Tag: पुष्पकमल दाहाल प्रचण्ड

  • दिल्लीमा प्रचण्ड र आरजु देउवाबीच भेटघाट

    दिल्लीमा प्रचण्ड र आरजु देउवाबीच भेटघाट

    काठमाडौं । शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवाबीच भेटघाट भएको छ ।

    ‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिबार बिहान भेटघाट भएको हो ।

    सो क्रममा भारतका लागि नेपाली राजदुत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थिति रहेको थियो । शुक्रबार साँझ दुतावासमा आयोजना भएको रात्री भोजमा पनि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो ।

    प्रचण्डले शनिबार नै भारतीय बिदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दैछन् ।

  • यस्तो छ प्रचण्डको भारत बसाईको कार्यक्रम, कहिले कोसँग भेट्दै?

    यस्तो छ प्रचण्डको भारत बसाईको कार्यक्रम, कहिले कोसँग भेट्दै?

    काठमाडौं । भारत भ्रमणका लागि शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यस्त बनेका छन् ।

    भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले स्वागत गरेका थिए उनीसँग होटल ताज मानसिंहमा शिष्टाचार भेट भएको छ ।

    त्यस्तै आजै उनले नेपाली राजदूतावासमा नेपाली संघ संस्थाका प्रतिनिधिहरूसंग भेटघाट गर्ने र नेपाली राजदूतद्वारा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।

    त्यस्तै शनिबार भने प्रचण्ड राजनीतिक भेटवार्तामा व्यस्त हुने छन् । भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश मन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    त्यस्तै विदेश सचिव विनय मोहन क्वात्रासँग पनि उनको भेटवार्ता हुने छ । त्यस्तै प्रचण्ड फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक संस्थाद्वारा आयोजित नेपाल भारत सम्बन्धी सेमिनारमा प्रमुख वक्ताको रूपमा सहभागी हुनेछन् । भारतका विदेश मन्त्रीले प्रचण्डको सम्मानमा दिने रात्रिभोजमा सरकारका शीर्ष मन्त्रीहरूसँग भेटघाटको कार्यक्रम रहेको जनाइएको छ ।

    त्यस्तै आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भ्रमणको कार्यक्रम रहेको छ । त्यस्तै आइतबार नै प्रचण्ड भाजपा मुख्यालय भ्रमणमा पुगेका छन् । त्यसक्रममा उनले भाजपा अध्यक्ष जेपी नड्डासँग भेटघाट गर्न छन् भने भाजपा अध्यक्षद्वारा आयोजित दिवाभोजमा सहभागी हुने छन् ।

  • प्रचण्ड आज भारत जाँदै, मोदीसँग भेट्ने

    प्रचण्ड आज भारत जाँदै, मोदीसँग भेट्ने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार भारत भ्रमणमा जाँदैछन् ।

    उनी भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा तीन दिने भ्रमणमा जान लागेका हुन् ।

    प्रचण्ड आज दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान हुने कार्यक्रम छ ।

    दिल्लीमा रहँदा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

    माओवादी नेता देव गुरुङका अनुसार भाजपा नेतृत्वसँग सद्भावना आदान–प्रदानका सन्दर्भमा प्रचण्ड भारत जान लागेका हुन् ।

  • भाजपाको निम्ताेमा प्रचण्ड शुक्रबार भारत जाने

    भाजपाको निम्ताेमा प्रचण्ड शुक्रबार भारत जाने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् ।

    सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने छन् । भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

    अहिले सत्तारुढ दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पनि भारत भ्रमणमा छिन् ।

  • खुमलटार पुगेर चिनियाँ नेताले भेटे प्रचण्ड

    खुमलटार पुगेर चिनियाँ नेताले भेटे प्रचण्ड

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओबीच भेटवार्ता भएको छ ।

    सोमबार दिउँसो ललितपुरको खुमलटारस्थित निवासमै पुगेर नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लिउले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

    भेटवार्तामा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल सहभागी छन् ।

    ‘नेपालको चारदिने भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज दिउँसो निवास खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ,’ प्रचण्ड सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

    भेटवार्तामा दुई देशका कम्युनिस्ट पार्टीबीच सहकार्यका विषयमा कुराकानी भएकोे बुझिएको छ ।

  • राष्ट्रिय स्वाधिनताका लागि वाम-लोकतान्त्रिक शक्ति एकीकृत हुन जरुरी : प्रचण्ड

    राष्ट्रिय स्वाधिनताका लागि वाम-लोकतान्त्रिक शक्ति एकीकृत हुन जरुरी : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका छन् ।

    मुस्लिम समुदायको पर्व बकर इद (इद–अल–अधा) को अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिहरुको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डो¥याउन परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्तिहरु एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका हुन् ।

    ‘यस पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा सामाजिक सहिष्णुताको भावना विकास गरी समून्नत नेपाल निर्माणका लागि अग्रसर हुन प्रेरित गरोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

    इस्लाम धर्मावलम्बीहरुको यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास प्रचण्डले लिएका छन् ।

    ‘समाजका यिनै परम्परा, भाषा, धर्म र सँस्कृतिले पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका हुन्छन् । यस प्रकारका चाडपर्वहरूको सम्वद्र्धन र प्रवद्र्धन गर्नु हामी सबैको साझा दायित्व पनि हो,’ उनले भनेका छन् ।

    सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

  • प्रचण्डले ट्वीटरमा ८ जनालाई मात्र गरेका छन् फलाे, सबै छोरी–नातिनी र अमेरिकी राजनीतिज्ञ

    प्रचण्डले ट्वीटरमा ८ जनालाई मात्र गरेका छन् फलाे, सबै छोरी–नातिनी र अमेरिकी राजनीतिज्ञ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल ट्वीटरमा जम्मा ८ जनालाई मात्र फलो गरेका छन् ।

    उनले फलो गरेका ८ जना सबै कि त उनकै परिवारका सदस्य (छोरी र नातिनी) छन् कि अमेरिकी राजनीतिज्ञ ।

    प्रचण्डले फलो गरेकामध्ये तीन जना परिवारका सदस्य र बाँकी ५ जना अमेरिकी राजनीतिज्ञ छन् ।

    उनले छोरीहरु रेनु दाहाल र गंगा दाहाल र नातिनी सृष्टी दाहाल केसीलाई फलो गरेका छन् । यस्तै उनले फलो गरेका विदेशीमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, अमेरिकी पूर्वराष्ट्रपति विल क्लिन्टन र अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन रहेका छन् ।

    माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा), नेपालका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई कसैलाई पनि ट्वीटरमा फलो गरेका छैनन् ।

    ट्वीटरमा उनको आधिकारिक ट्वीटर ह्याण्डिल ‘एटसीएमप्रचण्ड’ रहेको छ । ट्वीटरले भेरीफाइ गरेको उनले उक्त ह्याण्डिलबाट उनले आफ्नै पार्टीको कुनै एक नेतालाई पनि फलो गरेका छैनन् । यो समाचार तयार पार्दासम्म उनलाई ट्वीटरमा ३ लाख ६३ हजार ९१९ जनाले फलो गरेका छन् ।

  • देशको राजनीतिको चाबी जनताले माओवादीलाई दिएका छन् : प्रचण्ड

    देशको राजनीतिको चाबी जनताले माओवादीलाई दिएका छन् : प्रचण्ड

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनले देशको राजनीति कता लैजाने भन्ने चाबी आफ्नो पार्टीलाई दिएको दाबी गरेका छन् ।

    बिहीबार ललितपुरमा स्थानीय तहको निर्वाचनमा माओवादीबाट विजयी जनप्रतिनिधिको प्रशिक्षण भेलामा अहिलेको अवस्थामा पनि आफ्नो पार्टीले एक सय २२ पालिका जित्नु ठूलो कुरा भएको उनले बताए । यही जनमत नै देशको राजनीतिको बागडोर कता लैजाने भन्ने चाबी भएको उनको भनाइ छ ।

    ‘हाम्रो पार्टीले सोचेजस्तो परिणाम आएन । कम्तीमा पनि ठीक ढंगले जाँदा एक सय ७० र एक सय ७५ आउँछ । एमाले एक सय ६०–७० मा झर्छ भन्ने सोचेका थियौं । हामीले आंकलन गरेको जति आएन । त्यही भएर ठूलो कम्युनिस्ट पार्टी बन्न सफल भएनौं । एक सय २२ पालिका जित्यौं । यो भनेको पनि धेरै हो । केही परिवर्तन विरोधी र बुर्जुवाहरूले माओवादीको यत्रो आयो भन्ने ठानेका छन्,’ प्रचण्डले भने, ‘जे भए पनि हाम्रो स्थिति निर्णायक हो । निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु थियो । यसले संवैधानिक लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । हामीले कति जित्यौं भनेर हेर्दा एउटा चित्र देखिन्छ । कांग्रेस, एकीकृत समाजवादी, जसपा, लोसपा जसले जिते पनि माओवादीले जितेको देख्छु म । यो जित परिवर्तन विरोधीको हो । देशको राजनीतिको बागडोरलाई कता लैजाने भन्ने चाबी माओवादी केन्द्रलाई नै जनताले दिएका छन् ।’

    गोरखा, कालीकोट, रोल्पा, रुकुममा सबै दल हुँदा पनि माओवादीले आफ्नै बुत्ताले जितेको उनले बताए । तर, ललितपुरमा भिने सोचेजस्तो परिणाम नआएको उनको भनाइ छ । ‘गठबन्धन छ भनेर रिल्याक्स ढंगले पार्टीका नेता कार्यकर्ता लागे । त्यसले मार खायो,’ उनले भने, ‘आफ्नै खुट्टामा उभिने कुरा महत्वपूर्ण हो । आफ्नै बलमा उभिने प्रयास गर्नुपर्छ ।’ प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन संघारमा रहेको भन्दै अहिलेदेखि नै लाग्न निर्देशन दिए ।

    प्रचण्डले ठूलो आन्दोलनको बलमा प्रतिगमनको प्रवृत्ति पराजित भर संसद् पुनस्र्थापना भएकोसमेत बताए । ‘त्यसले निर्वाचन हुने वातावरण भयो । तर स्थानीय तहको निर्वाचन सम्पन्न हुने अवस्था आयो । संविधानको रक्षा गर्ने सबैभन्दा ठूलो दायित्व माओवादीकै हो । समावेशी समानुपातिक प्रणालीको रक्षा भयो । ०७४ पछि ०७९ मा निर्वाचन सफलतापूर्वक भयो,’ उनले भने ।

  • प्रचण्डकाे दाबी : सबै पूर्व माओवादीहरू एक ठाउँमा जुट्ने अवस्था आएकाे छ

    प्रचण्डकाे दाबी : सबै पूर्व माओवादीहरू एक ठाउँमा जुट्ने अवस्था आएकाे छ

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्व माओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको दावी गरेका छन् ।

    आइतबार काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले मुलुकको परिवर्तनलाई रक्षा गर्नका लागि सबै पूर्व माओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको दावी गरेका हुन् ।

    प्रचण्डले एकताको विभाजनको श्रृखला पार गरेर अहिलेको अवस्थामा आएको भन्दै करिव करिव पूर्व माओवादी भन्नेहरु एक ठाँउमा आउने वातावरण बनेको र त्यसको असर अन्य संगठनमा पनि पर्नु स्वभाविक रहेको धारणा राखे । उनले परिवर्तन नरुचाउने तत्वहरु अहिले पनि यसलाई उल्टाउन सकिन्छ कि भन्ने खेलमा लागेको पनि बताए ।

    प्रचण्डले कर्मचारीहरुले राखेका विषयहरुलाई प्राथमिकताका साथ अघि बढाइने बताए ।

  • एसपीपीको सम्झौता ओलीकाे पालामा भएको हो, अहिलेको प्रचार झुटो : प्रचण्ड

    एसपीपीको सम्झौता ओलीकाे पालामा भएको हो, अहिलेको प्रचार झुटो : प्रचण्ड

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी कुनै सम्झौता नभएको बताएका छन् ।

    पेरिसडाँडामा ओयोजित दोलखा जिल्लाका शहीद रित बहादुर खड्काको २१ औं स्मृति सभामा बोल्दै प्रचण्डले कुनै सम्झौता नभएको दाबी गरे ।

    उनले भने, ‘अहिले फेरि एकपटक कुनै न कुनै राष्ट्रवादको झुटो र पाखण्डी प्रचार गर्ने विगतमा देखेको हो, हिजोआज पनि एसपीपी भन्ने हुँदै छ रे भनेर प्रचार गरिएको छ । विल्कुल झुटो हो ।’

    उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले २०१९ सालमा उक्त सम्झौता गरेको आराेप पनि लगाए ।