Tag: भूकम्प

  • बाजुरामा भूकम्प

    बाजुरामा भूकम्प

    काठमाडाैं । बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रबिन्दु भएर सोमबार साँझ ६ बजेर ५४ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो ।

    यसअघि बाजुरा जिल्लाको हुकाम केन्द्रविन्दु भएर जेठ ७ गते बिहान ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो ।

    नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

    पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

  • बाजुराको दहकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्यूडको भूकम्प

    बाजुराको दहकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्यूडको भूकम्प

    काठमाडाैं । बाजुरा केन्द्रबिन्दु भएर गएराती दुईपटक भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुरामा दुईपटक भूकम्प गएको हो ।

    बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराती ११ : ५८ बजे ४.९ म्याग्निच्यूडको र १ : ३० बजे ५.९ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

    भूकम्प गएपछि मानिसहरु घरबाहिर निस्केका थिए । बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भूकम्पको क्षतिबारे जानकारी नआएको बताए ।

  • लमजुङको मालिङ केन्द्रबिन्दु भएर पनि भूकम्प

    लमजुङको मालिङ केन्द्रबिन्दु भएर पनि भूकम्प

    काठमाडाैं । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर शनिबार बिहान ११ बजेर ३९ मिनेटमा तीन दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको हो ।

    यसअघि आजै बिहान ११ बजेर २७ मिनेट जाँदा दोलखाको सुरी केन्द्रबिन्दु भएर पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको थियो ।

    पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ ।

  • दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प

    दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडाैं । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।

    उक्त भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ ।

    यसअघि गत चैत १५ गते ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको थियो ।

     

  • ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प

    ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडाैं । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो ।

    उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

    पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढेको छ ।

    यसअघि मुगुको भिइ केन्द्रविन्दु भएर यही चैत १० गते चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो ।

  • मुगु केन्द्रबिन्दु भएर भूकम्प

    मुगु केन्द्रबिन्दु भएर भूकम्प

    मुगु । मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो ।

    उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ ।

  • काभ्रे र अछाम केन्द्रबिन्दु भएर आज बिहान दुई भूकम्प

    काभ्रे र अछाम केन्द्रबिन्दु भएर आज बिहान दुई भूकम्प

    काठमाडौं । आज बिहान काभ्रेपलाञ्चोक र अछामलाई केन्द्रबिन्दु बनाएर दुईवटा भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३५ मिनेटमा काभ्रे केन्द्रबिन्दु भइ ४.३ म्याग्नेच्युडको भूकम्प गएको छ ।

    यस्तै, आज बिहान ८ बजेर ३५ मिनेटमा अछामलाई केन्द्रविन्दु बनाएर ४.४ म्याग्नेच्युडको भूकम्प गएको छ ।

  • टर्कीमा फेरि शक्तिशाली भूकम्प, तीन जनाकाे मृत्यु

    टर्कीमा फेरि शक्तिशाली भूकम्प, तीन जनाकाे मृत्यु

    काठमाडौं । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

    नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ । भूकम्पको सिरियामा पनि प्रभाव परेको छ । दुई देशमा गरी ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    केही समय अगाडि मात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा त्यहाँ ४४ हजारभन्दा धेरैको मृत्यु भएको थियो ।

    उक्त शक्तिशाली भूकम्पको उद्धार र राहतको कार्य नसकिंदै फेरि अर्को भूकम्प गएपछि टर्कीमा थप समस्या भएको छ ।

    भूकम्पले टर्कीमा भौतिक संरचनाहरूमा पनि ठूलो क्षति पुगेको छ । ती भग्नावशेषमा मानिसहरू फसिरहेका छन् । उनीहरूको उद्धार कार्य भइरहेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

  • भूकम्पमा जन्मेकी बालिकाले पाइन् नाम र सहारा

    भूकम्पमा जन्मेकी बालिकाले पाइन् नाम र सहारा

    टर्कीमा केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्नेच्युडको भूकम्पका बेला जन्मिएकी नवजात शिशुले सहारा पाएकी छन् । समाचार संस्था रोयटर्सका अनुसार शनिबार उनका अंकल र आन्टीले उनको जिम्मा लिएका हुन् ।

    सिरियाको एलोप्पो प्रान्तस्थित जिन्देरिसमा उद्धारकर्ताहरूले भूकम्पको अर्को दिन ती नवजात शिशुलाई फेला पारेका थिए । ती नवजात शिशुको परिवार बस्ने पाँच तले घर भूकम्पले ढलेको थियो ।

    उद्धारकर्ताहरूले शिशुलाई जन्म दिएलगत्तै उनकी आमाको पनि भूकम्पमा परी मृत्यु भएको बताएका छन् । ती शिशुकी आमासहित बुवा र चार जना दाइ-दिदीहरू पनि भूकम्पमा बितेका छन् ।

    उद्धारकर्ताले उनलाई सालनाल नकाटिएको अवस्थामा फेला पारेका थिए । उनलाई आफन्तहरूले तत्काल अफ्रिन सहरमा रहेको अस्पतालमा पुर्‍याएका थिए ।

    उनलाई एडप्ट गर्न संसारभरिका सयौँ मानिसले अस्पतालमा प्रस्ताव पठाएका थिए ।

    उपचारपछि उनी पूर्ण रूपमा स्वस्थ भएकी छन् ।

    ती नवजात शिशुका बुवा आमाको नाम अब्दाल्लाह र आफ्रा म्लेइहान थियो । जन्मिनासाथ भूकम्पमा परेकी ती सानी मान्छेको नाम पनि आफ्रा राखिएको छ । उनकी आमाको सम्झनामा उनको नाम आफ्रा राखिएको उनका अंकल खालिल अल सावादीले बताए ।

    सुखद संयोग कस्तो परेको छ भने सावादीको घरमा अहिले अर्की पनि बच्चा छन् । भूकम्पको तीन दिनपछि जन्मिएकी उनकी छोरीको नाम आता राखिएको छ । शनिबार सावादीले एउटा काखमा आता र अर्को काखमा आफ्रालाई राखेकाे फाेटाे पाेस्ट गरेका थिए ।

  • टर्कीमा भूकम्प गएकाे २२८ घण्टा पछि एक महिलाको जीवितै उद्धार

    टर्कीमा भूकम्प गएकाे २२८ घण्टा पछि एक महिलाको जीवितै उद्धार

    काठमाडाैं । टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकालिरहेका छन् ।

    टर्कीको राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुका अनुसार बुधबार ३ महिला र २ बालबालिकालाई भग्नावशेषबाट जीवितै उद्धार गरेको छ ।

    एला नामकी एक महिला र उनका छोराछोरी मेसाम र अलीलाई भूकम्प गएको २२८ घण्टापछि टर्कीको दक्षिणी सहर कहरामनमारासको अन्टाक्यास्थित एउटा अपार्टमेन्ट ब्लकको भग्नावशेषबाट जीवितै निकालिएको थियो ।

    यस्तै, सोही स्थानबाट थप दुई महिलाको जीवितै उद्धार गरिएको थियो । टर्कीको सरकारी टेलिभिजन टीआरटी हबेरका अनुसार काहरामानमारास सहरको भग्नावशेषमा २२२ घण्टा पछि ४७ वर्षीय मेलिके इमामोउलु अर्की महिलालाई उद्धार गरिएको हो ।

    यस्तै, टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २१२ घण्टापछि अदियामान सहरमा ७४ वर्षीय महिलालाई भग्नावशेषबाट फतमा गुन्गोरर लाई जीवितै निकालेपछि उनको परिवारले अँगालो हालेर हर्षविभोर भएका थिए ।

    एम्बुलेन्सले ती महिलालाई अस्पताल लिएर गएपछि उद्धारकर्ताहरूले एकअर्कालाई ताली बजाउँदै र अँगालो हालेका थिए।

    मंगलबार पनि सोही ठाउँबाट एक ४६ वर्षीया महिलालाई उद्धार गरिएको थियो ।

    विनासकारी भूकम्पमा परी टर्की र सिरियाका कम्तपमा ४१ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।