Tag: राजेन्द्र लिङ्देन

  • व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था जस्ताको त्यस्तै : अध्यक्ष लिङ्देन

    व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था जस्ताको त्यस्तै : अध्यक्ष लिङ्देन

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ साल यता व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा कुनै परिवर्तन नभएको बताएका छन् । राप्रपा जिल्ला कार्यसमितिद्वारा आयोजित बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकमा जताततै भ्रष्टाचार, बेरोजगारी, अशिक्षाले जरो गाडिसकेको हुँदा त्यसलाई परिवर्तन गर्न लागि अब ठीक पार्टी एवं ठीक नेतालाई मत हाल्न सबैलाई अपिलसमेत गरे ।

    अर्थतन्त्रले मुलुक टाट पल्टने अवस्थामा रहे पनि भ्रष्ट नेता र कालोबजारी गर्नेहरु नै धनी भएको भन्दै अध्यक्ष लिङ्देनले उनीहरुको सम्पत्ति पनि छानबिन गर्नुपर्ने बताए ।

    कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर राणाले ९४ प्रतिशत सनातन हिन्दू धर्म रहेको नेपालमा धर्म निरपेक्ष राष्ट्र घोषणा गरी हिन्दूहरुको अपमान गरेको आरोप लगाए । उनले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

    फरक प्रसङ्गमा जबराले तराई मधेसको यावत समस्या समाधान राप्रपाले नै गर्ने जानकारी दिए । कार्यक्रममा विभिन्न पार्टी छाडेका सयौँ कार्यकर्तालाई रापप्रा पार्टी प्रवेश गराइएको थियो । नव प्रवेशीहरुलाई अध्यक्ष लिङ्देनले टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

  • राजेन्द्र लिङ्देनको आरोप : कांग्रेस, एमाले र माओवादीले देश अप्ठेरो अवस्थामा पुर्‍याए

    राजेन्द्र लिङ्देनको आरोप : कांग्रेस, एमाले र माओवादीले देश अप्ठेरो अवस्थामा पुर्‍याए

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीका कारण मुलुक अप्ठेरो अवस्थामाा पुगेको आरोप लगाएका छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले जबरजस्त गणतन्त्र र धर्मनिरपेक्षता ल्याएर कांग्रेस, एमाले र माओवादीले मुलुक अप्ठेरो अवस्थामा पुराएको आरोप लगाएका हुन् ।

    उनले दलहरु कै कारण ३२ वर्षमा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको र तीन करोड पनि जनसंख्या नपुगेको नेपालका निरोगी र दक्ष जनशक्ति वैदेशिक रोजगारीमा जान बाध्य भएको तर्क गरे । कांग्रेस, एमाले र माओवादी पूर्ण रुपमा असफल भएको भन्दै उनले अवको शक्ति राप्रपा भएको दावि गरे । अरु असफल भए पनि राप्रपालाई असफल हुने छुट नरहेको उनले बताए ।

    त्यस्तै राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाले राप्रपाले नेपाललाई हिन्दु राष्ट्र बनाइ छाड्ने दावी गरे । उनले लुटतन्त्रमा पल्किएका अर्थतन्त्रका मालिकहरुले मुलुकलाई अप्ठेरो अवस्थामा पुराएको धारणा राखे ।

    कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई राप्रपा प्रवेश गराइएको थियो ।

     

  • भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिन्छ : अध्यक्ष लिङ्देन

    भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिन्छ : अध्यक्ष लिङ्देन

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचारले एउटै पार्टी भएको आरोप लगाएका छन् ।

    पर्वत सदरमुकाम कुश्माबजारमा मंगलबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यी तीन ठूला दल नामले फरक भए पनि विचारका हिसाबले फरक नभएको आरोप लगाएका हुन् ।

    अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको उल्लेख गर्दै समृद्ध मुलुक निर्माणका लागि आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो दललाई विजयी गराउन सबैसँग आग्रह गरे ।

    उनले आगामी स्थानीय तहको निर्वाचनमा उपयुक्त वातावरण बनेमा गठबन्धन बनाएर जान सकिने बताउँदै स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, सबै स्थानीय तहमा सुविधासम्पन्न अस्पताल, हरेक महिला एवम् वृद्धवृद्धाको घरघरमै पुगेर स्वास्थ्य परीक्षण र भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिने धारणा व्यक्त गरे ।

  • गृहजिल्लामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको शक्ति प्रदर्शन

    गृहजिल्लामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको शक्ति प्रदर्शन

    काठमाडौं । राप्रपाले आइतबार झापामा शक्ति प्रदर्शन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजनीतिक हेबिवेट नेताहरुको गृहजिल्ला झापामा आइतबार राप्रपाले गरेको शक्ति प्रदर्शनमा हजारौँ मानिसको सहभागिता थियो ।

    एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौलासहित नेताको गृहजिल्ला रहेको झापामा शक्ति प्रदर्शन गरेर लिङ्देनले आफ्नो दमदार उपस्थिति देखाएको स्थानीयले बताए ।

    २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र ३ मा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका लिङ्देनले आइतबार शक्ति प्रदर्शन गरेर प्रतिस्पर्धी दलहरुलाई ठूलो चुनौती दिएका छन् ।

    गत स्थानीय तह निर्वाचनमा विजय प्राप्त गरेको कचनकवलको बनियानीमा आइतबार राप्रपाले विशाल आमसभा गरेको हो । सो आमसभामा हजारौँ मानिस सहभागी भएर लिङ्देनको नेतृत्वलाई अनुमोदन गरेको राप्रपा नेताहरुले बताएका छन् । गत मंसिरमा पार्टीको सम्पन्न महाधिवेशनमा कमल थापालाई पराजित गरेर लिङ्देन अध्यक्षमा निर्वाचित भएका थिए ।

    कांग्रेस, एमाले, माओवादीसहितका दलहरुलाई चुनौतीका रुपमा देखिएका लिङ्देन आगामी निर्वाचनमा कमजोर उम्मेदवार होइनन् भन्ने देखिएको छ ।

    २०६३ सालमा तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले गरेको ‘प्रतिनिधिसभा घोषणा’मा देशलाई धर्मनिरपेक्ष राष्ट्र र गणतन्त्र घोषणा गराउने कार्यमा अग्रणी भूमिका खेलेका कांग्रेस नेता सिटौलालाई पराजित गरेका लिङ्देनले संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रविना देशको विकास र समृद्धि सम्भव नरहेको बताए ।

    सभालाई लिङ्देनसहित प्रदेश १ का अध्यक्ष राम थापालगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

    आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी स्वरुप राप्रपासहित विभिन्न राजनीतिक दलहरुले राजनीतिक गतिविधि गरिरहेका छन् ।

    नयाँ नेतृत्व पाएको राप्रपाका कार्यक्रममा मानिसको व्यापक सहभागिताले अन्य दललाई चुनौती थपिएको छ । अन्य दलको कार्यक्रममा भन्दा राप्रपाको कार्यक्रममा भएको नागरिकको उत्साहजनक सहभागिताले आउँदो प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले संसदमा आफ्नो उपस्थिति बलियो बनाउने देखिएको छ ।

    मौजुदा प्रतिनिधिसभामा राप्रपाबाट लिङ्देनको मात्र सहभागिता छ । तर, अब लिङ्देनकै नेतृत्वमा राप्रपाले संसदमा दमदार उपस्थिति जनाउने राजनीतिक विश्लेषकहरुले बताउन थालेका छन् ।

  • मोरङमा राप्रपाको शक्ति प्रर्दशन, लिङ्देन भन्छन्– के गाउँ के सहर, सबैतिर अब राप्रपाकै लहर

    मोरङमा राप्रपाको शक्ति प्रर्दशन, लिङ्देन भन्छन्– के गाउँ के सहर, सबैतिर अब राप्रपाकै लहर

    मोरङ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशैभरि राप्रपाको लहर छाएको बताएका छन् । मोरङमा शनिबार आयोजित सभामा उनले भने, ‘के गाउँ के सहर, अब राप्रपाकै लहर ।’ मोरङको रतुमाईमास्थित दाम्राभिट्टामा आयोजित वृहत आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले जनमत पाएर पनि देश बनाउन नसकेको आरोप लगाएका छन् । यी दललाई निर्वाचनमा विजयी बनाएर देश बन्छभन्दा पश्चातापबाहेक केही हात नपर्ने उनले बताए । कांग्रेस, एमाले र माओवादीले पटकपटक देश विकासको नेतृत्व गर्ने अवसर पाए । तर उक्त अवसरलाई सदुपयोग गर्न नसकेको उनको भनाइ छ । अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनीतिक दललाई देश र जनताले महसुस हुने गरी गरेको काम देखाउन चुनौती समेत दिएका छन् ।

    उनले यस्ता राजनीतिक दललाई फेरि पनि सत्तामा पुर्‍याउनु देशलाई थप बरबादीको दिशातर्फ धकेल्ने काम हुने बताए ।

    उनले ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु दूध दुहनका लागि साँढेको टाङ मुनि बाल्टी थाप्नु जस्तै भएको टिप्पणी गरे । स्थानीय तह निर्वाचनलाई लक्षित गरी राप्रपाले सभालाई सम्बोधन गर्दै लिङ्देनले भने, ‘साँढेको टाङमुनी बाल्टी थापेर साँढेले दूध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा, कन्याउँदा, हैन यसलाई खाना पुगेन भनेर दाना थप्दा पनि दूध दिँदैन । ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु हो त्यस्तै हो ।’

    उनले शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड कति पटक प्रधानमन्त्री भए देश बन्छ ? भनेर प्रश्न समेत गरेका थिए । ‘अब तिनै पार्टी, तिनै नेताबाट देश बन्छ भनेर तिनैलाई हाम्रो बाजेको पार्टी बाउको पार्टी मैले यति लेबी तिरेको भनेर भोट दिइराख्नु भनेको र यिनै पार्टीबाट देश बन्छ भनेर अपेक्षा राख्नु भनेको साँढेको टाङमुनि बाल्टी थाप्नु जस्तै हो,’ उनले भने, ‘जबसम्म तिनै पार्टीलाई भोट हाल्नुहुन्छ तबसम्म देशले परिवर्तन र विकास प्राप्त गर्दैन ।’

    उनले देश बिगारेर असफल राष्ट्रको मुखसम्म धकेल्नमा ठूला पार्टी र नेता जस्तै अर्को चिह्नमा हात लाग्दैन भनेर भोट दिने मतदाताहरू पनि दोषी भएको बताए ।

    शक्ति राष्ट्र नेपालमा रणनीतिक रूपमा प्रतिस्पर्धा गरिरहेको लिङ्देनले बताए । नेपाललाई रणनीतिक प्रतिस्पर्धा बनाइएको उनको भनाइ छ । उनले भने, ‘कुनै बेला हामीले युक्रेनको नियति व्यहोर्नुपर्ने अवस्था आउने खतरा हाम्रो सामु देखिएको छ । उनीहरूको आलोकाँचो व्यवहारले हुने क्षति ठूला पार्टीले मात्र व्यहोर्नु पर्दैन । सिंगो देश र जनताले क्षति व्यहोर्नु पर्नेछ ।

    नेता लिङ्देनले अब आउने चुनाव नेपाली जनताका लागि विगतका गल्ती सच्याउने अवसर भएको बताए । जनताले दिने एक भोटले गलत पार्टी र गलत नेताले जिते देशले दुःख पाउने उल्लेख गरे। आउँदो वर्ष हुने तीनै तहको चुनाव सोचेर जनता र देशको पक्षमा हुने गरी मतदान गर्न अध्यक्ष लिङ्देनले सबैमा आग्रह गरे ।

    ‘गलत नेता र पार्टीको चयन गर्दा देशले दुःख पाउँछ, सोचेर भोट दिनुस्’, उनले भने ।

  • चुनावमा कसैसँग गठबन्धन नगर्ने राप्रपा अध्यक्ष लिङ्देनद्वारा स्पष्ट

    चुनावमा कसैसँग गठबन्धन नगर्ने राप्रपा अध्यक्ष लिङ्देनद्वारा स्पष्ट

    उदयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको चुनावमा कसैसँग गठबन्धन नगर्ने स्पष्ट पारेका छन् ।

    शुक्रबार उदयपुर सदरमुकाम गाईघाटमा राप्रपाका अध्यक्ष लिङ्देनले उदयपुरद्वारा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा स्थानीय तहको चुनावमा कुनै दलसँग तालमेल नगर्ने बताएका हुन् ।

    अध्यक्ष लिङ्देनले आवश्यकता हेरी गठबन्धन गर्न सकिने भए पनि अहिलेसम्म आफ्नै बलबुताले लड्ने क्षमता रहेको बताए ।

    जनसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले स्थानीय निर्वाचनमा सुशासनको मुद्दालाई मूल विषय बनाउने उल्लेख गरे । उनले देश ३१ वर्ष निकम्माहरुले शासन गर्दा अहिलेको अवस्था आएको आरोप पनि लगाए ।

    जनसभामा राप्रपाका केन्द्रीय नेता विक्रम पाण्डे, हरीबहादुर बस्नेत, ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गरेका थिए ।

  • कांग्रेस, एमाले र माओवादीले निर्वाचन जितेपनि मुलुक बन्न सक्दैन : राजेन्द्र लिङ्देन

    कांग्रेस, एमाले र माओवादीले निर्वाचन जितेपनि मुलुक बन्न सक्दैन : राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीले निर्वाचन जितेपनि मुलुक बन्न नसक्ने बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित राप्रपा कार्यकर्ता भेलामा बोल्दै लिङ्देनले ठूला पार्टीले देशलाई बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत गरेको र मुलुकका लागि केहि गर्न नसकेको भन्दै अव पनि उनीहरुले निर्वाचन जिते मुलुक बन्न नसक्ने बताएका हुन् । उनले असफल भएका दललाई भोट दिएर बिजयी गराए मुलुक नै असफलतातर्फ जाने तर्क गरे ।

    उनले तीनै तहको निर्वाचनमा सोचेर भोट दिन आग्रह गरे । उनले आफ्नो पार्टीले ५ वर्षमात्रै देशको नेतृत्व पाए मुलुकको मुहार फेर्ने दावी पनी गरे । उनले जनताले पनि निर्वाचनलाई मुलुकको हितका लागि प्रयोग गर्नुपर्ने धारणा राखे ।

  • राजेन्द्र लिङ्देनकाे प्रश्न : देउवा, प्रचण्ड र ओलीलाई कति पटक प्रधानमन्त्री बनाए देश बन्छ हाेला ?

    राजेन्द्र लिङ्देनकाे प्रश्न : देउवा, प्रचण्ड र ओलीलाई कति पटक प्रधानमन्त्री बनाए देश बन्छ हाेला ?

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ‘देउवा, प्रचण्ड र ओलीलाई कति पटक र कति वर्ष प्रधानमन्त्री बनाए देश बन्छ हाेला’ भनी प्रश्न गरेका छन् । शुक्रबार काठमाडाैंकाे तीनकुनेमा आयाेजित पार्टी प्रवेश कार्यक्रममा थापाले यस्तो प्रश्न गरेका हुन् ।

    उनले भने- ‘व्यक्तिकाे नाम लिँदा आलाेचना गरेजस्ताे हुन्छ, आदरपूर्वक भन्छु शेरबहादुर देउवालाई कति पटक र कति वर्ष प्रधानमन्त्री बनाउँदा देश बन्छ हाेला ? केपी ओलीलाई, प्रचण्डलाई कति पटकर र कति वर्ष प्रधानमन्त्री बनाउँदा देश बन्छ हाेला ?’

    अध्यक्ष लिङ्देनले देश निर्माणकाे लागि विदेशीकाे सहयाेग चाहिन्छ भन्नेहरु अन्य पार्टीमा हुने र देश यथास्थितिमा रहनुहुन्न, देश हामी आफैँले बनाउनुपर्छ भन्नेहरु राप्रपामा हुने दाबी पनि गरेका छन् । उनले एमसीसीकाे बारेमा टिप्पणी गरी देशमा उत्पादित बिजुली देशमा नै खपत गर्न सकिने स्पष्ट पारे ।

    उनले कांग्रेस नेता गगन थापाले भनेका कुरा स्मरण गरी भने- राष्ट्रिय प्रजातन्त्र पार्टी भ्रममा छैन, भिख नमागेर पनि विकास गर्न सकिन्छ । जनताकाे जीवन सहज पार्न सकिन्छ । हामी उत्पादित बिजुली यहीँ प्रयाेगका ल्याउन सक्छाैँ ।’

    उनले बिजुली बसकाे प्रयाेग गर्न सकिने, बिजुलीबाट खाना पकाउन सकिने भन्दै देश औद्याेगिकरणमा जाने र राेजगारीकाे सिर्जना हुनेसमेत बताए ।

    उनले अब यही कांग्रेस, एमाले र माओवादीलाई पटक-पटक माैका दिइरहने छुट हामीलाई नभएकाे पनि बताए । उनले अब विकल्प खाेज्न जरुरी भएकाे पनि बताए ।

    हेर्नुहाेस् भिडियाे :

  • भ्रष्ट्राचार राेक्न लिङ्देनकाे उपाय, उम्मेदवारलाई मन्दिरमा कसम खुवाउने !

    भ्रष्ट्राचार राेक्न लिङ्देनकाे उपाय, उम्मेदवारलाई मन्दिरमा कसम खुवाउने !

    माेरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाबाट स्थानीय तहमा उम्मेदवार बन्नेहरूले स्थानीय मन्दिरमा कसम खानुपर्ने बताएका छन् । मोरङको सुन्दर हरैंचामा बिहीबार आयोजित पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

    लिङ्देनले सुशासनका लागि, जनताप्रति उत्तरदायी बन्नका लागि र देशहितमा काम गर्नका लागि उम्मेदवारले अनिवार्य रूपमा कसम खानुपर्ने बताएका हुन् । उनले भने- ‘राप्रपाको टिकट लिन आउनुभन्दा अगाडि आफ्नो निर्वाचन क्षेत्रको कुनै पनि ठाउँको मन्दिरमा गएर कसम खाएर आउनु पर्नेछ ।’

    कार्यक्रममा राप्रपाका नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई पार्टीले कहिल्यै पनि टिकट नदिने बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने पनि बताए ।

    कार्यक्रममा राप्रपाकी नेतृ तथा अभिनेत्री रेखा थापाले नारीलाई शिक्षाका लागि, स्वास्थ्यका लागि विशेष जोड दिनुपर्ने बताएकी थिइन् ।

  • पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको लिङ्देनको दावी

    पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको लिङ्देनको दावी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको दावी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीका २४ जना मनोनित पदाधिकारीलाई कार्यालयमा स्वागत गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई बलियो र एकतावद्ध बनाउदै अघि बढ्ने भन्दै पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको बताउका हुन् ।

    उनले निवर्तमान अध्यक्ष कमल थापासंग धेरै बिषयमा छलफल भएको र छलफलका क्रममा देखिएका केहि बिषयलाई चाडैं टुङ्गोमा पुराइने धारणा राखे । राप्रपाका कार्यकर्ता र शुभेच्छुकलाई निराश नवनाउने भन्दै उनले चाडै सकारात्मक सन्देश प्रभाह गर्ने बताए । अध्यक्ष लिङ्देनले उपाध्यक्ष, महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री, सहायक महामन्त्री गरि २४ जनालाई मनोनित गरेका थिए ।