Tag: नेपाल-भारत

  • भारतको सहयोगमा त्रिविमा केन्द्रीय पुस्तकालय निर्माण हुँदै

    भारतको सहयोगमा त्रिविमा केन्द्रीय पुस्तकालय निर्माण हुँदै

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको निर्माणका लागि मंगलबार भुमिपूजन गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संयुक्त रुपमा भुमि पुजन गरेका हुन् ।

    समारोहमा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ अधिकारी, दूतावासका प्रतिनिधि, केन्द्रीय परियोजना कार्यान्वयन इकाईलगायत अन्य सरोकारवालाको उपस्थिति थियो ।

    यही अवसरमा उक्त परियोजनाको कार्यान्वयनका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भारतीय राजदूतावासबीच एक समझदारी पत्रमा हस्ताक्षर पनि गरेका छन् । कूल नेपाली रुपैयाँ ३१.६९ करोडको लागतमा नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधि पुनर्निर्माण मापदण्ड अनुरुप यस पुस्तकालयको निर्माण हुनेछ ।

    यसरी निर्माण हुने नयाँ तीन तल्ले भवनमा आधुनिक सुविधा लगायत अतिरिक्त सुविधा सहितको विभिन्न प्राज्ञिक शाखाहरु हुनेछन् । भूकम्प प्रतिरोधी पुनर्निर्माणको क्षेत्रमा काम गर्ने भारतको प्रमुख संस्था केन्द्रिय भवन अनुसन्धान संस्थान (सिबीआरआइ) ले पुस्तकालयको निर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ ।

    भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाल सरकारलाई २५० मिलियन अमेरिकी डलर अनुदान प्रदान गर्ने प्रतिबद्धता गरेको छ । सो रकममध्ये ५० मिलियन अमेरिकी डलर शिक्षाको क्षेत्रमा खर्च हुनेछ । हाल नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको निर्माण भइरहेको छ जसमध्ये १४ वटाको निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने बाँकीको निर्माण कार्य अघि बढिरहेको छ ।

    हालको त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालय भवनको सन् १९६७ मा भारत सरकारको सहयोगमा निर्माण भएको हो । त्रिभुवन विश्वविद्यालयस्थित गान्धी भवनको निर्माण पनि भारत सरकारको सहयोगमा सन् १९७३ मा भएको हो ।

    कार्यक्रममा बोल्दै राजदूत क्वात्राले यो परियोजना भारत र नेपालबीचको बहुपक्षीय एवम् बलियो विकास साझेदारीको प्रमाण भएको बताए । उनले नेपालको सामाजिक एवम् आर्थिक विकासका लागि नेपाल सरकारसँग भारतले निरन्तर हातेमालो गर्ने पनि बताए । मन्त्री पौडेलले नेपालको शैक्षिक पूर्वाधार विकासमा भारत सरकारले पु¥याएको सहयोगका लागि आभार प्रकट गरे ।

  • नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दाेस्राे बैठक सम्पन्न

    नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दाेस्राे बैठक सम्पन्न

    काठमाडाैं । मकवानपुर जिल्लाको हेटौंडामा भारत सरकारको सहयोगमा निर्माणाधीन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दोस्रो बैठक सम्पन्न भएकाे छ ।

    भारत सरकार विदेश मन्त्रालय अन्तर्गतको विकास साझेदारी प्रशासन महाशाखाका सह–सचिव सतीश सिवान र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव कमलप्रसाद पोखरेलले सो बैठकको सह–अध्यक्षता गरेका थिए ।

    परियोजनाको समग्र कार्यान्वयन पक्ष र प्रगतिबारे बैठकमा समीक्षा गरिएकाे छ । समितिले परियोजनाका ठेकेदार र परामर्शदातालाई समयमै परियोजना सम्पन्न गर्न निर्देशन दिएकाे छ ।

    कोभिड महामारीका कारण परियोजनाले गति लिन नसकेको उल्लेख गर्दै दुवै पक्षले उक्त परियोजना महामारीले खडा गरेको चुनौति पार गरी अब निर्माणको अन्तिम चरणमा रहेको बतायो ।

    बैठकका क्रममा नेपाली पक्षले नेपालको पूर्वाधार विकासका लागि गरेको निरन्तर सहयोग गरेको प्रति भारत सरकारलाई धन्यवाद दिएकाे छ । भारत पक्षले पनि नेपाल सरकारसँगको फलदायी सहकार्य र नेपालको शिक्षा पूर्वाधारको विकासका लागि भएका संयुक्त प्रयास प्रति खुशी व्यक्त गरेकाे थियाे ।

    दुई पक्षबीच परियोजना अनुगमन समितिको अर्को बैठक दुवै पक्षलाई अनुकुल पर्ने मितिमा गर्ने सहमति पनि भएकाे छ ।

  • भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बुमा खानेपानी आपूर्ति परियोजनाको उद्घाटन

    भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बुमा खानेपानी आपूर्ति परियोजनाको उद्घाटन

    काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बुमा निर्माण गरिएकाे खानेपानी परियाेजनाकाे उद्घाटन गरिएकाे छ ।

    जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा निर्माण गरिएको खानेपानी आपूर्ति परियोजनाको उद्घाटन राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा भारतीय राजदूतावासका प्रथम सचिव प्रियाधरसिनी आरले साेमबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

    उद्घाटन समारोहमा सोलुखुम्बु जिल्ला समन्वय समिति, खुम्बु पासाङल्हामु गाउँपालिका र खानेपानी उपभोक्ता तथा व्यवस्थापन समितिका अधिकारीलगायत स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थिति रहेकाे थियाे ।

    यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तगर्त यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको एक हो । ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको ४ करोड २३ लाख ९० हजार अनुदान सहयोगमा यस परियोजनामा निर्माण गरिएको हो ।

    यस परियोजनाले खुमजुङ र कुण्डे क्षेत्रका ६०० घरपरिवार तथा विद्यालय लगायत अस्पताल, सरकारी कार्यलय र घुम्न आउने पर्यटकका लागि सफा तथा स्वच्छ खानेपानी उपलब्ध गराउनेछ । यस परियोजनाले विशेष गरी त्यस क्षेत्रका बासिन्दालाई पानी भर्न टाढासम्म जानुपर्ने दैनिक झन्झटबाट मुक्त गरी उनीहरुको जीवनस्तर उकास्न मद्दत गर्नेछ ।

    सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ जसमध्ये ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये सोलुखुम्बुका २ गरी प्रदेश १ मा ७८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले सोलुखुम्बु जिल्लामा ३ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।

  • भारतकाे सहयाेगमा युक्रेनबाट फर्किए ४ नेपाली, देउवाले दिए मोदीलाई धन्यवाद

    भारतकाे सहयाेगमा युक्रेनबाट फर्किए ४ नेपाली, देउवाले दिए मोदीलाई धन्यवाद

    काठमाडौं । भारतले युद्धरत युक्रेनबाट चार नेपालीको उद्धार गरी नेपाल ल्याएकाे छ । भारतले सञ्चालन गरेको अपरेशन गंगाअन्तर्गत चार नेपाली युक्रेनबाछ नयाँदिल्ली हुँदै नेपाल फर्किएका हुन् ।

    नेपाली नागरिक सुरक्षित रुपमा उद्धार गरी ल्याइदिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

    नेपाली नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा देउवाले भारत सरकार र भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका हुन् । यसअघि पनि भारतले केही नेपालीको उद्धार गरिसकेको छ ।

    परराष्ट्र मन्त्रालयले पनि उद्धारका लागि भारतलाई धन्यवाद दिएको छ ।

  • भारतीय विदेश सचिवकाे दाबी : नेपाल र भारत छिट्टै दुई वटा रेल मार्गबाट जोडिन्छन्

    भारतीय विदेश सचिवकाे दाबी : नेपाल र भारत छिट्टै दुई वटा रेल मार्गबाट जोडिन्छन्

    काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्लाले छिट्टै नेपाल र भारत दुई वटा रेलमार्गबाट जोडिने बताएका छन् ।

    बुधबार लालबहादुर शास्त्री एकेडेमीमा आयोजित एक कार्यक्रममा उनले रेलमार्गले दुई देशलाई अझ निकट बनाउने बताएका छन् ।

    उनले भने ‘रेलमार्गका कारण दक्षिण एसियाको भूगोल द्रुत गतिमा आपसमा निकट भइरहेका छन् । छिट्टै नेपाल र भारत दुई वटा रेल लिंक र बंगलादेश र भारत ६ वटा रेल लिंकबाट जोडिने छन् ।’

    भारतीय विदेश सचिव श्रृङ्लाले छिमेक पहिलो नीतिलाई भारतले उच्च प्राथमिकता दिएको पनि जानकारी दिए । पाकिस्तान बाहेकका छिमेकी राष्ट्रसँग निकट रहेर भारतले काम गरिरहेको उनले बताए ।

  • मधेश प्रदेशका तीन जिल्लामा पिछडिएका परिवारलाई भारत सरकारले आर्थिक सहयाेग गर्ने

    मधेश प्रदेशका तीन जिल्लामा पिछडिएका परिवारलाई भारत सरकारले आर्थिक सहयाेग गर्ने

    काठमाडाैं । मधेस प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई भारत सरकारले आर्थिक सहयाेग गर्ने भएकाे छ ।

    उक्त जिल्लाका पिछडिएका घर परिवारलाई एलपी ग्यास चुल्हो, ग्यास सिलिण्डरलगायतका सामग्री उपलब्ध गराउन भारतीय राजदूतावास, काठमाडौं र नेपाल–भारत महिला मैत्री समाजबीच अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत एक समझदारी पत्रमा हस्ताक्षर भएकाे हाे ।

    यस कार्यक्रम अन्तर्गत भारत सरकारको नेपाली रुपैयाँ २ करोड ४ लाख ९० हजार अनुदान सहयोगमा मधेस प्रदेशका तीन जिल्लामा तीन हजारवटा एलपी ग्यास चुल्हो, ग्यास सिलिण्डरलगायतका सामग्री नेपाल–भारत महिला मैत्री समाजमार्फत उपलब्ध गराइनेछ ।

    यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तगर्त यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको एक हो । दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण क्षेत्रका घरपरिवारसम्म एलपी ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच विस्तार गर्नका लागि भारत सरकारले ल्याएको ‘प्रधानमन्त्री उज्ज्वला योजना’ बाट यो योजना प्रेरित छ ।

    सन् २००३ यता भारतले नेपालमा स्वस्थ्य, शिक्षा, खानेपानी तथा सिँचाइ, विद्युतीकरण आदिका क्षेत्रमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ जसमध्ये ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये सर्लाहीका १९, रौतहटका ५ र सप्तरीका ९ गरी मधेस प्रदेशमा ८१ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले यी तीन जिल्लामा हालसम्म ८७ वटा एम्बुलेन्स र तीनवटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

    भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ । यस योजनाको कार्यान्वयनले जनताको जीवनस्तरलाई उकास्न नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले गर्दै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

  • जीटूजीमार्फत रसायनिक मल आपूर्तिका लागि भारत र नेपाल सरकारबीच समझदारी पत्रमा हस्ताक्षर

    जीटूजीमार्फत रसायनिक मल आपूर्तिका लागि भारत र नेपाल सरकारबीच समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौं । जीटूजी व्यवस्थामार्फत युरिया र डिएपी मलको दीर्घकालीन आपूर्तिका लागि भारत र नेपालबीच साेमबार समझदारी पत्रमा हस्ताक्षर भएकाे छ ।

    भारतको तर्फबाट भारत सरकार रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

    नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा १६ गते आयोजित एक भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर एवम् समझदारी पत्रको आदान प्रदान भएकाे हाे । समारोहमा सम्बन्धित मन्त्रालय र भारतीय तथा नेपाली दूतावासका अधिकारीहरुको पनि सहभागिता रहेकाे थियाे ।

    हस्ताक्षर समारोहमा बोल्दै सचिव राजेशकुमार चतुर्वेदीले भारत र नेपालबीचको निकट एवम् बहुपक्षीय सम्बन्धको चर्चा गरे । उनले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पुर्‍याइ कृषिको क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने अपेक्षा पनि गरे ।

    दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याई नेपाली किसानलाई लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ ।

  • ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त सञ्चालक समिति तथा कार्यदलको बैठकमा के-के भए सहमति ?

    ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त सञ्चालक समिति तथा कार्यदलको बैठकमा के-के भए सहमति ?

    काठमाडाैं । भारत र नेपालले द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यबारे सह–सचिव स्तरीय संयुक्त कार्यदल तथा सचिव स्तरीय संयुक्त संचालक समितिको ९ औँ बैठक फागुन ११ र १२ गते काठमाडौंमा सम्पन्न भएकाे छ ।

    भारत सरकार ऊर्जा मन्त्रालयका सचिव आलोक कुमार र नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीको सह–अध्यक्षतामा भारत–नेपाल संयुक्त सञ्चालक समितिको बैठक सम्पन्न भएकाे हाे ।

    बैठकअघि भारत सरकार ऊर्जा मन्त्रालयका सचिव आलोक कुमारले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री श्री पम्फा भुसालसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

    बैठकमा दुवै पक्षले भारत नेपाल साझेदारीमा ऊर्जा क्षेत्र सहकार्य एक बलियो स्तम्भको रुपमा रहेको बताए । साथै नेपालमा विद्युत उत्पादन परियोजनाहरुको संयुक्त विकास, सीमापार विद्युत प्रसारण पूर्वाधारको संयुक्त विकास, सम्बन्धित घरेलु नियम र नीतिगत ढाँचा अन्तर्गत विद्युत व्यापार क्षमता अभिवृद्धि सहयोगमार्फत ऊर्जा क्षेत्रमा सफलता हासिल गर्न सहमति पनि जनाए ।

    उर्जा क्षेत्रमा अझ बलियो र आपसी हितकर सहकार्यका लागि मार्ग प्रशस्त गर्न नेपालले विद्युत उत्पादन क्षमतामा सुदृढिकरण गरेको भारतीय पक्षको ठहर छ । भण्डारण परियोजनामा विशेष जोड दिँदै नेपालमा विकास गर्न सकिने किसिमका जलविद्युत परियोजना निर्माणका लागि संयुक्त जल विकास समितिको स्थापना गर्ने दुई पक्षबीच सहमति पनि भएकाे छ ।

    बैठकमा दुई पक्षबीच उर्जासँग सम्बन्धित छलफललाई जारी राख्ने र अर्को बैठक भारतीय पक्षले आयोजना गर्ने सहमति पनि बैठकले गरेकाे छ ।

  • भारतीय सेनाले दियाे नेपाली सेनालाई एक लाख कोभिडविरुद्धकाे खोप उपहार

    भारतीय सेनाले दियाे नेपाली सेनालाई एक लाख कोभिडविरुद्धकाे खोप उपहार

    काठमाडाैं । भारत सरकारको ‘खोप मैत्री’ योजना अन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको खोपको एक लाख डोज उपहार दिएकाे छ ।

    काठमाडौंको टुँडिखेलस्थित नेपाली सेनाको जंगी अड्डामा बिहीबार आयोजित एक समारोहमा उपहार स्वरुप उक्त खाेप दिइएकाे हाे । गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पी.एन. अनन्थनारायणले नेपाली सेनाका रथी बाल कृष्ण कार्कीलाई सो खोप हस्तान्तरण गरेका हुन् ।

    लेफ्टिनेन्ट जनरल अनन्थनारायणले गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदायलाई सेवा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । भारतले उपहार स्वरुप प्रदान गरेको खोपको स्वागत गर्दै रथी कार्कीले भारतीय सेनाले अघि बढाएको सहकार्यप्रति खुशी व्यक्त पनि गरे ।

    सन् २०२० यता कोभिशिल्ड खोप, स्वास्थ्य सामाग्री, एम्बुलेन्सलगायतका सहयोगमार्फत भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्ध लड्न सहयोग गरिरहेको छ ।