Category: अर्थ

अर्थ

  • सुन–चाँदीको भाउ सामान्य घट्यो, आज कतिमा हुँदैछ काराेबार ?

    सुन–चाँदीको भाउ सामान्य घट्यो, आज कतिमा हुँदैछ काराेबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ सामान्य घटेको छ ।

    अघिल्लो दिन अर्थात् मंगलबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ ।

    आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

    मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो ।

     

  • आज सुनको भाउ स्थिर, चाँदी भने बढ्यो

    आज सुनको भाउ स्थिर, चाँदी भने बढ्यो

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ ।

    अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन स्थिर रहेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो ।

  • आज सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ खरिद–बिक्री ?

    आज सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ खरिद–बिक्री ?

    काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।

    अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन स्थिर रहेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

    शुक्रबार प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

  • दशौँ एलओसी समीक्षा बैठक काठमाडौंमा सम्पन्न

    दशौँ एलओसी समीक्षा बैठक काठमाडौंमा सम्पन्न

    काठमाडाैं । दशौँ भारत–नेपाल लाइन अफ क्रेडिट (एलओसी) समीक्षा बैठक बिहीवार काठमाडौंमा सम्पन्न भएकाे छ ।

    बैठकमा भारतीय विदेश मन्त्रालय (विकास साझेदारी प्रशासन) का सहसचिव ए. अजय कुमारले भारतीय राजदूतावास र एक्जिम बैंकका प्रतिनिधि सम्मिलित टोलीको नेतृत्व गरेका हुन् । त्यसैगरी नेपालका तर्फबाट नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बैठकको नेतृत्व गरेका थिए । नेपाली टोलीमा भारतीय लाइन अफ क्रेडिट अन्तर्गतका परियोजना कार्यान्वयनमा संलग्न विभिन्न विभागका अधिकारीको सहभागिता थियो ।

    नेपाललाई उपलब्ध गराइएको लाइन अफ क्रेडिटमार्फत भएका लगायत भारत–नेपाल विकास साझेदारीमा भएको बलियो सहकार्यको दुवै पक्षले प्रशंसा गरेकाे हाे। साथै कार्यान्वयनका विभिन्न चरणमा रहेका परियोजनामा भएका प्रगतिको पनि बैठकले समीक्षा गरेकाे छ। बैठकका लागि नेपाल आएको भारतीय टोलीले मिति २०८० श्रावण २४ र २६ गते भारत सरकारको ऋण रकम अन्तर्गत निर्माण भइरहेका सडक परियोजनाहरुको स्थलगत भ्रमण पनि गरेकाे हाे ।

    भारतले ६० भन्दा बढी साझेदार राष्ट्रलाई ३० अर्ब अमेरिकी डलर भन्दा बढीको लाइन अफ क्रेडिट उपलब्ध गराइसकेको छ । भारतले नेपाललाई १० करोड अमेरिकी डलर, २५ करोड अमेरिकी डलर, ५५ करोड अमेरिकी डलर र ७५ करोड अमेरिकी डलर गरी जम्मा १.६५ अर्ब अमेरिकी डलर लाइन अफ क्रेडिट उपलब्ध गराइसकेको छ । लाइन अफ क्रेडिट अनुरुप उपलब्ध गराइएको यो रकम नेपाल सरकारले प्राथमिकतामा राखेको पूर्वाधार विकासमा लगानी गरिनेछ । यसरी प्राप्त ऋण रकम हाल सम्म ४० भन्दा बढी सडक परियोजना (११०५ किमि सम्पन्न), ६ वटा जलविद्युत तथा प्रसारण लाइन र विभिन्न आवास तथा पुनर्निर्माण परियोजनामा खर्च भएको छ ।

    कोशी कोरिडोर (२२० केभी), मोदी लेखनाथ (१३२ केभी), सोलु कोरिडोर (१३२ केभी) र ढल्केबर–भित्तामोड (४०० केभी) जस्ता मुख्य एलओसी परियोजनाले नेपालमा विद्युत प्रसारण पूर्वाधारलाई विस्तार गर्न मद्दत गरेको छ । भेरी कोरिडोर, निजगढ–इनरुवा, गण्डक नेपालगञ्ज प्रसारण लाइन र यी प्रसारण लाइनका सबस्टेसनहरुको निर्माणका लागि एलओसी अन्तर्गत अनुमानित ६७.९८ करोड अमेरिकी डलर लगानी गर्न पनि भारत सरकार सहमत भएको छ ।

  • घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

    घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

    गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ ।

    बिहीबार प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो ।

  • नेपाल विद्युत प्राधिकरण ३६ अर्ब ६७ करोड नाफामा

    नेपाल विद्युत प्राधिकरण ३६ अर्ब ६७ करोड नाफामा

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चित नाफा बढेर ३६ अर्ब ३७ करोड पुगेको छ ।

    बिहीबार नेपाल विद्युत प्राधिकरणले पत्रकार सम्मेलन गर्दै प्राधिकरणको कुल नाफा ११ अर्बबाट बढेर २ वर्षमा ३६ अर्ब ३७ करोड रुपैयाँ पुगेको जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा महानिर्देशक कुलमान घिसिङले विद्युत बिक्रि तथा आयबाट गर्ने आम्दानी २ वर्षअघि ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर एक खर्ब १८ अर्ब पुगेको जानकारी दिए ।

    उनले भने, ‘विद्युत विक्रि तथा आयबाट गर्ने आम्दानी २ वर्ष अघि ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर एक खर्ब १८ अर्ब पुगेको छ । प्राधिकरणको संञ्चीत नाफा ११ अर्बबाट बढेर २ वर्षमा ३६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।’

    उनले बजेट र खर्च नियन्त्रणको लागि एकीकृत भुक्तानी एवं अनलाईन भुक्तानी प्रणालीलाई प्रभावकारी बनाईएको पनि जानकारी दिए । विगत २ वर्षमा प्राधिकरणले आफ्नै श्रोतबाट साथै सरकारको कोषमा साँवा ब्याज र रोयल्टी गरी ३० अर्ब जम्मा गरेको उनको दाबी छ ।

    उनले भने, ‘बजेट र खर्च नियन्त्रणको लागि एकीकृत भुक्तानी एवं अनलाईन भुक्तानी प्रणालीलाई प्रभावकारी बनाईएको छ । विगत २ वर्षमा प्राधिकरणले आफ्नै श्रोतबाट साथै सरकारको कोषमा साँवा ब्याज र रोयाल्टी गरी ३० अर्ब जम्मा गरेका छौ ।’

  • सुनको भाउ घट्ने क्रम जारी, प्रतितोला कति पुग्यो ?

    सुनको भाउ घट्ने क्रम जारी, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको हो ।

  • सिटिजन लाइफ इन्स्योरेन्सको साधारण शेयर बाँडफाँड

    सिटिजन लाइफ इन्स्योरेन्सको साधारण शेयर बाँडफाँड

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विदेशमा रहेका नेपालीहरुका लागि जारी गरिएको साधारण सेयरको बाँडफाँड भएको छ ।

    सोमबार निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले कम्पनीको ११ लाख २५ हजार कित्ता शेयरको बााडफाँड गरेको हो ।

    कम्पनीको कुल पूँजी ३ अर्ब ७५ करोडको ३० प्रतिशत अर्थात १ अर्ब १२ करोड ५० लाख रकम बराबरको १ करोड १२ लाख ५० हजार कित्तामध्ये १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता शेयर प्रतिशेयर एक सय रुपैयाँ अङ्कित दरमा ११४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँको विदेशमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको साधारण सेयरको बाँडफाँड गरेको हो ।

    कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि गत असार ३१ गते देखि साउन १४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

    बैंकका अनुसार १९ लाख ३० हजार ९ सय कित्ता खरिदका लागि २७ हजार ६३२ जना बाट आवेदन प्राप्त भएको थियो । ४ जना आवेदकहरुबाट ३३० कित्ता रितपुर्वक नदेखिएकोले सो आवेदनहरुलाई अयोग्य ठह¥याई रद्द गरी २७ हजार ६२८ जना आवेदकहरुबाट १९ लाख ३० हजार ५७० कित्ताका लागि रितपूर्वक दरखास्त प्राप्त भएको थियो ।

    त्यस्तै, धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम सर्वप्रथम रितपूर्वक आवेदन दिनुहुने सम्पुर्ण आवेदकहरुलाई न्युनतम १० देखि ४० कित्ता सम्म माग गर्ने ७ हजार ८८५ आवेदकहरुलाई माग बमोेजिमका १ लाख ५४ हजार ९९० कित्ता तथा ५० देखि २ हजार कित्ता सम्म माग गर्ने १९ हजार ७४३ आवेदकहरुलाई ४० कित्ताका दरले ७ लाख ८९ हजार ७२० कित्ता गरी कुल ९ लाख ४४ हजार ७१० कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ

    बाँडफाँड पश्चात् बाँकी रहन गएको १ लाख ८० हजार २९० कित्ताको हकमा ५० देखि २ हजार कित्ता सम्म मागगर्ने १९ हजार ७४३ जना आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँड गर्न अपुग हुनेभएकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम ५० देखि २ हजार कित्तासम्म माग गर्ने सम्पूर्ण आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथा विधि द्धारा थप १० कित्ताका दरले १८ हजार २९ जना सफल आवेदक छनोट गरी १ लाख ८० हजार २९० कित्ता बाँडफाँड गरिएको क्यापिटलले बताएको छ ।

  • घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

    घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

    अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला तीन सय रुपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला २५ रुपैयाँ घटेको हो ।

  • फोटोन इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी एरामेक्सलाई, सिङ्गल चार्जमा २८० किमिसम्म गुड्ने

    फोटोन इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी एरामेक्सलाई, सिङ्गल चार्जमा २८० किमिसम्म गुड्ने

    काठमाडौं । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी एरामेक्सलाई गरेको छ ।

    सम्झौता अनुसार कम्पनीले कार्गो प्रयोजनको लागि यस पिकअप ट्रकको डेलिभरी एरामेक्सलाइ गरेको हो । सिंगल चार्जमा २८० किलोमिटर रेन्ज दिने यस इलेक्ट्रिक पिकअप ट्रकमा १४०० टन भारवहन क्षमता रहेको कम्पनीले जनाएको छ ।

    एसी, टच स्क्रिन, पावरविन्डो जस्ता प्रिमियम फिचरका कारण यस इलेक्ट्रिक पिकअप ट्रक एकदमनै लक्जरी रहेको छ जसका कारण धेरै ग्राहकहरुको रोजाई रहेको कम्पनीले जनाएको छ ।

    कम्पनीका सेल्स हेड नविन आचार्यका अनुसार यी इलेक्ट्रिक पिकअप ट्रकको प्रयोगले राजमार्गहरूमा कार्बन उत्सर्जनन् कम गर्नुका साथै उपभोक्ताले डिजेल गाडीको तुलनामामा कम लगानीमा बढी भन्दा बढी आम्दानी गर्न सक्ने छन् ।

    यसअघि कम्पनीले २३५ किलोमिटर रेन्जको बिभिन्न कार्गो तथा १४ र १५ सिटर प्यासेन्जर भ्यान नेपाली बजारमा उपलब्ध गराउदै आएको छ। पर्यावरण र ग्राहकको हितका लागि सधैव सक्रिय रहने कम्पनीको दावी छ ।