Tag: राजेन्द्र लिङ्देन

  • एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता, चुनावी तालमेलबारे छलफल

    एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता, चुनावी तालमेलबारे छलफल

    काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

    शुक्रबार बेलुका बालकोटमा भएको भेटवार्तामा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जानेलगायत विषयमा छलफल केन्द्रित भएकाे स्राेतले बताएकाे छ ।

    यद्यपी तालमेल गरेर जाने कुरा निष्कर्षमा नपुगेकाे र यसबारे थप छलफल हुने स्राेतकाे दाबी छ ।

    लिङ्देन झापा ३ मा चुनाव लड्नेछन् ।

    २०७४ मा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित वामगठबन्धनले लिङ्देनलाई समर्थन गर्दा लिङ्देन विजयी भएका थिए । उनले नेपाली काङ्ग्रेसका कृष्ण सिटौलालाई हराएका थिए ।

  • राजेन्द्र लिङ्देनको सुझाव– वर्तमान सरकार विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गरौँ

    राजेन्द्र लिङ्देनको सुझाव– वर्तमान सरकार विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गरौँ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचन निस्पक्ष बनाउन वर्तमान सरकार विघटन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

    उनले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत वर्तमान सरकार विघटन गरी स्वतन्त्र चुनावी सरकार गठन गर्न सुझाएका हुन् ।

    ‘निर्वाचन घोषणा पछि पनि संसदलाई निरन्तरता दिने होईन बरू निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकार समेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुन्छ,’ राप्रपा अध्यक्ष लिङ्देनले भनेका छन् ।

    गठबन्धन सरकारलाई जनता र प्रजातन्त्रमाथि विश्वाश छ भन्ने देखाउन पनि वर्तमान सरकार विघटन गरेर नयाँ चुनावी सरकार गठन तर्फ अघि बढ्नु पर्ने उनले बताएका छन् ।

  • राप्रपाले थाल्यो आगामी निर्वाचनको तयारी, १५ दिनभित्र कार्ययोजना तयार पार्ने

    राप्रपाले थाल्यो आगामी निर्वाचनको तयारी, १५ दिनभित्र कार्ययोजना तयार पार्ने

    काठमाडौं । राप्रपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी थालेको छ ।

    काठमाडौंमा बिहीबारबाट सुरु भएको दुई दिने केन्द्रीय समितिको बैठकमा अध्ययक्ष राजेन्द्र लिङ्देनले पेस गरेको राजनीतिक प्रतिवेदनमा मंसिरको पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने देखिएको र यसको तयारीका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गर्ने प्रस्ताव गरेका छन् ।

    केन्द्रीय अध्यक्षको अध्यक्षतामा गठन हुने सो समितिले १५ दिनभित्र निर्वाचनको तयारी सम्बन्धी विस्तृत कार्ययोजना तयार गर्ने उनले उल्लेख गरेका छन् ।

    सार्थै जिल्ला अध्यक्षको अध्यक्षतामा जिल्ला निर्वाचन परिचालन समिति गठन गर्न पनि अध्यक्ष लिङ्देनले प्रस्ताव गरेका छन् । उपयुक्त र लोकप्रिय उम्मेद्वारहरुको सम्भावित नामावली संकलन प्रारम्भ गर्ने उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

    स्वतन्त्र व्यक्तिहरुलाई राप्रपाबाट निर्वाचनमा उम्मेद्वार हुन सार्वजनिक रुपले आह्वान गरी सकिएको र सबै जिल्ला समितिहरुले सम्पर्क र अनुगमन प्रारम्भ गर्ने लिङ्देनको प्रतिवेदनमा उल्लेख छ ।

    निर्वाचन आयोगले २ मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्न मिति प्रस्ताव गरे पनि सरकारले यसबारे निर्णय भने गरेको छैन ।

  • राजेन्द्र लिङ्देनको प्रतिवेदन : शान्ति प्रक्रिया त्रुटिपूर्ण, जनता महंगीको मारमा

    राजेन्द्र लिङ्देनको प्रतिवेदन : शान्ति प्रक्रिया त्रुटिपूर्ण, जनता महंगीको मारमा

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशको शान्ति प्रक्रिया त्रुटिपूर्ण र अपूर्ण रहेको विश्लेषण गरेका छन् ।

    काठमाडौंमा बिहीबारदेखि सुरु भएको दुई दिने केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले संक्षिप्त तथा प्रारम्भिक समसामयिक राजनीतिक परिवेश र भावी कार्ययोजना पेस गर्दै विदेशको प्रभावमा रहेको १२ बुँदे सम्झौतासहित शान्ति प्रक्रिया त्रुटिपूर्ण र अपूर्ण रहेको बताएका हुन् ।

    संघीयताका कारण जनता महंगीको मारमा परेको उनको विश्लेषण छ ।

    आफ्नो प्रतिवेदनमा शान्ति प्रक्रिया र महंगीबारे लिङ्देनले लेखेका छन् :

    अपूर्ण शान्ति प्रक्रिया

    विदेशी प्रभावमा रहेको बाह्र बुँदे मात्र नभएर शान्ति प्रक्रिया पनि उत्तिकै त्रुटीपूर्ण र अपूर्ण रहेको छ । नेपालको द्वन्द्व त्रिपक्षीय थियो — राजसंस्था, संसदवादी शक्ति र माओवादी, द्वन्द्वका तीन पक्ष थिए । तथापि द्वन्द्वलाई तार्किक निष्कर्षमा पु¥याउने पवित्र लक्ष्य लिएको शान्ति प्रक्रियाले, द्वन्द्वको एक सरोकारवाला, राजसंस्थालाई प्रक्रियामा समावेश नै गराएन ।

    राजसंस्थालाई बहिष्करण गरेर आरम्भ भएको शान्ति प्रक्रियाले हालसम्म पनि पूर्णता पाएको छैन । शान्ति प्रक्रिया अन्तर्गतका सत्य निरुपण र मेलमिलाप अनि वेपत्ता छानविनको क्रम सम्पन्न हुन सकेको छैन । यस अर्थमा द्वन्द्वरत पक्षबीच सत्य सुन्ने, द्वन्द्वको घाउ मेटेर मन माझामाझ गर्ने, मेलमिलाप गर्ने मौका उपलब्ध नहुँदा शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्यो भन्ने अवस्था छैन । यसकारण द्वन्द्व र शान्ति प्रक्रियाका अन्तरविरोधहरु बेला मौकामा सार्वजनिक हुने गरेको छन् । कथित जनयुद्धको प्रमुख पात्रले नै खुलामञ्चमा उभिएर द्वन्द्वकालीन सत्र हजार नागरिक हत्यामध्ये पाँच हजारको मात्र जिम्मा लिन्छु भन्नु सोही परिस्थितिको द्योतक हो ।

    महंगीको मार

    खर्चिलो, अव्यावहारिक संघीय व्यवस्था देशले धान्न सक्दैन भन्ने हाम्रो आफ्नै अभ्यास र अनुभवले दर्शाएको छ । जनप्रतिनिधि र प्रशासनिक खर्चको भार बोझिलो छँदै थियो, तीन तहको करले जनताको ढाड भाचिएकै थियो, अब त जनताको घाउमा नुन चुक दल्ने गरी बजार भाउ आकाशिएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि दैनिकी बनेको छ । चर्को मूल्य वृद्धि, मुद्रास्फीति कहाँ गएर ठोक्किने हो भन्न सकिने अवस्था छैन । बजार घाटा, वैदेशिक मुद्राको अल्प संचिति, असन्तुलित आयात निर्यातको दर उत्तिकै कहालिलाग्दो छ । आर्थिक सुरक्षाको प्रश्न मात्र होइन, शान्ति सुरक्षा, सामाजिक सुरक्षाको क्षेत्रमा पनि सरकार चुकेको छ । निर्मला हत्याकाण्ड, रुकुम हत्याकाण्ड यस मानेमा गम्भीर व्यंग्य भएर खडा भएको छ । एक्काइसौं शताब्दी अनुकूल वैज्ञानिक युगमा समेत महिला सुरक्षा, महिला सशक्तिकरण र सामाजिक न्यायको खोजी जारी रहनु विडम्बना हो ।

  • नेपालमाथिको वैदेशिक हस्तक्षेप सुघौली सन्धीयताकै सबैभन्दा बढी : लिङ्देन

    नेपालमाथिको वैदेशिक हस्तक्षेप सुघौली सन्धीयताकै सबैभन्दा बढी : लिङ्देन

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सुगौली सन्धीपछि नेपालमा पछिल्लो दुई वर्षयता पहिलो पटक नेपालको परराष्ट्र नीति कमजोर भएको बताएका छ ।

    नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) ले आयोजना गरेको नेपालको भू–राजनीतिक अवस्था : चुनौती र अबको बाटो बारे छलफलमा उनले दुई देशबीचको सम्बन्ध गोलबारुदबाट मात्रै टाढा हुने होइन उनीहरुसँगको व्यवहार, सत्ताका लागि जे पनि विषयमा सम्झौता गर्दा हस्तक्षेप हुने गरेको बताए ।

    जबसम्म राष्ट्रहित र राष्ट्रिय स्वार्थमा नेताहरु रहन्छन् त्यसपछि हस्तक्षेप नहुने उनको भनाइ छ ।

    सहायतको नाममा विकासको नाममा साँस्कृतित क्षेत्रमा जुन प्रकारको हस्तक्षेप भइरहेको त्यसविरुद्ध सबै राजनीतिक दलका नेता एकै ठाउँमा उभिनुपर्ने उनले बताए ।

    उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेश अनुसार गए कसैले पनि हस्तक्षेप गर्न नसक्ने पनि बताए ।

  • मूल्यवृद्धि र मल अभावविरुद्धको आन्दोलनलाई राप्रपाले निरन्तरता दिने, यस्तो छ कार्यक्रम

    मूल्यवृद्धि र मल अभावविरुद्धको आन्दोलनलाई राप्रपाले निरन्तरता दिने, यस्तो छ कार्यक्रम

    काठमाडौं । राप्रपाले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने भएको छ । विभिन्न २२ बुँदे माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको केही दिनपछि सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै राप्रपाका भ्रातृ संगठन आन्दोलित बनेका छन् ।

    पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

    राप्रपाले खेती लगाउने समयमा पनि किसानलाई रासायनिक मलको आपूर्ति हुन नसकेको र किसानका समस्यामा केन्द्रीत भई १३ असारमा ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने भएको छ ।

    यसैगरी प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रका विषय सम्बोधन हुनुपर्ने माग राखेर १७ असारमा ७७ वटै जिल्लाका सदरमुकाममा राँके जुलुस गर्ने निर्णय गरेको छ ।

    बैठकले १९ असारमा पार्टीसँग आबद्ध ट्रेड युनियनको नेतृत्वमा श्रमिकको उचित ज्याला निर्धारण र श्रमिकको जीवन बिमा लगायतका माग सहित श्रममन्त्रीलाई ज्ञापनपत्र पेश गर्ने निर्णय गरेको छ ।

    २४ असारमा भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै देशभरका जिल्लाका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र कोणसभा गर्ने निर्णय गरेको राप्रपाले २७ असारमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको नेतृत्वमा पठनपाठनको समय भइसक्दा पनि विद्यालयमा समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको भन्दै जनक शिक्षा सामग्री केन्द्र र कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क हुने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न उच्च माध्यमिक शिक्षा परिषदमा ज्ञापनपत्र र धर्ना दिने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    यसैगरी ३१ असारमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नेतृत्वमा महिला हिंसाविरुद्ध राष्ट्रिय महिला आयोगमा धर्ना दिने भएको छ ।

  • राजेन्द्र लिङ्देन भन्छन्, ‘रवि लामिछाने राप्रपा प्रवेश गरे अचम्म मान्नु पर्दैन’

    राजेन्द्र लिङ्देन भन्छन्, ‘रवि लामिछाने राप्रपा प्रवेश गरे अचम्म मान्नु पर्दैन’

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले रवि लामिछाने राप्रपा प्रवेश गरे अचम्म मान्नु नपर्ने बताएका छन् । रवि लामिछाने राप्रपा प्रवेश गर्ने भन्नेबारे हुलाक सञ्चारले गरेकाे प्रश्नमा लिङ्देनले अहिले नै टुंगाे लागिनसकेकाे तर सम्भावना भने रहेकाे बताए ।

    अध्यक्ष लिङ्देनले भने- ‘अहिले नै टुंगिसकेकाे छैन, तर उहाँमात्र हाेइन, सुशासनकाे वकालत गर्ने सबै बुद्धिजीवीहरुकाे पार्टी भनेकाे राप्रमामात्र भएकाेले उहाँलगायत व्यक्तिहरु राप्रपामा आउने सम्भावना छ ।’

    उनले परिवर्तन चाहाने जाेकाेही पनि सक्रिय राजनीतिमा आउन चाहानुहुन्छ भने विकल्प भनेकाे राप्रपामात्र भएकाे दाबी पनि गरे ।

    लोकप्रिय पत्रकार रवि लामिछानेले पत्रकारितालाई विट मार्दै राजनीतिमा होमिने घोषणा गरिसकेका छन् । तर, उनले गर्ने राजनीतिको रूपरेखा प्रस्ट भएको छैन । लामिछानेले आगामी प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीसाथ टेलिभिजनको जागिर छाडेका हुन् ।

    काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने उनको तयारी छ । तर, पार्टीबाट लड्ने कि स्वतन्त्र लड्ने भन्ने खुलाएका छैनन् ।

    आफूलाई विभिन्न पार्टीहरूबाट अफर आइरहेको तर निर्णय लिन बाँकी रहेको उनको भनाइ छ । यतिबेला उनी तानातानमा परेका छन् ।

    हेर्नुहाेस् भिडिओ :

  • एसपीपी रोक्न स्वतन्त्र चुनावी सरकार गठन गरौँ : राजेन्द्र लिङ्देन

    एसपीपी रोक्न स्वतन्त्र चुनावी सरकार गठन गरौँ : राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्वतन्त्र चुनावी सरकार गठनको प्रस्ताव गरेको छ ।

    बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले परराष्ट्र नीतिमा असन्तुलन हुने कार्य हुन नदिन स्वतन्त्र सरकार गठन गर्नपर्ने आवश्यकता भएकाे बताएका हुन् ।

    विगतमा एमसीसी बहुमतको बलमा पास गरिएको र फेरि एसपीपीको विषय अगागि आएको उल्लेख गर्दै उनले यस्ता विषयमा राष्ट्रिय आवश्यकता र सहमतिभन्दा बहुमतमा निर्णय लिने प्रवृति मौलाएकाले त्यसलाई रोक्न र परराष्ट्र नीतिमा सन्तुलन कायम गर्न स्वतन्त्र सरकार गठनको प्रस्ताव गरेका हुन् ।

    उनले भने, ‘बहुमतको बलमा हतार गरेर एमसीसी पास गरियो । तर, त्यसका पछि धेरै कुरा ताँती लागेर आउँदै रहेछन् भन्ने कुरा आउन थालेको छ । यो एसपीपी अरु कुरा के-के आउँछन् देखिँदै जानेछन् ।’

    अध्यक्ष लिङदेनले ‘यस प्रकारको गल्ती सरकारले किन दोहोर्‍याइरहेको छ ?’ भनी प्रश्नसमेत राखेका छन् ।

  • राप्रपामा तोकिए थप चार विभाग प्रमुख

    राप्रपामा तोकिए थप चार विभाग प्रमुख

    काठमाडाैं । राप्रपाले चार विभागका प्रमुख तोकेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार स्थानीय तह परिचालन, महिला, शिक्षा र सामाजिक विभाग प्रमुख तोकेका हुन् ।

    उपाध्यक्ष रोशन कार्कीलाई स्थानीय तह परिचालन विभागको प्रमुख बनाइएको छ ।

    महामन्त्री कुन्तीकुमारी शाहीलाई महिला विभाग प्रमुख र केन्द्रीय सदस्य रोजेश गिरीलाई शिक्षा विभाग प्रमुख बनाइएको छ ।

    ज्वाला संग्रौलालाई सामाजिक विभाग प्रमुखको जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ ।

  • नेपालगञ्जमा पूर्वराजाकाे शालिक राख्न नदिएकोमा राप्रपा अध्यक्ष लिङ्देनको आपत्ति

    नेपालगञ्जमा पूर्वराजाकाे शालिक राख्न नदिएकोमा राप्रपा अध्यक्ष लिङ्देनको आपत्ति

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालगंजमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्न नदिएकोमा आपत्ति जनाएका छन् ।

    लिङ्देनले सामाजिक संजाल फेसबुकमार्फत् जनस्तरबाट पुनःस्थापित स्व.राजा वीरेन्द्रको शालिक माथि सरकार पक्षबाट भएको तोड्फोड तथा जनसाधारण माथिको धरपकड सम्बन्धि घटनामा राप्रपाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन् ।

    उनले सो झडपको क्रममा पक्राउ परेका सबैलाई तत्तकाल रिहाई गर्न तथा ईतिहासको सम्मान गर्न नेपाल सरकारसँग माग पनि गरेका छन् । बाँकेको नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्नेक्रममा विहान झडप भएको थियो ।

    दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो । बिहीबार दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले नेपालगञ्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

    प्रहरीले धम्बोजी चोकमा वीरेन्द्रको शालिक राख्न नदिएपछि झडप भएको हो । तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको छ । झडपका क्रममा स्थानीय र सुरक्षाकर्मी गरी एक दर्जन जति घाइते भएका छन् ।

    धम्बोजी चोकलाई २०६२/६३ को जनआन्दोलनसम्म वीरेन्द्र चोक भनिन्थ्यो भने त्यहाँ वीरेन्द्रकै शालिक थियो । जनआन्दोलनका क्रममा वीरेन्द्रको शालिक तोडफोड गरेर घटाएपछि बिहीबार फेरि शालिक राख्ने प्रयास भएपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

    केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरुले राष्ट्रिय झण्डा हटाएर वीरेन्द्रको शालिक राख्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो । उनीहरुले जबरजस्ती राखेको वीरेन्द्रको शालिक अहिले प्रहरीले हटाएको छ । प्रहरीको हस्तक्षेपविरुद्ध आक्रोशित भएर विरोधमा उत्रिएकाहरुले सेतु विक चोकमा राखिएको सहिद सेतु विकको शालिक पनि हटाएका छन् ।