Category: अर्थ

अर्थ

  • बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

    बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

    काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

    अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला नौ सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ ।

    शुक्रबार प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेको हो ।

  • किसान सञ्जालद्वारा कालीमाटी तरकारी तथा फलफूल बजारमा समितिमा धर्ना

    किसान सञ्जालद्वारा कालीमाटी तरकारी तथा फलफूल बजारमा समितिमा धर्ना

    काठमाडौं । राष्ट्रिय किसान सञ्जालले आज कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालय अगाडि धर्ना दिएको छ ।

    धर्नामा राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले किसान र उपभोक्ता दुवैको हितको लागि सातै प्रदेशमा धर्ना, ज्ञापन पत्र जस्ता कार्यक्रमहरुको आयोजना गरेको बताएका छन् ।

    उनले बजारमा सबैको समान पहुँच र व्यवहार हुनुपर्ने भन्दै त्यसको लागि करारको व्यवस्था हटाएर खुल्ला प्रतिष्पर्धाको बजार बनाउनु पर्ने बताए ।

    उनले भने, किसानले उत्पादन गरेको फलफूल यो बजारमा सबैले बेच्न पाउनु पर्छ सबैको समान पहुँच हुनुपर्छ समान व्यवहार हुनुपर्छ । यहाँ गत केही वर्षदेखि १५ – १५ वर्ष करारमा दिने व्यवस्था गरिएको थियो, त्यो व्यवस्था हटाएर खुल्ला प्रतिष्पर्धाको बजार होस् जुन बजारले किसानहरुको पनि हित होस् र उपोभोक्ता पनि ठगीमा नपरोस भनेर नै हामी आज यहाँ आएका हौ । आज हामीले सातै प्रदेशमा धर्ना, ज्ञापन पत्र कार्यक्रमहरु गरेका छौ । ’

    कालीमाटी तरकारी तथा फलफूल बजार देशको केन्द्रीय कृषि बजार भएपनि यहाँ विभिन्न किसिमको विकृतिहरु देखा परेको पनि सञ्जालको ठहर छ ।

    कालीमाटी बजारका सटर र स्टलहरु खुल्ला प्रतिष्पर्धा मार्फत भाडामा लगाईयोस्, बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर, ५० प्रतिशत सटर र स्टलहरु उत्पादक किसानलाई छुट्याइयोस्, किसान र उपभोक्ता हित विरोधी निर्णय खारेज गर, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर भन्ने मागसहित उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

  • प्रतितोला नौ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ काराेबार ?

    प्रतितोला नौ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ काराेबार ?

    काठमाडौं । साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ ।

    बिहीबार प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँ घटेको हो ।

  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    जसअनुसार आज, युरो एकको खरिद दर १४५ रुपैयाँ ७० पैसा र बिक्री दर १४६ रुपैयाँ ३७ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६१ पैसा र बिक्री दर १७० रुपैयाँ ३९ पैसा रहेको छ ।

    यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा पुगेको छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको छ ।

    त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    क्यानाडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ९२ पैसा रहेको छ भने विक्रि दर ९९ रुपैयाँ ७१ पैसा रहेको छ ।

  • फेरि रेकर्ड नजिक पुग्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    फेरि रेकर्ड नजिक पुग्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर फेरि ऐतिहासिक रेकर्ड नजिक पुगेको छ ।

    अघिल्लो दिन अर्थात् बुधबार तोलामा ५ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

  • बुधबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

    बुधबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । ।नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ बढेको छ ।

    अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।

    आज चाँदी प्रतितोला १ हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार चाँदी प्रतितोला १ हजार चार सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

     

  • बढ्यो सुनको मूल्य

    बढ्यो सुनको मूल्य

    काठमाडौं । आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँली व्यवसायी महामसंघले मंगलबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ निर्धारण गरेको जनाएको छ । हिजो छापावला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा खरिद बिक्री भैरहेको छ । अघिल्लो दिन तेजावी सुन १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्यमा भने नगन्य गिरावट आएको छ । आज प्रतितोला ५ रुपैयाँले घटेर चाँदी १ हजार ४ सय ५५ रुपैयाँ तोलामा कारोबार भैरहेको छ ।

  • आईएमएफको मिसन टोलीले भेट्यो आयोग उपाध्यक्ष, १६ औँ योजनालगायतका विषयमा चासो

    आईएमएफको मिसन टोलीले भेट्यो आयोग उपाध्यक्ष, १६ औँ योजनालगायतका विषयमा चासो

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ‘मिसन चिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले भेट गरेको छ ।

    आईएमएफको नयाँ मिसन चिफको रुपमा आएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग सिंहदरबार स्थित आयोग कार्यालयमा शिष्टाचार भेट गरेको हो ।

    भेटमा आइएमएफले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६ औँ योजना तर्जुमाको विषयमा चासो राखेको थियो । १६ औँ योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना पव्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट (पीमा) सझुाव कार्यान्वयनको स्थिति, अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नती, पुँजीखर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालिन र दीर्घकालिन चुनौतीहरुका विषयमा समेत छलफल भएको थियो ।

    छलपछि पछि आयोग उपाध्यक्ष श्रेष्ठले नेपाललाई गर्दै आएको सहयोगका लागि आईएमएफको टोलीलाई धन्यबाद दिएका थिए । जुलाई २० मा नेपाल आएको आइएमएफको मिन टोली २६ जुलाईसम्म नेपालमा रहने छ । भेटघाटमा आईएमएफका देशीय प्रतिनिधि टेरेसा डवानसान्चेज र आयोगका अधिकारीहरु सहभागी थिए ।

  • सोमबार पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    सोमबार पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ ।

    आइतबार प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो ।

  • सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा सम्पन्न

    सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा सम्पन्न

    काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले साउन २ गते मंगलबार टाउन हल सभाको १० औं संस्करण सम्पन्न गरेको छ ।

    कम्पनीले कार्यरत सम्पूर्ण कर्मचारीहरूका लागि प्रत्यक्ष तथा भिडियो कलमार्फत हरेक त्रैमासिकमा यस कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

    टाउन हल सभा सबै कर्मचारीहरूको लागि एक सिटिजन टिमको रूपमा एकसाथ आउन र कम्पनीको भावी रणनीतिमा एकतावद्ध हुने अवसर हो ।

    कम्पनीले गरेको प्रगति, सफलताहरू, भावी कार्ययोजना तथा प्राथमिकताहरूको बारेमा अद्यावधिक हुने, छलफलमा संलग्न हुन र सोमा उठेका कुनै पनि प्रश्नहरू साझा गर्ने अवसर हो ।

    सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले कर्मचारी मैत्री कार्यस्थल बनाउन र सम्पूर्ण टिमलाई कम्पनीको लक्ष्य पूरा गर्नको लागि व्यवस्थापन टिमसँग पङ्क्तिबद्ध भएर साथसाथ अगाडि बढ्न यस्ता सभाहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    सिटिजन लाइफले टाउन हल सभालाई प्रत्येक कर्मचारीले जान्नुपर्ने कुराहरूलाई सुदृढ पार्न शैक्षिक अवसरको रूपमा प्रयोग गर्ने गरेको छ । कम्पनीमा कार्यरत कर्मचारीहरूले कम्पनीको संरचना तथा विभाग अनुसारको कार्य तथा अन्तरक्रिया नियमित रुपमा गर्ने गर्दछन् ।

    तर सीइओसँग त्रैमासिक रुपमा प्रत्यक्ष भेट्ने, कम्पनीको प्रगति तथा योजनको जानकारी प्राप्त गर्ने र सो विषयमा संवाद एवं छलफल गर्ने अवसरले संस्थाको सवै तहमा प्रभाकारी संचार हुने तथा कर्मचारीहरूलाई एकसाथ ल्याउने यो उत्कृष्ट माध्यम हो ।

    कार्यस्थलमा एक स्वस्थ वातावरण स्थापना गर्ने सन्दर्भमा, टाउन हल सभाहरू कर्मचारीहरूलाई आफ्ना विचारहरू प्रस्तुत गर्न र सशक्त बनाउनको लागि अत्यन्त महत्वपूण हुने कम्पनीले जनाएको छ ।