Tag: बालेन शाह

  • महेश बस्नेतसँग भेटेर बालेन शाहले भने- असमझदारी टुंगाएर सहकार्य गराैँ

    महेश बस्नेतसँग भेटेर बालेन शाहले भने- असमझदारी टुंगाएर सहकार्य गराैँ

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह नेकपा एमाले नेता महेश बस्नेतसँग भेट्न पुगेका छन् ।

    नेता बस्नेतको घर भक्तपुर पुगेर मेयर शाहले नेता बस्नेतसँग भेटवार्ता गरेका हुन् ।

    विगतको असमझदारीलाई टुंगाएर सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेको नेता बस्नेतले बताए ।

    उनले भने, ‘उहाँ मेरो घर भक्तपुरको गुण्डुमा आउनुभएको थियो । विगतको असमझदारी हटाएर सहकार्य गरेर जाऔं भन्नुभयो ।’

    भक्तपुर पुगेर विकासे योजनाको अवलोकनपछि आफ्नै घरमा सँगै खाना खाएर छुटेको उनले बताए ।

    यसअघि नेता बस्नेत बालेनको चर्को आलोचकको रुपमा प्रस्तुत हुने गरेका थिए ।

  • बालेन साहसँग तत्काल जरिवाना नअसुल्न सर्वोच्चको अन्तरिम आदेश

    बालेन साहसँग तत्काल जरिवाना नअसुल्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन खर्च विवरण समयमा नबुझाएको आधारमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल जरिवाना नलिन अन्तरिम आदेश जारी गरेको छ ।

    शाहले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा सुनुवाई गर्दै बुधबार संवैधानिक इजलासले तत्काल जरिवाना नअसुल्न अन्तरिम आदेश दिएको हो ।

    तोकिएको समयमा निर्वाचनको खर्च विवरण नबुझाउनेहरुले जरिवाना बुझाउनुपर्ने भनि निर्वाचन आयोगले गरेको निर्णयलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएको अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।

  • ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमूक संस्थाका लागि होइन : बालेन साह

    ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमूक संस्थाका लागि होइन : बालेन साह

    काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनले ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमूक संस्थाका लागि नभएको प्रस्टीकरण दिएका छन् ।

    सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यो आधुनिक विश्वमा ई-स्पोर्टस खर्बौंको आर्थिक योगदान गर्ने विधा भएको दाबी गरेका छन् ।

    ‘ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई–स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने बिधा हो । नेपालमा पनि यसको व्यावसायिक पाटो बढ्दैछ भने यही वर्ष हुने एसियाली खेलमा ई–स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई-स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो ।

    कानुनले तोकिएबमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन । साथसाथै, यो विषयलाई लिएर अतिरञ्जित र अनैतिक रुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    बालेनले ई-स्पोर्टसका नाममा ‘रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेललाई फाइदा हुने गरी एक करोड बजेट छुट्याएको चर्चा चलेको थियो ।

     

  • बालेन शाहले एनआरएनएलाई भने– विश्वभर ‘कुकुर तिहार’ मनाउन पहल गर्नुहाेस्

    बालेन शाहले एनआरएनएलाई भने– विश्वभर ‘कुकुर तिहार’ मनाउन पहल गर्नुहाेस्

    काठमाडौं । गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डल र काठमाडौ महानगरपालिका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।

    मेयर कक्षमा भएको भेटघाटको क्रममा संघले महानगरपालिकासँग सहकार्य गरी महानगरपालिकाको स्तरउन्नति, ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइट, आधुनिक सार्वजनिक शौचालय निर्माणको लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

    संघका कार्यकारी अध्यक्ष कुल आचार्यले ललितपुर महानगरपालिकाको समन्वयमा ललितपुरको शंखमुल पार्क बनाएको पनि स्मरण गराएका थिए ।

    त्यस्तै, गत वर्ष नै टेण्डर आब्हान गरी बनाउन लागेको सार्वजानिक शौचालय कलंकी सडक विस्तारले जग्गा अधिग्रहण भएपछि स्थगित भएको र यदि काठमाडौं महानगरपालिकाले जग्गा उपलब्ध गराएको खण्डमा दुईवटा सार्वजनिक शौचालय बनाउने र उक्त शौचालय व्यवस्थापनको निमित्त काठमाडौं महानगरपालिकालाई आग्रह गरे ।

    संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले काठमाडौं सिटीलाई ‘स्मार्ट सिटी’ बनाउन सहकार्य र समन्वय गर्न गैरआवसीय नेपाली संघ हरदम तयार रहेको बताए ।

    भेटको क्रममा मेयर शाहले काठमाडौंको कला–संस्कृति, सम्पदालाई विश्व सञ्जालमा चिनाउनको निमित्त संघलाई आग्रह गरेका थिए । त्यस्तै ‘कुकुर तिहार’ लाई विशेष पर्वको रुपमा विश्वभर मनाउन र त्यो देशको क्यालेन्डरमा उक्त पर्व छपाउन पहल गर्न पनि उनले आग्रह गरेका थिए ।

     

  • बालेनलाई आरजुको प्रश्न : रुटिन अफ नेपाल बन्द कतिमा किन्नुभयो ?

    बालेनलाई आरजुको प्रश्न : रुटिन अफ नेपाल बन्द कतिमा किन्नुभयो ?

    काठमाडौं । प्रधानमन्त्रीपत्नीसमेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘रुटिन अफ नेपाल बन्द’ नामको सोसल साइट किनेर चुनाव प्रचारप्रसार गरेको आरोप लगाएकी छिन् ।

    साेमबार पोखरामा नेपाल तरूण दलले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनाव जित्न बालेनले रूटिन अफ नेपाल बन्दलाई कन्सल्टेन्सीका रूपमा प्रयोग गरेको आरोप लगाएकी हुन् ।

    ‘सोसल मिडिया रुटिङ अफ नेपाल बन्द बालेनले कतिमा ‘हायर’ गर्नुभयो ?’, उनले प्रश्न गरिन् ।

    स्वतन्त्र उठेर चुनाव जितेकाहरूले कस्तो काम गर्छन् त्यो भने हेर्न बाँकी रहेको उनको भनाइ थियो ।

  • पारस र ज्ञानेन्द्रसँग मेयर बालेन्द्र साहको भेट, क्रिकेटकाे विकासबारे छलफल

    पारस र ज्ञानेन्द्रसँग मेयर बालेन्द्र साहको भेट, क्रिकेटकाे विकासबारे छलफल

    काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाहले नेपाली राष्ट्रिय टिमका पूर्व कप्तानहरू पारस खड्का र ज्ञानेन्द्र मल्लसँग छलफल गरेका छन् ।

    क्रिकेटको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने मेयर र पूर्व कप्तानहरुबीच छलफल भएकाे हाे ।

    पूर्व कप्तानहरु खड्का र मल्लले मेयर शाहसँग उपत्यकामा क्रिकेटको विकासका लागि माहोल बनाउन भूमिका खेल्न आग्रह गरेका छन् ।

    मेयर शाहले आफू पनि खेलप्रेमि भएको बताउँदै महानगरसँग भएको बजेटको सदुपयोग गर्दै क्रिकेटको विकासका लागि कसरी अगाडि बढ्न सकिन्छ छलफल सुरु गर्ने बताए ।

    निर्वाचन अगाडि पनि बालेनले पूर्व कप्तान खड्का लगायतसँग भेट गरेका थिए ।

  • हेटौंडा पुगेका बालेन शाह र सुनिता डंगोल कार्यक्रम नसक्दै किन फर्किए ?

    हेटौंडा पुगेका बालेन शाह र सुनिता डंगोल कार्यक्रम नसक्दै किन फर्किए ?

    काठमाडौं । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल हेटौंडामा आयोजित अभिमुखीकरण कार्यक्रममा असन्तुष्ट भएर काठमाडौं फर्किएका छन्।

    बैठक तीन दिनका लागि भए पनि प्रमुख बालेन साह र उपप्रमुख सुनीता डंगोल एक दिन मात्र सहभागी भएर सोमवार साँझ फर्किएका थिए ।

    बागमती प्रदेशले आयोजना गरेको स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास अभिमुखीकरण कार्यक्रममा सहभागी हुन सोमबार हेटौंडा पुगेका शाह असन्तुष्ट हुँदै काठमाडौं फर्किएका हुन् ।

    शाहले सोमबार साँझ नै ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो’​ भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।

    प्रमुख शाहका सहयोगी कुमार बेनले मौका हुँदा पनि केही नगर्ने ठाउँ/कार्यक्रममा बस्ने औचित्य नदेखेर काठमाडौं फर्किएको बताए ।

    शाहले गाली र आलोचना नै सुन्नुपर्दा आफ्नै महानगरवासीको सुन्ने बताएका छन् । ‘गाली र आलोचना नै सुन्ने भए म आफ्नै महानगरमा आफ्नै महानगरवासीहरुको सुन्नेछु । अथवा, सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रममा सुन्नेछु । धन्यवाद’ मेयर शाहको भनाइ उद्धृत गर्दै बेनले भनेका छन् ।

    यस्तै, महानगरपालिकाका मेयर बालेन शाहले बागमती प्रदेशले आयोजना गरेको कार्यक्रमप्रति कटाक्ष गरेका छन् । उनले कार्यक्रममा काठमाडौं महानगरको आलोचना गरिएको संकेत गर्दै कटाक्ष गरेका हुन् ।

  • डेढ वर्षभित्र काठमाडौं महानगरमा विद्युतकाे तार ‘अन्डरग्राउन्ड’ हुन्छ : मेयर साह

    डेढ वर्षभित्र काठमाडौं महानगरमा विद्युतकाे तार ‘अन्डरग्राउन्ड’ हुन्छ : मेयर साह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले डेढ वर्षभित्र काठमाडौं महानगरमा विद्युतकाे तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् ।

    महानगर कार्यपालिकाको दोस्रो बैठकमा उठेका प्रश्नहरुको जवाफमा मेयर साहले डेढ वर्षभित्र महानगरभित्रका तारहरु अन्डरग्राउन्ड हुने बताएका हुन् ।

    उनले भने, ‘विद्युत प्राधिकरणबाट अबको डेढ वर्षभित्र सबै तारहरु अन्डरग्राउन्ड हुन्छ भन्ने प्रतिबद्धता दिनुभएको छ । जुनमा महानगरपालिकाको सहकार्य रहनेछ ।’

    उनले महानगरमा देखिने ढल खानेपानी सडकका समस्या समाधान सबै निकायसँग सहकार्य गरिने पनि बताए ।

  • ‘भाइरल’ वडाध्यक्ष रिजाल निवासमा महानगर प्रमुख बालेन, के भयाे कुराकानी ?

    ‘भाइरल’ वडाध्यक्ष रिजाल निवासमा महानगर प्रमुख बालेन, के भयाे कुराकानी ?

    काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाहले वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालसँग भेटघाट गरेका छन् ।

    पहिलो कार्यपालिका बैठकमा नै सवाल जवाफ भएपछि मेयर समर्थहरूबाट आलोचना खेपेका अध्यक्ष रिजालको घरमा बालेन पुगेका हुन् ।

    महानगरको कामलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ ।

    हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)सँगै रिजाल निवास बालाजु पुगेका शाहले त्यहाँ वडाध्यक्ष रिजालसँगै लन्च गर्दै करिब दुई घण्टा बिताएका थिए ।

  • मुख्यमन्त्री पाण्डेसँग मेयर बालेनको भेट, फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह

    मुख्यमन्त्री पाण्डेसँग मेयर बालेनको भेट, फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह

    काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले भेट गरेका छन् ।

    आइतबार बिहान शाहले स्वयम्भूस्थित मुख्यमन्त्रीकै निवसमा पुगेर भेट गरेका हुन् ।

    भेटवार्ताका क्रममा मेयर साहले मुख्यमन्त्रीसँग काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको बताइएको छ ।

    उता मुख्यमन्त्रीले पनि फोहोर व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    मुख्यमन्त्री पाण्डेले फोहोर व्यवस्थापनमा दीर्घकालीन र अल्पकालीन गरि दुई तरिका अपनाएर अघि बढ्न सुझाव दिएको बताइएको छ ।

    मेयर निर्वाचित भएसँगै शाहले काठमाडौँ महानगरभित्रको फोहोर व्यवस्थापनलाई मुख्य प्राथमिकता राखेका छन् ।

    उनी यसबीचमा फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल पुग्नेदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई भेटेर समन्वय गरिरहेका छन् ।