Category: अर्थ

अर्थ

  • बिहीबार सुनको भाउ स्थिर, चाँदीको मूल्य बढ्यो

    बिहीबार सुनको भाउ स्थिर, चाँदीको मूल्य बढ्यो

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल र तेजाबी सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ ।

    बुधबार तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार प्रतितोला पुगेको सुन बिहीबार भने स्थिर छ । छापावाला सुन आज १ लाख १९ हजार प्रतितोलामै कारोबार हुने महासंघले जनाएको छ ।

    तेजाबी सुनको मूल्य पनि स्थिर, १ लाख १८ हजार ४५० रुपैयाँ रहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । चाँदी आज १ हजार ४ सय ८० रुपैयाँ प्रतितोला पुगेको हो ।

  • सरकारले ताेक्याे उखुको न्यूनतम खरिद मूल्य

    सरकारले ताेक्याे उखुको न्यूनतम खरिद मूल्य

    काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ ।

    बुधबार सिंहदरबारस्थित नयाँ कक्षमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो ।

    सरकारले उखु किसानलाई प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान दिने भएको छ । यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    यसैबीच बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षा भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

  • तोलामै १ हजारले बढ्यो सुन,कतिमा हुदैँछ कारोबार ?

    तोलामै १ हजारले बढ्यो सुन,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । आज सुनको मुल्य तोलामै १ हजार रुपैयाँले वृद्धि भएको छ ।

    छापावाल सुन आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजारमा कारोबार भएको थियाे ।

    त्यसैगरी, हिजो १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख १८ हजार ४५० रुपैयाँ पुगेको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ ।

    मंगलबार प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंले जनाएको छ ।

  • बढ्यो सुनको भाउ,कतिमा हुदैँछ कारोबार ?

    बढ्यो सुनको भाउ,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

    सोमबार स्थिर रहेको सुनको मूल्य २ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएकाे महासंघले जनाएको छ ।

    यस्तै, आज चाँदीको मूल्यमा पाँच रुपैयाँ घटेको छ । सोमबार स्थिर रहेको चाँदीमा आज ५ रुपैयाँ घटेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ कायम भएको महासंले जनाएको छ ।

  • आज सुनचाँदीको मूल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

    आज सुनचाँदीको मूल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य स्थिर रहेको  छ ।

    आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार २५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार चाँदी आज प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

  • घट्यो सुनचाँदीको मूल्य,कतिमा हुदैँछ काराेबार ?

    घट्यो सुनचाँदीको मूल्य,कतिमा हुदैँछ काराेबार ?

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतवार आज सुनको मूल्य घटेको छ ।

    आज सुनको मूल्य १ हजार ३ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ४ सय ७० रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले घटेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोवार भइरहेको छ ।

  • शुक्रबार पनि बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

    शुक्रबार पनि बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

    अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई हजार आठ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार १ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।

    बिहीबार प्रतितोला १ हजार ४ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ४ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।

     

  • ग्लोबल आईएमईले डिजिटल कारोबार ८० प्रतिशत पुर्याउने

    ग्लोबल आईएमईले डिजिटल कारोबार ८० प्रतिशत पुर्याउने

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंकको सम्पूर्ण सेवाहरु डिजिटल बैंकिङ प्रविधिमार्फत् गर्दै आगामी आर्थिक वर्षमा डिजिटल कारोबार ८० प्रतिशतसम पुर्याउने बताएका छन् ।

    आज काठमाडौंमा जारी ग्लोबल आईएमई बैंकको १७ औं वार्षिक साधारण सभामा उनले बैंकको सेवालाई कार्यालय समयपछि पनि प्रदान गर्ने गरी कार्य विस्तार गर्न व्यवस्थापनलाई आग्रह पनि गरे ।

    वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले भने, ‘ग्लोबल आईएमई बैंकले अफिस समयपछि पनि ग्राहकका लागि दिने सेवालाई अझै प्रभावकारी बनाउनका लागि कार्यकारी प्रमुखज्यूलगायत सम्पूर्ण म्यानेजम्याटलाई आग्रह गर्छु ।’

    अध्यक्ष ढकालले बैंकलाई कागजबिहीन बनाउने उल्लेख गर्दै बैंकले लिएको सम्पूर्ण सेवा डिजिटल बैंकको प्रविधिमार्फत् गर्दै अगाडि बढ्ने नीतिलाई निरन्तरता दिएर आगामी वर्ष बैंकको ८० प्रतिशत कारोबार डिजिटल रुपमा वृद्धि गर्ने लक्ष्य लिएको बताए ।

    उनले भने, ‘आधुनिक प्रविधिमैत्री गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने नीति लिएकाले बैंकले छुट्टै डिजिटल इकाई गठन गरी आवश्यक पूर्वाधार खडा गरेर कार्य गर्दै आएको छ । प्रविधिको प्रयोगबाट हुने लाभको सुक्ष्म विश्लेषण गर्दै सम्पूर्ण बैंकिङ सेवाहरु डिजिटल बैंकिङ प्रविधिमार्फत प्रदान गर्दै कारोबारलाई अगाडि बढाउने नीतिलाई निरन्तरता दिइने छ ।’

    हाल बैंकको कूल कारोबारको संख्याको ७३ प्रतिशत डिजिटल हुने कारोबारमा आगामी आर्थिक वर्षमा कारोबार संख्यालाई बढाएर ८० प्रतिशतसम्म माथि पुर्याउने लक्ष्य रहेको उनले बताए ।

    साधारण सभामा शेयरधनीहरुले बैंकको डिजिटल सेवालाई शतप्रतिशत बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । शेयरधनिले बैंकले आफ्नो आकारलाई बढाएर बलियो बनाएकोमा प्रशंसासँगै ठूला सँगै साना लगानीकर्तालाई पनि ध्यान दिनुपर्ने सुझाब दिएका छन् ।

    ग्लोबल आईएमईले शेयरधनिलाई १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश प्रदान गरेको छ ।

  • एकैदिन प्रतितोला दुई हजार आठ सय रूपैयाँ बढ्यो सुनको भाउ

    एकैदिन प्रतितोला दुई हजार आठ सय रूपैयाँ बढ्यो सुनको भाउ

    काठमाडौं । साताको पहिलो कारोबार दिनदेखि लगातार घटेको सुनको भाउ बिहीबार बढेको छ ।

    नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैपटक दुई हजार आठ सय रूपैयाँ बढेको हो ।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ४ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।

    अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

     

     

  • उचित मूल्य नपाएपछि बारीमै सड्दै लाखौँकाे काउली

    उचित मूल्य नपाएपछि बारीमै सड्दै लाखौँकाे काउली

    रामेछाप । रामेछाप र दोलखाको शैलुङ क्षेत्र आसपासमा किसानले लगाएको काउली बिक्री नहुँदा लाखौँ रुपैँयाको क्षति बेहोर्नु परेको छ ।

    किसानले लगाएको काउली बिक्री नभएपछि बारीमा त्यतिकै सडेर गएको छ । उचित मूल्य नपाएपछि किसानले काउली बिक्री नगरी त्यतिकै बारीमा छाडिदिएका छन् ।

    स्थानीय अगुवा कृषक दावासङ्बु शेर्पाका अनुसार अहिले शैलुङमा काउली प्रति केजि पाँच रुपैयाँमा पनि बिक्री हुन छाडेको छ । व्यापारीले काउलीको भाउ पाँच रुपैयाँ निर्धारण गरेपछि किसाने बिक्री गर्न छाडिदिएका हुन् ।

    ‘पाँच रुपैयाँ किलोमा त बारीबाट उठाएर प्याक गर्ने खर्च पनि पुग्दैन, मल, बिउ तथा मिहनेतको त कुरा कता हो कता, त्यसले किसानले काउली बारीमा नै छाडिदिएका छन्’, शेर्पाले भने ।

    शैलुङ क्षेत्रमा पर्ने रामेछापको डडुवा, दोरम्बा र गौश्वारका किसानले ठूलो परिमाणमा व्यावसायिक रुपमा काउली खेती लगाएका थिए । त्यस्तै, दोलखाको शैलुङ गाउँपालिकाका किसानले पनि काउली लगाएका छन् । दुवै जिल्लाका किसानको काउली अहिले बारीमा सडेर गएको छ ।

    तिहार अघिसम्म प्रतिकिलो ५० रुपैयाँसम्ममा बिक्री भएको काउलीको भाउ स्वाट्टै घटेको शेर्पाले बताए । भाउ नै नपाएपछि किसानले काउली सडाएर फाल्न बाध्य भएको उनको भनाइ छ ।

    किसानले लगाएकोमध्ये २५ देखि ३० प्रतिशत काउली सढेर गएको उनले बताए । दुवै जिल्लाको गर्दा करिब एक करोड रुपैयाँ बराबरको काउली नास भएको शेर्पाको अनुमान छ ।

    सरकारले कृषि बजार सुनिश्चित नगरिदिँदा किसानले नोक्सान बेहोर्नु परेको उनले बताए । ‘न बजारको ग्यारेन्टी छ, न प्रशोधन गर्ने कुनै उपकरण र सीप नै दिएको छ, किसानको लगानी त्यतिकै खेर गयो’, उनले भने ।

    शैलुङ आसपासका किसानले केही वर्षयतादेखि व्यवसायिक रुपमा तरकारी खेती लगाउँदै आएका छन् । शैलुङका किसानले सो क्षेत्रमा साग, काउली, बन्दा, गाजर, मुला, केराउ लगायतका खेती लगाउँदै आएका छन् ।