Category: हुलाक स्पेसल

हुलाक स्पेसल

  • ओलीले घोषणा गरेको ३०१ केन्द्रीय सदस्यमा को-को परे ? (यस्तो छ सूची)

    ओलीले घोषणा गरेको ३०१ केन्द्रीय सदस्यमा को-को परे ? (यस्तो छ सूची)

    चितवन । नेकपा एमालेको केन्द्रीय सदस्यका लागि केपी शर्मा ओलीले बन्दसत्रमा ३०१ जनाको नाम पेश गरेका छन् । अबेर गरी राती सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै नाम पेश गरेका हुन् ।

    आफूले पेश गरेको नााममा कसैलाई चित्त नबुझे निर्वाचनमा जान सकिने बताएका छन् । उनले भने, मैले भनेको नामहरुले फारम भर्न अनुरोध गर्छु । अरुले पनि भर्न पाउनुहुन्छ, तर त्यसो गर्दा समस्या लम्बिन्छ ।’

    बन्दसत्रमा ओलीले पेश गरेकाे नामकाे सूची :

    खुला

    पुरूष : युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,भीम रावल,ईश्वर पोखरेल, घनश्याम भूसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्ट, भीम आचार्य, योगश भट्टराई, सुवास नेम्वाङ, रामबहादुर थापा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, किरण गुरुङ, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, रघुजी पन्त, खगराज अधिकारी, भानुभक्त ढकाल, यमराज कँडेल, कर्ण थापा, काशिनाथ अधिकारी, गुरु बराल, देबराज घिमिरे,कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, अग्नी खरेल, जीवन घिमिरे, रबिन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कार्की, अच्युत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाइर्, गणेश पहाडी, गोकुल बास्कोटा, देवी ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेस बस्नेत, माधव अर्याल राजन भट्राइ, रामेश्वर फुयाँल, सोमप्रसाद मिश्र, भीम कार्की, रामशरण बस्नेत, रबिन्द्र अधिकारी, खिमलाल भट्टराईगिरधारी न्यौपाने, चन्द्र खड्का, ठाकुर गैरे, ददिराम न्यौपाने लक्ष्मण ज्ञवाली, सूर्य थापा, गोरख बोगटी, राजबहादुर बुढा, गणेश ठगुन्ना, लक्ष्मी पोखरेल, झपट रावल, प्रकाश शाह, शेरधन राई, पर्शु मेघी गुरुङ, शेरबहादुर तामाङ यज्ञराज सुनुवार, पार्वत गुरुङ, देबेन्द्र दाहाल श्रीप्रसाद जबेगु, राम राना, किशोर मल्ल, खड्क खड्का, जेएन थपलिया, राजिब पहारी, दिवाकर देवकोटा, पुरुषोत्तम पौडेल, कृष्ण दाहाल, कृष्ण थापा, घनश्याम पाण्डे, कृष्ण पौडेल, बलराम अधिकारी, चेतनारायण आचार्य, घनश्याम पाण्डे, शिवराज सुबेदी कुमार दशौधी, रोमनाथ ओली सूर्य ढकाल ,नवराज रावत, दल रावल, किरण पौडेल गोबिन्द थापा नरबहादुर धामी, दयालबहादुर शाही, पठानसिंह बोहरा र सन्जिव मिश्र

    महिला : विन्दा पाण्डे, शिवमाया तुम्बाहाङ्फे, पदमा अर्याल, सीता पौडेल, थममाया थापा, सुजिता शाक्य, निर्मला देवकोटा, ममता गिरी, सुशीला नेपाल मनकुमारी केसी, श्रीमाया थकाली, सीता सुन्दास, सीता गिरी वली, बिमला घिमिरे, गौरी वली, शान्ता चौधरी, निरु पाल, लिला भण्डारी, नबिना लामा, भगवती चौधरी, सुनिता बराल, लक्ष्मी गौतम, सुकुन्ता बस्नेत, गीता अधिकारी, अम्बिका थापा, बिनादेबी राई, मीना उप्रेती, तुलसा दाहाल, प्रतिक्षा तिवारी, भुटनीदेबी महतो, बिन्दा ढुंगाना, सरस्वती बस्नेत, प्रभा बराल, शर्मिला कार्की, जानुका सिंगखगा, बालिका गिरी, सरिता न्यौपाने, टुका हमाल, भारती पाठक, विद्या भट्टराई, सम्झना देवकोटा, मैना भण्डारी, सीता न्यौपाने, गोमा आचार्य, शोभा ज्ञवाली, कोमल वली, सृजना काफ्ले, दक्षिणा शाही, कमला बोहरा, इन्दु कडरिया, निरुदेबी दर्लामी, शान्ति ढकाल र दिपा शर्मा

    जनजाति

    खुल्ला : अइन्द्र सुन्दर नेम्वाङ, खगेन्द्र राई, पासाङ शेर्पा, यज्ञराज सुनुवार डम्बरसिंह सम्बहाम्फे, टेकबहादु बलम्पाखी, कमलजंग राई, दावा लामा, लिलबहादुर थापा, गोकुल घर्ती मगर, दलबहादुर राना, हरि राजवंशी,जमिन्द्रबहादुर घले, सिपी घर्ति, विद्यासुन्दर शाक्य, केशव स्थापित र अजय क्रान्ति शाक्य

    महिला : उर्मिला थेवे, सूर्यकुमारी श्रेष्ठ, अमृता सुब्बा, सावित्रा राना, तारा राई, ईश्वरी जिएम, टासी स्याङ्बो गुरुङ्सेनी र जुनेली श्रेष्ठ

    मधेसी

    खुला : जगदिश कुसियत, रामलाल साह, कुन्दन कुशवाह, गंगा यादव, प्रमोदनारायण यादव, रामचन्द्र मण्डल, सरोज यादव, हरिनारायण महतो,प्रभु हजारा, पशुपती दयाल मिश्र, राजकुमार गुप्ता, मोदी दुगड र सुशील श्रीवास्तव

    महिला : जुलीकुमारी महतो, ज्वालाकुमारी साह, सिला यादव, कमला महतो, सरिता गिरि र रिता साह

    थारु

    खुला : बैजनाथ, चौधरी, नरुलाल चौधरी, गौरीशंकर थारु, कृपाराम राना र बलवीर चौधरी

    महिला : गंगा चौधरी सत्गौवा, मन्जु चौधरी र सरस्वती चौधरी

    मुस्लिम

    खुला : तैयब हुसेन, महम्मद हारुन हलुवाइ, सिराज अहमद फारुकी र महम्मद समिर

    महिला : साजिदा सिद्धिकी

    दलित

    खुला : रामदयाल मण्डल, ईश्वरी रिजाल,गमबहादुर बिक, पुरनसिंह दयाल, गोबिन्द नेपाली, जितबहादुर दर्जी, जंगबहादुर नेपाली र रामप्रित राम

    महिला : शिवकुमारी गोतामे, राम रती राम, विश्वमाया विश्वकर्मा र सबिता रसाईली

    पिछडिएको क्षेत्र

    खुला : भैरवसुन्दर श्रेष्ठ, लालबहादुर थापा र मोहन बानियाँ

    महिला : बद्मीकुमारी बोहोरा

    श्रमिक

    खुला : विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा

    महिला : मञ्जु कुमारी थापा मगर र सीता लामा

    उपत्यका विशेष

    खुला : माधव ढुंगेल

    महिला : विना श्रेष्ठ

    सम्पर्क समन्वय

    नरेन्द्र श्रेष्ठ र कल्पना थापा

    प्रदेश १

    खुला : तीलकुमार म्याङ्बो, टंक आङबुहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्वाङ र राजेन्द्र राई

    महिला : मेनुका काफ्ले, मञ्जु भण्डारी र उषाकला राई

    प्रदेश २

    खुला :प्रभु साह, रामदयाल मण्डल, मोहम्मद समिर, लीलानाथ श्रेष्ठ, राजकुमार लेखी र प्रभु हजारा पासवान

    महिला : कल्पना कटुवाल, रेखा झा र ज्वाला साह

    बाग्मती

    खुला : कृष्णकुमार राई, कैलाश ढुंगेल, खेम लोहनी, रामेश्वर राना, आनन्द पोखरेल र सरेश नेपाल

    महिला : रचना खड्का, पेम्बा लामा र पार्वती रावल

    गण्डकी

    खुला : मायानाथ अधिकारी, तिलक महत, जगत विश्वकर्मा, भूपेन्द्र थापा, इन्द्रलाल सापकोटा र टुकराज सिग्देल

    महिला : नरदेवी पुन, सीमा क्षेत्री र मिनाकुमारी गुरुङ

    लुम्बिनी

    खुला : लीला गिरी, खेममान खड्का, नविन रोका, दिनेश पन्थी, भूमिश्वर ढकाल र हरि रिजाल

    महिला : सरिता खनाल, साबित्रा अर्याल र मेनुका पोखरेल

    कर्णाली

    खुला : धर्मराज रेग्मी, निरज आचार्य, गुलावजंग शाह, विष्णु रिजाल, डम्बरबहादुर सिंह र नागेन्द्र शाही नेशनल

    महिला : तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल

    सुदूरपश्चिम

    खुला : राजेन्द्र रावल, भैरवबहादुर सिंह, झपड बोहोरा, नारादमुनी राना, लीलाधर भट्ट र अफिलाल

    महिला : कमला वली, कमला बोहोरा र सन्तोष शर्मा

     

  • काेराेनाकाे ‘ओमिक्रोन भेरिएन्ट’काे डर, बेलायतमा फेसमास्क अनिवार्य

    काेराेनाकाे ‘ओमिक्रोन भेरिएन्ट’काे डर, बेलायतमा फेसमास्क अनिवार्य

    काठमाडाैं । कोरोना भाइरस रूप बदलेर फैलिन थालेपछि बेलायतमा मास्क लगाउन अनिवार्य गरिएको छ । काेराेनाकाे पहिलाे र दाेस्राे लहरताका पनि फेसमास्क अनिवार्य गरिएकाे थियाे ।

    स्वास्थ्य सचिव साजिद जाभिदले आउँदो मंगलबारदेखि सानाठूला पसलदेखि सार्वजनिक यातायातमा आवात-जावत गर्दा ‘फेसमास्क’ अनिवार्य गरिएको बताएका बीबीसीले समाचार लेखेकाे छ।

    कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरिएन्टको असरबाट जोगिन यस्तो नियम लागू गर्न लागिएको समाचारमा जनाइएकाे छ ।

     

  • मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु

    मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु

    झापा । प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले गायिका रचना रिमाललाई वान साइड लभ गरेको बताएर आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको जानकारी दिएका छन् ।

    झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले ज्येष्ठ नागरिकका लागि निर्माण गरेको डे केयर भवनको उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा शनिबार मुख्यमन्त्री राईले गायिका रचनाको गायिकी क्षमता र वाक् शैलीप्रति आफू वान साइड लभमा परेको बताएका हुन् ।

    ‘झापाकी गायिका रचना रिमालप्रति म वान साइड लभमा छु’, उनले भने, ‘उनको गायिकी क्षमताको प्रेममा परेको हुँ ।’

    रचनाको जबाफ दिने शैलीको तारिफ गर्दै मुख्यमन्त्री राईले भने, ‘अन्तर्वार्ता लिँदा तपाईं कसलाई मन पराउनु हुन्छ भनेर सोध्दा रचनाले म तपाईंलाई मन पराउँछु भनेर जबाफ दिन्छिन् ।’

    नेपाली गीतसंगीतप्रति चासो र चिन्ता रहेको बताउँदै उनले विभिन्न कलाकारकाे क्षमताबारे बताए ।

    गायक प्रेमराजा महतले ‘पानको पात’ बोलको गीत गाउँदा नायिका रिमालसहित गायक प्रमोद खरेल, नायिकाद्वय केकी अधिकारी र वर्षा राउत, शंकर विसीलगायत कलाकारसँग मुख्यमन्त्री राई नाचेका थिए ।

  • किन चल्याे प्रियंका र निककाे डिभाेर्सकाे चर्चा ?

    किन चल्याे प्रियंका र निककाे डिभाेर्सकाे चर्चा ?

    काठमाडौं । बलिउड नायिका प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम एकाउन्टको बायोबाट पति निकको थर जोनस हटाएपछि उनीहरुकाे डिभाेर्सकाे चर्चा चलेकाे छ । विवाहपछि प्रियंकाले आफ्नो एकाउन्टमा प्रियंका चोपडा जोनस राख्दै आएकी थिइन् ।

    अब प्रियंकाको नाममा चोपडा मात्र जोडिएको छ । यसअघि पनि कैयौं अभिनेत्रीहरुले आफ्नो सामाजिक सञ्जालमा श्रीमानको थर हटाएर डिभोर्स गरेका छन् । प्रियंकाले पनि पति निकसँग डिभोर्स गर्न लागेको चर्चा शुरु भएको थियो ।

    इन्टाग्राममा निकको थर हटाएपछि डिभोर्सको चर्चा हुन थालेपछि प्रियंकाले आलोचकलाई जवाफ दिएकी छन् । उनले निकले व्यायाम गर्दै गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । जसमा प्रतिक्रिया दिँदै प्रियंकाले लेखेकी छन्, ‘म तिम्रो अंगालोमा मर्न चाहन्छु ।’

    डिभोर्सको चर्चा शुरु भएपछि प्रियंकाकी आमाले पनि यसलाई गलत बताएकी थिइन् ।

  • के आमिर खानले तेस्राे विवाह गर्न लागेका हुन् ?

    के आमिर खानले तेस्राे विवाह गर्न लागेका हुन् ?

    काठमाडाैं । यतिबेला सामाजिक सञ्जालमा आमिर खानको तेस्रो विवाहको बारेमा निकै चर्चा भइरहेको छ । आफ्नो नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ को रिलिज (१४ अप्रिल, २०२२) पछि उनी तेस्रो विवाह गर्न तयारीमा रहेको गाइँगुइँ सुनिएको छ ।

    तर, इन्डिया टुडेलाई आमिर खानसँँग जोडिएको एक विश्वसनीय स्रोतले दिएको जानकारी अनुसार, उनले तेस्रो विवाह गर्न लागेको चर्चामा कुनै सत्यता छैन ।

    लामो समयदेखि आमिरको नाम अभिनेत्री फातिमा सना शेखसँग जोडिएको छ । उनीहरुले फिल्म ‘दंगल’ मा एकसाथ काम गरेका थिए । त्यसबेलादेखि उनीहरुको अफेयरको खबर आउन थालेको थियो । उनै, फातिमासँग आमिरले ‘लाल सिंह चड्ढा’ रिलिजपछि तेस्रो विवाह गर्न लागेको चर्चा चलेको हो । तर, उनीहरु निकट स्रोतले यसमा कुनै पनि प्रकारको सत्यता नभएको दाबी गरेको छ ।

    बलिउड सुपरस्टार आमिर खानले त्यसबेला सबैलाई आश्चर्य पारे जब उनले श्रीमती किरण रावसँँग अचानक डिभोर्सको घोषणा गरे ।

    वैवाहिक जीवनमा बाँधिएको करीब १५ वर्षपछि उनीहरु अलग भएका हुन् । उनीहरुले छोराको पालन पोषणा भने मिलेर गर्ने बताएका छन् । पहिलो श्रीमती रीना दत्तासँग २००२ मा डिभोर्स गरेपछि आमिरले किरण रावसँग २००५ मा विवाह गरेका थिए ।

  • प्रहरीमा २३ सय २० जनालाई जागिरको अवसर (विज्ञापनसहित)

    प्रहरीमा २३ सय २० जनालाई जागिरको अवसर (विज्ञापनसहित)

    काठमाडौं । नेपाल प्रहरीले कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्म स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

    प्रहरीले लोकसेवाको सहमतिमा आज गोरखापत्रमा सूचना जारी गर्दै धोबी, कुचिकार, सिलाइ/बुनाइ, हजाम, भान्छे, प्रहरी जवान र प्रहरी निरीक्षकका लागि २ हजार ३२० जना माग गरेको हो ।

    जसमा सबैभन्दा बढी प्रहरी जवानका लागि १ हजार ९७१ कोटा छ । प्रहरी जवानमा १ जार ६३ खुलातर्फ पदपूर्ति हुनेछ, भने बाँकी सिट समावेशी समूहका लागि छुट्याइएको छ ।

    यसैगरी, १४६ जना प्रहरी निरीक्षक भर्ना गरिने भएको छ । जसमा ७९ सिट खुलातर्फ र बाँकी समावेशी समूहतर्फ रहेको छ ।

    प्रहरीमा १६३ जना भान्छे मागिएको छ । त्यस्तै, धोबी, कुचिकार, सिलाइ/बुनाइ र हजाममा १०/१० सिट छुट्याइएको छ ।

    फागुन १९ गतेदेखि दरखास्त फारम बुझाउन सकिनेछ ।

  • मंसिर १५ देखि गोलाप्रथा लागु गर्ने सर्वाेच्च अदालतको निर्णय

    मंसिर १५ देखि गोलाप्रथा लागु गर्ने सर्वाेच्च अदालतको निर्णय

    काठमाडौं । सर्वाेच्च अदालतले यही १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ । फुलकोर्टको बिहीबार बसेको बैठकले १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो ।

    गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएपछि बिहीबार फुलकोर्ट बैठक बसेर त्यसलाई कार्यान्वयन गर्ने गरी १५ मंसिरबाट लागु गर्ने निर्णय गरेको हो ।

    गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए ।

    नेपाल बार एसोसीएसनको जबराको राजीनामा माग्दै भएको आन्दोलनमा ऐक्यबद्धता जनाएर न्यायाधीशहरूले इजलास बहिस्कार गरेका थिए । तर, गोलाप्रथा लागु गर्ने भएपछि न्यायाधीश इजलास फर्किए पनि बार भने आन्दोलनमै छ ।

  • कांग्रेस सभापतिमा उम्मेदवारी दिने विमलेन्द्र निधिको घोषणा ( घोषणापत्रसहित)

    कांग्रेस सभापतिमा उम्मेदवारी दिने विमलेन्द्र निधिको घोषणा ( घोषणापत्रसहित)

    काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    उम्मेदवारी घोषणाका क्रममा उनले भने, ‘मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु । परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरुलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो उम्मेदवारी रहेको स्पष्ट गर्न चाहन्छु ।’

    आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउने, कांग्रेसमा पुस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने, संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णय अनुसार कार्यान्वयन गराउने र गणतन्त्रलाई संस्थागत गर्ने उनले प्रतिबद्धता पनि जनाएका छन् ।

    यस्तो छ निधिको घोषणापत्र :

    आदरणीय महाधिवेशन र महासमितिका साथीहरू,

    हिमाल, पहाड, तराई–मधेसका विभिन्न जिल्लाबाट विविध धर्म, संवैचारिक रुपमा स्पष्ट काँग्रेस, गतिशील काँग्रेस, जनतासँग जोडिने काँग्रेस

    संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने काँग्रेस

    नेपाली काँग्रेसको १४ औं महाधिवेशन

    पार्टीसुदृढीकरण र आगामी निर्वाचनमा काँग्रेसको बहुमतका लागि

    केन्द्रीय सभापति पदका उम्मेदवार विमलेन्द्र निधिको

    प्रतिबद्धता र योजनास्कृति र समुदायबाट समेत प्रतिनिधित्व गर्दै निर्वाचित भएर आउनु भएका तपाईंसम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरू र महासमिति सदस्य साथीहरूलाई बधाई दिन्छु र जय नेपालको हृदयध्वनिले हार्दिक स्वागत गर्दछु । यस अवसरमा म नेपालको लोकतान्त्रिक विचारका प्रथम नेपाली भाष्यकार जननायक बीपी कोइराला, आन्दोलनको विशिष्ट क्षणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, लोकतान्त्रिक गणतन्त्र प्राप्तिको नेतृत्व गर्ने गिरिजाप्रसाद कोइराला र वर्तमान संविधान निर्माणको नेतृत्व गर्ने सुशील कोइरालासहित विभिन्न क्षेत्र र समुदायबाट अनेक कष्ट झेल्दै जीवन समर्पण गर्ने सम्पूर्ण लोकतान्त्रिक योद्धाहरूप्रति सम्मान प्रकट गर्दछु । अहिंसा, शान्ति,सामाजिक न्याय, समुदायका बीच सद्भाव र लोकतन्त्रको मार्गमा मलाई उत्प्रेरित गर्नु हुने मेरा पिताजी महेन्द्रनारायण निधिलाई यतिबेला सादर स्मरण गर्न चाहन्छु । नेपाली काँग्रेसको ७६ वर्षको कष्टकर यात्रामा जीवन उत्सर्ग गर्नुहुने महान् शहीदहरूप्रति म श्रद्धासुमन अर्पण गर्दछु ।

    आफ्नो विगतलाई फर्केर हेर्दा मैले १३–१४ वर्षको किशोर वयदेखि नै नेपालको लोकतान्त्रिक आन्दोलनमा करीव ५३ वर्ष सक्रियतापूर्वक व्यतित गरिसकेको छु । लोकतन्त्र प्राप्तिकालागि विगतका संघर्षपूर्ण कठिन दिनमा अनेक सहकर्मीहरूसँगै मैले जेलनेलको लामो शृंखला अनुभव गरेको छु । विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली काँग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु । परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहन्छु ।

    मैले सभापति पदमा उम्मेदवारी प्रस्तुत गर्दै गर्दा केही निश्चित परिकल्पना, ध्येय र उद्देश्यसहित कार्ययोजना र पार्टीभित्रको आवश्यक सुधार समेतलाई केन्द्रविन्दुमा राखेको छु ।

    परिकल्पना

    नेपाली काँग्रेसलाई देशको एकमात्र सुसंगठित, सुव्यवस्थित र सक्षम लोकतान्त्रिक पार्टीको रुपमा देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा पुनस्र्थापित गराउने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा सक्रिय बनाउने र तीनवटै तहको आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई बहुमतका साथ विजयी गराउने ।

    नेपाली काँग्रेसमा रुपान्तरण,पुस्तान्तरण र पुस्ताहस्तान्तरण प्रकृयालाईसहजीकरण गर्ने ।

    नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली काँग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराउने ।

    देशको भौगोलिक विविधताअनुरूप हिमाल, पहाड, तराई–मधेश, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्ने ।

    जातीय, सांस्कृतिक र धार्मिक विविधतायुक्त समाजभित्रका महिला, दलित, आदिवासी–जनजाति, मधेशी, मुस्लिम, थारू, खसआर्य, अल्पसंख्यक, अपाङ्गता भएका, पिछडिएका क्षेत्र तथा तेस्रोलिङ्गीलगायत सबैलाई सम्मानका साथ नेपाली काँग्रेसमा सक्रिय गराउने र समुदायका बीच थप सद्भाव कायम गर्ने ।

    सुन्दर फूलवारी जस्तो विविधतापूर्ण समाजले अवलम्वन गर्दै आएको भाषा, साहित्य, कला, संस्कृति, धर्म र सम्पदाको संरक्षण गर्न नेपाली काँग्रेसका सम्पूर्ण तहगत समितिहरू र सदस्यहरूलाई सक्रिय बनाउने ।

    भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र नेपाली जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउदै देश र जनताको सेवामा विशेष सक्रिय गराई वर्तमान राजनीतिक परिवर्तनलाई सबल एवं सफल गराउने ।

    विदेशको रोजगारीमाश्रम खर्च गरिरहेका, अध्ययनको आकांक्षाले विदेशमा पुगेका र विभिन्न कारणबाट विदेशमा रहेका सबै क्षेत्रर वर्गका नेपालीहरूको हित संरक्षणमा पार्टीले उचित पहल गर्ने र गरिरहने ।

    हिमाल, पहाड, तराई–मधेसमा वसोवास गर्ने किसान र श्रमजीवी, विभेदमा परेका र सीमान्तकृत नागरिकको दुःखको साथी नेपाली काँग्रेसलाई बनाउने र उनीहरूको हितप्रबद्र्धनमा सिंगो पार्टीपंक्तिलाई परिचालन गर्ने ।

    विगतमा भएका अनेक क्रुर हिंसाको मारमा परेका, आज पनि हिंसाबाट अन्यायमा परेका, वेपत्ता भएका वा पारिएका, अनगिन्ती नेपालीका परिवारको आँशु रोकिएको छैन । न्यायका लागि निरन्तर करुण क्रन्दन सुनिरहेको अवस्था छ । ती करुण पुकारलाई सुन्न राज्यलाई नेपाली काँग्रेसले बाध्यपार्ने क्षमताको विकास गर्ने ।

    ध्येय

    उपरोक्त परिकल्पनालाई साकार गराउन निम्न ध्येयहरू समयवद्ध प्रक्रिया अपनाई ५ बर्षको समयावधिभित्र पूरा गर्ने प्रतिबद्धता गर्दछु ।

    नेपाली काँग्रेसको केन्द्रीय सचिवालय र पुस्तकालयलाई व्यवस्थित गरी आन्तरिक कर्मचारी प्रशासनलाई समयोचित सुधार गर्ने ।

    प्रदेश, जिल्ला, क्षेत्र र पालिकाका पार्टी सचिवालय सञ्चालनलाई चुस्त, दुरुस्त गराउने र नियमित सम्पर्क र सम्वाद तथा सूचना आदानप्रदान गर्ने वातावरण निर्माण गर्ने ।

    लोकतान्त्रिक आन्दोलनका शहीद र नेपाली काँग्रेसमा रहेर योगदान गर्नुभएका अग्रजहरूको सम्मान र स्वदेशप्रेमको भावना वृद्धि गर्न विद्यालयहरूमा लोकतन्त्र ज्ञान परीक्षा र नेपाल ज्ञान परीक्षा सञ्चालन गर्ने र विभिन्न खेलकूद, साहित्यिक कार्यक्रम, विद्यालय, स्वास्थ्यशाला, बाटो आदिको नामाकरण गरी स्मृतिसम्मानलाई चिरस्थायी राख्ने ।

    समकालीन साथीहरूको संरक्षण र नयाँ पुस्ताको नेतृत्व विकास तथा प्रवद्र्धनका साथ काँग्रेसलाई गतिशील र व्यवस्थित पार्टीको रूपमा विकसित गर्ने ।

    लोकतान्त्रिक आन्दोलनका शहीद परिवार, घाइते र विस्थापित हुनुभएका नेपाली काँग्रेसका साथीहरूलाई उचित सम्मान र सहयोग प्रदान गर्ने ।

    नेपाली काँग्रेसका सदस्य साथीहरूलाई उद्यमशील, कर्मशील, आत्मनिर्भर र स्वरोजगार बनाउन चरणबद्ध कार्ययोजनाहरू बनाउने ।

    विदेशमा पसिना चुहाउन विवश युवाहरूलाई स्वदेशमा नै रोजगार सृजना गर्न समयबद्ध योजनाहरू बनाउने ।

    पार्टीका सदस्यहरूमा पठन संस्कृतिको विकास गर्न वडा तहदेखि जिल्ला तहमा समेत काँग्रेस पुस्तकालय स्थापना गरी पार्टी साहित्य अध्ययनलाई सम्पूर्ण तहमा अनिवार्य गराउने ।

    नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई संस्थागत विकास गरी अनुसन्धानलाई महत्व दिंदै सूचना प्रविधिको प्रयोग समेतलाई समावेश गरी वडा तहसम्म प्रशिक्षण गर्ने र अनुशासित, इमानदार सदस्यहरूलाई प्रोत्साहित गर्ने ।

    नेपाली काँग्रेसको सभापतिका रूपमा पार्टीको आर्थिक पारदर्शिता र सुशासनलाई पूर्ण पालना गर्ने र गराउने ।

    पार्टीभित्र विकसित गुट–उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबै साथीहरूलाई ऐक्यबद्ध रूपमा पार्टीको लक्ष्यउन्मुख गराउने ।

    विशेषगरी युवाहरूलाई आत्मसम्मानकासाथ पार्टीमा सक्रिय हुने र रहने वातावरण विकास गर्ने ।

    सम्पूर्ण तहका साथीहरूको र सबै तहका कार्यक्रमहरूको अभिलेखीकरण र मूल्याङ्कन गरी नेपाली काँग्रेसभित्र अन्याय हुन नदिन र विभेदको अन्त्य गरी बन्धुत्वपूर्ण संस्कृति विकास गर्ने ।

    राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता, अहिंसा र शान्तिका आधारभूत मान्यतासहित बनेको संविधान र राजनीतिक प्रणालीलाई जनताको हित एवं चाहनाअनुसार सफल कार्यान्वयन गर्न र आम रुपमा सुशासनको विशेष अनुभूति गराउन पार्टीलाई परिचालित गर्ने ।

    संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णय अनुसार कार्यान्वयन गराउने ।

    उद्देश्य

    उपरोक्त ध्येय प्राप्त गर्न पाँच बर्षभित्र प्राप्त गर्ने संरचनागत सुधारका उद्देश्य ।

    पार्टीभित्र नेतृत्व विकास,रुपान्तरण, पुस्ताहस्तान्तरण र पुस्तान्तरणलाई सहज बनाउन पार्टीका कुनै पनि एउटै तहमा वा पदमा दुई पटक भन्दा बढी निर्वाचित वा मनोनित नहुने व्यबस्था गर्न पार्टीको विधान संशोधन गर्ने ।

    नेपाली काँग्रेसले आफ्नो स्थापनाकालदेखि नै नेपाली समाजलाई समतामूलक लोकतान्त्रिक समाजमा रुपान्तरण गर्ने घोषित उद्देश्यको कार्यान्वयनका लागि वडा, पालिका, प्रदेश र केन्द्रीय स्तरमा नै समाज रुपान्तरण सम्बन्धी उपयुक्त कार्यक्रमहरू तर्जुमा गरी संचालन गर्ने, गराउने ।

    पार्टीका जिल्ला सभापतिहरूको १२–१३ जेठ, २०७७ मा नुवाकोटको ककनीमा सम्पन्नभेलाले पार्टी सुदृढीकरणका लागि सिफारिस गरेका संपूर्ण सुझावहरूलाई विधानमा समेत सुधार गरी पार्टीमा लागू गर्ने ।

    पार्टीका वडा, पालिका तथा प्रदेश स्तरमा उदाहरणीय र लोकप्रिय कार्यक्रम संचालन गरेका पार्टीका निर्वाचित जनप्रतिनिधिहरूको पार्टीबाट यथोचित मूल्यांकन गर्ने संस्थागत परिपाटी सुरु गर्ने ।

    पार्टीका सवै तहका निर्वाचित जनप्रतिनिधिहरूलाई लक्षित गरी योजना तर्जुमा तथा कार्यान्वयन, सुशासन, सहकारिता, समन्वय तथा पार्टीका विविध बिषयहरू बारे नियमित रुपमा प्रशिक्षण शिबिरहरू संचालन गर्ने र सहकारी अभियानलाई तीव्रगराउदै पार्टीका सदस्यहरूलाई अभियानमा उत्प्रेरित गर्ने ।

    पार्टीले के कस्ता नीति तथा कार्यक्रमहरू केन्द्रीय, प्रादेशिक तथा स्थानीय स्तरमा संचालन गर्दा उपयुक्त हुन्छ सोको निर्धारण, कार्यान्वयन, अनुगमन र मूल्यांकनको कार्य नियमित गर्ने केन्द्रीय संयन्त्रको व्यवस्था गर्ने ।

    देशको भूराजनीतिक यथार्थता तथा आवश्यकतालाई मध्यनजर गर्दै पार्टीले छिमेकी मित्रराष्ट्रहरू भारत र चीनसँगको सम्बन्धलाई थप मजवुत बनाउने र नेपालको विकास तथा लोकतान्त्रिक प्रक्रियामा सहयोगी अन्य मित्रमित्रराष्ट्रहरूसँगको सम्बन्ध सुमधुर गराउने ।

    संविधानमा उल्लेख भएका तर कार्यान्वयन हुन नसकेका नेपाल प्रहरी र निजामती सेवासम्बन्धी प्रदेशको अधिकार स्थापित गर्न तथा भाषा आयोगले सिफारिस गरेअनुसार सम्बन्धित प्रदेशहरूमा सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गराउने ।

    पार्टीले सोसलिष्ट इन्टरनेशनलसहित समान विचारधारा र नेपालको हित चाहने विभिन्न देशका राजनीतिक दलहरूसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने ।

    अन्य सुधारहरू

    पार्टीको केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय निकायसम्म जनताका पीरमर्का सुनी, बुझी यथाशीघ्र सम्बन्धित निकायमा पुर्याउन जय नेपाल गुनासो सेवा प्रारम्भ गर्ने ।

    पार्टीका पुराना नेता तथा कार्यकर्ताहरूलाई आ–आफ्ना गाउँठाउँमा उनीहरूकै रुची र सहभागितामा उपयुक्त कार्यक्रमहरू संचालन गर्ने । यसका लागि पार्टीका स्थानीय, जिल्ला र प्रदेश इकाईहरूलाई परिचालन गर्ने ।

    वायुप्रदूषण घटाउन, पर्यावरणको संरक्षण गर्न, आफ्नो परिवार र समाजलाई शिक्षा, स्वास्थ्य र सरसफाईमा उत्प्रेरित गर्न पार्टीका सदस्यहरूमार्फत सक्रिय सामाजिक अभियान चलाउने र जलवायु सम्बन्धी अन्तराष्ट्रिय महासन्धीलाई कार्यान्वयन गर्न सभापतिको हैसियतले मेरो यसमा पूर्ण सहयोग र समर्थन रहने छ ।

    आजको संसारमा सूचना र संचारको महत्वपूर्ण योगदान रहेको छ । म यसवेला तमाम संचारकर्मी मित्रहरूले मलाई दिनु भएको स्नेह र सहयोगकालागि कृतज्ञता प्रकट गर्दछु । नेपाली काँग्रेस पार्टीका तर्फबाट संचार क्षेत्रको विकास र संचारकर्मीको वृत्तिविकासमा विशेष पहल गर्नेछु ।

    समग्रमा नेपाली काँग्रेसमा स्वभाव, आचरण र व्यवहारमा सुधार गरीजनतासँग काँग्रेस र काँग्रेससँग जनता व्यावहारिक रूपमा सिद्ध गर्ने ।

    रूख चिन्हसँग मतदातालाई र चारतारे झण्डासँग जनतालाई जोड्ने ।

    उल्लिखित प्रतिबद्धतालाई सार्थक गराउन नै मेरो उमेदवारीको अभिष्ट रहेको छ । मैले मेरो उमेरको करीव ५३ वर्ष स्वस्फूर्तरुपमा नेपालको लोकतान्त्रिक आन्दोलनमा व्यतित गरेको छु । नेपाली काँग्रेस जस्तो गौरवशाली पार्टीको यस ऐतिहासिक १४औं महाधिवेशनमा हिमाल, पहाड, तराई–मधेस, पूर्वपश्चिमबाट अनेक कठिनाई झेल्दै सहभागी पार्टीका अग्रज, समकालीन र नवीन युवापुस्ताका साथीहरूले म माथि पूर्ण बिश्वास गर्नुहुने छ, रविवेकपूर्ण र तर्कपूर्ण मूल्यांकनका आधारमा सभापतिपदमा मलाई मतदान गरी विजयी गराउनु हुनेछ भन्ने बिश्वास गरेको छु । धन्यवाद ।

    ९ मंसिर २०७८ जयनेपाल ।

  • पाँचपाेखरी : एउटा कठिन यात्राको रोमाञ्चक अनुभुति

    पाँचपाेखरी : एउटा कठिन यात्राको रोमाञ्चक अनुभुति

    भदौको महिना । दिउँसो तीन बजेतिर चावहिलको एक रेष्टुरेन्टमा कफी पिइरहेको थिएँ । बाहिर झमझम पानी परिरहेको थियो । मोवाइलको घण्टी बज्यो । फोन गर्ने साथी थियो, कमल । फोन उठाएँ । फोन संवादमा एउटा यात्राको तय भयो, पाँचपोखरीको । को— को जाने ? मैले प्रश्न गरेँ । हामी तीन जना जाने । उसले योजना सुनायो, मैले अशोकलाई भनिसकेँ । तिमी म र अशोक । मात्र तीन जना ? मैले फेरि प्रश्न गरेँ । उसले भन्यो, अरु साथीहरुलाई पनि मैले सोधेँ तर उनीहरुले जाने इच्छा नै देखाएनन् । अब हामी तीन जना भए पनि जाने हो । उसले ढिपी गर्‍याे । मैले पनि सहमति जनाएँ ।

    अब कहिले जाने ? मेरो प्रश्नको उसले उत्तर दियो । अहिले नै हिँड्ने । उसको उत्तर सुनेर म छक्क परेँ । अहिले नै, बिना तयारी ? मेरो प्रश्नमा फेरि उसले भन्यो, अँ मैले अशोकलाई भनिसकेको छु । उ आउँदैछ हामी एकैछिनमा चावहिल आइपुग्छौँ, सबै तयारी गरेर छिटो निस्किहाल । उसले यति भनेपछि म रुममा गएँ । सबै तयारी गरेँ । दिउँसोको साढे तीन बजिसकेको थियो । हामी तीन जनाको चावहिलमा भेट भयो । एक्कासी योजना बनेकोले हामी फुरुङ्ग थियौँ । हामीसँग पाँचपोखरी जानका लागि बाटोको २ विकल्प थिए । एक धुलिखेल हुँदै मेलम्ची जाने । अर्को साँखु हुँदै मेलम्ची जाने । हामी चावहिलबाट धुलिखेल हुँदै मेलम्ची जाने निष्कर्षमा पुग्यौँ । हाम्रो यात्रा चुच्चेपाटीबाट मेलम्ची जाने अन्तिम गाडीमा तय भयो ।

    सिमसिम पानी परि रहेको नै थियो । अन्तिम गाडी भएकाले होेला गाडीमा खासै मानिसहरु थिएनन् । अन्तिमतिरका केही सिटहरु खाली नै थिए । गाडीमा लोक गीत ठूलो आवाजमा घन्किरहेको थियो । कोटेश्वर पुगेपछि गाडी केही समय रोकियो । अलि मानिसहरु थपिए ।

    साँझ पर्नै लाग्दा हामी जिरोकिलो बाट मेलम्चीपतर्फ लागेका थियौँ । सिपाघाट पुगेपछि गाडी रोकियो । अगाडी पहिरो छ । गाडी यहाँबाट अगाडि जाँदैन । सहचालकले हामीलाई जानकारी गराए । अब हामी के गर्ने ? मेलम्ची गएर बस्ने हाम्रो योजना थियो ।

    गाडीमा मेलम्चीसम्म पुग्ने अरु पनि मानिसहरु थिए । उनीहरु अब हिँडेर नै मेलम्ची जाने भनिरहेका थिए । हामीले पनि हिँडेर नै मेलम्ची गएर बस्ने योजना बनायौँ । मेलम्चीका होटलहरु बेलुका कति बजेसम्म खुला होलान् ? हामीले मेलम्ची हिँड्न लागेका त्यहाँका स्थानीयसँग सोध्यौँ । उनीहरुले बस्ने व्यवस्था बेलुका भए पनि सहजै पाइने जानकारी गराए । त्यसपछि हामी मेलम्चीका लागि हिँड्न तयार भयौँ । सिपाघाटबाट पहिरो खसेको सडकको किनार किनारबाट मोबाइलको लाइटमा हाम्रो यात्रा सुरु भयो । नजिकै इन्द्रावती खोला सुसाइरहेको थियो । अलिअलि सिमसिमे पानी पनि परिरहेको थियो ।

    मेलम्ची पुग्दा राती १० बजेको थियो । बजार सुनसान भइसकेको । हामीले एक होटलको बोर्डमा लेखिएको मोबाइल नम्बरमा सम्पर्क गर्यौँ । होटलको ढोका खुल्यो । होटलको साहुनीले कोठा उपलब्ध भएको जानकारी दिइन् । हामीले खाना अर्डर गरेर हातमुख धुन थाल्यौँ । हाटलकी साहुनीले यति राति यहाँ आइपुग्नुको बारेमा जिज्ञासा राखिन् । हामीले सबै कुरा बेलिबिस्तार लगायौँ ।

    ……………

    भोलिपल्ट बिहान मेलम्चीबाट हाम्रो पाँचपोखरीको यात्रा सुरु भयो । मेलम्ची खोला तरेर इन्द्रावती खोलाको किनारै किनार । हरियाली फाँट । खोल्साहरुमा बगेका कलकल पानीको आवाज । हामी प्राकृतिक सुन्दरता नियाल्दै र गफिँदै अगाडि बढीरह्यौँ ।

    करिब तीन घण्टाको यात्रापछि हामी तिपेनी बजारमा पुग्यौँ । त्यहाँ चिया नास्ता गरेर केही खानेकुरा किनेर झोलामा बोकेर फेरि यात्रा गर्न थाल्यौँ । तिपेनीबाट हामी केही समयपछि हाँडीखोला पुग्यौँ । इन्द्रावतीको किनारको बाटो छोडेर हामी हाँडीखोला पछ्याउनु पर्ने रहेछ । हामी त्यतातिर लाग्यौँ तर हाँडी खोलासँगको सहयात्रा अलि केहीबेर मात्र रहेछ ।

    उकालो डाँडामा तीनैजना साथीहरु प्रतिस्पर्धात्मक रुपमा को पहिला पुग्ने भन्दै हिँड्ने गरिरहेका थियौँ । उकालो डाँडाहरु चढ्दा थकाइ त लाग्थ्यो तर पनि हामीले थकानभन्दा मनोरञ्जन बढी लिइरहेका थियौँ । बिहान १० बज्दा हामी धाप भन्ने ठाउँमा पुगेका थियौँ । हामीले त्यहाँ खाना खाने योजना बनाएका थियौँ । तर साथीहरु कसैलाई पनि भोक नलागेको जानकारी पछि हामीले भोताङ भन्ने स्थानमा गएर खाना खाने निधो गर्‍याैँ ।

    हामी फेरि निरन्तर उकालो लागिरह्यौँ । कतै मोटरबाटो त कतै गोरेटो बाटो हिँडिरहेका थियौँ । उकालो चढिरहेको बेलामा एउटा सानो पसलमा हामीले काँक्रो देख्यौँ । पसलमा एक जना वृद्ध आमा हुनुहुन्थ्यो । उकालो बाटो अलिअलि घाम पनि चर्केको थियो । एक जना साथीले सोधिहाल्यो । आमा यो काँक्रो बेच्न राखेको हो ? आमाले उत्तर दिनुभयो हो बाबू । उहाँले फेरि प्रश्न गर्नुभयो, बाबूहरु पाँचपोखरी हिड्नुभएको हो ? हामीले हो भनेपछि उहाँले हामीलाई बस्न आग्रह गर्दै भन्नुभयो, बस्नुस् न म नुन खुर्सानी पनि पिसिदिन्छु ।

    हामी काका्रे खाइसकेपछि आमालाई पैसा र धन्यवाद दिएर फेरि अगाडि बढ्यौँ । ती आमाले नै देखाइदिनुभएको बाटो हामी हिड्यौँ । निकै तल इन्द्रावती बगिरहेको देखिन्थ्यो । हामी प्रकृतिको हरियालीमा रम्दै कहिले बस्दै कहिले झोलामा बोकेका खानेकुरा खाँदै करिब २ बजेतिर भोताङ पुग्यौँ ।

    भोताङ पुगेर हामीले खाना खायौँ । हामी मेलम्चीदेखि बिहान हिँडेको भन्ने सुनेर होटलका साहु साहुनीले तपाइँहरु त धेरै हिँड्नुभएछ भन्ने प्रतिक्रिया दिनुभयो । खाना खाइसकेपछि हामी फेरि अगाडि बढ्यौँ । अलिअलि पानी पर्न लागेको थियो । छिम्ती भन्ने स्थानमा पुग्दा पानी ठूलै पर्न थाल्यो । रेनकोट ओढेर झोला बोकेर हामी निरन्तर हिँडिरह्यौँ । छिम्ती भन्ने ठाउँसम्म मोटरबाटो पुगेको रहेछ । त्यहाँबाट त पुरै उकालो सिँढी चढ्नुपर्ने ।

    केही विदेशी नागरिकसहित अरु केही मानिसहरु पनि यात्रा गरिरहेका थिए । हामी उनीहरुलाई उछिन्दै अघि बढ्यौँ । साउनको महिना भएकाले खोल्साहरु ठूला थिए । हामी केही स्थानीयहरुसँग कुरा गर्दै अघि बढ्यौँ । उकालो चढ्दै गर्दा बेलाबेला फोटो भिडियो पनि खिचिरहेका थियौँ । चाउचाउ, बिस्कुट र रेडबुल पनि हाम्रो यात्राको सारथी थियो ।

    भोताङबाट निस्कने बेलामा हामीलाई त्यहाँका स्थानीयले आज तपाइँहरुको बास देउराली भन्ने स्थानमा हुन्छ भनेका थिए । हामीले देउराली भन्ने स्थान कहाँ रहेछ भनेर खोजी गरेर हिँड्यौँ ।

    साँझ पर्न लागिसकेको थियो । देउराली भन्ने स्थानमा पुग्दा । एकजना दाइको होटल रहेछ देउरालीमा । हामीले त्यहाँ बसेर चिया खायौँ । दाइलाई त्यहाँको बसाइबारे सोधिखोजी गर्‍याैँ। तपाइँहरु कहाँबाट आउनुभएको ? दाइको प्रश्नको उत्तरमा हामीले भन्यौँ, बिहान मेलम्चीबाट हिँडेको । त्यसपछि उहाँले भन्नुभयो तपाइँहरु त आज टुप्पीडाँडा भन्ने स्थानसम्म पुग्नुहुन्छ यसरी नै हिँड्नुभयो भने त ।

    उहाँको कुरा सुनेपछि हामीले केही नसोची टुप्पी डाँडा गएर बस्ने निधो गरिहाल्यौँ । हामी चिया खाइसकेपछि त्यहाँबाट निस्कियौँ । जंगल थियो अलिअलि पानी पनि परिरहेको थियो । जुकाले टोक्न थालिहाल्यो । धेरै हिँडेकाले होला थकान महसुस भएर पाइला नै उचाल्न नसकिने भइसकेको थियो । पानीले भिजेका जुत्ता पनि गह्रौँ भएजस्तो अनुभुति हुन्थ्यो ।

    सूर्यको किरण विस्तारै पश्चिम दिशामा ढल्किसकेको थियो । नजिकै होटल तथा गोठहरु केही देखिएका थिएनन् । हामीलाई डर लाग्न थालिसकेको थियो । कतै टुप्पीडाँडा सम्म हामी पग्न नसक्ने पो हो कि ? हिँड्न पनि निकै गाह्रो भइसकेको थियो । हामी तीनैजना चिन्तित बन्यौँ । बाटोका छेवैमा बस्यौँ ।

    अलि तलबाट एउटा सानो भाइ डोकोमा केही सामान बोकेर माथितिर आइरहेको थियो । भाइ नजिकै आएपछि हामीले सोध्यौँ । भाइ कहाँसम्म जाने हो ?

    उसले उत्तर दियो, टुप्पी डाँडा ।

    हामीमा ऊर्जा थपियो । हामीले फेरि सोध्यौँ, टुप्पी डाँडा पुग्न अब कति समय लाग्छ ?

    यहीँ अलि माथि हो । उसले शेर्पा लवजमा उत्तर दियो ।

    हामी नजिकै उसले डोको बिसायो । हामी पनि टुप्पी डाँडामा बस्ने हो आज भनेर हिँडेका हिँड्नै सकिएन हामीले भन्यौँ । हाम्रो कुरा सुनेपछि उसले भन्यो माथि मेरो दाइको होटल छ त्यहीँ बस्ने भए म कुरा गर्दिन्छु । हामीले भन्यौँ त्यसो भए हामी सँगै जाऔँ हामी त्यहीँ बस्छौँ ।

    भाइ डोको बोकेर अघि लाग्यो हामी उसलाई पछ्याउँदै हिँड्न लाग्यौँ ।

    हामीले सोध्यौँ भाइले डोकामा के बोकेको ?

    उसले आफ्नै लवजमा उत्तर दियो, भेर बोकेको ।

    के हो ? भेर भनेको हामीले बुझेनौँ ।

    भेर हो के भेर उसले फेरि भन्यो । हामी अलमलमा पर्‍याैँ ।

    फेरि उ बोल्यो भेर था छैन तपाइँहरुलाई बोत्तलको भेर ।

    डोको नजिक पुगेर हामीले हेर्‍याैँ । भाइले वियर बोकेको रहेछ ।

    हामी मज्जाले हास्यौँ । उसले वियर भन्न खोजेको रहेछ । उसको लवजमा हामीले भेर सुन्यौँ ।

    भाइले अब पुग्नै लागियो भनेको बाटो हामीले एक घण्टा हिँडिसकेका थियौँ । रात पर्न लागिसकेको थियो । तर अझै कति हिँड्नुपर्ने हो हामीलाई थाहा थिएन । हामीले अब कति समय लाग्छ भनेर सोध्दा भाइले हामीलाई आइपुग्न लाग्यो भन्ने मात्र उत्तर दिन्थ्यो ।

    झमक्क साँझ परेपछि हामी टुप्पी डाँडामा पुग्यौँ । टुप्पी डाँडामा बास बस्नेहरु धेरै रहेछन् । हामीले निथ्रुक्क भिजेको ज्यान आगोमा सेकायौँ । त्यसपछि ज्यान तताउन तातो पानी पनि पियौँ । होटलमा २ जना दाइहरु थिए । सँगै आएको भाइले बोलेको सुनेर हामी हाँस्थ्यौ । शेर्पा लवजमा बोलेका उसका कुरा हामी नबुझेर पटक पटक सोध्थ्यौँ । हामी मेलम्चीदेखि हिँडेर आएको भनेको सुन्दा होटलमा बास बसेका मानिसहरु छक्क परे । खाना खाएर हामी सुत्यौँ । रातभरी पानी परिरहेको थियो । बिहानीपख पानी पर्न रोकिएछ । हामी बिहान चिया पिएर फेरि गन्तव्यतर्फ लाग्यौँ ।

    ……………..

    भोलिपल्ट बिहान खासै हिँड्न सकिएन । पाँचपोखरी जाने र आउनेका लर्को चलिरहेको थियो । थकानको बाबजुद पनि हामीलाई उत्सुकताको वजनले उचालिरहेको थियो । हामी फर्किरहेका मानिसहरुलाई सोधिरहन्थ्यौँ पाँचपोखरी पुग्न कति समय लाग्छ ? उनीहरुको उत्तरले हामी कहिले निराश हुन्थ्यौँ । कहिले उत्साहित हुन्थ्यौँ ।

    हिजो हामी सबैलाई उछिन्दै अघि हिँडेका थियौँ । आज हामीलाई अरुले पछाडि छोडेर हिँडिरहेका थिए । नाक ठोक्किएला जस्तो उकालो बाटो पुरै चट्टानै चट्टानले बनेको थियो ।

    चट्टानका बीचमा देखिएको खुल्ला चौर, खोल्सामा बगेका सफा पानी प्रकृतिको अनुपम छटाले फेरि थकान भुलाएर हामलिाई ऊर्जा दिन्थ्यो । हामीले बाटो छेउमा भएका चट्टानहरुमा बसेर खाजा खाएर निरन्तर उकाली लागिरह्यौँ ।

    करिब १० घण्टाको तीव्र हिँडाइपछि हामी प्रकृतिको सुन्दर नगरी पाँचपोखरी पुग्यौँ । चारै तिर अग्ला चट्टानको बीचमा पाँचपोखरी मुस्कुराइरहेको थियो । पोखरीमा टल्किएका पानी अनि त्यहाँ फुलेका झारहरुले हाम्रो स्वागत गरिरहे जस्तो लाग्थ्यो । पाँचपोखरी सम्म पुग्नका लागि बाटोमा भएका सबै कठिन एकैछिनमा भुल्यौँ ।

    वास्तवमा भन्ने हो भने हामी धार्मिक आस्थाभन्दा पनि प्राकृतिक सुन्दरता नियाल्ननका लागि यो यात्रामा निस्किएका थियौँ । पाँचपोखरीको मौसम छिनमै खुल्थ्यो । छिनमै कुहिरो लाग्थ्यो । हामी खुलेको बेलामा तस्बिर खिच्न व्यस्त हुन्थ्यौँ । कहिले माथि डाँडामा त कहिले ती सुन्दर पोखरीका किनारमा हामी रमाइरह्यौँ । लामो समय बस्न मन लागिरहे पनि हामी फेरि बस्नका लागि सकेसम्म हिजो बसेको होटलमा नै पुग्न पाए सजिलो हुन्थ्यो भन्ने अपेक्षाका साथ फर्किने तयारीमा लाग्यौँ ।

    पाँचपोखरमिा स्नान पनि गर्यौँ । मन्दिरको पूजाआजा सकेर हामी फेरि फर्किने तयारमिा लाग्यौँ । बेलाबेलामा पानी पथ्र्यो । बेलाबेलामा मौसम राम्रो हुन्थ्यो । रुप फेरिरहने यहाँको मौसम पनि बडो गजबको थियो ।

    उकालो बाटो हिँड्न गाह्रो भए पनि ओरालो बाटोमा हाम्रो हिँडाइ पुनः तीव्र भयो । फेरि हामी पाँचपोखरी यात्रामा जाँदा पाएको कष्ट सम्झदै आरालो ओर्लिन थाल्यौँ । हाम्रो योजना थियो । हिजो बास बसेको ठाउँमा नै आज पनि बास बस्ने । तर समयले नेटो काटिसकेको थियो । त्यही पनि हिम्मतका साथ हामी अघि बढिरह्यौँ ।

    हामी पुनः त्यही स्थानमा बास बस्न आइपुग्न सफल भयौँ । तर हिँडाइ धेरै भएकाले होला गोडा सुनिन थालेका थिए । हामीले भोलिपल्ट आरामले जाने निधो गर्यौँ र बेलुकाको खाना खाएर सुत्यौँ ।

    ………….

    भोलिपल्ट बिहान उठ्दा गोडा झन् धेरै सुन्निएका थिए । बिहान उठेर हिँड्न सकिएन । विस्तारै ८ बजेतिर हामी निस्कियौँ । जाने बेलामा उकालो हिँडेको स्मरण गर्दै चिप्लो बाटोमा ओराली लाग्दा झन् आनन्द र मज्जा आइरहेको थियो । खोँचहरुमा बसेको कुहिरो बिहान आकाशतर्फ उडिरहेका दृश्यले मन रोमाञ्चित हुन्थ्यो ।

    बाटोमा बनाइएका छाप्रा र गोठहरुमा निर्माण गरिएका चिया पसलहरुमा चिया पिउँदै हामी विस्तारै ओराली लाग्यौँ । खाना खाने समयका छिम्ती आइपुगेका थियौँ । बिहानको खाना खाएपछि हामी झन् हिँड्नै नसक्ने भइसकेका थियौँ । हिँड्न गाह्रो भइरहेको यस्तो अवस्थामा हामीले स्थानीय होटलमा छिम्तीबाट सवारीसाधनमा हाँडीखोलासम्म फर्कन पाइन्छ भन्ने जानकारी पायौँ । यसले हामीलाई थप ऊर्जा मिल्यो । त्यसपछि हामी हतारहतार सवारी साधन पाइने भनेको ठाउँमा पुग्यौँ । गाडीमा जान पाइने भएपछि साथीहरु पनि फुरुंग परेका थिए ।

    हाँडिखोलासम्म जानका लागि एउटा ट्रक बसेको रहेछ । हामीले त्यहाँ पुगेपछि थाहा पायौँ । ट्रकमा अन्य पनि धेरै मानिसहरु थिए । हामीले ट्रक नै चढेर भए पनि जाने निधो गर्‍याैँ । हामलिाई हिँड्न साह्रै गाह्रो भइरहेको थियो । त्यसपछि हामी ट्रक चढ्यौँ । लगभग १५ किलोमिटर जति दूरीको ट्रक भाडा ५ सय रुपैयाँ प्रतिव्यक्ति तोकिएको रहेछ । हामीले खुशीसाथ भाडा पनि दियौँ । त्यसपछि हामी फेरि मेलम्चीका लागि हिड्न थाल्यौँ ।

    खुट्टा सुन्निएर म हिँड्न नसक्ने भइसकेको थिएँ । साथीहरु पनि विस्तारै हिँडिरहेका थिए । बेलाबेलामा उनीहरुलाई पछ्याउँदै कहिले अगाडि त कहिले पछाडि लागेर म मेलम्चीसम्म आइपुगेँ । त्यसपछि मेलम्ची पुलमा बसेर हामी तीनै जनाले जाँदादेखि आउँदासम्मका तस्बिर हेर्न थाल्यौँ । मेलम्ची र इन्द्रावतीको दोभान नजिक हामी पिपलको छहारीमा धेरै समय बस्यौँ । दिन ढल्किँदै थियो । त्यसपछि हामी मेलम्ची बजारतर्फ ओर्लियौँ ।

  • तीनै तहको चुनाव एकैपटक हुनसक्छ : प्रचण्ड

    तीनै तहको चुनाव एकैपटक हुनसक्छ : प्रचण्ड

    धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताएका छन् ।

    बुधबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने आवाज बलियो रुपमा उठ्न थालेपछि प्रधानमन्त्री देउवासँग छलफल गरिएको बताएका हुन् । ‘प्रधानमन्त्रीज्यू पनि त्यस विषयमा सकारात्मक हुनुहुन्छ,’ अध्यक्ष प्रचण्डले भने,‘सबै तहसँग छलफल गरेर उपयुक्त निष्कर्षमा पुगिने छ,’ उनले भने । पटकपटक चुनाव गर्दा राज्यलाई खर्च भार पनि बढी हुने र जनतालाई पनि दिक्क लाग्ने हुँदा सबै चुनाव एकैपटक गर्नुपर्ने माग आउन थालेको उनले बताए ।

    प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताए । अदालतभित्र देखिएको समस्या आन्तरिक रुपमै समाधान हुनुपर्ने बताउँदै उनले त्यसो नभएमा एक दुई दिनमा पाँच दलीय गठबन्धनले एक स्टेपमाथि गएर अर्को निर्णय गर्ने बताए ।