Category: अर्थ

अर्थ

  • पाँच सय रूपैयाँले घट्यो सुनको भाउ,कतिमा हुदैँछ कारोबार ?

    पाँच सय रूपैयाँले घट्यो सुनको भाउ,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सोमबार पाँच सय रूपैयाँले सस्तिएको छ । आइतबार अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको सुन केही सस्तिएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार छापावालको सुनको मूल्य प्रतितोला १ लाख १७ हजार थियो ।

    त्यस्तै, सोमबारको लागि तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९ सय ५० तोकिएको छ ।

    आइतबार  तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४ सय ५० रूपैयाँ तोकिएको थियो ।

    त्यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रूपैयाँ  छ । आइतबारको तुलनामा चाँदी ५ रूपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

     

  • सिटिजन लाइफद्वारा समता फाउन्डेसनलाई ५ लाख सहयोग

    सिटिजन लाइफद्वारा समता फाउन्डेसनलाई ५ लाख सहयोग

    काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले समता एजुकेसन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा फाउन्डेसनलाई सो रकम सहयोग गरेको हो ।

    कम्पनीले बिहीबार वार्षिकोत्सवको अवसरमा कम्पनीका अध्यक्ष प्रदीप जङ्ग पाण्डे, संचालक समितिका तीन सदश्य साथै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दशरथ मणी खड्काद्वारा फाउन्डेसनका निर्देशक दीपक सन्जेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको जनाएको छ ।

    सो सहयोगले समतालाई छात्रवृती अशय कोष स्थापना गरी विद्यालय सन्चालन गर्न केहि मद्दत हुने अपेक्षा रहेको कम्पनीले जनाएको छ ।

    फाउन्डेसनले ७७ वटै जिल्लामा करिब ४० हजार विद्यार्र्थी सहित (मात्र रु १०० प्रती विद्यार्थी प्रती महिना) ८३ वटा समता विद्यालय संचालन गरीरहेको छ । २३ वर्षको शैक्षिक इतिहास बोकेको फाउन्डेसनले हालसम्म १२ हजार बालबालिकालाई शिक्षा दिइसकेको छ । यस्तै, १ हजार ७०० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिन सफल भएको जनाइएको छ ।

    कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस वर्ष पनि कम्पनीका सम्पूर्ण शाखा कार्यालयहरुले विभिन्न स्थानमा बीमा साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

  • सुनको भाउले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ काराेबार ?

    सुनको भाउले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ काराेबार ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

    यसअघि गत साउन ४ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    बिहीबार चाँदीको मूल्य घटेको छ ।

    आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    बुधबार चाँदी प्रतितोला १ हजार चार सय १० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो ।

  • एकैदिन प्रतितोला एक हजार तीन सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ काराेबार ?

    एकैदिन प्रतितोला एक हजार तीन सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ काराेबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ ।

    मंगलबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको भाउ बुधबार एकैदिन प्रतितोला एक हजार तीन सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ ।

    आज चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको हो ।

  • दशैँको मुखमा एनआईसी एसिया बैंकको सिस्टम ड्यामेज, नाफा कमाउने ध्याउन्नमा ग्राहकको पैसा जोखिममा

    दशैँको मुखमा एनआईसी एसिया बैंकको सिस्टम ड्यामेज, नाफा कमाउने ध्याउन्नमा ग्राहकको पैसा जोखिममा

    काठमाडाैं । नेपालीहरुकाे महान् चाड दशैँकाे मुखमा एनआईसी एसिया बैंककाे सिस्टम डाउन भएकाे छ । सिस्टम डाउन हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

    सिस्टम डाउन हुँदा बचतकर्ताले आफ्नाे रकम पनि राख्न र झिक्न पाइरहेका छैनन् । माेबाइल बैंकिङसमेत नचलेका कारण सेवाग्राही थप मर्कामा परेका छन् । चाडपर्वकाे बेलामा किनमेल गर्न समेत नपाएकाे गुनासाे सेवाग्राहीले गरेका छन् ।

    पछिल्लाे समय बैंकलगायत वित्तीय संस्थाहरुकाे सिस्टम डाउन हुँदा बचतकर्ताहरुलाई आफ्नाे बचत रकम डुब्न‍े डर पनि हुन्छ । ह्याकरहरुले बैंककाे सर्भर नै डाउन गरेर चलखेल गर्न सक्न‍े जाेखिम पनि हुने गरेकाे विज्ञहरु बताउँछन् ।

    पटकपटक सिष्टम डाउन हुने एनआईसी एसिया बैंक यसपटक गम्भीर समस्यामा परेको बुझिन्छ। सर्वसाधारणको पैसाले मनग्य आम्दानी गरेको एनआईसी एसिया बैंकले प्रविधिमार्फत हुने जोखिम न्यूनीकरणतर्फ ध्यान नदिँदा ग्राहकले दु:ख गरेर जम्मा गरेको रकम समेत ह्याकरको हातमा पुग्ने सम्भावनासमेत देखिन्छ ।

    एनआईसी एसिया बैंक शाखाहरुले आफ्नाे रकम बचत गर्न गएका सेवाग्राहीलाई आज दिनभर सिस्टम नचल्ने जानकारीसहित फर्काइरहेका छन् ।

  • घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

    अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रुपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो ।

  • सुनको भाउ घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

    सुनको भाउ घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

    आइतबार प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला सात सय रुपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

    आइतबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

     

  • आकासियो हरियो तरकारीको मूल्य

    आकासियो हरियो तरकारीको मूल्य

    काठमाडौं । कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको तरकारी र फलफूलको बजार मूल्यमा हरियो तरकारीको मूल्य आकासिएको छ ।

    हरियो तरकारीको भाउ हिजोको तुलनामा ह्वात्तै बढेर आएको छ ।

    परवलमा १०,मकै बोडि १०,भन्टामा ५ ,काउलीमा प्रतिकेजी १०,काँक्रोमा १० रुपैयाँ घट्दा रातो मूलामा १० रुपैयाँ,तने बोडिमा १०, मटरकोशामा ५०, घिउ सिमी १०, कन्य च्याउ ५०,राजमा सिमीमा ३०,भटमासकोशा २०, रायो सागमा ३० रुपैयाँ मूल्य बढेको छ ।

    यस्तै, भारतीय ठूलो गोलभेँडा न्यूनतम मूल्य प्रतिकेजी हिजोको तुलनामा ५ रुपैयाँले घटेर प्रतिकेजी ३० रुपैयाँ र सानो गोलभेँडाको पनि ५ रुपैयाँ मूल्य घटेर २५ रुपैयाँ प्रतिकेजी मूल्य कायम भएको छ ।

    यस्तै, आलु रातो ६० रुपैयाँ,सेतो आलु ४० रुपैयाँ, सुकेको प्याज ७४ रुपैयाँ प्रतिकेजीमा बजारमा पाइने छ ।

    आज,प्रतिकेजी लोकल गाजर ११०, बन्दा ५०,स्थानीय काउली ९०,रातो मूला ७०,लोकल सेतो मूला ३०,भन्टा लाम्चो ३५,तने बोडी ११०, मकै बोडी ८०,मटरकोशा २००,घिउ सिमी ५०,राजमा सिमी २२०,भटमासकोशा ७०,तितो करेला ६०,लौका ६०,परवल ६०,घिरौँला ९०,फर्सी पाकेको ४०,हरियो फर्सी ५०,भिन्डि ७०, बरेला ७०,रायो साग ८०,तोरीको साग ४०,कन्य च्याउ १५०,डल्ले च्याउ ४००,कुरीलो ५०० र काँक्रो ८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

    समितिले निर्धारण गरेको फलफूलको मूल्यमा आज फूजी स्याउ हिजोको तुलनामा ५० रुपैयाँ बढेर ३५० पुगेको छ । केरा १४०,कागती १२०,अनार ४००, कालो अंगुर ४००,सुन्तला भारतीय १३०,तरबुजा ६०,मौसम १२०,मेवा नेपाली ६०,किवी २०० र आभोकाडो २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ ।

     

  • आजदेखि नयाँ नोट साटन पाइने

    आजदेखि नयाँ नोट साटन पाइने

    काठमाडौँ । आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आज (सोमबारदेखि) नयाँ नोट साट्न थालेको छ ।

    काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।

    काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

    राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था छ ।

    एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

  • पेट्रोलको मूल्य लिटरमा ११ र डिजेलको ५ रुपैयाँले घट्यो

    पेट्रोलको मूल्य लिटरमा ११ र डिजेलको ५ रुपैयाँले घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

    भारतीय आयल र्कोरेसन आईओसीबाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

    नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।