Category: अर्थ

अर्थ

  • एकैदिन प्रतितोला एक हजार रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    एकैदिन प्रतितोला एक हजार रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुन–चाँदीको मूल्य बढेको छ ।

    आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ ।

    आइतबार प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो ।

  • अर्थतन्त्रले धान्ने र संविधानले मान्ने हदसम्म शिक्षकको माग सम्बोधन हुन्छ : मन्त्री राई

    अर्थतन्त्रले धान्ने र संविधानले मान्ने हदसम्म शिक्षकको माग सम्बोधन हुन्छ : मन्त्री राई

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षक आन्दोलनको क्रममा शिक्षकहरूसँग भएको समझदारी अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सीमाभित्र बसेर सम्बोधन हुने बताएका छन् ।

    आइतबारको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले शिक्षालाई मद्दत गर्ने र शिक्षकहरूलाई सुयोग्य बनाउने उपयुक्त र जायज मागहरुमा सरकार सकारात्मक रहेको भन्दै अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सीमाभित्र बसेर सम्बोधन हुने बताएका हुन् ।

    उनले भने, ‘शिक्षकहरुसँग भएको समझदारी सम्बोधन हुनुपर्छ भनेर माननीयज्यूहरुले राय राख्नुभएको छ । यसमा निश्चय नै उपयुक्त र जायज मागहरुलाई जसले शिक्षालाई मद्दत गर्छ, शिक्षकहरूलाई सुयोग्य बनाउन ,सम्मानित बनाउछ र सही ढंगले क्रियाशील बनाउन मदत गर्छ ती मागमा हामी सकारात्मक रहन्छौँ । वार्ताका क्रममा पनि भनेका थियौं अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सीमाभित्र बसेर शिक्षकहरुको सबै कुरा पुरा गछौं, भनेको थियौं त्यसमा अहिले पनि प्रतिवद्ध रहेका छ ।”

    मन्त्री राईले विधेयक बनाउने र दर्ता गराउने विषयमा सरोकारवालासँगको छलफलमा कहीँ कतै खाली ठाउँ देखा परेको बताए ।

    उनले विधेयक पास भए बेस्ट एन्ड ब्राइट शिक्षक आउने दाबी गरे ।

  • भारतीय पर्यटकको रोजाइमा पोखरा

    भारतीय पर्यटकको रोजाइमा पोखरा

    पोखरा । पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ । पोखराका विभिन्न पर्यटकीय गन्तव्यसँगै मुक्तिनाथको यात्रामा आएका भारतीय पर्यटकहरुको चहलपहलले अहिले लेकसाइडमा पर्यटकीय मौसमको आभास दिलाइरहेको छ ।

    फेवातालको बाराही मन्दिरको दर्शनपश्चात् पोखरा घुम्न आएका भारत चेन्नईका व्यापारी विजय श्रीवास्तवले पोखरा अद्भुत सहर भएको बताए । हिमाल तालको लोभलाग्दो दृश्यसँगै, शिव मूर्ति, पातले छाँगा, चमेरे गुफा, महेन्द्र गुफा लगायतका ठाउँहरुले आफूहरुलाई लोभ्याएको उनको भनाइ थियो ।

    दोस्रोपल्ट पोखरा आउएका उनले यसअघि साथीहरुसँग आएको र अहिले परिवारसहित आएको जानकारी दिए । उनीसँगै पोखरा घुम्न आएकी ५५ वर्षीया सोनिया गुप्ता भने पोखराबाट मुक्तिनाथसम्म पुग्ने तयारीमा छन् । धर्मकर्ममा विशेष रुची भएका कारण उनले पोखराका प्रमुख धार्मिक मठमन्दिरको पनि अवलोकन गरेको बताइन् । श्रीमानका साथमा पहिलो पटक पोखरा आएकी उनी आफ्नो समूहमा ३० जना रहेकाले पोखराको सुन्दरतामा रमाएको अनुभव सुनाइन् ।

    अर्का पर्यटक महेश मिश्राले धार्मिक यात्राका लागि दामोदर कुण्ड, मुक्तिनाथ दर्शन गर्न मन पराउने तथा प्राकृतिक सुन्दरताका कारण पोखरा रोजाइमा पर्ने गरेको र पोखराको सुन्दरता अवर्णित रहेको बताए । उनका अनुसार भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ दर्शन गरेपछि भारतीय पर्यटकको रोजाइमा नेपाल पर्दै गएको छ । हिन्दू धर्ममा आस्था राख्ने अधिकांश भारतीय धार्मिक पर्यटकले मुक्तिनाथ र पशुपतिमा आउन रुचि देखाउँछन् ।

    गत साता मात्रै भारतको गुजरातबाट नीलकण्ठवर्णी स्मृतियात्रामा मुक्तिनाथको दर्शनका लागि करिब सात सय पर्यटक एकैचोटि पोखरा आएका थिए । उनीहरुले पोखराका विभिन्न पर्यटकीयस्थलको समेत अवलोकन गरेका थिए । पोखरा पर्यटन परिषद्का सचिव एवम् होटल रानीवन आर्केटका सञ्चालक हरि भुजेल पछिल्लो समय पोखराको पर्यटन चलायमान गराउन भारतीय पर्यटकको भूमिका महत्वपूर्ण रहेको बताउँछन् ।

    ‘अहिले पोखरा भारतीय पर्यटकको रोजाइको सहर बन्न थालेको छ, एक थरी पोखराको प्राकृतिक सुन्दरतामा रमाउनेहरु छन् भने अर्को थरी धार्मिक मठमन्दिरप्रति आकर्षित पर्यटक रहेका छन्’, उनले भने । विभिन्न पर्यटकीय सङ्घसंस्थाले पनि भारतमा ‘चलिए पोखरा’ लगायतका प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेकाले पनि भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेको उनको भनाइ छ ।

    भारतीय फिल्म छायाङ्कनमा सरकारले प्राथमिकता दिने हो भने नेपालको प्रचारप्रसार हुने र यहाँको सुन्दरताले थप पर्यटक आकर्षित गर्न सकिने उनको बुझाइ छ । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय यो मौसममा अहिले भारतीय पर्यटकको आगमन राम्रो भएको बता‍ए । उनले हिमाल खुलेर पर्यटक बोलाइरहेको यो अवस्थामा अन्य विदेशी पर्यटकको सङ्ख्या न्यून रहेको अवस्थामा भारतीय र चिनियाँ पर्यटकको आगमन राम्रो रहेको बताएका हुन् ।

    उनले आन्तरिक पर्यटकका लागि ‘जाउँ है पोखरा’ र भारतीय पर्यटकका लागि ‘चलिए पोखरा’ कार्यक्रम लिएर नेपाल तथा भारतका विभिन्न सहर जानका लागि पोखरा महानगरपालिकासँग सम्झौता भइसकेको जानकारी दिए । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा०गण्डकीका अध्यक्ष हरिराम अधिकारीले पर्यटकीय मौसममा भारतीय पर्यटकको आगमनले पर्यटन व्यवसायीलाई केही राहत प्रदान गरेको बताएका । उनले भने, ‘यो मौसम विदेशी पर्यटकको चहलपहल हुने समय हो, तर कोभिड पछाडि विदेशी पर्यटकको आगमन बढ्न सकेको छैन, अहिले भारतीय पर्यटकसँग केही चिनियाँ पर्यटकले लेकसाइडमा चहलपहल बढाएका छन् ।’

    उनले केही महिनाअघि सिलगुडीमा भएको बङ्गाल ट्राभल मार्ट (बिटिएम) कार्यक्रम गरेर फर्किएको जानकारी दिँदै भने,’धेरै भारतीयले पोखरा घुम्न रुचि देखाउनुभएको छ, तर ‘कनेक्टिभिटी’ र अन्य केही कारणले हैरानी ब्यहोर्नु परेको उहाँहरुको गुनासोे छ, भारतीय पर्यटकको गुनासो राजमार्गको अवस्था नाजुक र विभिन्न ठाउँमा सुरक्षाकर्मीको अनावश्यक जाँच, शौचालयको अभाव र हवाई ‘कनेक्टिभिटी’ बारेमा उहाँहरुको गुनासो छ, नत्र नेपाल र अझ पोखरा आउन धेरै भारतीय लालायित भएको हामीले पायौँ ।’

    उनले नेपालसँग भारतीयको भाषा, धर्म, संस्कार, संस्कृति धेरै मिल्ने र कतिपय आफन्त इष्टमित्र नै नेपालमा भएकाले पनि नेपालप्रति उनीहरुको निकै राम्रो भावनात्मक सम्बन्ध देखिएको बताए । पर्यटन क्षेत्रमा अर्बौको लगानी गरेका पर्यटन व्यवसायी अन्तर्राष्ट्रिय उडान हुन नसक्दा चिन्तित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् । उनले भने, ‘विमानस्थल सञ्चालनसँगै जुन उत्साह पर्यटन व्यवसायीमा थियो त्यो घट्दै गएको छ, अहिले भारतीय पर्यटकको आगमन केही राम्रो देखिएको छ, तर सोही अनुपातमा विदेशी पर्यटकको सङ्ख्या बढ्न सकेको छैन, लगानी उठाउन आन्तरिक पर्यटकले धान्दैन ।’

    उनले भारतीय पर्यटकका लागि धार्मिक, प्राकृतिक र सांस्कृतिक हिसाबले पोखरा रोजाइमा परे पनि सडक पूर्वाधारको नाजुक अवस्था, हवाई असुविधाका कारण उल्लेख्य मात्रमा भारतीय पर्यटक भित्र्याउन नसकिएको बताए । पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो गत अगस्तमा ६७ हजार एक सय ५३ पर्यटक हवाई मार्गबाट आएको देखिन्छ । तीमध्ये भारतबाट आउने २६ हजार छ सय ६५ छ । अध्ययनअनुसार गण्डकीमा सात सय पर्यटकस्तरका होटल, पर्यटन क्षेत्रमा रु पाँच खर्ब बढीको लगानी रहेको उनले जानकारी दिए ।

  • बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

    बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

    काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

    अघिल्लो दिन अर्थात् शुक्रबार स्थिर रहेको सुनको मूल्य आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ ।

    शुक्रबार प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो ।

  • दशैंका लागि नयाँ नोट सटही असोज २९ बाट

    दशैंका लागि नयाँ नोट सटही असोज २९ बाट

    काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैं र तिहारमा नयाँ नोट सटही सुविधा दिने तयारी गरेको छ ।

    राष्ट्र बैंकका अनुसार दशैंका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि हुने भएको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा हुनेछ ।

    राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा पाइनेछ ।

    बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरेको छ ।

  • आज सुनचाँदीको मूल्य स्थिर

    आज सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम रहेको छ ।

    यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • झन्डै तीन अर्बको धुलिखेल अस्पताल सुधार परियोजना कार्यान्वयनका लागि सम्झौता

    झन्डै तीन अर्बको धुलिखेल अस्पताल सुधार परियोजना कार्यान्वयनका लागि सम्झौता

    काठमाडौं । धुलिखेल अस्पताल सुधारका लागि नेपाल र जापान सरकारबीच झन्डै तीन अर्ब लागतको धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ ।

    नेपाल सरकार र जापान सरकारबीच धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजना कार्यान्वयनका लागि ३२९ करोड ६० लाख (लगभग २ अर्ब ९५ करोड रुपैयाँ) को अनुदान सहयोग खर्च गर्ने सम्झौतामा आज हस्ताक्षर भएको हो ।

    बिहीबार अर्थ मन्त्रालयमा भएको उक्त कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव डाक्टर कृष्ण हरी पुष्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।

    यस्तै अनुदान सम्झौतामा नेपाल सरकार र जाइकाका तर्फबाट क्रमशः अर्थ मन्त्रालय महाशाखाका सहसचिव अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय समिति श्रीकृष्ण नेपाल र जाइका नेपाल कार्यालयका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरेका छन् ।

    यो परियोजनाले तीव्र गतिमा बढ्दो आघात र सङ्क्रमणका लागि चिकित्सा सेवाहरूलाई सुदृढ पार्ने लक्ष्य राखेको छ ।

    नेपालमा आकस्मिक विरामीहरुका लागि धुलिखेल अस्पतालमा ऊर्जा कक्ष सञ्चालन , एक आईसीयू र बाहिरी बिरामी परामर्श कक्ष सहित ट्रमा तथा आपतकालीन केन्द्र निर्माण गरी एमआरआई सीटीस्क्यान र एक्सरे मेसिन उच्च स्टीम स्टेरिलाइजर आदि मेडिकल उपकरण उपलब्ध गराई स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

    सम्झौता कार्यान्वयन भएको अवधिले ४८ महिना भित्र परियोजना सम्पन्न गरिसक्नुपर्ने छ । अर्थात् अवको चार वर्षभित्र परियोजना सम्पन्न हुनेछ ।

     

  • सुनको भाउ बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

    सुनको भाउ बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य बढेको छ ।

    बुधबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला चार सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

     

  • देशको सुदूर पश्चिम टिंकरमा मोबाइल सेवा सञ्चालन

    देशको सुदूर पश्चिम टिंकरमा मोबाइल सेवा सञ्चालन

    काठमाडौं । नेपाल टेलिकमले देशको सुदूर पश्चिम टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै मंगलबारदेखि उक्त क्षेत्रमा मोबाइल सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।

    अब सो क्षेत्रका जनताले सहज रूपमा आफ्नै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन् । चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ स्थित उत्तरपश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पुर्याएको थियो ।

    पहिले सो क्षेत्रमा भीस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए । अब भने टिंकर क्षेत्रमा रहेका करिव ५ सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्ने छन् । त्यस बाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकहरूसमेत सेवाबाट लाभान्वित हुनेछन् ।

    करिव ३ हजार ७ सय मिटरको उचाईमा अवस्थित टिंकर नेपाल, भारत र चीनको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिव १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिव ८० किलोमिटर दुरीमा अवस्थित छ ।

  • सामान्य अंकले बढ्याे सेयर बजार

    सामान्य अंकले बढ्याे सेयर बजार

    काठमाडौं । साताको चौथो दिन शेयर बजार समान्य अंकले वृद्धि भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२४ अंकले बढेर १९६७.९७ विन्दुमा बन्द भएको छ ।

    आज बजारमा एक अर्ब १८ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार हुदाँ ४३ लाख २३ हजार २१ कित्ता सेयरको खरिदबिक्री भएको हो ।

    आजको कारोबारमा मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेड सकारात्मक सकिर्टका साथ सर्वाधिक नाफामा रहेको छ । भने, समता घरेलु लघुवित्त वित्तीय संस्था, हिमालयन लघुवित्त वित्तीय संस्था, सिद्धर्थ ग्रोथ फण्ड स्केम२ र आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी ६ करोड ९३ लाख रुपैयाँ भन्दा बढीको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।