुने गरी काम गर्नुपर्नेछ । गुणस्तरीय र दिगो कार्यक्रम यसको न्युनतम आधार रेखा हो ।’

    उनले बजारमा शिक्षित नागरिकहरू पनि फार्मेसीबाट ठगिनुपर्ने अवस्था रहेको भन्दै त्यसलाई व्यवस्थित गर्न समेत महानगरपालिकाले सुलभ फार्मेसी सञ्चालन गरी नागरिकलाई राहत दिनुपर्ने बताए ।

    छलफलमा फर्मासिष्टले बताएअनुसार हाल उपभोक्ताले औषधिको मूल्यभन्दा ४० प्रतिशतभन्दा बढीसम्म मूल्य तिर्नुपर्ने बाध्यता रहेको छ । कतिपय औषधिमा चार गुणासम्म मूल्य निर्धारण भएर बजारमा आएको उनीहरुको भनाइ छ ।

    उनीहरुका अनुसार नेपालमा करिब १८ हजार ब्राण्डका औषधि आयात हुने गरेका छन् । त्यसमध्ये नेपालमा उत्पादित १२८ र विदेशी ३५० कम्पनीका औषधिहरु रहेका छन् । नेपालमा वार्षिक करिब ७० अर्बको औषधि खपत हुने गरेको छ ।

    महानगरपालिकाले यसवर्ष सो कार्यक्रमका लागि छ करोड रुपैयाँ विनियोजन गरेको छ ।

     

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २९ पैसा र बिक्री दर १३२ रुपैयाँ ८९ पैसा रहेको छ ।

    बुधबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १४ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३७ पैसा रहेको छ। बुधबार युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १५ पैसामा कारोबार भएको थियो ।

    त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३० पैसा र बिक्री दर १७० रुपैयाँ ०७ पैसा रहेको छ। बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०५ पैसा र बिक्री दर १६९ रुपैयाँ ८१ पैसा रहेको थियो ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । बुधबार रियाल मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको थियो ।