Tag: फुटबल

  • यु-२० साफ : उपाधिका लागि भारत र बंगलादेशबीच प्रतिस्पर्धा

    यु-२० साफ : उपाधिका लागि भारत र बंगलादेशबीच प्रतिस्पर्धा

    काठमाडौं । यु-२० पुरुष साफ च्याम्पियनसिप फुटबल २०२२ को उपाधिका लागि घरेलु टोली भारत र बंगलादेशबीच शुक्रबार प्रतिस्पर्धा हुँदै छ ।

    भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको शीर्षस्थान दुईमा रहँदै बंगलादेश र भारतले फाइनल स्थान पक्का गरेका हुन् ।

    पहिलो पटक यु-२० आधारमा आयोजना भएको प्रतियोगितामा दुबै टोलीले उपाधि जित्ने बताएका छन् । घरेलु टोली भारत समूहमा भागेको हारको बदला लिन चाहन्छ । यता, बंगलादेश प्रतियोगितामा अपराजित यात्रा काम गर्दै उपाधि जित्ने दाउमा छ ।

    भारत प्रतियोगिताको साविक विजेता समेत हो । नेपालमा सन् २०१९ मा आयोजना भएको यु-१८ साफमा भारतले बंगलादेशलाई नै २–१ ले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।

    त्यस अघि सन् २०१५ र १७ मा यु १८ र यु १९ आधारमा भएको प्रतियोगिताको दुबै उपाधि नेपालले जितेको थियो । त्यस यता नेपाली टोली समूह चरणबाट माथि उठ्न सकेको छैन ।

    भारतमा जारी प्रतियोगितामा बंगलादेश चार खेलमा १० अंक जोड्दै शीर्षस्थानमा रह्यो । भारत एक हार र तीन खेलमा जित निकाल्दै ९ अंक सहित दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाएको हो ।

    यस अघि समूहमा भएको खेलमा बंगलादेशले भारतलाई २–१ अन्तरले पराजित गरेको थियो ।

  • यु २० साफ च्याम्पियनसिप : बंगलादेशसँग रोकिएसँगै नेपालले भारतको नतिजा कुर्नुपर्ने

    यु २० साफ च्याम्पियनसिप : बंगलादेशसँग रोकिएसँगै नेपालले भारतको नतिजा कुर्नुपर्ने

    काठमाडौं । समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरीमा रोकिएसँगै साफ यु २० च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपालले भारतको खेल कुर्नपर्ने भएको छ ।

    भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा भएको खेलमा बराबरी खेलेसँगै बंगलादेश भने फाइनलमा स्थान सुरक्षित गरेको छ । अब, नेपाल र भारत मध्य एक टोली फाइनल पुग्नेछन् ।

    समूह चरणको अन्तिम खेलमा आज साझ सवा ७ बजे भारत र माल्दिभ्स भिड्दै छन् । जुन खेलमा भारत पराजित भए नेपाल फाइनल पुग्नेछ । यदि भारतको जित या बराबरले भने भारत नै लगातार फाइनलमा स्थान बनाउनेछ ।

    मंगलबार बंगलादेशका लागि अहमद नोभाले खेलको ६४औं मिनेटमा अग्रता दिलाए । नेपालका वैकल्पिक खेलाडी निराजन मल्लले खेलको ६८औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

    यस अघि खेलको दोस्रो हाफमा मैदानमै हात हालाहालको अवस्था सृजना भएपछि नेपालका दुई र बंगलादेशका एक खेलाडीले रातो कार्डको सामना गरेका थिए । नेपालमा दिपेश गुरुङले सिधै रातो कार्ड पाएका थिए । यस्तै बेन्च खेलाडी रोहित सुब्बाले रातो कार्ड पाएका थिए । बंगलादेशका बाहिदुल इस्लामले दोहोरो पहँेलो कार्डको सामना गरेका थिए ।

    यस अघि प्रशिक्षक मेघराज केसीको प्रशिक्षणमा नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल भारतसँग ८–० ले पराजित भएको थियो ।

  • नेपाली टिममा परिवर्तन : बंगलादेशविरुद्धकाे खेलमा सन्दीप पनि खेल्ने

    नेपाली टिममा परिवर्तन : बंगलादेशविरुद्धकाे खेलमा सन्दीप पनि खेल्ने

    काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपालले खेलाडी परिवर्तन गरेको छ । भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा हुने खेल नेपाली समय अनुसार सवा ४ बजे सुरु हुनेछ ।

    आइतबार राति भारतविरुद्ध मैदान उतारेका मनग्य नकर्मीको स्थानमा मुख्य प्रशिक्षक मेघराज केसीले सन्दीप कार्कीलाई नै फर्काएका छन् । सन्दीपले त्यसअघिका दुई खेलमा पनि पहिलो रोजाईमा स्थान बनाएका थिए ।

    भारतविरुद्ध ८-० को पराजय भोग्दा पहिलो रोजाइमा परेका अन्य १० खेलाडीले भने टिममा यथावत छन् । नेपालले राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको शीर्ष दुईमा रहँदै फाइनल पुग्न नेपालका लागि आजको खेल महत्त्वपूर्ण छ ।

    यसअघिका तीन खेलबाट ६ अंक जोडेको नेपालले आजको खेलमा तीन अंक हासिल गरे बंगलादेश समान ९ अंक बनाउने छ । यदि, आज नेपालले खेल जितेर मात्रै पुग्दैन । हेड टु हेडमा बलियो हुन कम्तिमा ५–० को जित निकाल्नु पर्नेछ ।

    मंगलबार नै हुने अर्को खेलमा भारत र माल्दिभ्स आमने सामने हुँदा त्यो खेलको नतिजाले पनि नेपालको यात्रामा प्रभाव पार्नेछ ।

    नेपालको प्लेइङ सेट :

    गोलकिपर : ईश्वर गुरुङ

    डिफेन्डरः अजय चौधरी, अमर श्रेष्ठ, अभिषेक वाइवा, सुमित श्रेष्ठ

    मिडफिल्डरः आशिष राई, दिपेश गुरुङ, सन्दीप कार्की

    फरवार्डः सुगम सुवाल, कृतिश रत्न छुन्जु, आयुष घलान

    तस्बिर : साफ 

  • बायर्न म्युनिखलाई जर्मन सुपर कप उपाधि

    बायर्न म्युनिखलाई जर्मन सुपर कप उपाधि

    काठमाडौं । आरबी लाइपजिगलाई ५–३ ले पराजित गर्दै बायर्न म्युनिखले शनिबार राति जर्मन सुपर कप च्याम्पियन बनेको छ ।

    बायर्नलाई जिताउन जमल मुसिएला, साडियो माने, बेन्जामिन पाभार्ड, सर्ज जिनाब्री र लिरोए सानेले समान एक एक गोल गरे ।

    लाइपजिगका मार्सेल हाल्सटेनवर्ग, क्रिस्टोफोर एनकुुकु र ड्यानियल ओल्मोले सान्त्वना गोल गरे । साबिक बुन्डेसलिगा च्याम्पियन बायर्नको यो सिजनको पहिलो उपाधि हो ।

    बायर्नले लगातार तेस्रो पटक तथा समग्रमा १० औँ पटक सुपर कपको उपाधि जितेको हो ।

  • सिटीलाई हराएर लिभरपुलले जित्याे कम्युनिटी शिल्डको उपाधि

    सिटीलाई हराएर लिभरपुलले जित्याे कम्युनिटी शिल्डको उपाधि

    काठमाडौं । म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराउँदै शनिबार राति लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

    लेस्टरमा भएको खेलमा लिभरपुललाई जित दिलाउन ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन नुनेजले एक एक गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले सान्त्वना गोल गरे ।

    खेलमा लिभरपुलले अग्रता लिएको थियो । पहिलो हाफमा १-० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्‍यो ।

    गत सिजन सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो भने लिभरपुलले एफए कप जितेको थियो ।

  • मेस्सी, नेयमार र एम्बाप्पेको गोलमा पिएसजी विजयी

    मेस्सी, नेयमार र एम्बाप्पेको गोलमा पिएसजी विजयी

    काठमाडौं । प्रि– सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको पिएसजीले तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा पिएसजीले जापानीज क्लब गाम्बा ओसाकालाई ६–२ अन्तरले पराजित गर्‍यो।

    पिएसजीको जितमा नेयमारले दुई गोल गरे । यस्तै, लियोनल मेस्सी, केलियन एम्बाप्पे, नुनो मेन्डिस र पाब्लो सरबियाले समान एक एक गोल गरे ।

    पहिलो हाफमा ४ गोल गरेको पिएसजीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । यस्तै, ओसाकाको लागि केइसुके कुरोकावा र हिरोतो यमामीले एक एक गोल गरे ।

    यस खेलसँगै पिएसजीको जापान टुर सकिएको छ ।

  • बार्सिलोनाले रियल मड्रिड र सिटीले बायर्नलाई हरायो

    बार्सिलोनाले रियल मड्रिड र सिटीले बायर्नलाई हरायो

    काठमाडौं । प्रि-सिजनको ‘एल क्लासिक’ भिडन्तमा बार्सिलोनाले रियल मड्रिडलाई १–० अन्तरले हराएको छ ।

    रोबर्ट लेवान्डोवस्कीलले डेब्यु गरेको खेलमा बार्सिलोनालाई जिताउन २७औं मिनेटमा राफिन्हाले गरेको गोल निर्णायक बन्यो ।

    लेवान्डोवस्की बायर्न म्युनिख र राफिन्हा लिड्स युनाईटेडबाट यसै सिजन क्याम्प नोउ भित्रिएका थिए । यस्तै, प्रि-सिजन टुरमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई १–० अन्तरले पराजित गरेको छ ।

    सिटीलाई जित दिलाउन १२औं मिनेटमा डेब्यु खेलाडी एर्लिङ हालाण्डले निर्णायक गोल गरे ।

  • गोलरक्षक किरणलाई माल्दिभ्समा दोस्रो लिग उपाधि

    गोलरक्षक किरणलाई माल्दिभ्समा दोस्रो लिग उपाधि

    काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण कुमार लिम्बू (चेम्जोङ) ले माल्दिभ्सको शीर्ष डिभिजन लिगको उपाधि दोस्रो पटक जितेका छन् ।

    शुक्रबार भएको धिवेही प्रिमियर लिगको खेलमा किरण सम्मिलित माजिया स्पोर्टस् एण्ड रिक्रियसनले डा ग्रान्ड स्पोर्टस् क्लबलाई १–० ले पराजित गर्दै लगातार तेस्रो पटक लिग उपाधि हात पारेको हो । समग्रमा उसको लिग उपाधि चौथो हो ।

    माजियाको जितमा स्पेनिस खेलाडी टाना डोनिन्गुइजले ४१औं मिनेटमा निर्णायक गोल गरे । बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

    नेपाली टोलीका कप्तान समेत रहेका किरणले माजियाको तर्फबाट पूरा समय मैदान बिताएका थिए ।

    माल्दिभ्समा किरणको यो दोस्रो लिग उपाधि हो । यस अघि किरणले टिसी स्पोर्टस्बाट लिग उपाधि जितेका थिए । ३२ वर्षीय किरणले माल्दिभ्समा सन् २०१८–१९ मा उपाधि जितेका थिए । जुन समय उनि लिगकै उत्कृष्ट गोलरक्षक घोषित भएका थिए ।

    १९ खेल खेल्दा माजियाले १८ खेलमा जित, एक खेलमा हार बेहोर्दै ५४ अंक जोडेको छ ।

  • मेस्सीको गोलमा पीएसजी विजयी

    मेस्सीको गोलमा पीएसजी विजयी

    काठमाडौं । प्रि–सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।

    बुधबार भएको खेलमा पिएसजीले जापानी क्लब कावासाकी फ्रन्टटालेमाथि २–१ को जित निकाल्यो ।

    उसको जितमा अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र अर्नाेउ कालीमुइन्डो मुइंगाले समान एक गोल गरे । घरेलु टोलीका काजुया यामामुराले एक गोल फर्काए ।

    प्रि–सिजनमा पिएसजीको यो लगातार दोस्रो जित हो । यसअघि पिएसजीले फ्रान्सेली क्लब क्वीभिलीमाथि २–० को जित निकालेको थियो ।

  • इन्टर मियामीको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

    इन्टर मियामीको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

    काठमाडौं । प्री- सिजन टुर अन्तर्गत अमेरिका भ्रमणमा रहेको क्याटलान क्लब बार्सिलोनाले इन्टर मियामी सीएफको पोस्टमा आधा दर्जन गोल गरेको छ ।

    बुधबार बिहान सम्पन्न खेलमा ला लिगा महारथी क्लब बार्सिलोनाले दुबै हाफमा समान तीन गोल गर्‍यो । आक्रमणमा मजबुद प्रदर्शन गरेको जाभिको टिमले पुरै समय मियामीलाई दबाबमा राखेको थियो ।

    बार्सिलोनाको जितमा पीएरे इम्रीक औबामेयाङ, डेब्यु गरेका राफिन्हा, अन्सु फाती, गाबी, मेम्फिस डिपाए र औसमान डेम्बेलेले एक एक गोल गरे ।

    अब बार्सिलोनाले अमेरिका भ्रमणमा सहरी प्रतिद्वन्दी रियल मड्रीड र युभेन्ट्ससंग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।