Tag: राष्ट्रपति

  • राष्ट्रपति भण्डारीले गरिन् तीन देशका लागि राजदूत नियुक्त

    राष्ट्रपति भण्डारीले गरिन् तीन देशका लागि राजदूत नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

    सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति भण्डारी ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

    उनका अनुसार राष्ट्रपति भण्डारीले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् ।

    ‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

  • भारतीय राजदूत श्रीवास्तवले बुझाए ओहोदाको प्रमाणपत्र

    भारतीय राजदूत श्रीवास्तवले बुझाए ओहोदाको प्रमाणपत्र

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले ओहोदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रति कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा नवनियुक्त राजदूत श्रीवास्तवले ओहोदाको प्रमाण पत्र बुझाएका हुन् ।

    नियुक्त भएको एक महिनापछि कार्यभार सम्हाल्न उनी असार ११ गते नेपाल आएका थिए । भारत सरकारले श्रीवास्तवलाई गत जेठ ३ गते नेपालका लागि राजदूत नियुक्त गरेको थियो ।

    निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएपछि उनको ठाउँमा श्रीवास्तवलाई नियुक्ति गरिएको थियो । यसअघि विदेश मन्त्रालयमा एडिसनल सेक्रेटरीकारुपमा श्रीवास्तवले चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुख थिए । करियर कूटनीतिज्ञ श्रीवास्तव चिनिया मामिला जानकार हुन् ।

    उनले भारत चीन तनाव साम्य पार्न महत्वपूर्ण भूमिका खेलेका छन् । पूर्वीलद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरेका थिए ।

    श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन्। साथै उनले वासिङटन डिसी, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेका छन् ।

  • सरकारको नीति तथा कार्यक्रम प्रस्तुत LIVE

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ । । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

  • राष्ट्रपति भण्डारीद्वारा दुईवटा अध्यादेश जारी

    राष्ट्रपति भण्डारीद्वारा दुईवटा अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश जारी गरेकी छन् ।

    राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन् ।

    संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • राष्ट्रपति भण्डारीद्वारा विभिन्न पाँचवटा अध्यादेश जारी

    राष्ट्रपति भण्डारीद्वारा विभिन्न पाँचवटा अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँचवटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार साँझ राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन् ।

    राष्ट्रपति कार्यालयका अनुसार, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएको हाे ।

  • वैदेशिक रोजगारीमा जानुपर्ने समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छ – राष्ट्रपति भण्डारी

    वैदेशिक रोजगारीमा जानुपर्ने समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छ – राष्ट्रपति भण्डारी

    काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैदेशिक रोजगारीमा जानुपर्ने समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएकी छन् । मानव बेचबिखन नियन्त्रणका लागि बेचबिखन प्रभावितको पाँचौँ राष्ट्रिय भेलापछि जारी गरिएकोे ‘काठमाडौँ घोषणापत्र’ ग्रहण गर्दै राष्ट्रपति भण्डारीले वैदेशिक रोजगारीमा जानुपर्ने समस्या आउन नदिनका लागि राज्यले स्वदेशमै रोजगारीको सृजना गर्नुपर्नेमा जोड दिइन् ।

    ‘शक्ति समूह र एट्विन’ नामक संस्थाले आज प्रस्तुत गरेको घोषणापत्र ग्रहण गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘महिला वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताबारे गहिरो गरी अध्ययन गरेर कारण पत्ता लगाई राज्यले वैदेशिक रोजगारीमा जानुपर्ने समस्या सदाका लागि समाधान गर्नुपर्छ ।’

    उनले आर्थिक, सामाजिक, बेरोजगारी, शैक्षिक वा चेतनाको कमीले पनि महिला वैदैशिक रोजगारीमा जान बाध्य हुनसक्ने भन्दै त्यसबारेमा राज्यले अध्ययन गरी प्रभावित जिल्लामा आत्मनिर्भर हुनेगरी रोजगारमूलक कार्यक्रम ल्याउनुपर्ने बताइन् ।

    राष्ट्रपति भण्डारीले वैदेशिक रोजगारी र मानव बेचबिखन सम्बन्धमा भएका ऐन-कानूनको प्रभावकारी कार्यान्वयन हुन नसकेको सन्दर्भ उल्लेख गर्दै वैदेशिक रोजगारीका क्रममा देखिएका समस्या समाधानका लागि सरकार र सम्बन्धित मन्त्रालयमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    उनले वैदेशिक रोजगारीमा जाने क्रममा नेपाली महिलाले भोगिरहेको समस्या महिलाको मात्रै समस्या नभएर सिङ्गो राष्ट्रको समस्या भएको बताउँदै राष्ट्रपति भण्डारीले ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रममार्फत वैदेशिक रोजगारीबाट प्रभावित महिलाको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    उनले भनिन्, ‘वैदेशिक रोजगारीका क्रममा महिला प्रभावित हुनुपर्ने समस्या राष्ट्रको प्रतिष्ठामा आँच आउने विषय भएकाले उद्धार र पुनःस्थापना गर्नुपर्ने परिस्थिति नै आउन नदिन यसलाई राज्यले नै गम्भीरतापूर्वक समाधान गर्नुपर्छ ।’

    सोही अवसरमा शक्ति समूहका अध्यक्ष चरिमाया तामाङले वैदेशिक रोजगारीका क्रममा बेचबिखन प्रभावित महिलालाई पनि ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रममा समावेश गर्न राष्ट्रपतिसमक्ष आग्रह गरिन् ।

    यही फागुन २९ र ३० गते काठमाडौँमा सम्पन्न भेलाले २९ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा भनिएको छ, ‘मानव बेचबिखनबाट प्रभावितको उद्धार, स्वदेशफिर्ती, पुनःस्थापना र पुनर्मिलनसम्बन्धी कानून, निर्देशिका र कार्यविधिको अभावमा अभाव भइरहेको छ, त्यसको निर्माण र कार्यान्वयनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग भेलाले माग गर्दछ ।’