काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका इन्जिनियर तथा र्यापर बालेन शाहले आफू नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न उम्मेदवारी दिएको बताएका छन् ।
आइतबार राष्ट्रिय सभागृहमा पुगी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि मिडियासँग कुराकानी गर्दै शाहले भने, ‘म भोट काट्न उठेको हो । नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न आएको हुँ । उनीहरुको भोट काटेर म जित्न आएको हुँ ।’
एउटा स्वतन्त्र तथा वैकल्पिक शक्तिले अर्को यस्तै शक्तिलाई सहयोग गर्नुपर्ने उनले जनाए । उनले एउटा वैकल्पिक शक्तिले अर्को वैकल्पिक शक्तिलाई स्वीकार्नु पर्ने समेत बताए ।
‘वैकल्पिक शक्ति एउटा मात्र हुनुपर्छ भन्ने छैन । कतिपय वैकल्पिक शक्तिसँग हाम्रो सहकार्य भयो र कतिपयले मान्नु भएन । यो लोकतान्त्रिक अभ्यास हो,’ उनले भने ।
शाहले काठमाडौंको मेयरमा आफूले ९० हजार ८३५ मतले जित्ने दाबी दोहो¥याए । अघिल्लो पाँच वर्षकोजस्तो दुःख नभोग्न मतदाताले आफूलाई मत दिनुपर्ने उनले जनाए । व्यवस्थापनको कमजोरीले गर्दा काठमाडौंका जनताले सुख पाउन नसकेको बुझाई उनको छ ।
‘युवा भएर मात्र भोट मागेका छैनौं । दृष्टिकोण बनाएका छौं सोही अनुसार काम गर्छौं भनेर भोट मागेका छौं,’ शाहले भने, ‘स्थानीय निर्वाचन निर्दलीय हुनुपर्छ भन्ने हाम्रो सिद्धान्त हो ।’
मतदानअघि सकभर काठमाडौंका सबै वडा र टोलमा पुग्ने आफ्नो कार्यक्रम रहेको उनले सुनाए । उनले प्रश्न गरे, ‘चुनाव अघि घर–घर आउने मेयर चाहिएको हो की, पाँच वर्षसम्म घर–घर आएर सेवा गर्ने मेयर चाहिएको हो ? यो मतदाताले रोज्नुपर्छ ।’
काठमाडौं महानगरपालिका भित्र साढे दुई लाख घर रहेको र सकेसम्म सबैघरमा कुनै न कुनै माध्यमबाट पुग्ने प्रयास आफूले गर्ने उनले जनाए ।
काठमाडाैं । काठमाडाैं महानगरपालिकाकाे मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका र्यापर बालेन शाहले काठमाडाैंकाे मुहार फेर्न तीन ‘प’ काे सुत्र लागु गर्नुपर्ने बताएका छन् । हुलाक सञ्चारसँगकाे कुराकानीका क्रममा शाहले तीन ‘प’ अर्थात् पानी, प्रदूषण र पर्यटनले काठमाडाैं उपत्यकाकाे मुहार फेरिने बताएका हुन् ।
उनले काठमाडाैं उपत्यकामा सबभन्दा ठूलाे समस्या पानीकाे भएकाे र यसकाे समाधान अहिलेकाे आवश्यकता भएकाे बताए । उनले भने- ‘काठमाडाैंकाे माग भनेकाे दैनिक ४३ कराेड लिटर पानी हाे । अहिले खानेपानी संस्थानले जम्मा १३ कराेड लिटर पानी दिइरहेकाे छ । मेलम्ची आयाे भने पनि १७ कराेड लिटर पानीमात्र थपिने हाे । अझ १३ कराेड लिटर पानी आवश्यक पर्छ । त्यसकाे लागि हामीले ग्राउण्डबाट रिचार्ज गर्नुपर्ने हुन्छ । भन्नाले जुन-जुन घरमा बाेरिङ गरिएकाे छ, त्यसकाे छतकाे पानी पनि ‘रिभर्स बाेरिङ’ रिचार्ज गरेर ल्याउनु पर्ने नियम लागु गर्नुपर्छ ।’
उनले काठमाडाैं उपत्यकाका खाली ठाउँमा पाेखरीकाे निर्माण गर्ने याेजना पनि सुनाए । उनले भने- ‘विकास भनेकाे ठूला-ठूला बिल्डिङहरु होइन, पाेखरीहरु हाे, पार्कहरु हाे, शाैचालयहरु हाे ।’ उनले पानीकाे रिचार्ज गर्ने अर्थात् खाेला नालामा पानीकाे स्तर कसरी बढाउने, इनारमा पानीकाे लेभल कसरी बढाउने बाेरिङकाे लेभलहरु कसरी बढाउने भन्ने याेजनाहरु आफूसँग रहेकाे बताए ।
प्रदूषणकाे प्रसंगमा उनले भने- ‘काठमाडाैंमा धेरै किसिमका प्रदूषणकाे समस्या छ । फाेहाेरमैलाकाे कुरा गराैँ, उपत्यकामा दैनिक उत्पादन हुने फाेहाेर भनेकाे १२ सय मेट्रिक टन हाे। जसमा ६ सय मेट्रिक टन काठमाडाैं उपत्यकामामात्र उत्पादन हुन्छ । त्याे ६ सय मेट्रिक टनमध्ये ७० प्रतिशत फाेहाेर अर्गानिक हाे जसलाई पुन: मल बनाएर प्रयाेगमा ल्याउन सकिन्छ । प्लाष्टिकजन्य फाेहाेर बाटाे पिच गर्नमा प्रयाेग गर्न सकिन्छ ।’
उनले फाेहाेरलाई फाेहाेरकाे रुपमा नबुझेर ‘र मटेरियल’काे रुपमा बुोझ्नुपर्ने र त्यसकाे पुन: प्रयाेगकाे बारेमा बुझ्नुपर्ने आवश्यकता रहेकाे बताए । उनले त्याे फाेहाेरबाट बनेकाे मल उपत्यका वरीपरी रहेका जहाँ खेतीपाती गरिन्छ त्यहाँ लगेर बेच्ने र त्यहाँ उत्पादन भएका कृषिजन्य सामग्री आफूहरुले किन्ने याेजना बनाउनु पर्ने पनि बताए ।
शाहले ‘इन्फ्रास्ट्रक्चर एम्बुलेन्स’ अर्थात् ‘भाैतिक पूर्वाधारकाे सामग्रीका लागि एम्बुलेन्स’काे आवश्यकता भएकाे पनि बताए । उनले भने- ‘कतै ढल फुट्याे, कतै सडकमा खाल्डा भए भने कल सेन्टर हुन्छ त्यहाँ फाेन गरेर समस्या राख्न सकिन्छ । त्यसपछि गाडीमा इन्जिनियर र इक्विपमेन्टहरु आउँछ त्यहाँ तत्काल समस्या समाधान गर्न सकिन्छ ।’ यसका कारण प्रदूषणमा केही कमी आउने, खाल्डाखुल्डीका कारण हुने दुर्घटनामा कमी आउन सक्ने दाबी पनि उनकाे छ ।
हामीले हाम्राे संस्कृति जाेगाएर उपत्यकामा पर्यटक भित्र्याउन सक्ने याेजना पनि शाहले सुनाए । उनले यहाँ पर्यटक भित्र्याउनका लागि यहाँकाे सम्पदा र सभ्यता जाेगाउन आवश्यकता भएकाे औँल्याए । प्राचीन बस्तीका केही उदाहरणसहित उनले भने- ‘पहिला घरमा प्रयाेग गरिएकाजस्ता इँटा बाटाेमा पनि प्रयाेग हुन्थे, एउटा-एउटा इँटा निकालेर ‘रिपियर’ गर्न सकिन्थ्याे । त्यहाँ पानी रिचार्ज हुन्थ्यो । त्याे ‘माेनाेलेटिक डिजाइन’ थियाे, भनेकाे त्यहाँ घर पनि इँटाकाे हुन्थ्याे, बाटाे पनि इँटाकाे । जुन आँखाका लागि पनि शीतलता हुन्छ ।’
पर्यटकहरु ढलान गरेका र ठूला बिल्डिङ हेर्नका लागि नभएर यहाँकाे सभ्यता, नयाँपन हेर्न आउने उनी बताउँछन् । उनी भन्छन्- ‘हामीले हाम्रा मन्दिर, स्तुपा, पुरातात्विक चिजहरुकाे संरक्षण र संवर्द्धन गर्नुपर्छ । हामीले मनाउने जात्रा, संस्कृतिकाे ‘प्रोमाेट’ गर्नुपर्छ ।’
उनले अहिले सरकारले यस्ता विषयमा ध्यान नदिएकाे, जात्रा तथा विभिन्न क्रियाकलापमा बजेट नदिएकाे गुनासाेसमेत गरे । उनले भने- ‘हामीले जात्रामा एक लाख रुपैयाँ खर्च गर्याैँ भने त्यसकाे रिटर्न कराेडमा आउँछ । जति बढी जात्रा गरियाे त्यति पर्यटकहरु बढ्छन् ।’
ब्राजिलकाे रियाे द जनेरियाेकाे फेस्टिभलकाे उदाहरण दिएर उनले भने- ‘त्याे फेस्टिभल हेर्न त देश तथा विदेशका मानिसहरु आउँछन् नि त ! त्यसैगरी हाम्राे सेताे मच्छिन्द्रनाथकाे जात्रा, इन्द्रजात्राहरुलाई यति भव्य तरिकाकाे बनाउन सकिन्छ, विदेशीहरुले भनुन् एक पटकचाहीँ काठमाडाैंमा याे जात्रा हेर्न मन छ ।’
उनले काठमाडाैं अहिले कंक्रिटकाे सहर बनिरहेकाे टिप्पणीसहित भने- ‘उपत्यकाका नेवार समुदायकाे बस्ती साँच्चै पर्यटकका लागि आकर्षणकाे केन्द्र हाे । अहिले पनि पर्यटकहरु ती घरहरुमा बस्न नपाएपछिमात्र हाेटलका काेठाहरु खाेज्ने गर्छन् ।’
उनले काठमाडाैं उपत्यका एउटा म्युजिएम भएकाे पनि बताए । उनले पशुपतिनाथ र तलेजु भवानीकाे मन्दिर भएकाे स्थान काठमाडाैं पूरा एउटा मन्दिर भएकाले यहीँ पर्यटक विस्तार गरी विकास गर्न सकिने बताए । उनले काठमाडाैंकाे मेयर हुनका लागि यहाँकाे पुरातत्व विज्ञान, संस्कृति, सभ्यता, सम्पदा बुझ्न जरुरी रहेकाे पनि बताए । उनले यी कुरा नबुझी यहाँकाे विकास नहुने पनि बताए । उनले बाटाेमात्र फराकिलाे बनाएर विकास नहुने दाबी पनि गरे ।