Tag: मन्त्रिपरिषद् बैठक

  • मंसिर ४ गते एकै चरणमा चुनाव गर्ने मन्त्रिपरिषद्काे निर्णय

    मंसिर ४ गते एकै चरणमा चुनाव गर्ने मन्त्रिपरिषद्काे निर्णय

    काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले बिहीबार चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो ।

    प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ ।

  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका एक दर्जन निर्णय

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका एक दर्जन निर्णय

    काठमाडाैं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले मंगलबार सार्वजनिक गरेको छ ।

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

    सोमबारको मन्त्रिपरिषद् बैठकले युरोपियन युनियनबाट प्राप्त हुने एक अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायतासमेत स्वीकृत गरिएको जानकारी दिएका थिए ।

  • नेपाल आयल निगमलाई रकम उपलब्ध गराउने सरकारको निर्णय

    नेपाल आयल निगमलाई रकम उपलब्ध गराउने सरकारको निर्णय

    काठमाडाैं । सरकारले पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कारबापत मूल्य समायोजन गरिएको रकम निगमलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

    यसैगरी, नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठकमा नेपाल सहभागी हुने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।

    बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिनेलगायत विकल्प प्रयोग गर्ने निर्णय पनि गरेको छ ।

  • नेपाल-चीन सीमा मामिला परामर्श बैठक सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय

    नेपाल-चीन सीमा मामिला परामर्श बैठक सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । सरकारले नेपाल–चीन सीमा मामिला परामर्श बैठक सञ्चालन गर्ने निर्णय गरेको छ । झन्डै एक दशकअघिदेखि रोकिएको नेपाल–चीन सीमा मामिला परामश बैठक नियमित रूपमा सञ्चालन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद तीन महिनाका लागि थप्ने निर्णययसमेत गरेको छ ।

    बैठकले सुशासन विधेयक पारित गर्ने र सुशासन आयोग गठन गर्ने, पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने, विश्वव्यापी व्यापारका लागि सहायता पुनरावलोकन कार्यक्रममा नेपाल सहभागी हुने, नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठकमा नेपाल सहभागी हुने, पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिनेलगायत विकल्प प्रयोग गर्ने, नेपाली इँटा व्यवसायीको दुईपक्षीय परामर्श संयन्त्र स्थापित गर्ने, नेपाल र मोरक्कोको दुईपक्षीय सम्बन्धका विषयमा परामर्श गर्ने,राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ स्वीकृत गर्ने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बाधा, अड्चन फुकाउने निर्णयसमेत गरेको छ ।

    सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकपछि मन्त्रिपरिषद् बैठक बसेको हो ।

  • नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषद बैठककाे निर्णय

    नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषद बैठककाे निर्णय

    काठमाडाैं । सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो ।

    यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफलपछि ०७७ असार ९ गते प्रतिनिधि सभामा समितिको प्रतिवेदन पेश भएको थियो ।

    संसदमा पेश भइसकेपछि मन्त्रिपरिषदले निर्णय गरेर मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था रहेको छ ।

  • नवनियुक्त तीनजना मन्त्रीको आजै शपथ ग्रहण हुने

    नवनियुक्त तीनजना मन्त्रीको आजै शपथ ग्रहण हुने

    काठमाडाैं । जनता समाजवादी पार्टी नेपालको सिफारिसअनुसार सोमबार नियुक्त भएका तीन जना मन्त्रीको शपथग्रहण आजै हुने भएको छ ।

    जसपाले पठाएका चारजना मन्त्रीमध्ये कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार विकास मन्त्री रेणु यादव र वनमन्त्री रामसहाय यादवलाई फिर्ता बोलाएर कृषि मन्त्रीमा मृगेन्द्रकुमारसिंह यादव, वनमन्त्रीमा प्रदीप यादव र भौतिक मन्त्रीमा इस्तियाक राईलाई पठाइएको हो ।

    उनीहरु तीनै जनाको शपथ आज ४ बजे हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

    राष्ट्रपति कार्यालयमा शपथग्रहणको तयारी सुरु भएको छ । जसपाबाट मन्त्री बनेका राजेन्द्रप्रसाद श्रेष्ठ भने यथावत् छन् ।

  • राष्ट्रपति भण्डारीले गरिन् मन्त्री हेरफेर

    राष्ट्रपति भण्डारीले गरिन् मन्त्री हेरफेर

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री हेरफेर गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले तीन जना मन्त्री नियुक्त गरेकी हुन् ।

    जसपाबाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो ।

    जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् ।

    महिन्द्राराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादवलाई हटाएर उनीहरूलाई नियुक्त गरिएको हो ।

    नवनियुक्त मन्त्रीहरूको सोमबार अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षमा छैटौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

  • जयपृथ्वीबहादुर राष्ट्रिय विभूति घोषित, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

    जयपृथ्वीबहादुर राष्ट्रिय विभूति घोषित, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

    काठमाडौं । सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अघि नबढाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकले योसहित विभिन्न सात निर्णय गरेको छ । सबै सरकारी निकायहरूले कूटनीतिक सम्बन्धका विषयहरूमा पत्राचार गर्दा अनिवार्य रूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णय पनि गरिएको छ ।

    यस्तै, नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्‍याएको योगदानको कदरस्वरूप जयपृथ्वीबहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गरिएको छ ।

    नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव विनोदप्रकाश सिंहलाई बढुवा गर्नेलगायत निर्णय मन्त्रिपरिषद्को उक्त बैठकले गरेको छ ।

  • नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

    नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

    काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । गत मंसिर ८ गते सरकारले उनलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    पछिल्लो समय पर्यटन मन्त्री प्रेम आलेसँग सम्बन्ध तिक्त रहेका अधिकारीमाथि कानुनी आधार र औचित्यबिना ट्वीनेटर विमान भाडामा लिएको, निगमको जहान साउदी अरब सञ्चालन गर्न जम्बो टोलीलाई भ्रमणमा लगेको आरोप लगाइएको छ ।

  • बिहीबारसम्ममा मन्त्रीहरूकाे शपथ ग्रहण हुन्छ : मेटमणि चाैधरी

    बिहीबारसम्ममा मन्त्रीहरूकाे शपथ ग्रहण हुन्छ : मेटमणि चाैधरी

    काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट सहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले बिहीवारसम्ममा मन्त्री पदको शपथ ग्रहण हुने बताएका छन् ।

    बुधवार प्रतिनिधि सभाको बैठकमा पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री पदको शपथ ग्रहण बिहीवारसम्ममा गरिसक्ने बताए । उनले बुधबार नै शपथ ग्रहण हुन सक्ने सम्भावना रहेको पनि बताए ।

    उनले भने ‘पार्टीले निर्णय गर्‍याे । निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ । तर हामी पाँच दलीय गठबन्धनभित्रकै एउटा दल हो । हामीले शपथ ग्रहण गर्ने समय राख्दा जसपाका साथीहरूले पार्टीभित्रको आन्तरिक समस्या सम्बोधनका लागि आफूहरूलाई केही समय चाहिन्छ भनेपछि केही समय ढिला मात्रै भएको हो । मन्त्री त सम्भवतः आज नभए भोलिसम्म फाइनल हुन्छ । आज भएन भने शपथ ग्रहण भोलि पक्कै हुन्छ ।’

    उनले मन्त्रिपरिषद् हेरफेर गर्ने नेकपा (एकीकृत समाजवादी) को निर्णयलाई अपरिपक्व भन्न नमिल्ने पनि जिकीर गरे ।