Category: अर्थ

अर्थ

  • फेरी बढ्यो सुुनको मुल्य, तोलाकै १ लाख २५ हजार नाघ्यो

    फेरी बढ्यो सुुनको मुल्य, तोलाकै १ लाख २५ हजार नाघ्यो

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य फेरी बढेको छ ।

    मंगलबार हालसम्मकै उच्च १ लाख २६ हजार पुगेको सुनको मूल्यमा बुधबार १ हजार रुपैयाँ घटेको थियो । तर, बिहीबार तोलामा ८ सय रुपैयाँले सुनको भाउ बढेर आएको छ ।

    हिजो प्रतितोला १ लाख २५ हजार रुपैयाँमा झरेको छापावाला सुन बिहीबार १ लाख २५ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आजका लागि महासंघले तेजावी सुन तोलामा १ लाख २५ हजार २ सय रुपैयाँ तोकेको छ ।

    महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधबार १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५० रुपैयाँ बढेर १ हजार ५ सय १५ रुपैयाँ पुगेको छ ।

    फागुन महिनाको २६ दिनमा मात्रै नेपाली बजारमा ८ हजार ५ सय रुपैयाँले सुनको भाउ बढेर मूल्यमा नयाँ रेकर्ड राखेको छ ।

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १४ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा रहेको छ।
    मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा रहेको थियो ।

    त्यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १५ पैसा रहेको छ । मंगलबार युरो एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १४५ रुपैयाँ २० पैसा रहेको थियो ।
    त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०५ पैसा र बिक्री दर १६९ रुपैयाँ ८१ पैसा रहेको छ । मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७१ पैसा र बिक्री दर १७० रुपैयाँ ४९ पैसाले कारोबार भएको थियो ।

    आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । जसअनुसार आज आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको थियो ।

    त्यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १४५ रुपैयाँ २० पैसा रहेको छ । सोमबार युरो एकको खरिद दर १४४ रुपैयाँ ५७ पैसा र बिक्री दर १४५ रुपैयाँ २३ पैसा रहेको थियो ।
    त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७१ पैसा र बिक्री दर १७० रुपैयाँ ४९ पैसा रहेको छ । सोमबार पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ९४ पैसा र बिक्री दर १७० रुपैयाँ ७२ पैसा रहेको थियो ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । सोमबार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको थियो ।

     

  • साढे ४ करोड लागतमा महानगरले लिफ्ट सहितको आकाशे पुल निर्माण गर्ने, चिरिबाबु महर्जनले गरे शिलान्यास

    साढे ४ करोड लागतमा महानगरले लिफ्ट सहितको आकाशे पुल निर्माण गर्ने, चिरिबाबु महर्जनले गरे शिलान्यास

    काठमाडौं । ललितपुर महानगरपालिका चक्रपथ सडकमा लिफ्टसहितको अपाङगतामैत्री आकाशे पुल निर्माण हुने भएको छ । महानगर प्रमुख चिरिबाबु महर्जनले एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी उक्त अपाङ्गमैत्री आकाशे पुल निमार्ण कार्यको सोमबार शिलान्यास गरे ।

    सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो । आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभएपनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरको जोडबलमा पुल निर्माणका लागि अनुमति लिएको प्रमुख महर्जनले बताए ।

    महर्जनले भने, ‘यो ठाउँमा सडक दुर्घटना हुँदा धेरैजनाको अकालमा ज्यान गएको छ, त्यसैले महानगरले यो ठाउँमा आकाशेपुल बनाउने निधो गरेका हौँ ।’

    महानगरमा रहेको अन्य आकाशे पुल सद्दे व्यक्तिका लागि असहज भएको उल्लेख गर्दै लिफ्टसहितको नयाँ पुल निर्माण गर्दा सबैलाई सहज हुने उनले भनाई छ । ‘शारिरिक रुपमा अशत्त बालबालिका,ज्येष्ठ नागरिकलगायत सम्पूर्णलाई यो पुल सहज हुनेछ ।’

    संविधानले व्यवस्था गरे बमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अनुसार सडक विभागसँग पुल निर्माणका लागि महानगरले अनुमति मागेको भन्दै उनले तोकिएकै समय (१२ महिना) भित्र निर्माण कार्य पूरा गर्न सम्बद्ध निर्माण कम्पनीलाई निर्देशन दिए । उनले पुल निर्माणमा काम गर्ने कर्मचारीको सुरक्षालाई पहिलो प्राथमिकता दिएर काम लगाउनुपर्नेमा जोड दिँदै पुल निर्माणको कार्य समयमै सक्नुपर्ने र गुणस्तरीय हुनुपर्ने बताए ।

    ‘पुलको क्यालिटिमा कुनै हालतमा कम्प्रोमाइज गर्नु हुँदैन ।’ समयमै ठेकेदारले काम नगर्ने र कमसल निर्माण सामग्री प्रयोग गर्ने प्रवृतिप्रति सजग गराउँदै महर्जनले थपे, ‘गुणस्तरमा कम्प्रोमाइज गर्दा काम राम्रो हुँदैन । पुल राम्रो नबने सबैभन्दा पहिला बनाउने ठेकेदारको नाम आउँछ र ठेकदार बेइज्जत हुन्छ । त्यसपछि परामर्शदाताको नाम आउँछ उसको पनि बेइज्जत हुन्छ । त्यसपछि खत्तमको ठेकेदार र कन्सल्ट्न्ट नियुक्त गरेर काम लगाउने को रहेछ भनेर जनताले सोध्छन् मेरो नाम आउँछ, त्यसपछि मै पनि खत्तम ! यी सबै कुरालाई ध्यानमा राखेर काम गर्नुहोला’ महर्जनले भने ।

    उक्त पुल ललितपुर महानगरको वडा नं. १३ मा एक वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।
    वडा नं.१३ का वडा अध्यक्ष गणेश केसीले सडक विभागबाट पुल निर्माणका लागि अनुमति लिनै ४ वर्ष भन्दा धेरै समय गुनासो गर्दै भने, ‘पुल बनेपछि यहाँ अब सडक दुर्घटना कम हुन्छ । यो हाम्रोलागि खुशीको कुरा हो ।’

    महानगरले ठेकेदार कम्पनी लामा प्रगति —मनि बुद्ध जेभि, काभ्रेपलाञ्चोकसँग ४ करोड ६८ लाख ९हजार ५ सय ६१रुपैयाँको लागतमा १२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजना प्रमुख इन्जिनियर प्रदीप पौडेलले बताए ।

    इन्जिनियर पौडेलका अनुसार यो आकाशे पुल नेपालकै पहिलो लिफ्ट जडान सहितको अपाङ्गमैत्री पुल हुने छ ।

    आयोजनाको परामर्शदाता कम्पनी डि.बि. मल्टि इन्जिनियरिङ प्रा.लि.का विनोद न्यौपानले यो आकाशे पुलले यात्रुलाई सडक सुरक्षासँगसँगै सहरको सौन्दर्यीकरणका लागि समेत सहयोग पुग्ने बताए । उनले सडक दुर्घटनमा अत्यधिक भएर धेरैले मृत्युवरण गर्नु परेको अवस्थाको पुल निर्माणपछि अन्य धारणा राखे।

    यो आयोजनाको निर्माणको जिम्मा लिएको कम्पनीका प्रतिनिधि चन्द्र बहादुर लामाले गुणस्तरमा कुनैपनि सम्झौता नगरी समयभित्रै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    ‘यसलका लागि स्थानीय नागरिक, महानगर, सडक विभाग लगायत सम्पूर्णको सहयोग अपरिहार्य छ’ लामाले भने ।

     

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ ।

    जसअनुसा आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा कायम छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५७ पैसा र बिक्री दर १४५ रुपैयाँ २३ पैसा रहेको छ ।

    यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ९४ पैसा र बिक्री दर १७० रुपैयाँ ७२ पैसा रहेको छ ।

    आइतबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५५ पैसा र बिक्री दर १७० रुपैयाँ ३३ पैसा तोकिएको थियो ।

    सोमबार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

     

  • पूँजीगत खर्च वृद्धिका लागि सरकारले समयवद्ध तालिका बनाउनुपर्छ : चेम्बर अध्यक्ष मल्ल

    पूँजीगत खर्च वृद्धिका लागि सरकारले समयवद्ध तालिका बनाउनुपर्छ : चेम्बर अध्यक्ष मल्ल

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पूँजीगत खर्चमा सुधार गर्नका लागि समयवद्ध तालिका बनाउनुपर्ने बताएका छन् ।

    बजेट चालु खर्चमै सकिने तर पूँजीगत खर्चको सानो अंश पनि खर्च नहुँदा विकास र आर्थिक समृद्धि हासिल हुन नसकेको अध्यक्ष मल्लको दाबी थियो ।

    आइतबार नेपाल तयारी पोसाक संघको वार्षिक साधारणसभामा अध्यक्ष मल्लले भने, ‘चालु आर्थिक वर्षको ८ महिनामा पूँजीगत खर्च २५ प्रतिशता सिमित छ, सरकारले गर्ने खर्चको कछुवागतीले आर्थिक गतिविधी अपेक्षित रुपमा बढ्न सकेको छैन, त्यसैले पुजीगत खर्च समयमै सम्पन्न गर्नका लागि पूर्वाधार विकास आयोजनामा समयमै सम्पन्न गर्नेगरी समयतालिका निर्धारण गर्न आवश्यक छ ।’

    सरकारले पूँजीगत खर्च समयमै गर्न नसक्दा अर्थतन्त्रका अन्य क्षेत्रमा पनि गम्भिर असर परेको अध्यक्ष मल्लको भनाइ छ ।

    अध्यक्ष मल्लले आगामी बजेट रोजगारी सिर्जना, उत्पादन वृद्धि मार्फत निर्यात प्रर्वद्धन, एवं औद्योगिक क्षमता विस्तार गर्ने खालको ल्याउनुपर्नेमा जोड दिए ।

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ ।

    जसअनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा रहेको छ ।

    यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५५ पैसा र बिक्री दर १७० रुपैयाँ ३३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

     

  • नेप्से परिसुचक दोहोरो अंकले बढ्यो, कारोबार रकम बढेन

    नेप्से परिसुचक दोहोरो अंकले बढ्यो, कारोबार रकम बढेन

    काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार पनि अघिल्लै दिनको नियति दोहोरिएको छ । नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनभन्दा पनि घटेको छ ।

    नेप्से १३.५१ अंकले बढेर २०३०.५५ विन्दुमा पुगे पनि कारोबार रकम घटेको हो । बिहीबार ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार नेप्से ९.३३ अंकले बढेर परिसूचक २०१७.०३ विन्दुमा रहँदा कारोबार रकम ३ अर्ब ४५ करोड रुपैयाँ थियो । जबकी मंगलबार ७०.३१ अंकले बजार घट्दा पनि कारोबार ४ अर्ब ४ करोडको भएको थियो ।

    दलीय सत्ता समीकरण फेरबदलसँगै मंगलबार मात्रै बुधबार मात्रै अर्थमन्त्री फेरिएका छन् । अर्थमन्त्रीमा माओवादी नेता वर्षमान पुन आउँदा सेयर बजार परिसूचक बढे पनि कारोबार रकम घट्दा भने बजारले उनको आगमनलाई खासै उत्साहजनक नलिएको संकेत दिएको छ । उनको आगमनमा सेयर बजारका लगानीकर्ताले ‘पर्ख र हेर’ को मनस्थितिमा देखिएका छन् ।

    बिहीबार होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापारबाहेकका १० उपसमूहको सेयरमूल्य बढेको छ । सर्वाधिक निर्जीवन बीमा समूह १.५६ र जलविद्युत १.१४ प्रतिशतले बढेका छन् ।
    कारोबार भएकामध्ये १ सय ७६ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन् । ५९ कम्पनीको घटेको छ भने ११ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

    सेयरमूल्य सर्वाधिक बढ्नेमा पिपुल्स हाइड्रोपावर छ । सर्वाधिक कारोबार हुनेमा नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, सोनापुर मिनरल्स, मोलुङ हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट छन् । नेपाल पुनर्बीमाको ५६ करोड २० लाख, शिवम्को १६ करोड ४१ लाख र सोनापुरको १३ करोड ४१ लाखको सेयर किनबेच भएको छ ।

     

  • तोलामै १५ सयले बढ्यो सुनको मूल्य

    तोलामै १५ सयले बढ्यो सुनको मूल्य

    काठमाडौं । निरन्तर बढ्दै आएको सुनको मूल्यले आज(बिहीबार) हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।

    बुधबार पाँच सयले बढेर तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामै १५ सयले बढेको छ ।

    बिहीबार छापावाला सुन तोलाको १ लाख २५ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन १ लाख २४ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

    चाँदीको मूल्यमा पनि आज एकैदिन ३० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा झरेको चाँदी आज १ हजार ४ सय ७० रुपैयाँ पुगेको छ ।

  • नेप्से बढ्यो कारोबार घट्यो, लगानीकर्ता राजनीतिक घटनाक्रमले प्रभावित

    नेप्से बढ्यो कारोबार घट्यो, लगानीकर्ता राजनीतिक घटनाक्रमले प्रभावित

    काठमाडौं । सेयर बजारका लगानीकर्ता राजनीतिक घटनाक्रमले प्रभावति भएको झल्को कारोबारमा देखिएको छ । बुधबार सेयर बजार परिसूचक नेप्से बढे पनि कारोबार भने अघिल्लो दिनका तुलनामा घट्नुले यस्तो देखाएको हो।

    आज नेप्से ९.३३ अंकले बढेर २०१७.०३ विन्दुमा छ । कारोबार रकम भने ३ अर्ब ४५ करोड रुपैयाँ छ । जबकी मंगलबार ७०.३१ अंकले बजार घट्दा पनि कारोबार ४ अर्ब ४ करोडको भएको थियो ।

    बुधबार १३ उपसमूहमध्ये बैंकिङ, जीवन बिमा र म्युचुअल फण्डबाहेका सबै उपसमूहको सेयर मूल्य वृद्धि भएको छ । सर्वाधिक बढ्नेमा फाइनान्स उपसमूह छ । कारोबार भएकामध्ये १ सय ७५ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन् । ६२ कम्पनीको घटेको छ भने ११ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

    सर्वाधिक बढ्नेमा दोल्ती पावर कम्पनी छ । स्वरोजगार लघुवित्त, जोशी हाइड्रोपावर र गुर्खाज फाइनान्स पनि बढेका छन् ।

    सर्वाधिक कारोबार हुनेमा सोनापुर मिनरल्स, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, घोराही सिमेन्ट, एनआरएन इन्फ्रस्ट्रक्चरलगायत छन् । सोनापुरको करिब ६ लाख ५८ हजार कित्ता सेयर ३३ करोड ३७ लाख रुपैयाँमा किनबेच भएको छ । शिवम्को २७ करोड ८४ लाखको सेयर कारोबार भएको छ । यस्तै हिमालयन रिको १३ करोड र घोराही सिमेन्टको १२ करोड ९४ लाखको सेयर किनबेच भएको छ ।