Category: अर्थ

अर्थ

  • सुनको भाउ तोलाको १ लाख २१ हजार नाघ्यो

    सुनको भाउ तोलाको १ लाख २१ हजार नाघ्यो

    काठमाडौं । हप्ताको दोस्रो दिन आज पनि सुनको भाउ ८ सय रुपैयाँ बढेर १ लाख २१ हजार नाघेको छ ।

    दिनदिनै नयाँ रेकर्ड बनाएको सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको हो ।

    आइतबार सुन प्रतितोला १ लाख २० हजार ८ सयमा कारोबार भएको थियो ।

    त्यस्तै, आज तेजावी सुनको मूल्य १ लाख २१ हजार कायम भएको छ ।

    नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा स्थिर छ ।

  • उकालो लाग्यो सुनको भाउ, आज हालसम्मकै उच्च मूल्य

    उकालो लाग्यो सुनको भाउ, आज हालसम्मकै उच्च मूल्य

    काठमाडौं । हप्ताको पहिलो दिन आज सुनको भाउ ८ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ ।

    आज सुन  प्रतितोला १ लाख  २० हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    शुक्रवार प्रतितोला १ लाख १९ हजारमा कारोबार भएको सुनको भाउ आइतबार तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै, आइतबार तेजावी सुन तोलामा १ लाख २० हजार २ सय रुपैयाँ कायम भएको छ ।

    आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

  • हिमालय एयरलाइन्सले सुरु गर्‍याे काठमाडौं साङ्घाई सिधा उडान

    हिमालय एयरलाइन्सले सुरु गर्‍याे काठमाडौं साङ्घाई सिधा उडान

    काठमाडौं । हिमालय एयरलाइन्सले चीनको साङ्घाई शहरमा आजदेखि सिधा उडान सुरु गरेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरलाइन्सले चीनको ठूलो शहर साङ्घाईमा आजदेखि नियमित उडान सुरु गरेको हो ।

    नेपालबाट शनिबार बिहान ९ः२० बजे एक सय ३७ यात्रुबोकेर हिमालयको जहाज साङ्घाई उडेको छ । उक्त जहाजले आजै साङ्घाईबाट यात्रु लिएर राति नौ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको छ ।

    आजबाट सुरु गरिएको उडान सातामा एक चोटी हरेक शनिबार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ ।

    साङ्घाईमा हिमालय एयरलाइन्सको यो पहिलो उडान पनि हो । योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न नौ सहरमा उडान विस्तार गरेको छ । काठमाडौं–साङघाई उडानमा पाँच घण्टा २० मिनेटको यात्रा हुनेछ ।

    उडानबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मुख्य व्यापारिक र पर्यटकीय सहरमा सुरु गरिएको सिधा उडानले दुई देशबिचको सम्बन्धलाई थप बलियो बनाउने बताए । नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लैजान, व्यावसायिक साझेदारी बढोत्तरी र धेरै भन्दा धेरै चिनियाँ पर्यटकलाई नेपाल ल्याउन उडानले मद्दत पुग्ने विश्वास राखे ।

    यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कोभिड महामारीपछि चीनबाट क्रमशः उडान विस्तार भइरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक नेपालमा बढ्ने अपेक्षा व्यक्त गरे ।

    नयाँ गन्तव्यमा उडान सुरु गरेकोमा एयरलाइन्सलाई शभकामना दिदै उनले भने, ‘चाइनाको ग्लोवल हब बनेको ठूलो शहर साङ्घाइमा एयरलाइन्सले उडान सुरु गरेकोमा सफलताको लागि कामना गर्छु । यसले दुई देशकाबीचमा धेरै अवसरहरु सृजना गर्ने, दुई राष्ट्रबीचको सम्बन्धलाई जोड्दै नेपालमा थप निचियाँ पर्यटकहरुलाई आकर्षित गरी नेपाललाई पर्यटक हब बनाउनेमा मद्दत गर्ने विस्वास छ ।’

    नेपालका लागि चिनियाँ राजदूतावासका आर्थिक तथा वाणिज्य कन्सुलर छि यूले साङ्घाई–काठमाडौं सिधा उडानले दुई देशबिचको सम्बन्ध बलियो हुनुका साथै व्यापारिक दृष्टिले पनि महत्त्वपूर्ण भएको बताए ।

    चीनको ठूलो सहरमध्ये एक साङ्घाई शहर मुख्य व्यापारिक केन्द्रको रुपमा परिचित छ ।

  • १ खर्ब ४३ अर्बमा किनेकाे एनसेलकाे ८० प्रतिशत सेयर ६ अर्ब ६५ करोडमा बेचेर बाहिरियाे आजिएटा

    १ खर्ब ४३ अर्बमा किनेकाे एनसेलकाे ८० प्रतिशत सेयर ६ अर्ब ६५ करोडमा बेचेर बाहिरियाे आजिएटा

    काठमाडाैं । मलेसियन कम्पनी आजिएटा ग्रुप बरहादले १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेकाे नेपालको दूरसञ्चार सेवा प्रदायक एनसेलकाे ८० प्रतिशत सेयर ६ अर्बमा बिक्री भएकाे छ ।

    शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले आफ्नो ८० प्रतिशत शेयर खरिद गरेकाे आजिएटाले जनाएको छ ।

    स्पेक्ट्रलाइटका सञ्चालक सतीशलाल आचार्य हुन् । एनसेलमा हाल २० प्रतिशत शेयर स्वामित्व भएको सुनीभेरा क्यापिटल भेन्चर प्रालिमा समेत आचार्य परिवारकाे लगानी छ ।

    गएकाे बुधबार आजिएटाले नेपालमा व्यावसायिक चुनौतीहरू बढ्दै गएकाले नेपालबाट बाहिरिने निर्णय गरेको घोषणा गरेको थियो ।

    आजिएटाले कुल ५ करोड अमेरिकी डलर (६ अर्ब ६५ करोड रुपैयाँ) मा शेयर बिक्री गरेको र यसमध्ये ५० लाख अमेरिकी डलर ६ महिनाभित्र भुक्त्तानी गर्नुपर्ने खरिद सम्झौता भएको उल्लेख गरेको छ ।

    दूरसञ्चार क्षेत्रका जानकारहरूले एनसेलको सकिनै लागेको अनुमतिपत्रको मुद्दा, नवीकरणका लागि चाहिने ठूलो धनराशि र दूरसञ्चार कम्पनीको घट्दो आम्दानीका कारण आजिएटा बाहिरिएको अनुमान गरेका छन् ।

    १६ भदौ २०६१ मा एनसेलले जीएसएम मोबाइल सेवाका लागि अनुमति प्राप्त गरेको थियो । आजिएटा भने सन् २०१६ मा नेपालमा भित्रिएको थियो । त्यो बेला १ अर्ब ३६ करोड अमेरिकी डलर (त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँ) मा एनसेलको शेयर आजिएटाले किनेको थियो ।

  • लगातार तीन दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार घट्यो

    लगातार तीन दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार घट्यो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

    गत सोमबार, मंगलबार र बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।

    शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ ।

    बिहीबार प्रतितोला १ हजार ५ सय २० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ५ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।

  • घट्यो डिजेल–पेट्रोलको मूल्य

    घट्यो डिजेल–पेट्रोलको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले बिहीबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।

    निगमले पेट्रोलमा प्रति लिटर २ रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रूपैयाँ मूल्य घटाएको हो ।

    निगमले एलपी ग्यासको मूल्य भने घटाएको छैन । एलपी ग्यास प्रति सिलिन्डर १ हजार ८ सय ९५ रूपैयाँ नै कायम रहेको छ ।

    अब काठमाडौं, पोखरा र दिपायल डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १ सय ७० रूपैयाँ तिर्नुपर्ने छ ।

    त्यस्तै, विराटनगर, जनकपुर, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १ सय ६७ रूपैयाँ ५० पैसा मूल्य पर्नेछ ।

  • लगातार उकालो लागेको सुनको मूल्य आज स्थिर

    लगातार उकालो लागेको सुनको मूल्य आज स्थिर

    काठमाडौं । साताको चौथो कारोबारको दिन नेपाली बजारमा आज (बिहीबार) सुन चाँदीको मूल्य स्थिर रहेको छ ।

    मंगलबार र बुधबार लगातार उकालो लागेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य बिहीबार भने स्थिर छ ।

    आज चौथो दिन सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ कायम छ। यो मूल्य बुधबार कायम रेकर्डको स्थिर मूल्य हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार प्रतितोला १ हजार पाँच सय २० रूपैयाँमा किनबेच भएको चाँदीको आज पनि सोहि मूल्य कायम छ ।

  • तेस्रो दिन पनि सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड

    तेस्रो दिन पनि सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड

    काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

    लगातार बढिरहेको सुनको मूल्य आज तेस्रो दिन पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

    सोमबार र मंगलबार पनि सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । यस्तै, बुधबार पनि सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ ।
    मंगलबार सुन प्रतितोला १ लाख १७ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ ।

    मंगलबार प्रतितोला १ हजार ५ सय रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १ हजार ५ सय २० रूपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनमा प्रतितोला २० रूपैयाँ बढेको हो ।

  • सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम

    सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम

    काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

    लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ८ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

    सोमबार प्रतितोला १ हजार ५ सय रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

     

  • सुनको भाउले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड

    सुनको भाउले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड

    काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

    लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार ९ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ३ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

    सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

    यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

    आइतबार चाँदी प्रतितोला १ हजार ४ सय ८५ रूपैयाँमा कारोबार भएको थियो ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।