Tag: रवि लामिछाने

  • रवि लामिछानेलाई सांसदकाे शपथ नगराउन सर्वाेच्चमा रिट

    रवि लामिछानेलाई सांसदकाे शपथ नगराउन सर्वाेच्चमा रिट

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यका रूपमा सपथ नगराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

    बुधबार युवराज लामिछानेले उक्त रिट दर्ता गरेका हुन् ।

    रवि लामिछानेको नागरिकता र पासपोर्टको विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

    लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुन: पुरानै नागरिकताको प्रयोग गरेको आरोप लगाइएकाे छ ।

    यस्तै, अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको आरोप छ ।

    लामिछानेले मंसिर ४ को चुनावमा पुरानै नागरिकताको प्रयोग गरी उम्मेदवारी दिएका थिए ।

    यस विषयमा निर्वाचन आयोगमा पनि उनीविरूद्ध उजुरी परेको थियो । आयोगले स्पष्टीकरण सोध्दासम्म मतदान भइसकेको थियो ।

  • रवि लामिछाने भन्छन्- सरकारले ल्याउन लागेकाे अध्यादेश तत्काल फिर्ता हुनुपर्छ

    रवि लामिछाने भन्छन्- सरकारले ल्याउन लागेकाे अध्यादेश तत्काल फिर्ता हुनुपर्छ

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले ल्याउन लागेकाे अध्यादेश फिर्ता हुनुपर्ने बताएका छन् ।

    सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी आइतबारको मन्त्रिपरिषद बैठकबाट अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

    सरकारले संसद छलेर उक्त अध्यादेश ल्याएको भन्दै रास्वपाका सभापति लामिछानेले अध्यादेश तत्काल फिर्ता हुनुपर्ने बताएका छन् ।

    ‘अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता? ३ हप्ता? त्यस्तो के आपतकाल लागेको थियो र १-२ हप्ता पनि कुर्न नसकिने?,’ सभापति लामिछानेले फेसबुकमा लेख्दै प्रश्न गरेका छन् ।

    अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको उनको भनाइ छ ।

    ‘नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो । यो तत्काल फिर्ता हुनपर्छ,’ लामिछानेले भनेका छन् ।

    सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतका विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि यसको विरोध भइरहेको छ।

  • पार्टी विवादबारे रवि लामिछानेकाे प्रतिक्रिया : गज्जब भएकाे छ

    पार्टी विवादबारे रवि लामिछानेकाे प्रतिक्रिया : गज्जब भएकाे छ

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक प्रणालीतर्फबाट संघीय सांसद चयनलाई लिएर पार्टीमा हाल जारी विवादलाई गज्जब भएको बताएका छन् ।

    बिहीबार काठमाडौंबाट भरतपुर पुगेका उनले विमानस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

    उनले बढी मत आएकालाई छाडेर कम मत पाउनेलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाले रास्वपा कार्यालयमा गरेको विरोध गज्जब भएको उल्लेख गरे ।

    उनले रास्वपाभित्र कसैलाई पक्षपता नहुने पनि बताएका छन् । ‘पार्टीभित्र कोही पनि तलमाथि छैनन्’, उनले भने, ‘मैले नै खबरदारी गर्नुस् भनेको छु, जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन, कोही आत्तिनुपर्ने पनि अवस्था पनि छैन ।’

  • नेपाली नागरिकता नलिई चुनाव लडेको भन्दै रवि लामिछानेविरुद्ध गृह मन्त्रालयमा उजुरी

    नेपाली नागरिकता नलिई चुनाव लडेको भन्दै रवि लामिछानेविरुद्ध गृह मन्त्रालयमा उजुरी

    काठमाडाैं । चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ ।

    आफूलाई समाजवादी केन्द्र नेपालको सर्वोच्च नेता बताउने युवराज सफलले लामिछानेले नेपाली नागरिकता पुनर्प्राप्तिको कानुनी प्रकृयासमेत पूरा नगरी निर्वाचन आयोगमा दल दर्ता गरेको र प्रतिनिधिसभाको उम्मेदवार समेत भएको भन्दै मन्त्रालयमा गरेको उजुरी मंसिर ९ गते दर्ता भएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

    गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखामा गरेको उजुरीको दर्ता नं. १९१ रहेको र सो शाखाबाट च.न. १५७ रही नागरिकता तथा राष्ट्रिय परिचयपत्र शाखामा गएर आवश्यक कारबाही अगाडि बढेको उनले जनाएका छन् ।

    लामिछानेविरुद्ध उजुरी परेको अनौपचारिक जानकारी आएकाे गृहमन्त्रालय स्राेतले जनाएकाे छ ।

     

  • रवि लामिछानेको उदय : संयोग कि योजना ?

    रवि लामिछानेको उदय : संयोग कि योजना ?

    काठमाडाैं । आमनिर्वाचनको प्रारम्भिक नतिजा हेर्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चमत्कारिक परिणाम ल्याइरहेको छ । प्रत्यक्ष र समानुपातिकतर्फ स्वतन्त्र पार्टीले उल्लेख नतिजा प्रदर्शन गरेको छ ।

    अहिले सबैको मुखमा एउटै प्रश्न छ : रविको पार्टीलाई यति धेरै मत कसरी आयो ? अब रविको पार्टी सरकारमा जान्छ ?

    टेलिभिजनको जागिर छाडेर राजनीतिक दल खोलेकाबेला धेरैले उनको खिल्ली उडाएका थिए । त्यतिबेला उनले भनेका थिए, ‘अहिले मलाई उडाउनेहरु कुनैदिन मेरै समाचारको हेडलाइन बनाउनेछन् ।’

    अहिले अवस्था हेर्दा त्यस्तै देखिन्छ । रविको पार्टीका विषयलाई जोडेर आगामी राजनीतिक यात्रा र सरकार निर्माणको बहससमेत प्रारम्भ भैसकेको छ ।

    यसरी हेर्दा कतिपयले रविको उदयलाई संयोग ठानेकाछन । विद्यमान राजनीतिक दल र नेताहरुबाट वाक्कदिक्क भएकाहरुले विकल्पको रुपमा रविलाई छानेका हुन् । तर, स्वयं रवि भने राजनीतिमा आउने आफनो लामो तयारी रहेको बताउँछन् ।

    कतिपयले रविलाई शंकाको नजरले हेरेकाछन् । उनी पश्चिमाहरुको आडमा उदाइरहेको उनीहरुको शंका छ । उनीहरुका तर्क र कतिपय राजनीतिक मुद्दामा रविको अलमल देख्दा त्यो सत्य जस्तो पनि लाग्छ ।

    केही महिनाअघि मात्र खुलेको र पहिलो पटक निर्वाचनमा भाग लिएको उक्त दलले प्राप्त गरिरहेको प्रारम्भिक नतिजालाई कतिपय राजनीतिशास्त्रीले पुराना दलप्रतिको वितृष्णाको मत भनिरहेका छन्।

    उक्त दलका केन्द्रीय प्रवक्ता डा. मुकुल ढकाल चाहिँ अहिलेको प्रारम्भिक नतिजा आफूहरूले अपेक्षा गरे अनुरूपकै भएको बताउँछन्।

    नेपालको लोकतान्त्रिक इतिहासमा यस पटक मतदानबाट क्रान्ति हुन खोजेको भन्दै त्यसले आफूहरूलाई उत्साहित बनाएको स्वतन्त्र पार्टीका नेताहरु बताउँछन् ।

    ढकालका भनाइमा उक्त दलले चुनावको अन्तिम परिणाम आएपछि सांसदको संख्या हेरेर सरकारमा जाने वा नजाने रणनीति बनाउनेछ । उल्लेख मत आए सरकारको नेतृत्व गर्न पनि तयार हुने ढकाल बताउँछन् ।

    स्वतन्त्र पार्टीको उदयपछि लामो समयदेखि सरकारको बागडोर सम्हालिरहेका कांग्रेस, एमाले र माओवादी केन्द्र जस्ता दलहरुलाई पनि दुई कदम पछाडी हट्नुपर्ने स्थिति आएको छ । सरकार निर्माण र राष्ट्रिय मुद्दामा स्वतन्त्र पार्टी निर्णायक हुने स्थिति आएपछि ठूला दलहरु दबाबमा परेका छन् ।

  • चितवन २ मा रवि लामिछानेले लिए दोब्बर बढीकाे अग्रता

    चितवन २ मा रवि लामिछानेले लिए दोब्बर बढीकाे अग्रता

    चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

    पछिल्लो मतगणनाअनुसार लामिछानेले १३ हजार ६ सय ४१ मत पाउँदा एमालेका कृष्णभक्त पोखरेल ६ हजार २ सय ४९ पाएका छन् ।

    यसैगरी, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ९३५ मत प्राप्त गरेका छन् । रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढिरहेको छ ।

  • चितवन २ मा २ हजार मतले रवि लामिछानेकाे अग्रता

    चितवन २ मा २ हजार मतले रवि लामिछानेकाे अग्रता

    काठमाडौँ । चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायम राखेका छन् ।

    १७१८२ मतगणना रविले ६ हजार आठ सय ३३ मतसहित अग्रता बनाएका छन् ।

    नेकपा एमालेका कृष्णभक्त पोखरेलले चार हजार आठ सय ३७ मतसहित रविलाई पछ्याइरहेका छन् ।

    काँग्रेसका उमेश श्रेष्ठ चार हजार चार सय २१ मत सहित तेस्रो स्थानमा छन् ।

  • चितवनमा रवि लामिछानेले लिए अग्रता

    चितवनमा रवि लामिछानेले लिए अग्रता

    चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् ।

    कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् ।

    लामिछानेले ४ हजार ७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।

  • फेरि तेस्राेमा झरे रवि लामिछाने, कति पाए मत ?

    फेरि तेस्राेमा झरे रवि लामिछाने, कति पाए मत ?

    काठमाडाैं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फेरि तेस्रो स्थानमा झरेका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका कृष्णभक्त पोखरेल ३ हजार ६ सय २३ मतका साथ अग्र स्थानमा छन् भने कांग्रेसका उमेश श्रेष्ठले ३ हजार २ सय १६ मतका साथ दाेस्राे स्थानमा उक्लेका छन् ।

    लामिछानेले २ हजार ९ सय ७८ मत पाएका छन् ।

  • रवि लामिछाने उक्लिए दाेस्राे स्थानमा, एमालेको अग्रता कायमै

    रवि लामिछाने उक्लिए दाेस्राे स्थानमा, एमालेको अग्रता कायमै

    चितवन । चितवन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल २३३१ मत ल्याई अग्रस्थानमा छन् ।

    निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने २२२७ मतका साथ दोस्रो स्थानमा छन् ।

    मतगणनाको सुरुवाती चरणमा तेस्रो स्थानमा रहेका लामिछाने मंगलबार बिहानबाट दोस्रो स्थानमा उक्लिएका छन् ।

    नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई पछि पारेका लामिछानेले पोखरेलसँगको मतान्तर पनि जम्मा १०४ को पुर्‍याएका छन् । श्रेष्ठले २०३६ मत पाएका छन् ।