काठमाडौं । म्यादी प्रहरी भर्ना अभियानअन्तर्गत शारीरिक चैत १५ परीक्षा सुरु भएको छ ।
काठमाडौं प्रहरी परिसरमा फारम बुझाउनेहरूको बुधबार कीर्तिपुरस्थित ल्याबेरोटरी स्कुलको खेल मैदानमा शारीरिक परीक्षा लिइएको हो ।
सबै तस्बिर : न्युज कारखाना
फिचर स्टोरी
काठमाडौं । म्यादी प्रहरी भर्ना अभियानअन्तर्गत शारीरिक चैत १५ परीक्षा सुरु भएको छ ।
काठमाडौं प्रहरी परिसरमा फारम बुझाउनेहरूको बुधबार कीर्तिपुरस्थित ल्याबेरोटरी स्कुलको खेल मैदानमा शारीरिक परीक्षा लिइएको हो ।
सबै तस्बिर : न्युज कारखाना
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको थाङपाल भ्याली मावि भवन निर्माण सम्पन्न भएको छ ।
वागमती प्रदेशभित्र बृहत् विद्यालयका रूपमा सञ्चालनमा आउने सो विद्यालय प्रदेशभित्रकै दोस्रो विद्यालय हुनेछ । पालिकाभित्रको रैथानेश्वरी मावि, चिलाउने मावि, टालटुलेश्वरी आधारभूत विद्यालय र तीन कन्या आधारभूत विद्यालय गाभेर वडा नं ४ स्थित थाङपालकोटमा एउटै नमुना विद्यालय बनाइएको हो ।
एसियाली बैंक (एडीबी) को २४ करोड लागत अनुमानअनुसार अहिले विद्यालयको सुविधा सम्पन्न पाँच भवन (ब्लक) निर्माण सम्पन्न भएको छ । गुणस्तरीय र प्राविधिक शिक्षालाई आत्मसात् गर्दै पालिकाले चार विद्यालयलाई गाभेर १२ कक्षासम्म सञ्चालन गर्ने गरी थाङपाल भ्याली मावि विद्यालय बनाएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।
प्राकृतिक रुपमा सुन्दर तर भूगोलको हिसाबले विकट यो विद्यालयमा कम्प्युटर प्रयोगशाला, खाजाघर, छात्रावासको व्यवस्था, बालमैत्री संरचना तथा स्कुल बसको व्यवस्थापन हुनेछ । ग्रामीण भेग शिक्षाको गुणस्तर वृद्धि हुने देखिएपछि विद्यार्थीसँगै अभिभावक पनि खुसी छन् ।
गाउँपालिका र वडाको सहकार्यमा २६ रोपनी जग्गा व्यवस्था गरी ५६ कोठे पाँचवटा प्राविधिक भवन निर्माणको काम गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुन्दर सापकोटाले बताए । विद्यार्थी, शिक्षक र आवश्यक स्रोतको उचित समायोजनमा सहजताका साथै समयसापेक्ष शिक्षा प्रणालीमा ग्रामीण भेगका विद्यार्थीको पनि पहुँच पुर्याउने उद्देश्य रहेको उनको भनाइ छ ।
विद्यालय निर्माण गर्न केन्द्र सरकार, प्रदेश सरकार, जनप्रतिनिधि, वडावासी तथा आर्थिक सहयोग गर्ने एडीबीप्रति आफूहरू आभारी रहेको उनको भनाइ छ । यो भवन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुँदैछ ।
पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै पाठ्यक्रम मेरो पाँचपोखरी तयार पारेर पठनपाठन सुरु गरेको छ । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम गाउँपालिका आफैँले तयार गरी पठनपाठन सुरु गरेको हो । जिल्लाको दुर्गम भेग पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रमसहितको पाठ्यपुस्तक सञ्चालनमा ल्याएको छ ।
काठमाडाैं । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको जनकपुर–जयनगर रेलमार्गको यही चैत १९ गते शनिबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा सो रेलमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
दुवै देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट संयुक्तरूपमा श्रव्यदृश्यका माध्यमबाट रेल सेवाको उद्घाटन गर्न लागिएको मन्त्रालयले जनाएको छ । जनकपुरमा आयोजना हुने कार्यक्रममा भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको प्रमुख आथित्यता रहने रेल विभागका महानिर्देशक दीपकुमार भट्टराईले जानकारी दिए ।
रेल सञ्चालनका लागि सरकारले यही चैत ८ गते अध्यादेशमार्फत आवश्यक कानूनी प्रबन्ध गरेको छ । विसं २०७५ मा नै रेलमार्ग निर्माण सकिएको भए पनि कानूनी तथा प्राविधिक जटिलताका कारण लामो समयसम्म रेल सञ्चालनको मिति तय हुन सकेको थिएन । कूल ३५ किलोमिटर लामो सो रेलमार्गमा चल्ने रेलका अन्तरदेशीय प्रकृतिको ब्रोडगेज हो ।
मन्त्रालयका अनुसार २०७७ असोज पहिलो साता जनकपुर आइपुगेको रेल सञ्चालन गर्नेबारेमा यसअघि ठोस निर्णय हुन सकेको थिएन । सरकारले सबै करसहित एक अर्ब तीन करोड बराबर खर्च गरेको रेल सञ्चालनमा नआउँदा रेलका लिकमा राखिएका सामानसमेत चोरी भएका थिए ।
जनकपुरमा रेल आइपुगेको १७ महिनापछि सञ्चालन हुन लागेको हो । सरकारले रेलको भाडासमेत तय गरेको छ । सामान्य सिटमा यात्रा गर्नेलाई ७० र वातानुकूलित (एसी) सिटमा यात्रा गर्नेलाई ३०० बराबरको भाडा लाग्ने गरी दुई प्रकारको भाडा तय भएको छ । यस्तै रेल दुर्घटना परी कोही कसैको ज्यान गएको खण्डमा सात लाखसम्म क्षतिपूर्ति दिइने व्यवस्थासमेत रेल्वे अध्यादेशमा गरिएको छ ।
गत फागुनदेखि नै दैनिक एक पटक रेल सञ्चालन गरिँदै आएको थियो । सबै प्राविधिक तयारी पूरा भएको र कर्मचारीसमेत नियुक्त भई काममा खटिइसकेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
काठमाडाैं । युक्रेनको राजधानी सहर किभको मध्यभागबाट २५ किलोमिटर टाढा ठूलो संख्यामा रुसी सैनिकहरु भेला भएका छन् ।
बेलायतको रक्षा मन्त्रालयका अनुसार किभको उत्तरतर्फ लामो लस्कर लागेर बसेका सैन्य गाडीहरु अहिले छरिएका छन् । राजधानी किभलाई चारैतिरबाट घेर्ने योजनामा अघि बढिरहेको हुन सक्ने बेलायतको रक्षा मन्त्रालयले अनुमान गरेकाे समाचार बीबीसीले लेखेकाे छ ।
मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा युक्रेनको प्रतिरक्षा शक्ति कमजोर पार्ने प्रयासस्वरुप रुसी सेनाले यस्तो निर्णय गरेको हुन सक्ने उल्लेख छ । विज्ञप्तिमा उल्लेख गरिएअनुसार अहिले युक्रेनका चेर्निहिभ, खारकिभ, मारिउपोल र सुमीलाई घेरा हालेर रुसी सेनाले निरन्तर आक्रमण गरिरहेको छ ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीका पूर्व सल्लाहकार रहेका सबभन्दा कान्छा सांसद स्भियातोस्लाभ युराले किभ शहरमा रुसी प्रतिरोध गर्ने तयारी भइरहेको बताएका छन् ।
राजधानी किभमा रातभर रुसी रकेट प्रहार भएको र बाहिरी क्षेत्रमा युद्ध भइरहेको जानकारी दिएका छन् । रुसी फौज शहर भित्र छिर्यो भने ठूलो क्षति बेहोर्न रुस तयार रहनुपर्ने चेतावनी पनि उनले दिएका छन् ।
युक्रेनमाथि रुसी आक्रमणको १७औँ दिन शनिबार सबेरै निकोलेभ, निप्रो र क्रोपीभीन्टस्की शहरमा बम विस्फोट भएका खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेका छन् ।
रुसले सर्वसाधारणमाथि हमलाहरू गरेका आरोपसँगै युक्रेनमा सम्भावित युद्ध अपराधमाथि एउटा अनुसन्धान शुरू गरिएको छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका प्रमुख अभियोजनकर्ताले युद्ध अपराध, मानवता विरुद्धका अपराध र नरसंहार माथिका आरोपमा प्रमाण जुटाउने काम भइरहेको जनाएका छन् ।
३९ देशले त्यस्तो छानबिन हुनुपर्ने माग गरेपछि त्यसो गरिएको हो । रुसले भने सर्वसाधारणलाई निशाना बनाइएको कुरा अस्वीकार गरेको छ ।
युद्ध अपराध के हो ?
युद्ध अपराधलाई व्याख्या गर्ने कानुनी आधारमध्ये एक जिनिभा महासन्धि हो । युद्धका कानुन र परिपाटी समेटिएको त्यो एउटा व्यापक दायराको र पुरानोमध्येको महासन्धि हो ।
र पूर्व युगोस्लाभिया र रवान्डाजस्ता केही घटनाविशेषमा बनाइने इन्टरन्याशनल ट्रिब्युनल्स जाँच आयोगले समेत त्यस्तो व्याख्या गर्छन् ।
जिनिभा महासन्धि अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू मिलेर बनेको छ जसले युद्धमा मानवीय व्यवहारका लागि अन्तर्राष्ट्रिय कानुनी मापदण्ड तयार पार्छ ।
पहिलो तीन वटा महासन्धिहरूले युद्ध लड्नेहरू र युद्ध बन्दीलाई संरक्षण गर्छन् ।
जबकि चौथो महासन्धि जुन दोस्रो विश्वयुद्धपछि बनेको हो त्यसले युद्ध क्षेत्रमा आम नागरिकलाई संरक्षण गर्छ ।
सन् १९४९ को जिनिभा महासन्धिलाई रुस सहितका संयुक्त राष्ट्रसङ्घका सबै देशले हस्ताक्षर गरेका छन् ।
चौथो नम्बरको जिनिभा महासन्धिका अनुसार युद्ध अपराध भन्नाले निम्न कुराहरू बुझिन्छ :
-नियतवश हत्या
-यातना वा अमानवीय व्यवहार
-नियतवश पीडा दिनु वा शरीर वा स्वास्थ्यमा गम्भीर असर पुर्याउनु
-व्यापक क्षति र सैन्य औचित्यबिनाको सम्पत्ति कब्जा
-मानिसहरूलाई बन्धक बनाउनु
-गैर कानुनी सुपुर्दगी वा गैरकानुनी कारावास
सन् १९९८ को रोम विधान सशस्त्र द्वन्द्वसँग सम्बन्धित अर्को महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सन्धि हो ।
अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घनका विषयमा यस व्यवस्थाले समेत युद्ध अपराधलाई समेटेको छ । जसले भन्छ-
-शत्रुतापूर्ण व्यवहारमा प्रत्यक्ष संलग्न नहुने नागरिक समूहमाथि वा कुनै आमव्यक्तिविरूद्ध नियतवश गरिने हमला
-व्यापक रूपमा सर्वसाधारणको ज्यान लिने वा उनीहरूलाई घाइते बनाउने जान्दाजान्दै गरिने हमला
-आफ्नो बचाउ नगर्ने शहर, गाउँ, बस्ती वा भवनमा जुनसुकै माध्यमबाट गरिने हमला वा बमवारी
यसका अनुसार अस्पताल, धर्म वा शिक्षा आर्जनसँग जोडिनेजस्ता निश्चित प्रकारका भवनलाई जानाजान निशानामा पार्न पाइँदैन ।
यसले विषाक्त ग्यासजस्ता निश्चित प्रकृतिका हतियारहरूको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
आईसीसी के हो र युद्ध अपराधहरूको अभियोजन कसरी हुन्छ?
द नेदरल्यान्ड्सको हेगमा रहेको आईसीसीको स्थापना रोम विधान अन्तर्गत रहेर सन् १९९८ मा भएको हो ।
यो एउटा स्वतन्त्र संस्था हो जसले अन्तर्राष्ट्रिय समुदायलाई सरोकार हुने गम्भीर अपराधहरूमा अभियोजन चलाउँछ ।
यसले युद्ध अपराध, नरसंहार, मानवताविरूद्धको अपराध र कुनै पनि देशविरुद्ध राजनीतिक वा सैन्य नियन्त्रणका लागि गरिने कामको अपराधमा अनुसन्धान गर्छ ।
राज्यहरूले सन्दिग्ध अपराधीहरूलाई आफ्नै अदालतमा अभियोजन चलाउन सक्छन् ।
आईसीसीको क्षेत्राधिकारको प्रयोग राज्यहरूले नसक्ने वा त्यसो गर्न नचाहने अवस्थामा अन्तिम विकल्पको रूपमा गरिन्छ ।
यस अदालतको आफ्नै प्रहरी बल छैन र संदिग्धहरूलाई पक्रन त्यसले देशहरूको सहयोग लिने गर्छ । आईसीसीले काराबास र जरिबानाको रूपमा सजाय दिन सक्छ ।
रुस र युक्रेन उक्त अदालतको १२३ सदस्य राष्ट्रमध्ये छैनन् ।
तर युक्रेनले त्यसको क्षेत्राधिकार स्विकारेको छ जसको अर्थ आईसीसीले केही अपराधका आरोपमा अनुसन्धान गर्न सक्छ ।
यसको सदस्य नभएका अन्य प्रभावशाली देशहरू अमेरिका, चीन र भारत हुन् ।
के यसअघि युद्ध अपराधबारे अभियोजन भएको छ ?
दोस्रो विश्वयुद्धका बेला नाजी जर्मनीले मुख्य रूपमा यहुदीहरूलाई लक्षित गरेर दशौँ लाख मानिसहरूको हत्या गरेको थियो ।
आम नागरिक र युद्ध बन्दीमाथि गरिएको गलत व्यवहारका कारण ब्रिटेन, सोभियत सङ्घ र अमेरिका संलग्न भएको गठबन्धनले जिम्मेवारलाई अभियोजन गर्न प्रेरित गरेको थियो ।
सन् १९४५ र १९४६ को नुरेम्बर्ग ट्रायल्सले १० जना नाजी नेताहरूलाई मृत्युदण्ड सुनाएको थियो ।
सन् १९४८ मा एउटा त्यस्तै प्रक्रिया टोक्योमा शुरू भयो जहाँ सातजना जापानी कमाण्डरहरूलाई झुण्ड्याइएको थियो ।
सन् १९४५ र १९४६ को नुरेम्बर्ग ट्रायल्सले १० जना नाजी नेताहरूलाई मृत्युदण्ड सुनाएको थियो ।
सन् १९४५ र १९४६ को नुरेम्बर्ग ट्रायल्सले १० जना नाजी नेताहरूलाई मृत्युदण्ड सुनाएको थियो ।
ती ट्रायलहरूले त्यसपछिका अभियोजनका लागि नजिरहरू खडा गरेका थिए ।
सन् २०१२ मा कङ्गोका युद्ध सरदार थोमस लुबाङ्गा आईसीसीबाट दोषी ठहरिने पहिलो व्यक्ति भएका थिए ।
जतिखेर उनलाई सन् २००२ र २००३ मा आफ्नो विद्रोही सेनाका लागि बाल सैनिकहरूको भर्ती र प्रयोग गरेकोमा दोषी ठहर्याइएको थियो ।
उनलाई १४ वर्षको जेल सजाय सुनाइएको थियो ।
सन् २०१२ मा कङ्गोका युद्धसरदार थोमस लुबाङ्गा आईसीसीबाट दोषी ठहरिने पहिलो व्यक्ति भएका थिए ।
सन् २०१२ मा कङ्गोका युद्धसरदार थोमस लुबाङ्गा आईसीसीबाट दोषी ठहरिने पहिलो व्यक्ति भएका थिए ।
पूर्व युगोस्लाभियाका लागि गठित इन्टरन्याशनल क्रिमिनल ट्रिब्युनल सन् १९९३ देखि २०१७ सम्म एउटा संयुक्त राष्ट्रसङ्घीय निकायका रूपमा काम गर्यो ।
सो निकाय युगोस्लाभियाको युद्धका बेला भएका अपराधको अभियोजनका लागि खडा गरिएको थियो ।
जसले बोस्नियाका एकजना पूर्व सर्ब नेता राडोभान कारडिचलाई सन् २०१६ मा युद्ध अपराध, नरसंहार र मानवताविरूद्धको अपराधमा उनको भूमिकाका लागि दोषी ठहर्याएको थियो ।
युक्रेनमाथिको आक्रमण नयाँ शीतयुद्धको सुरुवात हो ?
बोस्नियाको सर्ब फौजका सैन्य कमान्डर राट्को म्लाडिकलाई समेत सोही अपराधमा दोषी ठहर्याइएको थियो ।
अन्य केही समयका लागि लागि स्थापना गरिएका अदालतले समेत रवान्डा र कम्बोडियामा नरसंहार र मानवताविरूद्धको अपराधका लागि केही आरोपितमाथि अभियोजन चलाएका थिए ।
रवान्डाका लागि गठन गरिएको इन्टरन्याशनल क्रिमिनल ट्रिब्युनल त्यस्तो पहिलो निकाय थियो जसले बलात्कारलाई नरसंहार गराउने आपराधिक शैलीको रूपमा स्विकारेको थियो ।
रुसमाथिका आरोप के हुन्?
किएभ, खार्किभ र खेर्सन सहितका शहरमा हालैका दिनमा ठूला हमलाहरू भए ।
खार्किभमा आम नागरिकहरू मारिने गरी हवाई हमलाहरू भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई युद्ध अपराध गरेको आरोप लगाए ।
मस्कोमाथि अर्को हमलामा सोही शहरमा विमानबाट छाडिने क्लस्टर बमहरू प्रयोग गरेको समेत आरोप लगाइएको छ ।
क्लस्टर बमहरू त्यस्ता हतियार हुन् जो छाडिएपछि अन्य ससाना युद्ध सामग्रीका रूपमा फैलन्छन् ।
ती हतियारलाई सन् २००८ को कन्भेन्सन अन क्लस्टर मुनिसन्स अन्तर्गत रहेर धेरै देशले प्रतिबन्ध लगाएका छन् ।
तर त्यस महासन्धिमा हस्ताक्षर नगर्ने रुस र युक्रेन दुवैले त्यसलाई प्रतिबन्ध लगाएका छैनन् ।
मानव अधिकारवादी समूहहरू र संयुक्त राष्ट्रसङ्घका लागि युक्रेनका राजदूतले समेत आफ्नो एक उत्तर पूर्वी शहरमा रुसले भ्याकुम बमहरू प्रयोग गरेको आरोप लगाएका छन् ।
भ्याकुम बमहरू थर्मोब्यारिक हतियार हुन् जसले वाष्पीय इन्धनको बादल उत्पन्न गराएर ठूलो क्षति गराउन सक्छन् ।
यसैको प्रयोग रोक्न भनेर कुनै अन्तर्राष्ट्रिय कानुन छैन ।
तर यदि कुनै देशले नागरिक समूहलाई खासगरी उनीहरूको बसोबास, विद्यालय वा अस्पताल भएका ठाउँमा प्रयोग गर्छन् भने त्यो सन् १८९९ र १९०७ को हेग महासन्धि अनुसार युद्ध अपराधमा दरिन्छ ।
क्रेमलिनले भने युद्ध अपराध गरेको वा क्लस्टर र भ्याकुम बम प्रहार गरेको कुरालाई खारेज गर्दै त्यस्ता आरोपलाई ‘मिथ्या समाचार’ बताएको छ ।
रुसी रक्षा मन्त्री सर्गेई शोइगुले ‘हमलाहरू सैन्य निशानामा मात्र गरिएको र खास उच्च तहको प्रस्टता भएका हतियार मात्र प्रयोग गरिएको’ बताएका छन् ।
– बीबीसी नेपालीबाट
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी संकटको बीचमा आफ्नो सेनालाई आणविक हतियारसहितका प्रतिरोधात्मक बलहरूलाई विशेष सतर्कतामा राख्न आदेश दिएका छन् ।
पुटिनले आफ्ना रक्षा प्रमुखहरूलाई ‘पश्चिमबाट आएका आक्रामक बयानहरूले त्यसो गर्न आवश्यक भएको’ भनी बताएका छन् ।
उनकाे मतलब रूसले आणविक हतियार प्रयोग गर्न चाहन्छ भन्ने होइन । तर उनको घोषणाले विश्वमा परमाणु हतियारको चर्चा सुरु भएको छ ।
शीतयुद्धकालदेखि आणविक हतियारको भण्डारमा निकै कमी आएको भएता पनि विश्वमा अहिले पनि सयौँ आणविक हतियार छन् जसलाई छोटो समयमा नै ‘फायर’ गर्न सकिन्छ ।
के हो आणविक हतियार ?
यी धेरै शक्तिशाली विस्फोटक वा बम हुन् ।
यी बमहरूले परमाणुको परमाणु वा परमाणु कणहरू तोडेर वा जोडिएर आफ्नो शक्ति प्राप्त गर्छन्, जसलाई विज्ञानको भाषामा ‘फ्युजन वा विखण्डन’ भनिन्छ ।
आणविक हतियारको प्रयोगले ठूलो मात्रामा रेडियशन वा विकिरण निस्कन्छ र यसैले विस्फोट पछि यसको प्रभाव धेरै समयसम्म रहन्छ ।
आणविक हतियार प्रयोग भएको छ ?
विश्वमा अहिलेसम्म दुईपटक परमाणु बम आक्रमण भइसकेको छ, जसले ठूलो क्षति पुर्याएको छ ।
यी दुवै हमला ७७ वर्षअघि अमेरिकाले जापानका दुई सहरमा परमाणु बम खसालेको थियो ।
अगस्ट ६ मा अमेरिकाले जापानको हिरोसिमा सहर नागासाकीमा ९ अगस्टमा परमाणु बम खसालेको थियो ।
हिरोसिमामा ८० हजारभन्दा बढी र नागासाकीमा ७० हजारभन्दा बढीको मृत्यु भएको विश्वास गरिन्छ ।
कुन देशसँग परमाणु हतियार छ ?
हाल विश्वका ९ देशसँग आणविक हतियार छन् ।
यी देशहरूमा अमेरिका, बेलायत, रुस, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरिया हुन् ।
आणविक हतियारको बारेमा कुनै पनि देशले मुख खोल्दैनन् तर आणविक शक्ति सम्पन्न देशको सेनासँग ९ हजारभन्दा बढी आणविक हतियार रहेको विश्वास गरिन्छ ।
स्वीडेनमा आधारित थिंक ट्याङ्क ‘स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युट’ (सिप्रि) ले गत वर्षको एक प्रतिवेदनमा यी ९ देशहरूसँग २०२० को सुरुमा करिब १३ हजार ४०० आणविक हतियार रहेको बताएको थियो । जसमध्ये तीन हजार ७२० हतियार उनीहरुकाे सेनासँग छ ।
सिप्रीका अनुसार यीमध्ये करिब १८०० हतियार हाइ अलर्टमा रहेका छन्, अर्थात् केही समयमै फायर गर्न सकिन्छ ।
तीमध्ये अधिकांश हतियार अमेरिका र रुससँग छन् । सिप्रीको प्रतिवेदनअनुसार सन् २०२० सम्म अमेरिकासँग ५ हजार ८ सय र रुससँग ६ हजार ३ सय ७५ आणविक हतियार थिए ।
यी देशसँग आणविक हतियार किन ?
१९७० मा, परमाणु हतियारको संख्या सीमित गर्न १९० देशहरू बीच परमाणु ‘अप्रसार सन्धि’ वा एनपीटी सन्धि लागू भयो ।
यसमा अमेरिका, रुस, बेलायत, फ्रान्स र चीन पनि सामेल थिए । तर भारत, पाकिस्तान र इजरायलले यसमा कहिल्यै हस्ताक्षर गरेनन् र उत्तर कोरियाले सन् २००३ मा यसबाट फिर्ता लिएको थियो ।
यस सन्धि अन्तर्गत सन् १९६७ अघि आणविक हतियार परीक्षण गरेका पाँच देशलाई मात्रै सन्धि लागू हुने वर्ष तोकिएको थियो ।
ती देशहरू थिए- अमेरिका, रुस, फ्रान्स, बेलायत र चीन।
सन्धिमा भनिएको थियो, यी देशहरूले आफ्नो हतियारको सङ्कलन सदाका लागि राख्न सक्दैनन्, अर्थात् उनीहरूले यसलाई घटाउँदै लैजानुपर्नेछ ।
यससँगै यी देशबाहेक अन्य सबै देशलाई आणविक हतियार बनाउन प्रतिबन्ध लगाइएको छ ।
यो सन्धिपछि अमेरिका, बेलायत र रुसले आफ्ना हतियारको संख्या घटाए ।
तर फ्रान्स र इजरायलको हतियारको संख्या लगभग उस्तै रहेको बताइएको छ ।
यसैबीच, भारत, पाकिस्तान, चीन र उत्तर कोरियाको बारेमा, अमेरिकी वैज्ञानिक महासंघले यी देशहरूले आफ्ना आणविक हतियारहरूको संख्या बढाइरहेको बताएको छ ।
-बीबीसी हिन्दीबाट
बागलुङ । पछिल्लो समय ग्रामीण क्षेत्रका विद्यालयसमेत प्रविधिमैत्री हुन थालेका छन् । खरीपाटीमा अध्यापन गराउने शिक्षक ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टिभीमा अध्यापन गराउने भइसकेका छन् ।
खरीपाटीबाट, चक र चकपछि मार्करले ह्वाइटबोर्डमा लेखेर अध्यापन गराउने विद्यालयका शिक्षक स्मार्ट तरिकाले अध्यापन गराउन थालेका हुन् ।
जिल्लाको बागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङका विद्यार्थीलाई विद्यालयले डिजिटल माध्यमबाट अध्यापन गराउन थालेको छ । विद्यालको सबै कक्षा कोठामा स्मार्ट टिभी जडान गरिएको छ भने शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ ।
कक्षा ६ देखि १२ सम्मका सातवटा कक्षाकोठामा ४३ इन्चको स्मार्ट टिभी जडान गरिएको छ । शिक्षकले ल्यापटपमा भएको पाठ्यसामग्री स्मार्ट टेलिभिजनमा देखाउन सक्नेगरी प्रविधिको विकास गरिएको र विद्युत् नभएको अवस्थामा समेत डिजिटल माध्यमबाट अध्यापन गराउन सक्ने सिगाना मावि तित्याङले जनाएको छ ।
अहिले ल्यापटपबाट विद्यार्थीलाई अध्यापन गराउने विषयमा शिक्षकले तालिम लिइराखेको विद्यालयका प्राचार्य गोपालकुमार शर्माले जानकारी दिनुभयो । विद्यालयले रु १६ लाख २६ हजार खर्चेर शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाएको हो । शर्माका अनुसार ६ देखि १२ सम्मका सबै कक्षा कोठामा स्मार्ट टिभी र १२ शिक्षकका लागि ल्यापटप वितरण गरिएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रु छ लाख ५० हजार, बागलुङ नगरपालिका–८ र ९ को रु चार लाख, शिक्षकबाट सङ्कलन गरिएको रु ४९२ हजारबाट स्मार्ट टिभी र ल्यापटप खरिद गरिएको हो । रु तीन लाख ५० हजारमा वैकल्पिक ऊर्जाको समेत व्यवस्थापन गरिएको विद्यालयले जनाएको छ । रु ८० हजारको ल्यापटपका लागि शिक्षकले रु ४० हजार आफ्नो तर्फबाट खर्च गरेको विद्यालयले जनाएको छ ।
विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउने भन्दा गुणस्तर बढाउनेतर्फ ध्यान गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । ‘विद्यालयमा हाल ३२० विद्यार्थी छन्, यो विद्यार्थीको सङ्ख्या हाम्रोमा घट्दो हो, बसाइँसराइका कारण विद्यार्थी सङ्ख्या क्रमशः घट्दै छ तर हामीले शैक्षिक गुणस्तर भने बढाउँदै लगेका छौँ’, अध्यक्ष खड्काले भने ।
प्राथमिक तहमा समेत डिजिटल माध्यामबाट अध्यापन गराउनका लागि गण्डकी प्रदेशको पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु चार लाख बजेट विनियोजन गरेको छ । यस्तै विद्यालयमा प्रविधिको माध्यामबाट अध्यापन गराउनका लागि एसएलसी व्याच २०५२ द्वारा रु दुई लाख २६ हजारसमेत सहयोग भएको थियो ।
डिजिटल माध्यमबाट अध्यापन गराउँदा विद्यार्थीमा सिकाइ उपलब्धि बढेर जाने र विद्यार्थीसमेत प्रविधिमा निपूर्ण हुने विद्यालयको भनाइ छ । विद्यार्थीले अध्ययनका अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयकै जग्गामा केराखेतीसमेत गर्दै आएका छन् । जिल्लाको निसीखोला गाउँपालिकाको प्रभा मावि, काठेखोला गाउँपालिकाको रेश नुन्थला माविमा समेत एक शिक्षक एक ल्यापटप कार्यक्रम सञ्चालित छ । रासस
ओलेना कुरिलोको अनुहारभरी रगत लतपतिएकाे तस्बिर युक्रेन युद्धको निकै चर्चामा आएका अनुहारमध्ये एक हाे । कुरिलोले आफ्नो भयावह भोगाइकाे स्मरणसहित भनेकी छन्, ‘म भाग्यले मात्रै बाँचे ।’
उनी युक्रेनकी एक शिक्षिका हुन् । रुसले युक्रेनमाथि आक्रमण गरेपछि उनको रगतको टाटा जमेको तथा ब्यान्डेज गरिएको अनुहार आतंकको पर्याय बनेको छ ।
पूर्वी युक्रेनको खार्किभस्थित आफ्नो घरमा रुसी फौजले बम प्रहार गर्दा ५२ वर्षीया उनी घाइते भएकी हुन् । आक्रमणमा उनको घर पूर्ण रुपमा ध्वस्त भएको बताइएकाे छ ।
यतिबेला उनको तस्बिर थुप्रै अखबारमा पहिलो पृष्ठमा छापिएको छ ।
बिहीबारको हमलामा घाइते भएकी उनी अस्पतालमा उपचार गरेर फर्कने क्रममा आफ्नो ध्वस्त घरसामु उभिएर न्युज च्यानलसमक्ष केही भनिरहेकाे अवस्थामा उनकाे तस्बिर खिचिएकाे थियाे ।
त्यतिबेला उनले भनेकी थिइन्, ‘भगवानका कृपाले बाँचेकाे छु । जिन्दगीमा यस्तो पनि घटना घट्छ होला भनेर कहिल्यै सोचेकै थिइनँ । मैले सकेसम्म र मेरो बलबुताले भ्याएसम्म युक्रेनका लागि जे पनि गर्छु । म सदा सर्वदा आफ्नो मातृभूमिको पक्षमा उभिनेछु ।’
रुसले युक्रेनको राजधानी किभमा भयंकर हमला गरेको भए पनि त्यहाँ उसले कडा प्रतिरोधको सामना गरिरहेको छ । युक्रेनी सेनाले रुसी सेनाका धेरै आक्रमणलाई असफल बनाएको दाबी पनि गरिरहेकाे छ ।
युक्रेनको सेनाले शनिबार बिहान फेसबुक पोस्टमा दावी गरेको छ, उसले रूसी सेनालाई शहरको मुख्य सडकमा अगाडि बढ्नबाट रोकेको छ ।
राष्ट्रपति जेलेन्स्कीले एक दिनअघि रुसले राजधानी किभमा ठूलो हमला गर्ने प्रयास गर्ने बताएका थिए ।
किभ प्रशासनले पनि सहरका सडकमा लडाइँ सुरु भएको पुष्टि गरेको छ र मानिसहरूलाई घरभित्रै बस्न सल्लाह दिएको छ । इन्टरफ्याक्स युक्रेनको एक रिपोर्टका अनुसार प्रशासनले मानिसहरूलाई बंकरहरूमा शरण लिन र घरको झ्याल र बालकनीबाट टाढा रहन आग्रह गरेको छ ।
राष्ट्रिय सुरक्षा र रक्षा परिषद्का सचिव ओलेक्सी डानिलोभले स्थिति युक्रेनी सेनाको नियन्त्रणमा रहेको बताएका छन् ।
ड्यानिलोभले भने, ‘हामीसँग भएका सबै श्रोतसाधनहरू प्रयोग गरी आक्रमण रोकिरहेका छौँ । किभमा सेना र शहरका नागरिकहरूको नियन्त्रण छ ।’
युक्रेनको वायुसेना कमाण्डले शनिबार बिहान भासिल्किएभ एयरबेसमा भीषण लडाइँको जानकारी दिएको छ ।
‘हामीले जसरी पनि लड्नुपर्छ’
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार राति रुसले किभमा ठूलो आक्रमण गर्न लागेको बताएका छन् ।
जेलेन्स्कीले भने, ‘आज राति शत्रुले सबै सम्भावित उपायहरू प्रयोग गरेर हाम्रो प्रतिरोधलाई तोड्ने प्रयास गर्नेछन् । आज राति उनीहरूले ठूलो आक्रमण गर्नेछन् । आज राति हामी सुरक्षित हुनैपर्छ । अब युक्रेनको भविष्य तय हुन लागेकाे छ । हाम्रो मुख्य उद्देश्य रक्तपातको अन्त्य हो ।’
जेलेन्स्कीले रुसी सेनाले युक्रेनमा ठूलो क्षति पुर्याएकाे स्वीकार गरे तर शत्रुले ठूलो क्षति बेहोरेको दाबी पनि गरे ।
यसअघि शुक्रबार राष्ट्रपति जेलेन्स्कीका सल्लाहकारले आफ्नो देश रुससँग युद्धविराम र शान्ति वार्ताका लागि तयार रहेको बताएका थिए । तर रुसले युद्धलाई निरन्तरता दिइरहेकाे छ ।