Tag: फुटबल

  • युनाइटेड छाड्ने मनसायमा रोनाल्डो, प्रि-सिजनमा सहभागी नहुने

    युनाइटेड छाड्ने मनसायमा रोनाल्डो, प्रि-सिजनमा सहभागी नहुने

    काठमाडौं । गत सिजन इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमा पुनः अनुबन्ध भएका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो एक वर्षपछि नै क्लब छाड्ने मनसायमा पुगेका छन् ।

    खेल करियरको उतरार्द्धमा रहेका रोनाल्डो क्लबको खराब प्रदर्शन र यूईएफए च्याम्पियन्स लिग बाहिर रहेका कारण युनाइटेडमा खुसी छैनन् ।

    इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले प्रि-सिजनका लागि थाइल्यान्ड र अस्ट्रेलियाको भ्रमणमा निस्कँदै छ । तर, स्टाइकर रोनाल्डो त्यसमा सहभागी नहुने बताउँदै आएका छन् ।

    केही दिनअघि रोनाल्डोले क्लब छोड्न चाहेको र त्यसबारे क्लब व्यवस्थापनलाई जानकारी दिएको बताएका थिए । क्लबले भने पारिवारिक कारण क्लबको प्रशिक्षणमा सहभागी नभएको जनाएको छ ।

    युनाइटेडले थाइल्यान्डमा मंगलबार लिभरपुलको सामना गर्नेछ । त्यस्तै, अस्ट्रेलिया भ्रमणमा युनाइटेडले क्रिस्टल प्यालेस र एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछ ।

  • रोनाल्डिन्होसँग खेल्न पाउनु भाग्यशाली कुरा हो : रोहित चन्द

    रोनाल्डिन्होसँग खेल्न पाउनु भाग्यशाली कुरा हो : रोहित चन्द

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दले ब्राजिलियन लेजेन्ड फुटबलर रोनाल्डिन्होसँग खेल्न पाउनु अद्भुत र भाग्यशाली कुरा भएको बताएका छन् ।

    आइतबार सामाजिक संजालमा रोनाल्डिन्होसँग खेलेपछिको अनुभव साट्दै अनुभवी खेलाडी रोहितले ‘जादू’ हेर्दै आएको रोनाल्डिन्होसँग खेल्नु भाग्यशाली कुरो भएको बताए ।

    हाल इन्डोनेसियन शीर्ष डिभिजन लिग क्लब पेर्सिक केडेरीमा अनुबन्ध भएका रोहितले गत साता रोनाल्डिन्हो सम्मिलित टिमसँग ‘ट्रोफियो रोनाल्डिन्हो’ नामको मैत्रीपूर्ण खेल खेलेका थिए ।

    ‘रोनाल्डिन्होसँग खेल्न मैदानमा उत्रन पाउनु अद्भुत अनुभव थियो,’ रोहितले लेखेका छन् । ‘मैले कहिल्यै यो हुनेछ भन्ने सोचेको थिइन । मेरा लागि, जसले सानैदेखि रोनाल्डिन्होको जादु हेर्दै आएको थिए । उसैसँग खेल्न पाउनु निकै ठूलो अनुभव र भाग्यशाली कुरा हो ।’

    उक्त खेलमा नेपाली टिमका मिडफिल्डर रोहित पनि केडेरीबाट पहिलो रोजाईमा रोनाल्डिन्होको टिम रेन्स नुसनतारासँग खेलेका थिए । खेलमा रोहितको टिम पेनाल्टी सुटआउटमा ४–२ ले विजयी भयो ।

  • अर्जेन्टिनाले विश्वकप जित्ने एमाले नेता सुवास नेम्बाङको विश्वास

    अर्जेन्टिनाले विश्वकप जित्ने एमाले नेता सुवास नेम्बाङको विश्वास

    काठमाडौं । पूर्व सभामुख तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङले आगामी नोभेम्बरमा हुने कतार फिफा विश्वकप अर्जेन्टिनाले जित्ने विश्वास व्यक्त गरेका छन् ।

    एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्बाङ अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीका समर्थक हुन् । शुक्रबार नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै नेम्बाङले आफू मेस्सी र अर्जेन्टिनाको शुभचिन्तक रहेको र अर्जेन्टिनाले विश्वकप जित्नेमा विश्वास रहेको बताए ।

    ‘यो वर्ष अर्जेन्टिनाले, मेस्सी विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ ।’ नेम्बाङले भने ।

    यस्तै उनले विश्वकप आफ्नो घरमा या सकेसम्म कतारमै पुगेर हेर्न सुझाएका छन् । ‘कतारमा चार महिना पछि हुने फुटबल तपाई हामी, आ–आफ्नो घरमा बसेर होस् या यहि बसेर होस् । सकिएछ भने कतार पुगेर होस्, हेरौला ।’

    यस्तै उनले आफु अहिले खेल्ने अवस्थामा नरहेपनि राति उठेर युरोपेली लिग हेर्दै आएको बताउँदै हाल मेस्सी बार्सिलोना छोडेर फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पीएसजी) गएकाले बार्सिलोना भन्दा पीएसजीको खेल हेर्न थालेको प्रतिक्रिया दिए ।

    ‘आजकाल आफै खेल्न नसक्ने भएपनि १२–१ बजे फुटबल हेर्छु । इंग्लिस प्रिमियर लिग, ला लिगा ।’

    ‘मेरो आचकाल सारै मन पर्ने खेलाडी पीएसजी गयो । पीएसजी पुगेको हुँनाले बार्सिलोनाको हेर्न छोडेको छु । अर्जेन्टिना र पीएसजीको खेल हेर्छु ।’ उनले भने ।

    कतारमा आगामी नोभेम्बरमा हुने विश्वकपका लागि ३२ देशले छनोट पार गरिसकेका छन् । अर्जेन्टिना भने दक्षिण अमेरिकाबाट दोस्रो स्थानमा रहँदै विश्वकपमा स्थान बनायो ।

    यता, एसियाबाट ६ टिम सहभागी छन् । यस्तै, नेपाल भने दोस्रो चरणबाट माथि बढ्न सकेन ।

  • नयाँ कार्यसमितिसँग प्रशिक्षक अब्दुल्लाह काम गर्न इच्छुक

    नयाँ कार्यसमितिसँग प्रशिक्षक अब्दुल्लाह काम गर्न इच्छुक

    काठमाडौं । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै गत सोमबार पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ अध्यक्षमा निर्वाचित भए । बुढानिलकन्ठस्थित पार्क भिलेजमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको मात्रै पूर्ण नतिजा आएको थियो । सदस्यको भने गणना जारी थियो ।

    यही समय नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली फुटबललाई भविष्यको कामनासहित नेपाली फ्यान्सलाई धन्यवाद दिँदै नेपाली टिमसँग काम नगर्ने संकेत गरेका थिए । तर, सामाजिक सञ्जालको स्टोरी अब्दुल्लाहले केही समयमै हटाए ।

    प्रतिक्रिया स्वाभाविक थियो, नतिजा अब्दुल्लाहले चाहेको जस्तो थिएन । उनी निकट मानिएका अध्यक्ष शेर्पा पराजित भए । अब्दुल्लाहले यसअघि नै शेर्पाबाहेक नयाँ टिमसँग आफू काम नगर्ने बताएका थिए ।

    नयाँ कार्यसमितिले बुधबार नै सपथ खायो । तत्काल बसेको कार्यसमितिको बैठकले एन्फाको महासचिव र कोषाध्यक्ष क्रमशः किरण राई र रवीन्द्र जोशीलाई नियुक्त गर्नेसँगै सात बुँदामा रहेर केहि निर्णय गर्‍याे ।

    महत्वपूर्ण अर्काे निर्णयमा प्रशिक्षक अब्दुल्लाहसँग विवादपछि टिम बाहिर रहेका १० खेलाडीलाई राष्ट्रिय टिममा सहभागी गराउने निर्णय गर्‍याे । यस्तै प्रशिक्षकको हकमा भने निज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरी छानविन समितिको सुझाव कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दियो । अर्थात् उनको विकल्प खोज्न आग्रह गरियो ।

    निर्णयसँगै एन्फाका नवनियुक्त महासचिव किरण राईले प्रशिक्षक अब्दुल्लाहसँग सम्पर्क भएको र अब्दुल्लाह नेपाल फर्कन इच्छुक भएको न्युज कारखानालाई बताएका छन् । ‘प्रशिक्षकसँग सम्पर्क भएको थियो । उहाँ नेपाल आउन इच्छुक हुनुहुन्छ,’ राईले भने ।

    गत महिना नेपाली टिम १० खेलाडीलाई बाहिर राख्दै कुवेतमा भएको एएफसी एसियक कप २०२३ छनोट खेलेको थियो । तीन खेल खेलेर नेपाली टिम घर फर्कदा प्रशिक्षक अब्दुल्लाह भने कर्मभूमि फर्किएनन् । उनले तीन महिना बिदा मागेका छन् ।

    महासविच किरण राईले प्रशिक्षक अब्दुल्लाहसँग आगामी दिनको योजना मागेको र सो समेत प्राप्त भइसकेको न्युज कारखानालाई बताए । प्रशिक्षक अब्दुल्लाहले समेत योजना सार्वजनिक गरेका छन् । प्रशिक्षक अब्दुल्लाहले आफ्नो अर्काे लक्ष्य फिफा विश्वकप २०२६ छनोट, एसियन कप २०२७ छनोट र साफ कप २०२३ रहेको बताएका छन् ।

  • ला लिगाको तालिका सार्वजनिक, एल क्लासिको अक्टोबरमा

    ला लिगाको तालिका सार्वजनिक, एल क्लासिको अक्टोबरमा

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन २०२२–२३ को खेल तालिका सार्वजनिक भएको छ ।

    सार्वजनिक तालिकाअनुसार साविक विजेता रियल मड्रिडले पहिलो खेलमा अल्मेरियाविरुद्ध खेल्नेछ । यस्तै, अर्काे महारथि क्लब बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा रायो भ्यालेकानोविरुद्ध खेल्दै नयाँ सिजनको सुरु गर्नेछ ।

    ला लिगा १२ अगस्टबाट सुरु हुनेछ । कतार विश्वकप २०२२ का कारण १३ नोभेम्बरमा रोकिने छ भने १९ डिसेम्बरबाट पुनः सुचारु हुनेछ ।

    तालिकाअनुसार सिजनको पहिलो एल क्लासिको भिडन्त १६ अक्टोबरमा रियल घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । यस्तै, दोस्रो खेल १९ मार्चमा क्याम्प नोउमा हुनेछ ।

    ला लिगा फुटबलको एल क्लासिको भिडन्त विश्वमा निकै महत्वका साथ हेरिन्छ ।

  • मानेले गरे बायर्नसँग तीन वर्षको सम्झौता

    मानेले गरे बायर्नसँग तीन वर्षको सम्झौता

    काठमाडौं । जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखले इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका प्रभावशाली फरवार्ड साडियो मानेलाई तीन वर्षको लागि अनुबन्ध गरेको छ ।

    ३० वर्षीय सेनेगलका फरवार्ड ३५ मिलियन युरोमा जर्मन महारथि बायर्न पुगेका हुन् । मानेले लिभरपुलमा आफ्नो अन्तिम सिजन लिग कप र एफए कपको उपाधि जितेका थिए । यूईएफए च्याम्पियन्स लिगमा भने लिभरपुल उपविजेता बनेको थियो ।

    यस्तै, मानेको प्रभावशाली प्रदर्शनमा सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो । मानेले आफूले एनफिल्ड छोडे पनि सधैँ लिभरपुलको समर्थक रहिरहने प्रतिक्रिया दिएका छन् ।

    यस्तै, उनले नयाँ चुनौती सामना गर्न आफू तयार रहेको बताए । ‘म बायर्नमा आउँदा निकै खुसी छु’, मानेले पहिलो प्रतिक्रिय दिएका छन् ।

    ‘मलाई बायर्नले मात्र नभई अन्य ठूला क्लबले समेत अनुबन्धन गर्ने इच्छा व्यक्त गरेका थिए । मैले बायर्न नै रोजे । म नयाँ चुनौतीको सामना गर्न तयार छु । म बायर्न आए भन्दैमा लिभरपुलको खेल हेर्न छुटाउँदिन किनभने म सधैँ लिभरपुलको नम्बर एक समर्थक हुँ,’ उनले भने ।

    माने सन् २०१६ मा साउथहमटनबाट लिभरपुल भित्रिएका थिए । उनले लिभरपुलबाट २६९ गोलमा १२० गोल गरेका छन् । यस्तै ६ उपाधि जितेका छन् ।

  • के होला प्रशिक्षक अब्दुल्लाहको नेपाल भविष्य ?

    के होला प्रशिक्षक अब्दुल्लाहको नेपाल भविष्य ?

    काठमाडौं । एसिया कप छनोटको तीनै खेलमा पराजित भएपछि नेपाली फुटबल टिम कुवेत सिटीबाट नेपाल फर्कने तयारीमा थियो । नेपाली टिम अपरान्ह निस्कने तयारीमा थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाली टिमको बिदाइ गर्न सल्मियास्थित होटल मिलेनियम होटल तथा कन्भेन्सन सेन्ट्रको गेटमै थिए ।

    विमानस्थल पुर्‍याउन आउने बसको पर्खाइमा रहँदा कुवेती नागरिक अब्दुल्लाहले आफ्नो नेपाल फर्कने विषयमा भनेका थिए, ‘हेरौं, आउने चुनावको नतिजा के हुन्छ ?’

    सोमबार अर्थात् ६ असारमा सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारणसभाबाट नयाँ अध्यक्षमा पंकजविक्रम नेम्बाङ निर्वाचित भए । पंकजसँग ६ मतले पछि परे निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा । जुन नतिजा आयो, त्यो नतिजा अब्दुल्लाहले चिताएका थिएनन् । उनको चाहना र प्रार्थना दियो । एन्फाको आगामी चार वर्षे कार्यकालमा कर्मा नै दोहोरिउन् । तर भयो उल्टो ।

    नेपाल बसाई क्रममा अब्दुल्लाह कहिल्यै गुमनाम रहनु परेन । कहिले मैदानभित्र त कहिले बाहिर उनि सधै चर्चा पात्र रहे । अब्दुल्लाह सामाजिक सञ्जालमा बढी समर्थकबाट रुचाइए । उनको विषयमा राम्रो या नराम्रो प्रतिक्रिया आओस् । समर्थनले साथ दिइरहे ।

    एक वर्षको लागि नेपाल झरेका अब्दुल्लाहले विभिन्न विवादका बीच आफ्नो नेपाल बसाईलाई गत वर्ष सम्झौता नवीकरण गर्दै सन् २०२४ सम्मलाई पुर्‍याएका थिए ।

    एन्फाको अध्यक्षमा पंकज विजयी भएसँगै अब्दुल्लाह नेपाल बस्छन् कि बस्दैछन् ? बहसको विषय बनेको छ । सनकका भरमा जस्तोसुकै निर्णय गर्ने अब्दुल्लाहले यसअघि नै कर्माबाहेकको टिमसँग सहकार्य नगर्ने बताएका थिए । सोमबार राति १२ बजे चुनावको पूर्ण नतिजा नआउँदा नै अब्दुल्लाहले इन्स्ट्राग्राममा स्टोरी राख्दै नेपाल नफर्कने संकेत गरेका छन् । यद्यपि उनले त्यो स्टोरी केही समयमै हटाएका थिए ।

    अध्यक्षमा निर्वाचित पंकजले जितपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै खेलाडी-प्रशिक्षक विवाद छानविन समितिको प्रतिवेदन हेरेर कार्यसमितिको बैठकबाट निर्णय गर्ने बताएका छन् । ‘प्रशिक्षकको विषय पहिलो कार्यसमितिको बैठकबाट निर्णय गर्छौं । छानबिन समितिको प्रतिवेदन बृहत् रूपमा छलफल गरेर त्यो समस्याको समाधान गर्छाै,’ पंकजले भनेका थिए ।

    यसअघि टोलीका नियमित सदस्य रोहित चन्दले खेलाडीको सामान्य माग प्रशिक्षक अब्दुल्लाह समक्ष राख्दा रोहितलाई घर पठाइएको थियो । यसपछि आफ्नो माग राखेका रोहितलाई अब्दुल्लाहले क्याम्पबाट निकालेपछि बाँकी १० खेलाडीले १४ वैशाखमा होटेल छाडेका थिए । १० खेलाडीलाई सामाजिक सञ्जालबाट समर्थन गरेका कप्तान किरणकुमार लिम्बूलाई समेत अब्दुल्लाहले कुवेतमा भएको एएफसी एसियन कप २०२३ छनोट खेलबाट बाहिर राख्दै ‘रिस्क’ मोलेका थिए ।

    यसपछि एन्फाले भिक्टोर राणाको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाएको थियो । जुन समितिले ४ जेठमा एन्फालाई प्रशिक्षक अब्दुल्लाहल र व्यवस्थापक मधुसुदन उपाध्यायको विकल्प खोज्न सुझाव दिएको थियो ।

    यता, वरिष्ठ उपाध्यक्षमा निर्वाचित वीरबहादुर खड्काले आगामी कार्यसमितिको बैठकले छानविन समितिको सुझावमा रहेर निर्णय हुने र आफूहरु खेलाडीको पक्षमा जाने बताइसकेका छन् । ‘हामी छानबिन समितिको सुझावअनुसार अगाडि बढ्छौं । हामी खेलाडीको पक्षमा छौं,’ खड्काले भनेका छन् ।

    यसअघि १० साउन ०७८ मा अब्दुल्लाहले तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङका कारण आफू एन्फामा राजीनामा दिन जाँदैछु भनेर फेसबुकमा स्टाटस राखेका थिए । तर उनले राजीनामा भने गरेका थिएनन् । यसपछि पंकज अब्दुल्लाह र एन्फा नेतृत्वविरुद्ध असहमतिमा रहँदै आएका थिए । जुन विवाद पछि पंकजले आफ्नो फेसबुक अकाउन्ट बन्द गर्नुपरेको थियो ।

    हाल भने मुटुको समस्याको कारण अब्दुल्लाह कुवेतमै रहेका छन् । उपचारका लागि उनले एन्फाको अघिल्लो नेतृत्वसँग तीन महिनाको छुट्टी लिएका छन् । अब बस्ने एन्फाको कार्यसमितिको पहिलो बैठकले यो विवादमा कुन निर्णय लिन्छ त्यो भने प्रतीक्षाको विषय बनेको छ ।

    गर्ला त एन्फाले अब्दुल्लाहको बर्खास्ती ?

    प्रशिक्षक अब्दुल्लाह कतार फुटबल संघको अनुदानमा नेपाल आएका हुन् । उनको खर्च कतार एफएले नै बेहोर्छ । उनको यहाँ बस्नेदेखि लिएर यातायात खर्च नेपाल सरकारमार्फत एन्फाले हेर्दै आएको छ ।

    वर्तमान एन्फा कार्यसमिति बैठकमा पंकज समूहको बहुमत रहेका कारण प्रशिक्षक अब्दुल्लाहलाई बर्खास्ती गर्न सक्ने सुरुआती आकलन छ । निर्वाचनताका नै याे समूहले प्रशिक्षक बर्खास्तीको माग राखेको थियो । तर तत्कालीन नेतृत्व भने अब्दुल्लाहको पक्षमा थियो ।

    स्रोतका अनुसार अब्दुल्लाहलाई बर्खास्ती गरे एन्फाले करिब १० हजार डलर जरिवाना तिर्नुपर्नेछ । त्यसका लागि समेत वर्तमान नेतृत्व तयार छ । तर नेतृत्वले कतार एफएसँग सहकार्य गर्दै अब्दुल्लाहको विकल्पमा अर्काे प्रशिक्षक माग्न सक्छ ।

  • यी हुन् विश्वकप फुटबल खेल्ने ३२ देश, कुन समूहमा को ?

    यी हुन् विश्वकप फुटबल खेल्ने ३२ देश, कुन समूहमा को ?

    काठमाडौं । कतारमा २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने विश्वकप खेल्ने ३२ वटै टाेलीकाे टुंगो लागेको छ ।

    अन्तरमहादेशीय प्लेअफअन्तर्गत मंगलबार राति भएको खेलमा न्युजिल्याण्डलाई १-० ले हराएर कोस्टारिका विश्वकपमा स्थान बनाउने अन्तिम टिम बनेकाे हाे ।

    फिफाले यसअघि नै विश्वकपको समूह विभाजन सार्वजनिक गरिसकेकाले कोस्टारिका कठिन समूहमा परेको छ ।

    कतार विश्वकपका लागि कोस्टारिकासहित उत्तर अमेरिकाबाट चार राष्ट्र छनोट भएका छन् ।

    यस्तै युरोपबाट सर्वाधिक १३ राष्ट्र छनोट हुँदा एसियाबाट पहिलो पटक ६ राष्ट्रले विश्वकप खेल्दैछन् । अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएका छन् ।

    २२औं संस्करणको पिफा विश्वकप कतारको ५ सहरको ८ मैदानमा खेलाइनेछ । उद्घाटन खेल समूह ‘ए’ मा रहेका नेदरल्यण्ड्स र सेनेगलबीच हुनेछ ।

    कुन समूहमा कुन टिम ?

    समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर

    समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स

    समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

    समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, अष्ट्रेलिया

    समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका

    समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा

    समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन,

    समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

  • रियल मड्रिडले गर्‍यो मार्सेलोकाे भव्य बिदाइ

    रियल मड्रिडले गर्‍यो मार्सेलोकाे भव्य बिदाइ

    काठमाडाैं । स्पेनिस महारथि क्लब रियल मड्रिडले डिफेन्डर मार्सेलोको भव्य बिदाइ गरेको छ ।

    सोमबार क्लबले सान्टियागो वर्नावेउमा कप्तानसमेत रहेका ब्राजिलियन स्टार खेलाडी मार्सेलोको बिदाइ गरेको हो ।

    ३४ वर्षीय लेफ्ट ब्याक मार्सेलोले १५ वर्ष रियलमा बिताएका थिए । मार्सेलो सन् २००७ मा रियल आएका थिए । त्यसयता उनले २५ उपाधि जितेका छन् । जसमा पाँच च्याप्पियन्स लिग रहेको छ ।

    मड्रिडमा मार्सेलोले ५४५ खेल खेल्दा ३८ गोलसहित १०३ खेलमा सहयोग गरेका छन् ।

  • लिभरपुललाई आठौं पटक एफए कपको उपाधि

    लिभरपुललाई आठौं पटक एफए कपको उपाधि

    काठमाडौं । चिरपरिचित चेल्सीलाई सडनडेथमा पराजित गर्दै शनिबार राति लिभरपुलले एफए कप फुटबलको उपाधि जितेको छ ।

    वेम्बली स्टेडियममा निर्धारित समय (९०) र अतिरिक्त समय (३०) मिनेटसमेत गोलरहित बराबरीमा सकिएपछी खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो ।

    सडनडेथमा लिभरपुल ६-५ ले जित निकाल्यो । पेनाल्टीमा लिभरपुलका जेम्स मिल्नर, थियागो अल्कान्तरा, रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्सजेन्डर आर्नोल्ड, डिएगो जोटा र कोन्स्टानसिनोस सिमिकसले गोल गरे । लिभरपुलका साडियो मानेले भने पेनाल्टी चुकाए ।

    चेल्सीका मार्कुस अलन्सो, जेम्स रिस, रोस बार्क्ली, जोर्हिन्हो र हाकिम जिएच गोल गरे ।

    यस्तै, सेजर एज्पिलिक्वेटा र मासन माउन्ट पेनाल्टी गोल हुन सकेन ।

    लिभरपुल सिजनको चौथो उपाधि नजिक पुगेको छ । एफए कपको उपाधि जितेको लिभरपुलले यस अघि काराबाओ कपको उपाधि जितेको थियो ।

    हाल लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ भने प्रिमियर लिगको उपाधि होडमा छ ।