Tag: पुष्पकमल दाहाल प्रचण्ड

  • …जब कार्यक्रममा बाेल्दाबाेल्दै भावुक बने प्रचण्ड

    …जब कार्यक्रममा बाेल्दाबाेल्दै भावुक बने प्रचण्ड

    काठमाडौं । बुधवार अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड बाेल्दा बाेल्दै भावुक बनेका छन् ।

    प्रमुख अथितिको रूपमा कार्यक्रमबारे बाेल्दा बाेल्दै उनको बोलि रोकिएकाे हाे । ‘जीवनभर हात पाखुरा खियाउने अनि अन्तिममा रित्तो हात घर फर्किनुपर्ने बाध्यता छ । समाजवाद उन्मुख व्यवस्थामा यो हुन सक्दैन’ भन्दै गर्दा उनी भावुक बनेका हुन् ।

    उनकाे बाेली राेकिँदा कार्यक्रममा उपस्थित सबैमा सन्नाटा छायाे ।

  • संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने

    संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने

    काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा छलफल गर्न संवैधाानिक परिषद्को बैठक बोलाइएको छ । भोलि अपरान्ह ४ बजे संवैधानिक परिषद्को बैठक बस्ने भएको हो ।

    आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीश सिफारिसको बिषयमा छलफल भएको थियो ।

    ओलीले प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को बैठक संविधान बमोजिम एक महिनाअघि नै किन बैठक राखिएन भनेर भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

  • श्रीमतीको नाममा प्रचण्डको भावुक सम्बोधन : ‘सीताले मृत्युपनि निकै शान्त रोजिन्’ (भिडिओ)

    श्रीमतीको नाममा प्रचण्डको भावुक सम्बोधन : ‘सीताले मृत्युपनि निकै शान्त रोजिन्’ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालले मृत्यु पनि निकै शान्त रोजेको बताएका छन् ।

    मंगलबार बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सीता विरामी भएपछि राज्यबाट कुनै सुविधा नलिईकनै उनलाई उपचारका लागि आफूहरू हरतरहबाट लागिपरेको बताए ।

    साथै उनले अन्तिम अवस्थामा अस्पतालको आइसीयु वा भेन्टिलेटरमा उनको पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता लागे पनि बाँच्दासम्म सीताले अरूलाई पीडा नदिएको बताए । उनले भने, ‘सीताले मृत्यु पनि निकै शान्त रोजिन् । साढे सात बजे अस्पताल लगेकोमा लगभग ८ : ३० मा उनी बिदा भइन् ।’

    सीताप्रति श्रद्धाञ्जली दिने सबैलाई धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले अस्पतालदेखि पार्टी कार्यालयसम्म र आर्यघाटदेखि बालुवाटारसम्म उनले पाएको सम्मान र श्रद्धाञ्जली उनको त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान भएको बताए ।

    हेर्नुहाेस् भिडिओ :

  • प्रितम सिंहबारे बोलेकाे कुरामा प्रधानमन्त्रीकाे प्रष्टाेक्ति : विक्षिप्त भएका विपक्षीले बबण्डर गर्न खोजे (भिडिओसहित)

    प्रितम सिंहबारे बोलेकाे कुरामा प्रधानमन्त्रीकाे प्रष्टाेक्ति : विक्षिप्त भएका विपक्षीले बबण्डर गर्न खोजे (भिडिओसहित)

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूले बोलेको कुरालाई विक्षिप्त भएका विपक्षीले बबण्डर गर्न खोजेको बताएका छन् ।

    बुधबार काठमाडौंको किर्तिपुरमा अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको तेश्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रितम सिंहको पुस्तकमा रहेका बिषयमा आफूले अभिव्यक्ति दिएपनि विपक्षीले बबण्डर गर्न खोजेको बताए ।

    उनले केही दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री प्रचण्डले सिंहले पुस्तकमा लेखिएको बिषयलाई आफूले जस्ताको तस्तै राखेको भएपनि त्यसलाई अतिरञ्जीत गर्न खोजिएको र त्यसले आफुलाई कुनै फरक नपर्ने जिकिर गरे ।

    उनले अनावश्यक बबण्डरको बेलुन छिटै फुट्ने जिकिर गरे । सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेकाे भन्दै प्रधानमन्त्री प्रचण्डले सरकारको काम देखेर विपक्षीहरु तर्सिएको धारणा राखे । उनले माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्न लागेको र बृहत एकतासहित अगाडि बढ्ने तयारी भइरहेको उल्लेख गरे ।

    माओवादीलाई घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी रहेकाले २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुनेगरि परिणाम दिनुपर्ने उनले बताए । उनले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुने भन्दै सरकार असफल पार्ने, कुप्रचार गर्ने षड्यन्त्रहरुलाई जनताले ठिक पार्ने उल्लेख गरे ।

  • अर्थतन्त्र लयमा फर्किएको प्रधानमन्त्रीको दाबी

    अर्थतन्त्र लयमा फर्किएको प्रधानमन्त्रीको दाबी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्रीले आफैँ सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय भएको बताएका छन् ।

    पोखरामा सञ्चारकर्मीसँगको अन्तर्क्रियामा उनले भने ‘अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो । तर, अर्थतन्त्र बिस्तारै लयमा फर्किएको छ ।’

    त्यस्तै, यसपटकको भारत भ्रमण ऐतिहासक रुपमा सफल भएको दाबी गरेका उनले भारतीय प्रधानमन्त्रीले आफैले सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय भएको उनको दाबी छ ।

    उनले भने, ‘यसपटकको भारत भ्रमण ऐतिहासक भएको छ । राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएका छन् । भारतीय प्रधानमन्त्रीले आफैँ सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो । यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैन ।’

    उनले विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेको भन्दै जनताका समस्या सम्बोधन गर्ने प्रयासमा सरकार रहेको बताए ।

    उनले भने, ‘बजेट पास होला कि नहोला भन्ने तरंग थियो। बिनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ, यसपटक हामीले भिन्न ढंगले नै काम सुरू गरेका छौँ। यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ । जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस गरिएको छ । विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ ।’

    उनले गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी गर्दै समझदारीका साथ अगाडि बढ्ने बताए ।

  • पूर्वमाओवादी शक्तिहरूबीच एकताको ठोस पहल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

    पूर्वमाओवादी शक्तिहरूबीच एकताको ठोस पहल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच एकताको ठोस पहल भइरहेको बताएका छन् ।

    शनिबार बिहान पोखरामा पार्टीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एकताका लागि पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको बताएका हुन् ।

    माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले पार्टी कमजोर हुँदा अहिलेसम्मका परिवर्तन नै कमजोर हुने महशुस गर्दै पूर्वमाओवादीहरूबीचको एकताबारेको छलफललाई बृहत् पारिएको बताए ।

    ‘हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

    उनले पार्टीलाई राम्रो बनाउन नयाँ ढंगले सोचेको पनि बताए । प्रधानमन्त्री प्रचण्डले सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको र त्यसलाई सफा नगरी देश नबन्ने पनि जिकिर गरे ।

    उनले नवगठित समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्ने पनि बताए । यसमा पूर्वमाओवादीहरू पनि छलफलमा रहेको र पार्टी एकताकै लागि ठोस पहल अगाडि बढाइने उनको भनाइ छ ।

  • धानको उत्पादन वृद्धिलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री दाहाल

    धानको उत्पादन वृद्धिलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री दाहाल

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धानको उत्पादन वृद्धिलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

    धान दिवसका अवसरमा आज (शुक्रबार) बिहान शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले धानको उत्पादन बढाउन वर्तमान सरकारले विभिन्न कार्यक्रम कार्यान्वयनमा जोड दिएको बताएका हुन् ।

    ‘देशमा खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता कायम गर्नमा धानको प्रमुख भूमिका रहेको परिप्रेक्ष्यमा राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले सिँचाई सुविधाको विस्तार, रासायनिक मल तथा बीउमा अनुदान, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रमहरू प्राथमिकताका साथ कार्यान्वयन गरिआएको छ’, शभुकामना सन्देशमा भनिएको छ ।

    तर पनि आन्तरिक उत्पादन अपर्याप्त भएकाले धान–चामल आयात बर्सेनि बढिरहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

    सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, ‘यी प्रयासहरूले धान उत्पादन वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको भए तापनि बढ्दो माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादन अपर्याप्त भएकाले धान चामल आयात बर्सेनि बढ्दै गएको छ ।’

  • मोर्चाको घोषणापछि अध्यक्ष दाहालकाे गर्जन : अब हामीलाई कसैले रोक्न सक्दैन

    मोर्चाको घोषणापछि अध्यक्ष दाहालकाे गर्जन : अब हामीलाई कसैले रोक्न सक्दैन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले घोषणा गरिएको समाजवादी मोर्चाबारे सबै कम्युनिष्ट र प्रगतिशील बामपन्थीले गहिरो गरेर विचार गर्न आवश्यक रहेको बताएका छन् ।

    सोमबार समाजवादी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफुहरुको सफलतालाई कसैले रोक्न नसक्ने बताए ।

    उनले भने ‘हाम्रो सफलतालाई कसैले रोक्न सक्दैन । हामीले हरेक पार्टीको स्वतन्त्रतालाई जर्वजस्ती सिध्याउने काम गरेका छैनौं । पार्टीको स्वतन्त्रताको रक्षा होस् या देश र जनताको दिद्यमान समस्याको समाधान गर्न एकताको आवश्यक छ , यसलाई सबै कम्युनिष्ट र प्रगतिशील बामपन्थीले गहिरो गरेर विचार गर्न जरुरी छ ।’

    अध्यक्ष दाहालले हिजोको इतिहास र त्यसलाई सफल पार्न नसकेको तीतो अनुभवलाई स्मरण गर्दै मोर्चा आवश्यक ठानिएको स्पष्ट पारे ।

    उनले भने ‘जति जति बेला पार्टीहरुको विचमा निश्चित उद्देश्यको लागि मोर्चा बनेको छ र निश्चित विचार र उदेश्य सहित मोर्चा अगाडि बढेको छ र सफल भएको छ । तर मोर्चाको बाटोबाट नगएर फर्केर पार्टी एकता गर्छु भन्दा दुर्घटना भएको छ । त्यसैले म के ठान्छु भने हिजो नेकपाको प्रस्तावक समाजवादतर्फ देशलाई लान र विशाल शक्ति सञ्चय गर्ने उदेश्यका साथ अगाडि बढेको हिजोको इतिहास र त्यसलाई सफल गर्न नसकेको तीतो अनुभवलाई स्मरण गर्दै आज घोषणा गरेको मोर्चाले हिजोको अनुभवको नयाँ संश्लेषण भएको छ ।’

  • ताप्लेजुङ उडेको प्रधानमन्त्री सवार हेलिकप्टर विराटनगरमा आकस्मिक अवतरण

    ताप्लेजुङ उडेको प्रधानमन्त्री सवार हेलिकप्टर विराटनगरमा आकस्मिक अवतरण

    विराटनगर । संखुवासभाको बाढी पहिरो निरीक्षण गरी ताप्लेजुङका लागि उडेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकप्टर विराटनगरमा आकस्मिक अवतरण भएको छ ।

    मौसमको प्रतिकुलताका कारण प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टर विराटनगरमा अवतरण गरेको उनका प्रेस संयोजक सूर्य किरण शर्माले बताए ।

    प्रधानमन्त्री ‘प्रचण्ड’ आज दिउँसो बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न संखुवासभा पुगेका थिए ।

    प्रधानमन्त्री प्रचण्ड आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी काठमाडौं फर्कने कार्यक्रम थियो ।

  • प्रधानमन्त्रीद्वारा ग्यास उत्खनन् क्षेत्रको निरीक्षण

    प्रधानमन्त्रीद्वारा ग्यास उत्खनन् क्षेत्रको निरीक्षण

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दैलेखको शीरस्थानमा अवस्थित प्राकृतिक ग्यास उत्खनन् क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन् ।

    बुधबार दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा सम्बोधनपश्चात् प्रधानमन्त्री उक्त क्षेत्रमा पुगेका हुन् । अवलोकन र निरीक्षणका क्रममा प्रधानमन्त्रीले ग्यास उत्खनन् र यससँग सम्बन्धित विषयको जानकारीसमेत लिए ।

    निरीक्षण अघि प्रधानमन्त्री प्रचण्डले दैलेखको दुल्लुस्थित दहगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए । दाहाल, लम्साल, रूपाखेती, कुंवर र राणा वंशका कुल शिरोमणि दाशुको शालिक अनावरण तथा गुरूयोजना सार्वजनिक कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गरे ।

    उनले आफ्नो दोस्रो कार्यकाल देशका लागि परिणामुखी भएको स्मरण गर्दै तेस्रो कार्यकाल इतिहासकै सफल कार्यकाल बनाउन सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित सरकार अगाडि बढिरहेको पनि बताए ।