Tag: नारायणकाजी श्रेष्ठ

  • माओवादीबाट नारायणकाजी परराष्ट्रमन्त्री, वर्षमान अर्थमन्त्री, अरु काे–काे ?

    माओवादीबाट नारायणकाजी परराष्ट्रमन्त्री, वर्षमान अर्थमन्त्री, अरु काे–काे ?

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री बन्ने भएका छन् ।

    त्यस्तै, उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका हुन् ।

    माओवादीले सञ्चार मन्त्रीका रूपमा फेरि रेखा शर्मालाई पठाउने भएको छ ।

    त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा शक्ति बस्नेतले निरन्तरता पाउँदा हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।

  • यस्ताे छ गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे स्वास्थ्य अवस्था

    यस्ताे छ गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे स्वास्थ्य अवस्था

    काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको पुष्टि भएको छ ।

    चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठको आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा (इः)’ मा अवरोध देखिएकोे उनको सचिवालयले जनाएको छ ।

    बिहीबार उनी उपचाररत् पेकिङ्ग युनियन मेडिकल कलेज अस्पताल बेइजिङले उपप्रधानमन्त्री श्रेष्ठको ‘मेडिकल सर्टिफिकेट’ जारी गर्दै एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको जानकारी दिएको सचिवालयको भनाइ छ ।

    श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा(इः)’ मा अवरोध देखिएको अस्पतालले जनाएको छ । उनको मुटुको बायाँ धमनीमा महत्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ ।

    श्रेष्ठलाई अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा राखिएको र उनको अवस्था सुधारोन्मुख रहेको पनि अस्पतालले जनाएको छ ।

    ‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई गएराति १ बजे हृदयघात भएको थियो ।

    चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम् प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

  • उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा

    उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा

    काठमाडौं । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सिचुवान प्रान्तको छेन्दु पुगेका छन् ।

    छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सिचुवान प्रान्तीय पर्यावरण तथा वातावरण विभागका महानिर्देशक वाइयू वियान र यहाँस्थित नेपाली महावाणिज्य दूतावासका निमित्त महावाणिज्यदूत मनहरि दङ्गालले स्वागत गरे ।

    उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपतकालीनमन्त्री एवम् चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा गएका हुन् ।

    उनी छेन्दुस्थित थियान्फू अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरमा चीनको बेइजिङ प्रस्थान गर्ने छन् ।

    भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ चीनको बेइजिङमा आयोजना हुने ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिआरएफ)’ मा सहभागी हुनेछन् ।

    उनले यही असोज ३० र आगामी कात्तिक १ गते आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्यवक्ताका रुपमा सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

  • सुशासन तथा सामाजिक न्याय सरकारको मूल मन्त्र : गृहमन्त्री श्रेष्ठ

    सुशासन तथा सामाजिक न्याय सरकारको मूल मन्त्र : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासन, तथा सामाजिक न्यायलाई मूल मन्त्र बनाएर काम गरिरहेको दाबी गरेका छन् ।

    ज्यापु महागुथिको चौथो राष्ट्रिय एकीकृत महाधिवेशनलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनबाट राजनीतिक अधिकार मात्रै होइन आवश्यकता अनुसारको परिवर्तन भएको प्रत्यक्ष अनुभूति गर्न पाउँने स्थिति सिर्जना गर्न आवश्यक भएको भन्दै त्यसको लागि समृद्धिको कार्यभारलाई केन्द्रीय कार्यभार बनाएको बताए ।

    उनले भने, ‘राजनीतिक परिवर्तनबाट राजनीतिक अधिकार मात्रै होइन हाम्रो जीवन फरिएको छ, शिक्षा, स्वास्थ, रोजगारी, खाद्यन्न, आवासलगायत आवश्यकता अनुसारको परिवर्तन गरेर यो नयाँ राजनीतिले हाम्रो जीवन परिर्वतन गरेको छ भन्ने कुरा प्रत्यक्ष अनुभूति गर्न पाउने स्थिति सिर्जना गर्नुपर्छ । त्यसैले आजको केन्द्रीय कार्यभार हामीले समृद्धिको कार्यभार बनाएका छौँ । त्यो पूरा गर्न सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई कार्यभारको मूल मन्त्र बनाएको छ । यही आधारमा काम पनि भइरहेको छ ।’

    उनले दलाल पुँजीवादको जगजगीका कारण राष्ट्रिय पुँजी कम हुने, उत्पादन बढ्न नसकेको र देश गरिबीतिर गएको भन्दै यसको विरुद्धको संघर्ष सबैभन्दा आवश्यक संघर्ष भएको बताए ।

    उनले भने, ‘नेपाल बिग्रिएको किन भने दलाल पुँजीवादको जगजगी भयो पुँजी लगानी, उद्याग धन्दामा लागनी, रोजगारी दिएर विकास गर्नु पनि छैन । आफैँले काम गरेर श्रम गरेर पैसा कमाउनु पनि छैन । त्यसको सट्टा राज्यमा बसेका मानिसलाई प्रयोग गर्ने, राजनीतिक नेता उच्च पदका व्यक्तिहरुलाई संलग्न गराउने र पैसा कमाउने तरिकाले गर्दा राष्ट्रिय पुँजी बढ्न सकेन, उत्पादन बढ्न सकेन देश गरिबीतिर गइरहेको छ । यसको विरुद्धको संघर्ष सबैभन्दा आवश्यक संघर्ष हो ।’

    त्यस्तै, उनले नेपालका हरेक परिर्वतनमा आदिवासीको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै ज्यापु समुदायको त्यसमा उल्लेख्य योगदान रहेको बताए ।

    ‘नेपाल निमार्णमा महत्वपूर्ण भूमिका खेल्ने आदिवासी हो । संस्कृतिको रक्षामा महत्वपूर्ण भूमिका खेलेको समूह हो ज्यापू जाती । आज देशमा प्रधानमन्त्रीले देशको नेतृत्व गर्ने म उपप्रधान एंव गृहमन्त्री हुने देश बहुदलिय प्रतिस्पर्धामा अगाडि बढ्ने, संघीयता समावेशिकरणसहितको लोकतन्त्र स्थापित हुने र त्यसलाई संविधानमा संस्थागत गरेर अगाडि बढ्ने जुन परिवर्तन भएको छ ।’ उनले भने ‘त्यसमा नेपालका सबै जनसमूदायले उल्लेखनीय भूमिका खेलेको छ । तर त्यसमा ज्यापु समूदायको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको कुरा न्यून मूल्यांकन गर्न मिल्दैन । ज्यापु समूदायको भूमिका विना अहिलेको परिवर्तन सम्भव थिएन ।’

  • सरकारको अभियानबाट युवाहरुलाई देशमा केही हुन्छ भन्ने आश पलाएको छ – गृहमन्त्री श्रेष्ठ (भिडिओसहित)

    सरकारको अभियानबाट युवाहरुलाई देशमा केही हुन्छ भन्ने आश पलाएको छ – गृहमन्त्री श्रेष्ठ (भिडिओसहित)

    काठमाडौं । उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको भ्रष्टाचार विरोधी अभियानले आम जनता र युवाहरुमा अब देशमा केही हुन्छ भन्ने आशा पैदा भएको दाबी गरेका छन् ।

    शहीद पार्क जगडोलमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले कसैप्रति कृपा गर्नका लागि सरकारले भ्रष्टाचार,व्यथिती र ठगीविरुद्धको अभियान नरोक्ने प्रष्ट पारे ।

    श्रेष्ठले भने–‘सरकारको यो अभियानले युवाहरुमा अब देशमै केही हुन्छ भन्ने आशा पलाएको छ । कता कता यसले क कसलाई तान्ने हो भनेर विभिन्न त्यान्द्रो जोडिएकाहरुबाट सचेत हुनुपर्छ । सरकारको यो अभियानलाई रोक्न त्यो कृपा कसैप्रति हामी गर्न सक्दैनौं । जुनसुकै पार्टी,घराना,नाता सबन्ध,साथी सँगी होस कसैसँग सरकारलाई मतलब छैन । जो अनुसन्धानको दोषी देखिन्छ कानूनको दायरमा ल्याइनेछ ।’

    गृहमन्त्री श्रेष्ठले निर्दोषलाई सरकारले नफसाउने दाबी समेत गरे ।

     

     

  • पहिचानको नाममा अराजकता सरकारले स्वीकार गर्दैन : गृहमन्त्री श्रेष्ठ

    पहिचानको नाममा अराजकता सरकारले स्वीकार गर्दैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा पहिचानवादीका नाममा केही महिनादेखि जारी आन्दोलन राजनीतिक मर्यादाबाहिर गएको बताएका छन् ।

    शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले पहिचानवादीका नाममा भइरहेको उग्र पदर्शनका क्रममा पार्टीका नेता कार्यकर्तामाथि आक्रमण भइरहँदा सरकार मौन बसेको भन्दै जवाफ मागेका थिए ।

    भट्टराईले जवाफ मागेपछि गृहमन्त्री श्रेष्ठले कुनै पनि अराजक र उदण्ड गतिविधिलाई रोक्न सरकार सक्षम रहेको बताए ।

    उनले बिहीबार मात्रै एमालेका प्रदेश सांसद राम रानामगरलाई इलाम र एकजना मन्त्री तिलकुमार मेयाङ्बोलाई उदयपुरमा आक्रमण प्रयास भएको भन्दै दुवैजनासँग आफूले सम्पर्क गरिसकेको पनि बताए ।

    यसअघि गत वैशाखमा एमाले अध्यक्ष केपी शर्मा ओली झापासहितका जिल्लामा पुग्दा भएको आक्रमणमा संलग्न केहीलाई पक्राउ गरेर सरकारले मुद्दा चलाएको पनि उनले जानकारी गराए ।

    ‘पहिचानका नाममा कसैले उग्रता प्रदर्शन नगर्नू । अराजक क्रियाकलाप सरकारले नियन्त्रण गर्ने छ’, उनले भने, ‘वार्ता र संवादका तरिका अपनाएर यसलाई अन्यथा हुन नदिनेगरी अघि बढ्नु जरुरी छ । राजनीतिक ढंगले समस्याको समाधान पहल सरकारले पनि गर्नेछ ।’

  • दोषी ठहरिए माओवादीकै नेता भएपनि कारबाही गर्छु : गृहमन्त्री

    दोषी ठहरिए माओवादीकै नेता भएपनि कारबाही गर्छु : गृहमन्त्री

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन् ।

    शनिवार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा गरी दोषीमाथि कारबाही हुने बताए । उनले भने– ‘तपाईहरुले अहिले भर्खरै देख्नुभएको छ, आफ्नै देशका नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाइ सम्पति आर्जन गर्नका लागि अर्को देशमा शरणार्थी बनाएर पठाउने जुन योजना थियो, त्यो योजना अनुसन्धान, स्वतन्त्र, निष्पक्ष रुपमा गरेर दोषीमाथि कारबाही हुनुपर्छ भनेर गृह मन्त्रालय र नेपाल प्रहरीले न्यायालयमा पेस गर्ने प्रक्रिया भएको छ । हामी आशा गर्छौं, पीडितलाई न्याय दिने, हाम्रो अनुसन्धान खेर जाने छैन ।’

    उनले आफू राम्रो काम गरेँ भनेर विश्राम गरेर नबस्ने बताए । उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको बाधकका रुपमा जुनसुकै पार्टीको नेता पनि भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न पछि नहट्ने बताए । श्रेष्ठले आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र)का नेताहरु पनि भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने कारबाही गर्न पछि नहट्ने र त्यो बेला आश्चर्यमा पर्न आवश्यक नरहेको बताए ।

    ‘हामीले एक दुईवटा राम्रा काम गरेका छौँ भनेर विश्राम गर्ने पक्षमा छैनौँ । हामी सुशासनको स्थापना गर्न कुन पार्टीको को पर्छ मलाई थाहा छैन, आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टी माओवादीको कोही पर्ला’ उनले भने, ‘उनीहरु भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला । त्यो छुट दिइने छैन । त्यसरी नयाँ ढंगले काम गर्दैछौँ । सबैको सहयोग चाहिएको छ ।’

    उनले कसैले बढुवा, सरुवाको निम्ति अनियमितता गरेर रकम दिने र लिनेलाई नै जेल हाल्ने चेतावनी दिए । उनले भने– ‘हामीले संस्थागत र प्रणालीगत रुपमा काम गर्न जरुरी छ । खबरदार अब कोही कसैले बढुवा, सरुवाको निम्ति म भन्दिन्छु भनेर नागरिक झुक्याउँछ भने दिनेलाई र लिनेलाई नि जेल हाल्छु ।’

    गृहमन्त्री श्रेष्ठले आफू सयौँ पटक चुनाव हार्न तयार रहेको तर निष्पक्षता र संवैधानिक मूल्य मान्यता बिर्सिन नसक्ने बताए ।

  • नेपालमा आफ्नै गोताखोर, उपप्रधानमन्त्री श्रेष्ठले दिए तालिम प्रमाणपत्र

    नेपालमा आफ्नै गोताखोर, उपप्रधानमन्त्री श्रेष्ठले दिए तालिम प्रमाणपत्र

    चितवन। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल जस्तो जल उत्पन्न जोखिम भएको देशमा आफ्नै गोताखोर जनशक्ति उत्पादन गरेर शसस्त्र प्रहरी बलले गौरवपूर्ण काम गरेको बताएका छन् ।

    बिहिबार ‘सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन शिक्षालय’ कुरिनटारमा आयोजित गोताखोर तालिमको समापन समारोहमा उनले उक्त धारणा व्यक्त गरेका हुन् ।

    प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘यो तालिम ठूलो योगदानको रुपमा अंकित हुनेछ । जनताको सेवा गर्न सीपसहित आफूलाई तयार गर्नु सामान्य र सजिलो योगदान होइन ।’

    गण्डकी प्रदेश सरकार समेतको सहयोगमा २० जनाका लागि पाँच हप्तासम्म भएको सैद्धान्तिक एवम् प्रयोगात्मक तालिममा सशस्त्रका जवान गणेशबहादुर थापा उत्कृष्टतामा प्रथम भएका थिए ।

    आफ्नै आवश्यकता आधारमा, सीपयुक्त गोताखोर उत्पादन गर्ने योजना अन्तर्गत नेपालमा भएको यो तेस्रो तालिम हो । नेपालमै तालिम हुनुअघि बंगलादेशमा तालिम भएको थियो । तर सामुन्द्रीक जल उत्पन्न प्रकोप बढी हुने बंगलादेशमा त्यही आधारको तालिम हुने गर्दथ्यो । नेपालमा भने बेगले बग्ने, चिसो बग्ने, बाढी आउने जस्ता जल उत्पन्न जोखिमलाई यहीँको आवश्यकता आधारको तालिम जरुरी थियो । यो तालिमको अभ्यास त्रिशुली लगायतका नदी र फेवातालमा भएको थियो ।

    सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले दिएकाे जानकारी अनुसार अघिल्ला तालिमहरूमा विदेशी प्रशिक्षक समेत हुने गर्थे भने यसपटकका प्रशिक्षार्थी नेपाली नै हुन् । यो तालिमसहित अब ७४ जना तालिम प्राप्त गोताखोर सशस्त्र प्रहरीमा छन् । जल उत्पन्न प्रकोपका हालसम्मका २२७ घटनामा ३२ जनाको जीवितै उद्दार गरिएको छ भने २४४ जनाको मृत्यु भएको छ ।

    समारोहमा नदीमा मानिस डुबेमा आकस्मिक निकाल्ने वा खोज्ने अभ्यासबारे प्रशिक्षार्थीबाट ‘डेमोन्स्ट्रेसन’ प्रस्तुत गरिएको थियो । डुबेका या बगाएका मानिसलाई नदीको वा पानीको भित्री सतहसम्म पुगेर कसरी बचाउने, कसरी प्रारम्भिक उपचार गर्ने जस्ता सन्दर्भ प्रस्तुतिमा थिए । उपप्रधानमन्त्री श्रेष्ठसहित सहभागी अतिथिहरूले उद्दारमा प्रयोग हुने ‘रेफ्टबोटिङ’ समेत गरेका थिए ।

    समारोहमा गण्डकी प्रदेशका पूर्व आन्तरिक मामला तथा कानुनमन्त्री डोबाटे बिक, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, विपत् जोखिम व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गण्डकी प्रदेश सरकारका सचिव बद्री अधिकारी, इच्छाकामना गाउँपालिका चितवनका अध्यक्ष दानबहादुर गुरुङ समेत सहभागी थिए ।

    उपप्रधानमन्त्री श्रेष्ठले शिक्षालयमा रहेको आपतकालीन उद्दारसम्बन्धी सामाग्रीहरूको समेत निरीक्षण गरेका थिए ।

  • ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्नेलाई पक्राउ गरिसक्यौँ : गृहमन्त्री (भिडिओसहित)

    ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्नेलाई पक्राउ गरिसक्यौँ : गृहमन्त्री (भिडिओसहित)

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्ने एक जनालाई पक्राउ गरेको बताएका छन् ।

    बुधबार झापामा ओली सहभागी कार्यक्रममा कालोझण्डा प्रदर्शन र ढुंगामुढा प्रहार भएको थियो ।

    उपप्रधानमन्त्री श्रेष्ठले कोशी नामकरणको विरोध गर्ने समूहले कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्ने प्रयास गरेको बताए ।

    ‘कोशी नामकरणमा विरोृध राख्ने समूहले कालोझण्डा प्रदर्शन गर्ने केही अभद्र व्यवहारसहित त्यो कार्यक्रम हुन नदिने प्रयासस्वरुप ढुंगामुढा गर्ने काम भएको छ । सरकारको तर्फबट दुख व्यक्त गर्न चाहन्छु’

    उनले भने, ‘ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । यस क्रममा दुई जना प्रहरीहरु घाइते भएका छन् ।’

    प्रहरीले सकारात्मक भूमिका खेलेपछि ओली सहभागी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको पनि उनले जानकारी दिए ।

  • गृह मन्त्रालय जानेबारे नारायणकाजीकाे जवाफ : प्रधानमन्त्रीकाे निर्णय मान्छु

    गृह मन्त्रालय जानेबारे नारायणकाजीकाे जवाफ : प्रधानमन्त्रीकाे निर्णय मान्छु

    काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू पार्टी र प्रधानमन्त्रीको निर्णयअनुसार अघि बढ्ने बताएका छन् ।

    सोमबार मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा तपाईं गृह मन्त्रालय जान लाग्नुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘म पार्टीको सिफारिस, प्रधानमन्त्रीको निर्णय र निर्देशनअनुसार काम गर्छु। अहिले त्यसबारेमा कुनै निर्णय भएको छैन ।’

    उनले अब केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए ।

    मन्त्री श्रेष्ठले भने, ‘हाम्रो सरकारले जुन समीकरण निर्माण गरेर काम गरेको थियो । राजनीतिक परिस्थितिमा आएको फेरबदलपछि सरकारको समीकरण परिवर्तन भएको छ । अहिले मन्त्रिपरिषद्ले पूर्णता पाइसकेको छैन । हामी छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छौं । केही दिनभित्रै हुन्छ ।’