Tag: कतार फिफा विश्वकप-२०२२

  • विश्वकप फुटबलमा आज चार खेल, यी देशबीच हुनेछ भिडन्त

    विश्वकप फुटबलमा आज चार खेल, यी देशबीच हुनेछ भिडन्त

    काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुनेछन् ।

    विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ : ४५ बजे सुरु हुनेछ ।

    दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ : ४५ बजे सुरु हुनेछ

    यसैगरी, तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

    आजै हुने अन्तिम खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

    यसैगरी आज बिहान सम्पन्न खेलमा इङ्ग्ल्यान्ड र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका छन् । कतारको अल बायत स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका हुन् ।

    यस बराबरीपछि इङ्ग्ल्यान्ड र अमेरिकाले अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै राखेका छन् । समूह ‘बी’ मा रहेको इङ्ग्ल्यान्डले दुई खेलमा चार अङ्क जोडेको छ भने अमेरिकाले दुई खेलमा दुई अङ्क जोडेको छ ।

  • विश्वकप फुटबल : अष्ट्रेलियामाथि फ्रान्सकाे शानदार जित

    विश्वकप फुटबल : अष्ट्रेलियामाथि फ्रान्सकाे शानदार जित

    काठमाडौं । साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।

    दोहास्थित अल जानुब स्टेडियममा मंगलबार राति भएको खेलमा अष्ट्रेलियामाथि ४-१ गोलको जित निकालेकाे हाे ।

    फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरे । एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल गरे ।

    अष्ट्रेलियाका लागि क्रेग गुडविनले एक गोल गरे । खेलको नवौं मिनेटमा गुडविनले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

    तर, खेलको २७ औं मिनेटमा एड्रिनले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ३२ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए ।

    ६८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३-१ को अग्रता दिलाए । त्यसपछि खेलको ७१ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ४-१ को जित दिलाए ।

    यस जितसँगै फ्रान्सले पहिलो खेलमै ३ अंक जोडेको छ । समूह ‘डी’ को फ्रान्स शीर्ष स्थानमा रहेको छ ।

  • विश्वकप फुटबल : मेक्सिको र पोल्यान्डबीच गोलरहित बराबरी

    विश्वकप फुटबल : मेक्सिको र पोल्यान्डबीच गोलरहित बराबरी

    काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’को दोस्रो खेलमा मेक्सिको र पोल्यान्डले गोलरहित बराबरी खेलेका छन् ।

    नाइन सेभेन फो स्टेडियममा सम्पन्न खेलमा दुवै टिमले गोल गर्ने केही अवसर सृजना गरे पनि त्यसलाई सदुपयोग गर्न भने सकेनन् ।

    बराबरीपछि मेक्सिको र पोल्यान्डले समूह ‘सी’मा एक एक अंक बाँडेका छन् ।

    मंगलबार नै सम्पन्न समूह ‘सी’ को पहिलो खेलमा साउदी अरबले अर्जेज्टिनलाई २–१ गोलको नतिजामा पराजित गरेको थियो ।

    मेक्सिकोले समूह चरणको आफ्नो दोस्रो खेलमा आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ भने पोल्यान्डले शनिवार साउदीसँग खेल्नेछ ।

  • विश्वकप फुटबल : साउदी अरबसँग अर्जेन्टिना पराजित

    विश्वकप फुटबल : साउदी अरबसँग अर्जेन्टिना पराजित

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा अर्जेज्टिना साउदी अरबसँग २–१ ले पराजित भएकाे छ ।

    लुसाइल रंगाशालामा सम्पन्न खेलमा साउदीलाई जित दिलाउन सालेश एन्हेरी र सालिम अल्लावासरीले गोल गरे । अर्जेन्टिनाका लागि मेसीले सान्त्वना गोल गरे ।

    कप्तान लियोना मेसीले खेलको १०औं मिनेटमा गोल गरर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

    खेलको ८औं मिनेटमा बक्सभित्र साउदीका डिफेन्डर अल बुलाइहीले फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।

    त्यसपछि पहिलो हाफमा अर्जेज्टिनका तीन गोल आफसाइड भएको थियो ।

    खेलको ४८औं मिनेटमा साउदीका फरवार्ड सालेश एन्हेरीले साउदीका लागि बराबरी गोल फर्काएका थिए ।

    मिडफिल्डर सालिम अल्लावासरीले खेलको ५३औं मिनेटमा गोल गर्दै साउदीलाई अर्जेज्टिनाविरुद्ध २–१ को अग्रता दिलाए ।

    जितपछि साउदीले समूह ‘सी’ मा तीन अंक जोडेको छ ।

  • इंग्ल्यान्डको शानदार सुरुवात, इरानको पोष्टमा आधा दर्जन गोल

    इंग्ल्यान्डको शानदार सुरुवात, इरानको पोष्टमा आधा दर्जन गोल

    काठमाडाैं । विश्वकपमा इंग्ल्यान्डले कतारमा शानदार सुरुवात गरेको छ। अर रायानस्थित खालिफा अन्तराष्ट्रिय मैदानमा इरानमाथि गोल वर्षा गर्दै इंग्ल्यान्डले सुखद सुरुवात गरेको हो । पहिलो खेलमै इरानमाथी ६–२ गोल अन्तरको जित दर्ता गर्‍यो।

    खेलको पहिलो हाफमा ३ गोल गरेको इङल्याडले दोस्रो हाफमा पनि ३ गोल थप्यो । इरानका मेहदी तरेमीले शान्त्वना गोल फर्काए ।

    इरानविरुद्ध इंग्ल्यान्डका बुकायो साकाले दुई गोल गरे। रहिम स्टलिङ, मार्कस रासफर्ड, ज्याक ग्रिलिस र जुडे बलिङघमले एक-एक गोल थपे ।

    ३५ औँ मिनेटमा जुडे बिलिङघमले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । बिलिङघमले डिफेन्डर ल्युक स को पासमा उत्कृष्ट गोल गरेका थिए ।

    खेलको ४३ औँ मिनेटमा बुका साकाले गोल गर्दै अग्रता दोब्बर पारे । साकाले मगुइरेको पासमा गोल गरेका ।

    पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा रहिम स्टलिङले कप्तान ह्यारी केनको पासमा गोल गर्दै खेललाई ३–० को अवस्थाामा ल्याए ।

    खेलको ६२ औँ मिनेटमा बुकायो साकाले व्यक्तिगत दोस्रो गोल गर्दा टोली ४–० ले अघि बढ्यो ।

    ६५ औँ मिनेटमा इरानका मेहदी तरेमीले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए ।

    ७१ औँ मिनेटमा इंग्ल्यान्डका मार्कस रासफोर्डले गोल गर्दा टोलीले ५–१ को अग्रता लिएको थियो ।

    वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ज्याक ग्रिलिसले ९० औं मिनेटमा गोल गरे । अतिरिक्त समयको अन्तिम मिनेटमा पेनाल्टी पाएपछि इरानले गोल गर्दै खेल ६–२ ले टुंग्याएको हो ।

    इंग्ल्यान्ड रहेको समूहमा इरान, अमेरिका र वेल्स छन् । इंग्ल्यान्डले दोस्रो खेलमा मंसिर ९ गते मध्यरात अमेरिकासँग र समूहको अन्तिम खेल मंसिर १३ गते मध्यरात वेल्ससँग भिड्नेछ ।

     

  • यस्तो छ नेपाली समयमा विश्वकप फुटबलको खेल तालिका

    यस्तो छ नेपाली समयमा विश्वकप फुटबलको खेल तालिका

    काठमाडाैं ।  फिफा विश्व कप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुनेछ । २२ औँ संस्करणको यो प्रतियोगितामा ३२ देश सहभागी हुँदैछन् ।

    ३२ देशलाई हरेक समूहमा ४ वटाका दरले ८ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ वटा देश अन्तिम १६ मा पुग्नेछन् ।

    उद्घाटन खेल नेपाली समय अनुसार आज राति पौने १० बजे आयोजक देश कतार र इक्वेडरबीच हुँदैछ । विश्व कपका खेलहरु कतारका ८ वटा रङ्गशालामा हुनेछन् ।

    ​यस्तो छ समूह चरणको खेल तालिका र नेपाली समय

    २०२२ नोमेम्बर २१ : तीन खेल
    सेनेगल भर्सेस नेदरल्यान्ड्स : दिउँसो ३ः४५
    इङ्ल्यान्ड भर्सेस इरान : साँझ ६ः४५
    कतार भर्सेस इक्वेडर : राति ९ः४५

    नोमेम्बर २२ : चार खेल

    अमेरिका भर्सेस उल्भ्स : राति १२ः४५
    अर्जेन्टिना भर्सेस साउदी अरेविया : दिउँसो ३ः४५
    डेनमार्क भर्सेस टुनिसिया : साँझ ६ः ४५
    मेक्सिको भर्सेस पोल्यान्ड : साति ९ः४५

    नोमेम्बर २३ : चार खेल

    फ्रान्स भर्सेस अष्ट्रेलिया : राति १२ः४५
    मोरोको भर्सेस क्रोएसिया : दिउँसो ३ः४५
    जर्मनी भर्सेस जापान : साँझ ६ः४५
    स्पेन र्भेसस कोस्टा रिका : राति ९ः४५

    नोमेम्बर २४ : चार खेल

    बेल्जियम भर्सेस क्यानडा : राति १२ः४५
    स्विजरल्यान्ड भर्सेस क्यामरुन : दिउँसो ३ः४५
    उरुग्वे भर्सेस दक्षिण कोरिया : साँझ ६ः४५
    पोर्चुगल भर्सेस घाना : राति ९ः४५

    नोमेम्बर २५ : चार खेल

    ब्राजिल भर्सेस सर्बिया : राति १२ः४५
    वेल्स भर्सेस इरान : दिउँसो ३ः४५
    कतार भर्सेस सेनेगल : साँझ ६ः४५
    नेदरल्यान्ड भर्सेस इक्वेडर : राति ९ः४५

    नोमेम्बर २६ : चार खेल

    इङ्ल्यान्ड भर्सेस अमेरिका : राति १२
    टुनिसिया भर्सेस अष्ट्रेलिया : दिउँसो ३ः४५
    पोल्यान्ड भर्सेस साउदी अरेविया : साँझ ६ः४५
    फ्रान्स भर्सेस डेनमार्क : राति ९ः४५

    नोमेम्बर २७ : चार खेल

    अर्जेन्टिना भर्सेस मेक्सिको : राति १२ः४५
    जापान भर्सेस कोस्टारिका : दिउँसो ३ः४५
    बेल्जियम भर्सेस मोरोको : साँझ ६ः४५
    क्रिएसिया भर्सेस क्यानडा : राति ९ः४५

    नोमेम्बर २८ : चार खेल

    स्पेन भर्सेस जर्मनी : राति १२ः४५
    क्यामरोन भर्सेस सर्बिया : दिउँसो ३ः४५
    दक्षिण कोरिया भर्सेस घाना : साँझ ६ः४५
    ब्राजिल भर्सेस स्विजरल्यान्ड : राति ९ः४५

    नोमेम्बर २९ : तीन खेल

    पोर्चुगल भर्सेस उरुग्वे : राति १२ः४५
    इक्वेडर भर्सेस सेनेगल : राति ८ः४५
    नेदरल्यान्ड्स भर्सेस कतार : राति ८ः४५

    नोमेम्बर ३०ः चार खेल

    इरान भर्सेस अमेरिका : राति १२ः४५
    वेल्स भर्सेस इङ्ल्यान्ड : राति १२ः४५
    टुनिसिया भर्सेस फ्रान्स : राति ८ः४५
    अष्ट्रेलिया भर्सेस डेनमार्क : राति ८ः४५

    डिसेम्बर १ : चार खेल

    पोल्यान्ड भर्सेस अर्जेन्टिना : राति १२ः४५
    साउदी अरेविया भर्सेस मेक्सिको : राति १२ः४५
    क्रोएसिया भर्सेस बेल्जियम : राति ८ः४५
    क्यानडा भर्सेस मोरोको : राति ८ः४५

    डिसेम्बर २ः चार खेल

    जापान भर्सेस स्पेन : राति १२ः४५
    कोस्टा रिका भर्सेस जर्मनी : राति १२ः४५
    दक्षिण अफ्रिका भर्सेस पोर्चुगल : राति ८ः४५
    घाना भर्सेस उरुग्वे :८ः४५

    डिसेम्बर ३ : तीन खेल

    सर्बिया भर्सेस स्विजरल्यान्ड : राति १२ः४५
    क्यामरोन भर्सेस ब्राजिल : राति १२ः४५

  • कतार विश्वकप : शरीर प्रदर्शनमा राेक, टाइट कपडा लगाउन पनि निषेध

    कतार विश्वकप : शरीर प्रदर्शनमा राेक, टाइट कपडा लगाउन पनि निषेध

    काठमाडौं । कतारमा आइतबारदेखि सुरु हुने विश्वकपमा भेषभुसादेखि खानपानसम्ममा कडाइ गरिएको छ ।

    आइतबारदेखि सुरु हुने विश्वकपमा ३२ देशका टोली सहभागी हुनेछन् । खेल हेर्न सहभागी देशसँगै विभिन्न मुलुकका समर्थक तथा दर्शक कतारको रंगशालामा देखिनेछन् ।

    यस्ता दर्शकबाट आफ्नो देशको पहिचान र मौलिकतामाथि आक्रमण नहोस् भन्नका खातिर कतार सरकारले पहिरनमा कडाइ गरेको हो ।

    अन्य विश्वकपमा बडी शो गर्न खुला गरिएको थियो । तर यस पटक यस्तो गतिविधि गर्न रोक लगाइएको छ । अब महिला र पुरुषले रंगशाला वा बाहिर आफ्नो शरीर प्रदर्शन गर्न पाउने छैनन् ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले महिलाले आफ्नो शरीर एक्सपोज गर्ने गरी कुनै पनि पहिरन लगाउन नपाइने नियम कतार सरकारले बनाएको लेखेका छन् ।

    समाचारअनुसार, विदेशबाट आउने महिला समर्थकले अनिवार्य रूपमा काँधदेखि घुँडासम्म छोप्ने लुगा लगाउनुपर्नेछ । टाइट कपडा लगाउन पनि पाइने छैन ।

    यस्तो नियमविपरीत कसैले पहिरन लगाएमा ती महिला समर्थकलाई कतारको कानूनअनुसार कारबाही हुन सक्नेछ ।

  • यस्ताे छ राेनाल्डाेकाे कप्तानीमा विश्वकप खेल्ने पाेर्चुगलकाे टाेली

    यस्ताे छ राेनाल्डाेकाे कप्तानीमा विश्वकप खेल्ने पाेर्चुगलकाे टाेली

    काठमाडाैं । पोर्चुगलले विश्वकपका लागि आफ्नो टोली घोषणा गरेको छ ।

    रोनाल्डोको कप्तानीमा रहेको २६ सदस्यीय टोलीमा केही नियमित सदस्यहरु भने छुटेका छन् । केही चोटका कारण सामेल छैनन् केही प्रशिक्षकको नजरमा पर्न सकेनन् ।

    पोर्चुगलको टोलीमा बर्नान्डो सिल्भा, ब्रुनो फर्नाडेज र जोआओ फेलिक्स संलग्न छन् । तर २६ सदस्यीय टोलीमा जोआओ माउटिन्हो, जोसे फोन्टे र रेनाटो सान्चेज भने अटाउन सकेनन् । लिभरपुलका डियगो जोटा पनि कतार जाने छैनन् ।

    टोलीमा जोआओ क्यान्सेलो, रुबेन डायस र ३९ वर्षीय सेन्टर डिफेन्डर पेपे भने अटाएका छन् । १९ वर्षीय डिफेन्डर एनटोनियो सिल्भा पनि कतार जानेछन् ।

    २०१६ को युरोपियन च्याम्पियन बनेको पोर्चुगलले २०१९ मा नेसन्स लिगको उपाधि पनि उचाल्यो । तर २०१८ को विश्वकपमा अन्तिम १६ मा समेत पुग्न सकेको थिएन ।

    गोलरक्षक : डिओगो कोस्टा, रुई प्याट्रिसियो, जोसे सा

    डिफेन्डर : डिओगो डालोट, डानिलो परेरा, जोआओ क्यान्सेलो, एन्टोनियो सिल्भा, पेपे, रुबेन डायस, नुनो मेन्डेस, राफेल गुरेइरो

    मिडफिल्डर : विलियम कार्भाल्हो, रुबेन नेभ्स, ओटाभियो मोन्टेइरो, बर्नान्डो सिल्भा, म्याथियस नुनेस, ब्रुनो फर्नान्डिस, जोओ मारियो, जोओ पाल्हिन्हा, भिटिन्हा

    फरवार्ड : आन्द्रे सिल्भा, रिकार्डो होर्टा, क्रिस्टियानो रोनाल्डो, जोआओ फेलिक्स, राफेल लिओ, गोन्कालो रामोस

     

  • कतार विश्वकप खेल्ने फ्रान्सकाे टाेलीमा काे-काे परे ?

    कतार विश्वकप खेल्ने फ्रान्सकाे टाेलीमा काे-काे परे ?

    काठमाडाैं । फ्रान्सले कतार फुटबल विश्वकप २०२२ खेल्ने टोली घोषणा गरेको छ ।

    साबिक विजेतासमेत रहेको फ्रान्सले २५ सदस्यीय टोली घोषणा गरेको हो । फ्रान्सले घोषणा गरेको टोलीमा मिडफिल्डरद्वय पाउल पोग्बा र एनगोलो कान्टे चोटका कारण परेका छैनन् ।

    यद्यपि चोटसँग जुधिरहेका डिफेन्डर राफाएल भारान भने टोलीमा अटाएका छन् ।

    फ्रान्सका फरवार्ड एन्थोनी मार्सियल पनि अन्तिम टोलीमा अटाउन सकेनन् । डिफेन्डर विलियम सालिबा र इब्राहिमा कोनाटे भने अन्तिम टोलीमा अटेका छन् ।

    यस्तो छ फ्रान्सको टोली

    गोलरक्षक : ह्युगो लोरिस, अल्फोन्स आरिओला, स्टिभ मान्डान्डा

    डिफेन्डर : लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, दायोट उपमेकानो, राफाएल भारान

    मिडफिल्डर : एडुआर्डो कामाभिन्गा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबीओट, ओरेलिएन चुआमेनी, जोर्डन भेरेटु

    फरवार्ड : करिम बेन्जेमा, किंग्सले कोमान, औस्मान डेम्बेले, ओलिभिर जिरुड, एन्टोइन ग्रिजमेन, केलियन एमबाप्पे, क्रिस्टोफर एनकुन्कु

  • यस्ताे छ विश्वकप खेल्ने ब्राजिलकाे टाेली

    यस्ताे छ विश्वकप खेल्ने ब्राजिलकाे टाेली

    काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि उपाधि दाबेदार मानिएको ब्राजिलले टिम घोषणा गरेको छ ।

    ब्राजिलले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

    सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलले अनुभवी र युवा खेलाडीको मिश्रणमा बलियो टोली बनाएको छ ।

    विश्वकप २०२२ मा ब्राजिल समूह जी मा छ । यस समूहमा सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् । ब्राजिलले पहिलो खेल नोभेम्बर २४ मा सर्बियाविरुद्ध खेल्नेछ ।

    ब्राजिलको टोली

    गोलकिपर : एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (फ्लामेङ्गो)

    डिफेन्डर : ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी), मार्किन्होस (पिएसजी), ड्यानीलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिटाओ (रियल म्याड्रिड), एलेक्स टेलेस (सेभिया), ब्रेमर (युभेन्टस)

    मिडफिल्डर : क्यासेमिरो (म्यान्चेस्टर युनाइटेड), फाबिन्हो (लिभरपुल), लुकास पाक्वेटा (वेस्ट ह्याम), फ्रेड (म्यान्चेस्टर युनाइटेड), ब्रुनो गुइमराएस (न्युकासल युनाइटेड) र एभर्टन रिबिएरो (फ्लामेंगो)

    फरवार्ड : नेमार (पीएसजी), रिचारलीसन (टोटेनहम), भिनीसियस जुनियर (रियल म्याड्रिड), एन्टोनी सान्तोस (म्यानचेस्टर युनाइटेड), गाब्रीएल जेसस (आर्सनल), राफिन्हा (बार्सिलोना), रोड्रीगो (रियल म्याड्रिड), पेड्रो (फ्लामेंगो), गाब्रीएल मार्टिनेली (आर्सनल)